रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
कमरेड पोकोएभलाई पत्र
कमरेड पोकोएभ,
तपार्इँको पत्रको जवाफ फर्काउन केही ढिला भयो । त्यसको निम्ति तपाई र कमरेडहरूप्रति म क्षमाप्रार्थी छु ।
दुःखद् कुरा, तपाईँले चौधौं महाधिवेशनमा हामीबीचको असहमतिलाई बुझ्नुभएन । विपक्षीहरूले महाधिवेशनबाट हामी समाजवादमा पुगिसकेको बताएको तर हामी समाजवाद अझै पुगिसकेका छैनौं भने । खासमा त्यो सत्य होइन । पार्टीका कोही पनि सदस्यलाई तपार्इँ सोध्नुहोस्, कसैले पनि हामी समाजवादमा पुगेको भन्ने छैनन् ।
महाधिवेशनमा विवादको मूल विषय त्यो थिएन । विवादको विषय यस्तो थियो । महाधिवेशनमा भनिएको थियो, ‘श्रमजीवी किसानहरूसँग मिलेर मजदुर वर्गले हाम्रो देशमा पुँजीपति वर्गलाई अन्तिम मुक्का प्रहार गरी समाजवादी समाज स्थापना गर्न सकिन्छ । पश्चिमका कुनै गौरवशाली क्रान्तिको सहायता नभए पनि त्यो सम्भव छ ।’
यसको ठीक विपरीत विपक्षीहरूले भनेका थिए, ‘पश्चिममा मजदुर वर्ग विजयी नहुञ्जेल हामीले हाम्रा पुँजीपति वर्गलाई अन्तिम मुक्का प्रहार गर्न र समाजवादी समाज स्थापना गर्न सक्दैनौं ।’ त्यसो भए पश्चिममा क्रान्तिले जित्न ढिला भए हामीसँग यताउता भौंतारिबस्नुको अर्को काम नै हुनेछैन । महाधिवेशन र केन्द्रीय समितिको प्रतिवेदनमा भनियो, ‘विपक्षीका यी दृष्टिकोण हाम्रो देशका पुँजीपति वर्गमाथि जित्न सकिन्छ भन्नेमा अविश्वास हो ।’
प्रिय कमरेड, विषयको चुरो यही हो ।
यसको अर्थ हामीलाई पश्चिम–युरोपका मजदुर वर्गको कुनै सहायता चाहिंदैन भन्ने होइन । मानौं, पश्चिम–युरोपका मजदुर वर्गले हामीप्रति सद्भाव राख्दैनन् वा कुनै किसिमको नैतिक समर्थन गर्दैनन् । मानौं, पश्चिम युरोपका मजदुर वर्गले हाम्रो गणतन्त्रमाथि त्यहाँका पुँजीपति वर्गको हमला रोकेनन् । त्यत्तिबेला कस्तो परिस्थिति बन्ला ? पुँजीपति वर्ग हाम्रो विरोधमा अघि बढ्नेछन् । हामीलाई एकै चिहान बनाउन नसके हामीले गरेको सबै रचनात्मक कामलाई ध्वस्त पारिदिनेछन् । यदि पुँजीपति वर्गले यसो नगरे यसको कारण भनेको उनीहरू हाम्रो गणतन्त्रमाथि हमला गर्न डराउनेछन् । आफ्नै देशका मजदुर वर्गले हडताल गर्ला भनी उनीहरू हामीसँग डराउनेछन् । हाम्रो क्रान्तिलाई पश्चिम युरोपेली मजदुर वर्गको समर्थन भनेर हामीले भन्न खोजेको खास अर्थ यही हो ।
तर, पश्चिमका मजदुर वर्गको समर्थनबाट पश्चिममा क्रान्तिको विजय निकै टाढा टाढाको विषय हो । पश्चिमका मजदुर वर्गको समर्थनबिना हामीले हाम्रो वरपर घेरेर बसेका शत्रुलाई हराउन गा¥हो हुनेछ । यदि उनीहरूको समर्थन कालान्तरमा पश्चिममा विजयी क्रान्तिमा रूपान्तरण भए त्यो त निकै राम्रो हुनेछ । त्यस्तो परिस्थितिमा हाम्रो देशमा समाजवादको विजय सुनिश्चित हुनेछ । तर, यदि उनीहरूको समर्थन पश्चिममा क्रान्तिको विजयमा रूपान्तरण नभए के होला ? पश्चिममा त्यस्तो विजय सम्भव नभए के हामीले समाजवादी समाज स्थापना गर्न सक्छौं ? के हामीले समाजवादको निर्माणलाई पूर्णता दिन सक्छौं ? महाधिवेशनले दिएको उत्तर–हो हामी सक्छौं । नत्र, सन् १९१७ को अक्टोबरमा हामीले सत्ता हातमा लिनुको कुनै अर्थ नै हुनेछैन । यदि हामीले हाम्रो देशका पुँजीपति वर्गलाई अन्तिम मुक्का प्रहार गर्न नसके सबैले हामीलाई सन् १९१७ अक्टोबरमा सत्ता हातमा लिनुको कुनै अर्थ नभएको भन्नेछन् । तथापि विपक्षीहरू हामीले हाम्रै बुत्तामा हाम्रो देशका पुँजीपति वर्गलाई नष्ट गर्न सक्दैनौं ।
हामीबीच के भिन्नता छ त ?
महाधिवेशनमा समाजवादको अन्तिम विजयको कुरा पनि भएको थियो । त्यसको अर्थ के हो ? यसको अर्थ विदेशी पुँजीपतिको हस्तक्षेप हुन नदिने पूर्ण सुनिश्चितता हो । हाम्रो देशविरुद्ध पुँजीपतिहरूको सशस्त्र सङ्घर्षको परिणामस्वरुप हाम्रो देशमा पुरानो व्यवस्था पुनःस्थापना नगराउने पूर्ण सुनिश्चितता हो । अन्तर्राष्ट्रिय पुँजीवादबाट हुन सक्ने सशस्त्र हमला रोक्न के हाम्रै पहलले मात्र सम्भव छ ? अहँ, त्यो सम्भव छैन । हामी स्वयम् र पश्चिमका सबै सर्वहाराहरू मिलेर यो काम गर्नुपर्छ । अन्तर्राष्ट्रिय पुँजीवादलाई सबै देशका अथवा कम्तीमा प्रमुख युरोपेली देशहरूका कामदार जनता मिलेर मात्र ठेगान लगाउन सकिन्छ । त्यसको लागि युुरोपका विभिन्न देशमा क्रान्तिको सफलता अपरिहार्य छ । क्रान्तिको सफलताबिना समाजवादको अन्तिम विजय सम्भव छैन ।
निष्कर्ष के हो ?
हामी हाम्रो आफ्नै बलबुत्तामा र पश्चिममा क्रान्तिको सफलता बिना नै समाजवादी समाज निर्माण गर्न हामी पूर्णतः सक्षम छौं । तर, अन्तर्राष्ट्रिय पुँजीवादको आक्रमणविरुद्ध लड्न हाम्रो देश एक्लैले सम्भव छैन । त्यसको लागि विभिन्न पश्चिमा देशहरूमा क्रान्तिको विजय अपरिहार्य छ । एउटा देशमा पूर्णतः समाजवाद स्थापना गर्ने सम्भावना हुनु एउटा कुरा हो । तर, अन्तर्राष्ट्रिय पुँजीवादको हमलासामु हाम्रो देशलाई टिकाउनु भने अर्को कुरा हो ।
मेरो विचारमा तपार्इँ र अरु कमरेडहरूको कमजोरी भनेको तपाईँहरूले मेलोमेसो पाउनुभएको छैन । यी दुई प्रश्नले अलमल गरिदिएको छ ।
न्यानो अभिभावदन सहित
जे. स्तालिन
कृपया मस्कोबाट प्रकाशित हुने बोल्शेविकको अड्ढ ३ अध्ययन गर्नु उचित होला । त्यसमा प्रकाशित मेरो लेख हेर्नुहोला । विषयवस्तु बुझ्न त्यसले केही सहयोग गर्नेछ । जे. स्तालित १० फेब्रुअरी, १९२६
Leave a Reply