भर्खरै :

म्यानमारको राजनीतिक परिस्थिति र रोहिन्ग्या समस्याको समाधान

पी शिहोङ
म्यानमारका राज्य पार्षद् तथा विदेशमन्त्री आङ सान सुकीले हेगस्थित अन्तर्राष्ट्रिय न्याय अदालतसमक्ष गत बुधबार आफ्नो देशमाथि लागेको आमनरसंहारको अभियोगको प्रतिकार गरेकी थिइन् । त्यो विषयलाई लिएर केही पश्चिमा सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सुकीको विरोध गरेका थिए । उत्तर म्यानमारको राखिने प्रान्तमा भएको नरसंहारको उनीमाथि दोषारोपण गरिएको थियो । तर, वर्षौँ वर्षदेखि जातीय द्वन्द्वको कारण चर्चामा आइरहेको दक्षिणपूर्वी एसियाली देश म्यानमारमा भने सुकीप्रति जनसमर्थन अझ बढेको छ । नोभेम्बर महिनामा सुकीले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा हाजिर हुने घोषणा गरेकी थिइन् । त्यत्तिबेला उनको समर्थनमा हजारौँ जनताले यङ्गुनमा प्रदर्शन गरेका थिए । उनका समर्थकहरूले नेसनल लिग फर डेमोक्रेसी नेतृत्वको म्यानमार सरकार र सुकी आफैँमाथि दबाब दिनु पश्चिमा देशहरूको लागि उचित नभएको बताएका छन् ।
नेसनल लिगको सरकारले धार्मिक नरसंहार गरेको भन्ने पश्चिमा देशहरूको आरोपले म्यानमारका जनतालाई आक्रोशित बनाएको छ । वास्तवमा म्यानमारको रोहिन्ग्या समस्या लामो समयदेखिको राजनीतिक, ऐतिहासिक, जातीय, धार्मिक, आर्थिक र सामाजिक समस्या हो । यसभित्र बेलायती शासनकालको आप्रवासी नीति, सन् १९४८ मा म्यानमार स्वाधीन भए यता अवैधानिक सीमा वारपार बसाइसराइका साथै कानुनी तथा राष्ट्रिय सुरक्षाको अभावजस्ता धेरै पक्ष जेलिएका छन् ।
अहिलेसम्मका म्यानमारका सरकारले यो जटिल समस्याको सही समाधान निकाल्न सकेको छैन । म्यानमारमा राजनीतिक रुपान्तरणपश्चात् रोहिन्ग्या विषयलाई म्यानमारभित्र र बाहिर व्यापक छलफलको विषय बनाइयो । यो विषय शक्ति र स्वार्थको लागि राजनीतिक शक्तिहरूबीच लेनदेनको विषय पनि बन्यो । नेसनल लिगको सरकारले घरभित्रका विभिन्न समुदाय र अन्तर्राष्ट्रिय समुदायबीच व्यापक दबाबको सामना गर्नुप¥यो । त्यसले गर्दा पनि उसलाई रोहिन्ग्या विषयको गाँठो फुकाउन झन्–झन् गाह«ो बन्यो ।
पश्चिमा र मुसलमान देशहरूले रोहिन्ग्या विषयलाई लिएर म्यानमारमाथि बरोबर दबाब दिने गरेका छन् । तथापि म्यानमारले औपचारिकरूपमा अल्पसङ्ख्यक रोहिन्ग्याहरूलाई आफ्ना नागरिक मानेको थिएन । कुनै बेला पश्चिमको लागि ‘प्रजातन्त्रकी देवी’ मानिएकी सुकीमाथि रोहिन्ग्या समस्याप्रति उदासीन रहेको दोषारोपण गरिएको छ ।
म्यानमारमा राजनीतिक रुपान्तरणपछि त्यहाँको राजनीतिक अवस्था अस्थिर छ । नेसनल लिगको सरकार धेरै विषयमा अलमलिएर बसेको छ । सत्तासीन भए यता म्यानमारको घरेलु राजनीतिक अवस्थाका कारण सेनासँग जोडिएका विषयमा नेसनल लिगको सरकारले तुलनात्मकरूपमा सोचविचार गरी निर्णय गर्ने गरेको छ । त्यसैलाई देखाएर पश्चिमा देशहरूले म्यानमारको राजनीतिक रुपान्तरण अपूर्ण भएको दाबी गर्दै आएका छन् । उनीहरू नेसनल लिगको सरकारले दमन गर्न सेनासँग हातेमालो गरेको आरोप लगाउन पछि परेका छैनन् । यदि पश्चिमा देशहरूले म्यानमारमाथि हेगको इजलासमार्फत दबाब दिने काम जारी राखे त्यहाँको राजनीतिक रुपान्तरण प्रक्रिया असफल हुनसक्छ । जसले त्यहाँ दीर्घकालीन अन्योलको अवस्था निम्त्याउने छ ।

