भर्खरै :

बोलिभियाको राष्ट्रपतीय निर्वाचनमा मोरालेसको पार्टीले भाग लिने

ब्युनर्स आयर्स, २२ डिसेम्बर (टेलिसुर) । अर्जेन्टिनामा निर्वासनमा रहनुभएका बोलिभियाका पूर्वराष्ट्रपति एवम् समाजवादउन्मुख आन्दोलन पार्टीका सर्वोच्च नेता ते मोरालेस आयमाले बोलिभियाको आगामी राष्ट्रपतीय निर्वाचनमा पार्टीले भाग लिने स्पष्ट पार्नुभएको छ ।
नेता मोरालेसले अर्जेन्टिनास्थित स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूमाझ पत्रकार सम्मेलन गरी मार्च २०, २०२० मा हुने भनिएको निर्वाचनमा पार्टीले भाग लिने र प्रजातान्त्रिक विधिबाटै सत्ता पुनः प्राप्तिको निम्ति सङ्घर्ष गर्ने बताउनुभयो ।
उहाँले उम्मेदवार चयन गर्नका लागि डिसेम्बर २९ का दिन पार्टीको राष्ट्रिय सम्मेलन बोलिभियाको सीमा नजिकैको अर्जेन्टिनी सहरमा बोलाएको खुलासा गर्दै उक्त सम्मेलनले राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवार चयन गर्ने खुलासा गर्नुभयो ।
उक्त सम्मेलनमा करिब एक हजार प्रतिनिधि उपस्थित हुने र तिनीहरूको सुरक्षाको जिम्मा अर्जेन्टिना सरकारले लिएको बताइएको छ ।
बोलिभियाको सैनिक विद्रोहबाट आएको दक्षिणपन्थी सरकारले भने पूर्वराष्ट्रपति मोरालेसले राजनीतिक अस्थिरता फैलाउन खोजिरहेको हास्यास्पद आरोप लगाउँदै उहाँविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अन्तरिम राष्ट्रपति जियानिन एनेजको सरकारले मोरालेसको तर्फबाट अस्थिरता फैलाउने र आतड्ढवादलाई टेवा पु¥याउने क्रियाकलाप हुनसक्ने भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।
जननिर्वाचित राष्ट्रपति मोरालेसलाई त्यहाँको दक्षिणपन्थी सैनिक र प्रहरी नेतृत्वको दबाबमा केही हप्ता अगाडि राजीनामा गराइएको थियो र उहाँ मेक्सिको हुँदै हाल अर्जेन्टिनामा निर्वासनमा रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *