रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
टम फोडे
मकाउ हङकङजस्तै चीनको विशेष प्रशासकीय क्षेत्र हो । आजभन्दा बीस वर्षअघिसम्म त्यहाँ पोर्चुगलको शासन चल्थ्यो । यो साता मकाउले चीनमा फर्केको बीसौँ वार्षिकोत्सव मनाउँदैछ ।
हिजोआज हङकङ अस्थिरता, अराजकता र हिंसाको सामना गरिरहेको छ । तर, यही बेला मकाउ भने दिनानुदिन सफल केन्द्रको रूपमा संसारसामु देखापर्दैछ । हङकङ एउटा व्यापारिक केन्द्रबाट ओरालो झर्दै गर्दा मकाउले उसको ठाउँ लिन खोजिरहेको छ ।
मकाउको पछिल्लो अवस्था पश्चिमा केही पत्रकार र टिप्पणीकारहरूलाई मन परेको छैन । उनीहरूको लागि मकाउको उँभोलाग्दो अवस्था अमिलो अङ्गुरजस्तै भएको छ । फलतः उनीहरू जथाभावी समाचार लेखिरहेका छन् । मकाउले पनि हङकङको जस्तो अस्थिरता, अराजकता र हिंसाको बाटो अङ्गीकार नगरेको भन्दै उनीहरू मकाउलाई गाली गरिरहेका छन् । हङकङको जस्तो अवस्थामा मकाउलाई पु¥याउन उद्यत् पत्रकार जेफी लामले ‘मकाउमा मकाउका जनताको शासन नभएको’ भनी उत्तेजना फैलाउन खोजिरहेका छन् । उनले मकाउमा ‘कुलीन वर्ग हुर्काउन’ पेइचिङले ‘मूलभूमि चीनबाट पोर्चुगलमा मान्छे पठाएको’ जस्ता आरोप लगाइरहेका छन् । एसोसिएट प्रेसका पत्रकार जेरोमी टेलरले मकाउ सहरले ‘तानाशाही शासनसामु आत्मसमर्पण गरेको’ दोषारोपण गरे ।
पश्चिमा पत्रकारहरूका यस्ता प्रतिक्रियाले चीनको मामिलामा लेख्न उनीहरूको दिमागमा भरिएको बनिबनाऊ पूर्वाग्रह उजागर गरेको छ । कुनै पनि व्यक्ति, सहर वा देशले कुनै देशसँग वैधानिक रूप सामिप्यता ‘चुन्न’ नपाउने उनीहरूको मान्यता हो । आफ्नो ‘स्थार्थ’ को लागि विद्रोह गर्नुपर्छ वा जस्तोसुकै मूल्य चुकाउन परे पनि हङकङमा जस्तै अराजक अवस्था बनाउनुपर्छ भन्ने उनीहरूको सोचाइ हो । यसबाहेक अन्यथा सोच्ने जोकोही पनि ‘नियन्त्रित’ वा ‘परिचालित’ हुन् भन्ने पूर्वाग्रह उनीहरूसँग छ । मकाउ ‘वास्तवमा चीनको होइन’ भन्ने दृष्टिकोणमा उनीहरूको विश्लेषण आधारित हुने गरेको छ ।
उदारवादी राजनीतिक विचारका पक्षपातीहरू संसारमा एउटै मात्र विश्वव्यापी र निर्विवाद ‘राजनीतिक सत्य’ भएको सोच्छन् । त्यही सत्यबाट सबै व्यक्तिले ‘ज्ञानी’ बन्नुपर्ने उनीहरूको सोचाइ हो । पश्चिमा शैलीको उदार प्रजातन्त्रले स्वभाविकरूपमा यस्तै चिन्तनको विकास गराएको हुन्छ । उनीहरू उदार प्रजातन्त्रबाहेक अरू सबै व्यवस्था अवैधानिक र अविश्वसनीय मान्छन् । उदार प्रजातन्त्रबाहेकका सबै व्यवस्थाले आफ्ना जनतालाई भ्रमको सहारामा ‘सत्य’ बुझ्नबाट वञ्चित गरेको मान्छन् उनीहरू ।
तथापि मकाउ हङकङ जस्तो होइन । मकाउ आफ्नो अस्तित्व र आत्ममहत्ता दबिएको भावनासहित विशेष पहिचानको भोक पाल्दैन । त्यसकारण हङकङका जनताले जस्तै मकाउका जनता आक्रामक मनस्थिति पाल्दैनन् । अर्को शब्दमा मकाउका जनतालाई चीनको हिस्साको रूपमा आफ्नो अस्तित्व परिभाषित गर्न सहज मान्ने गरेको छ ।
उदारवादी राजनीतिक विचारका पक्षपातीहरू संसारमा एउटै मात्र विश्वव्यापी र निर्विवाद ‘राजनीतिक सत्य’ भएको सोच्छन् । त्यही सत्यबाट सबै व्यक्तिले ‘ज्ञानी’ बन्नुपर्ने उनीहरूको सोचाइ हो । पश्चिमा शैलीको उदार प्रजातन्त्रले स्वभाविकरूपमा यस्तै चिन्तनको विकास गराएको हुन्छ । उनीहरू उदार प्रजातन्त्रबाहेक अरू सबै व्यवस्था अवैधानिक र अविश्वसनीय मान्छन् । उदार प्रजातन्त्रबाहेकका सबै व्यवस्थाले आफ्ना जनतालाई भ्रमको सहारामा ‘सत्य’ बुझ्नबाट वञ्चित गरेको मान्छन् उनीहरू ।
यो वैचारिक चिन्तनमा उदारवादी टिप्पणीकर्ताले भिन्न राजनीतिक प्रणालीलाई औपचारिकरूपमा पहिचान गर्न वा समर्थन गर्न असम्भव मान्छन् । आफूभन्दा भिन्न विचारलाई उनीहरू ‘दिमागी सफाया गरिएको’ वा ‘भ्रष्ट’ सोचाइ भनी गाली गर्छन् । उदार प्रजातन्त्रलाई नै मात्र ‘सही’ र ‘सत्य’ दृष्टिकोण मान्छन् ।
यस्ता वैचारिक पूर्वाग्रहले नै चीनप्रतिको पश्चिमा दृष्टिकोणलाई सीमित र साँघुरो बनाएको छ । हङकङ र मकाउलाई हेर्ने यही नै मानक बन्दै आएको छ ।
हङकङका प्रदर्शनकारीका हिंसात्मक मानसिकतालाई बेवास्ता गर्दै उनीहरू ती प्रदर्शनकारीहरूलाई विवेकवान, प्रगतिशील र अनुकरणीय मान्छन् । उनीहरूलाई चीनको दमन र लोभकै कारण मकाउले आज विद्रोह नगरेको लाग्दैछ ।
तर, मकाउ हङकङजस्तै होइन । उनीहरूबीच भिन्नता देखाउन खोज्नु नै गलत छ । यी दुई क्षेत्रबीचको भिन्नता ‘चीन’ को कारण होइन, बरु ऐतिहासिक परिस्थितिले हो ।
हङकङको आफ्नै तरिका छ किनभने बीसौँ शताब्दीमा एउटा बेलायती उपनिवेशको रूपमा उसको आफ्नै महŒव थियो । आफ्नै अपवाद पहिचानको परिणामस्वरुप उसले संसारका अरु देशभन्दा आफूलाई ‘उत्तम’ मान्दै आएको छ । हङकङको आजको परिस्थितिको लागि हिजोको उसको यस्तो पृष्ठभूमि जिम्मेवार छ । तर, मकाउ हङकङभन्दा सानो छ । इतिहासमा त्यसको भूमिका न्यूनमात्र थियो । चीनको स्वतन्त्रता आन्दोलनको क्रममा धेरै चिनियाँमूलभूमिका जनता मकाउमा गएर बसे । त्यसकारण त्यहाँका जनता र चीनबीच शत्रुतापूर्ण र बेग्लै पहिचान बनेन ।
पोर्चुगलले मकाउलाई मनैदेखि चीनको भूभाग मानेको छ । बेलायतले भने हङकङलाई न हिजो न हस्तान्तरणपछि नै चीनको भूभाग मान्न तयार भयो । त्यसकारण मकाउका जनता चिनियाँमूलभूमिप्रति शत्रुतापूर्ण भावना राख्दैनन् । आफूलाई चीनकै हिस्साको रूपमा सहर्ष स्वीकार्छन् । हङकङका जनताले भने त्यत्ति सहजै आफूलाई चीनको हिस्सा मान्न तयार छैनन् ।
चीनले सफलतापूर्वक एउटा क्षेत्रलाई ‘नियन्त्रण गर्न सकेको’ र अर्कोलाई नसकेको भन्ने तर्क पनि गरिन्छ । तर, यो भ्रमपूर्ण र लाटो बुझाइमात्र भयो । मकाउले हङकङकै जस्तो हिंसा, अराजकता र विध्वंस अनुकरण गरेरमात्र उसको वास्तविक स्वार्थ पूरा हुने तर्क गलत छ ।
उदारवादी राजनीतिक चिन्तनले भिन्न भिन्न पहिचानले भिन्नभिन्न परिणाम ल्याउन सक्छ भन्ने वास्तविकता स्वीकार्न असफल भएको छ । भिन्नभिन्न ऐतिहासिक परिस्थितिले नै हङकङ र मकाउलाई एकआपसमा भिन्न बनाएको हो । एउटा सहरलाई चीनको हिस्सा हुन सहजै स्वीकार्य बनेको छ भने अर्कोलाई झेली खेल खेल्दै फुर्सद छैन ।
(लेखक अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत चीन अध्ययन कार्यक्रममा उच्च अध्ययन गरेका छन् । डरहम विश्वविद्यालयमा उनले राजनीतिशास्त्र अध्ययन गरेका छन् । चीन र प्रजग कोरियाको विषयमा उनले अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी लेख लेखेका छन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन
Leave a Reply