नेसनल लिगको सरकारले राष्ट्रिय मेलमिलाप र धार्मिक सहिष्णुता प्रवद्र्धनको लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ । अझ प्रभावकारी राजनीतिक दिशानिर्देश गर्नुपर्छ । साथै म्यानमारको साँघुरो राष्ट्रवादी चिन्तन त्यागेर रोहिन्ग्याहरूलाई पनि समावेश गर्ने विवेक र साहस देखाउन सक्नुपर्छ । यतिबेला भने म्यानमारले रोहिन्ग्या शरणार्थीहरूको पुनर्वास, अल्पसङ्ख्यक रोहिन्ग्याहरू बस्ने उत्तरी राखिने प्रान्तमा विविध सहायता परियोजना लागू गर्ने विषयमा काम गर्न जरुरी छ । रोहिन्ग्याहरूको बाक्लो बसोबास भएको क्षेत्रमा गरिबी घटाएर र विकास गरेर उनीहरूको मन खुसी बनाउन सक्नुपर्छ । यसो गर्दा म्यानमारका सबै आदिवासी जनताले आर्थिक र सामाजिक विकासको फल प्राप्त गर्नसक्छन् । यसो गर्दा म्यानमारले धार्मिक सद्भाव र राष्ट्रिय मेलमिलापको भावना प्रवद्र्धन गर्नसक्छ ।

रोहिन्ग्याको जटिल विषय विकासमार्फत शान्ति प्रवद्र्धन गरेर समाधान गर्न सकिन्छ । म्यानमारमा अहिले चालू संवेदनशील प्रजातान्त्रिक रुपान्तरणसामु थुप्रै चुनौती सामना गर्दै छ । ती चुनौती सामना गर्न म्यानमार एक्लैको प्रयासले मात्र पुग्दैन, बरु अन्तर्राष्ट्रिय समुदायको पनि कसिलो समर्थनको आवश्यकता हुन्छ ।
नेसनल लिगको सरकारले राष्ट्रिय मेलमिलाप र धार्मिक सहिष्णुता प्रवद्र्धनको लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ । अझ प्रभावकारी राजनीतिक दिशानिर्देश गर्नुपर्छ । साथै म्यानमारको साँघुरो राष्ट्रवादी चिन्तन त्यागेर रोहिन्ग्याहरूलाई पनि समावेश गर्ने विवेक र साहस देखाउन सक्नुपर्छ । यतिबेला भने म्यानमारले रोहिन्ग्या शरणार्थीहरूको पुनर्वास, अल्पसङ्ख्यक रोहिन्ग्याहरू बस्ने उत्तरी राखिने प्रान्तमा विविध सहायता परियोजना लागू गर्ने विषयमा काम गर्न जरुरी छ । रोहिन्ग्याहरूको बाक्लो बसोबास भएको क्षेत्रमा गरिबी घटाएर र विकास गरेर उनीहरूको मन खुसी बनाउन सक्नुपर्छ । यसो गर्दा म्यानमारका सबै आदिवासी जनताले आर्थिक र सामाजिक विकासको फल प्राप्त गर्नसक्छन् । यसो गर्दा म्यानमारले धार्मिक सद्भाव र राष्ट्रिय मेलमिलापको भावना प्रवद्र्धन गर्नसक्छ । अतिवादी विचारधारालाई कमजोर बनाएर दिगो स्थायित्व हासिल गर्नसक्छ ।
त्यस अतिरिक्त अन्तर्राष्ट्रिय समुदायले म्यानमारसँग सहकार्य गर्न तत्पर हुनुपर्छ । रोहिन्ग्या समस्यासँग सम्बन्धित पक्षजस्तै बङ्गलादेशले अन्तर्राष्ट्रिय चासोको भावना र अन्तर्राष्ट्रिय कानुनअनुसार यो मानवीय सड्ढट क्रमशः समाधानको लागि मद्दत गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायले नेसनल लिग सरकारलेरोहिन्ग्या समस्या समाधान गर्न चालेका सकारात्मक कदमलाई पनि स्वीकार्नुपर्छ । नेसनल लिग सरकारले शरणार्थीलाई राहत र पुनस्र्थापना, पूर्वाधार निर्माण, कृषि, जलसंस्कृति, स्वास्थ्य सेवा, रोजगारी र प्राविधिक तालिमको विकासमा स्थानीयलाई सहयोग गर्दै आएको छ । यस्ता कामले परिणाम पनि दिइरहेको छ ।
म्यानमारको छिमेकी देश चीनले रोहिन्ग्या समस्या समाधानको लागि तीन चरण प्रस्ताव गरेको छः युद्धविराम गर्ने, म्यानमार र बङ्गलादेशबीच लगातार बलियो सम्पर्क कायम गर्ने र समस्याको मूलजरोलाई सम्बोधन गर्ने । चीनले अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित सबै पक्षलाई दुई देशलाई उत्साहित र सहयोग गर्न आग्रह गरेको छ । साथै सहयोगको लागि पनि अनुरोध गरेको छ । चीनका ती प्रस्ताव म्यानमार र बङ्गलादेश दुवैले स्वागत गरेका छन् ।
आशा गरौँ, उनीहरूका पहलमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग हुनेछ । म्यानमार आज सद्भाव, स्थायित्व, विकास र समृद्धिको बाटोतिर अघि बढिरहेको छ ।
(लेखक युनान विश्वविद्यालयअन्तर्गत चीनको छिमेकी देशहरूसँग कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका प्राध्यापक हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *