रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
फिलिप्स पुलम्यान
केटाकेटीलाई माया, खाना, स्वच्छ हावा र खेलकुदजस्तै आवश्यक हुन्छ– कला, कथा, कविता र सङ्गीत । केटाकेटीलाई खाना नदिँदा त्यसको असर तुरून्तै देखिन्छ । उनीहरू स्वच्छ हावामा नखेले त्यसले पार्ने असर पनि देखिन्छ । तर, ढिलामात्र । केटाकेटीलाई माया नदिए त्यसको असर केही वर्षमा मात्र देख्न सकिएला । तर, त्यसको असर दूरगामी खालको हुन्छ ।
केटाकेटीलाई कला, कथा, कविता र सङ्गीतमा रमाउन नदिए त्यसको असर सजिलै देख्न सकिंँदैन । तर, असर भने पारिरहेको हुन्छ । उनीहरूको शरीर हट्टाकट्टा देखिन्छ । उनीहरू कुद्न सक्छन्, उफ्रिन सक्छन् । पौडी खेल्न सक्छन् । ग्वाम ग्वाम खान सक्छन् । हल्ला गर्न सक्छन् । केटाकेटीले गर्ने सबै गतिविधि तिनीहरूले गरिरहेका हुन्छन् । तर, केही न केही कुरा भने छुटिरहेको हुन्छ ।
केही मानिस कुनै पनि थरी कलाको सङ्गतबिना नै हुर्केका हुन्छन् । उनीहरू खुसी हुन्छन् । उनीहरूको जीवन राम्रो हुन्छ । मूल्यवान जीवन बाँचेका हुन्छन् । पुस्तक नभएको घर, चित्रकलाको कुनै पर्वाह नभएको परिवार र सङ्गीत नसुन्ने आमाबुबाका केटाकेटी पनि त्यसरी हुर्केका हुनसक्छन् । ठिक्कै छ । मैले त्यस्ता मान्छे भेटेको छु । उनीहरू पनि असल छिमेकी र सहयोगी नागरिक छन् ।
तर, केही मानिसले आफ्नो बाल्यकालमा अथवा युवावस्थामा अथवा बुढ्यौलीमा समेत जीवनमा कहिल्यै सपनामा पनि नचिताएको कुरा भोगिरहेका हुन्छन् । चन्द्रमाको अँध्यारो पाटोजस्तै ती नचिताएका कुरा उनीहरूका लागि अपरिचित हुने गर्छ । कुनै बिहान रेडियोमा कविता वाचन गरिरहेको आवाज अथवा परिवारका सबै सदस्य पियानो बजाइरहेको घर, सुन्दर भित्तेचित्र कोरिएको पर्खाल देख्दा उनीहरू चकित पर्छन् । उनीहरू त्यसको लागि मानसिक रुपमा तयार भएका हुँदैनन् । केही मिनेटअघि मात्र पनि त्यो विषयमा कुनै जानकारी नभए पनि ती सबैले उनीहरूको भोक मेटिएजस्तो महसुस गर्छन् । उनीहरुले यति मीठो र यति स्वादिलो कुराको भोक मेटिएको महसुस गर्छन् जसले उनीहरूको मुटु छोएको हुन्छ । उनीहरू त्यसको मिठासले झन्डै रून खोज्छन् । एकैसाथ उनीहरू खुसी र दुःखी दुवै हुन्छन् । अनि जीवनकै नयाँ र आश्चर्यजनक अनुभवलाई स्वागत गर्छन् । रेडियो सुन्न उनीहरू लालायित हुन्छन्, पियानो बज्ने घरतिर कान पु¥याउँछन्, पर्खालको भित्तेचित्रबाट आँखा पनि हटाउँदैनन् । भोको मानिसलाई खाना चाहिएजस्तै उनीहरूलाई त्यसको खाँचो पर्छ । जब कि उनीहरूलाई त्यसको भोकबारे केही समयअघि पनि थाहा भएको हुँदैन । उनीहरूको दिमाग शून्य हुन्छ ।
कोही बालक जब संयोगले सङ्गीत वा चित्रकला वा कविताको सङ्गतमा पर्दा त्यस्तै अनुभव गर्छ । यदि उनीहरूले त्यस्तो संयोग कहिल्यै सामना नगरे उनीहरूले आफ्नो पूरै जीवन त्यो सांस्कृतिक भोकमै व्यतीत गर्छन् ।
सांस्कृतिक भोकमरीको प्रभाव तत्कालै देखिंँदैन । त्यो नाटकीय पनि हुँदैन । सजिलै देखिंदैन पनि ।
मैले अघि पनि भनेँ, केही असल मानिस, असल साथी र सहयोगी नागरिकले त्यसको कहिल्यै अनुभव नै गरेको हुँदैन । उनीहरू त्यस्ता कुराको अभावमा पनि पूर्ण हुन्छन् । यदि सबै पुस्तक, सङ्गीत र चित्रकला संसारबाट रातारात हराए पनि उनीहरूलाई कुनै पनि कुराको कमी हुँदैन । उनीहरूले त्यसको ख्याल पनि गरेको हुँदैन ।
तर, केटाकेटीमा त्यसको भोक हुन्छ । उनीहरूको त्यो भोक कहिल्यै पूरा नहुन सक्छ किनभने उनीहरूमा त्यो भोक जगाइएको नै हुँदैन । संसारका हरेक कुनामा धेरै केटाकेटी त्यस्ता हुन्छन् जसको आत्मालाई लागेको भोक संसारका कुनै पनि कुराले पूरा गर्नसक्दैन ।
हो, केटाकेटीले खान पाउनुपर्छ, बस्ने बासको बन्दोबस्त हुनुपर्छ, शिक्षा पाउनुपर्छ, स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ आदि । सँगै हामीले हरेक बालबालिकाको संस्कृतिको अनुभव गर्न पाउने अधिकारबारे पनि हामीले बुझ्नुपर्छ । कथा, कविता, चित्रकला र सङ्गीतबिना केटाकेटीको संस्कृतिप्रतिको भोक मेटिँदैन ।
अनुवाद – सुमन
Leave a Reply