रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
सरोजराज गोसाई
आधुनिक ज्ञानले डार्विनको क्रम विकासको सिद्धान्तमात्र कल्पना होइन भन्ने प्रमाणित गर्छ ।’
प्रसिद्ध प्रकृतिविद् एवं महान् वैज्ञानिक चाल्र्स डार्विनले वर्षौँको अध्ययनपछि तयार पारेको पुस्तक ‘प्राकृतिक छनोंटबाट जीवनको उत्पत्ति’ प्रकाशित भएको १३८ वर्षपछि सन् १९९६ मा इसाई धर्मका सर्वश्रेष्ठ मानिएका धार्मिक गुरु एवं भ्याटिकन सिटिका तत्कालीन शासक पोप जन पल द्वितीयले रोमको पोपको विज्ञान प्रतिष्ठानमा डार्विनको सिद्धान्तको समर्थनमा प्रस्तुत बिचार राखेका थिए । यसबाट बाइबलमाथि विज्ञानको विजय भएको महसुस गरिएको थियो ।
डार्विनको विकासवादी सिद्धान्त संसारसमक्ष आएदेखि नै इसाई धर्मका अनुयायीहरूले यसको अन्ध विरोध गर्दै आएका थिए । तर, सत्यलाई हजारबार असत्य घोषणा गरे पनि त्यो सत्य नै रहन्छ र कालान्तरमा त्यसलाई सबैले स्वीकार्नैपर्छ ।
सत्यको खोजी गरेबापत कति अन्वेषक, वैज्ञानिक एवं विद्वानहरूले मानसिक एवं शारीरिक प्रताडना सहनुप¥यो, भन्न गा¥हो छ । महान् दार्शनिक सुकरात विष पिलाएर मारिनु, वैज्ञानिक समाजवादका प्रवर्तक महान् दार्शनिक कार्ल माक्र्स देशबाट निष्कासित हुनु, “पृथ्वी सूर्यको वरिपरि घुम्छ न कि पृथ्वीको वरिपरि सूर्य” भन्ने नवीनत्तम सत्यलाई उजागर गर्ने ग्यालिलियोलाई ज्यान सजायको धम्की दिइनु र उनलाई अदालतमा माफी मगाएर (तर, लगत्तै उनले भनेका थिए, “तैपनि पृथ्वी सूर्यको वरिपरि नै घुम्छ”) सत्यको हत्या गर्न खोजिनु स्वयं मानव समाजको कलङ्क सावित भएको छ । यसरी संसारको इतिहासमा हामी ‘चोरलाई चौतारो र साधुलाई सुली’ भएका उदाहरणहरू कैयौं पाउँछौं । डार्विनको सत्यविरुद्ध पनि ‘धर्म’ का ठेकेदार मानिएको कट्टरपन्थी इसाईहरूमात्र लागेनन् संसारका धर्म अन्धतामा लिप्त सबैले उनको सिद्धान्तविरुद्ध अनेक हल्लाहरू फैलाए ।
विरोधको कारण के थियो त ?
सन् १८५९ को नोभेम्बर २४ को दिन चाल्र्स डार्विनले आफ्नो पाँच वर्षको सामुद्रिक यात्रा अनुभव एवं ग्यालापागोसलगायतका विभिन्न टापुहरूमा गरेको अनुसन्धानको निचोडको रूपमा जीवको उत्पतिसम्बन्धी पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक प्रकाशनको पहिलो दिनमै छापिएका जम्मा १२५० प्रतिमध्ये सम्पूर्ण प्रति बिक्री भए । तर, त्यस किताबले नयाँ वैचारिक द्वन्द्व सृजना ग¥यो । कैयौँ विरोधी एवं समर्थकहरू देखिए । हर विरोधको कडा प्रतिरोध वैज्ञानिकहरूले गर्दै गरे ।
बाइबलको प्रथम अध्याय जेनेसीसमा मानिसलगायत चराचर जगतको सृष्टि ‘दैवी शक्ति’ द्वारा भएको कुरो उल्लेख छ । त्यसअनुसार आडम र त् स्वर्गको बगैँचाबाट पृथ्वीमा झरे र तिनीहरूबाट नै मानिसको उत्पत्ति भयो । आडम र त्को निम्ति वायु, पृथ्वी, वन, पशु, पन्छी, वनस्पति इत्यादिको सृष्टि गर्न मात्र ६ दिन लागेको थियो । यसरी बाइबललाई आफ्नो प्रमुख धर्मग्रन्थको रूपमा अङ्गीकार गर्दै आएका पादरी एवम् अन्य इसाई धर्मावलम्बीहरू यो संसारको सृष्टि ईश्वर वा परमात्माले गरेको कुरामा विश्वास गर्छन् । उनीहरू कहीँ कतैबाट पनि आफ्नो धार्मिक आस्थामा आँच आएको चाहँदैनन् । उनीहरूमात्रै होइनन् संसारका अन्य धर्मका कट्टरहरू पनि सृष्टिलाई ईश्वरको कृपा भन्छन् । सबै घटना–परिघटनाहरूलाई ईश्वरको थाप्लोमा थोपर्छन् ।
तर, यी धार्मिक मान्यताहरूका विरुद्ध डार्विन प्रस्तुत भए । उनले ईश्वरको सृष्टिलाई कडा प्रहार गरी बिल्कुल भिन्न मत अघि सारे । त्यो तर्क नौलो थियो तर वैज्ञानिक थियो । डार्विनको विचार काल्पनिक थिएन, तथ्यपूर्ण थियो, प्रमाणसहितको थियो । उनले मानिस ४ हजार वर्ष पहिले सृष्टि भएको भनी बाइबलमा लेखिएको कुरोलाई सो¥है आना झूठ भन्दै मानवको सृष्टि करोडौँ वर्षपहिले बनेको एक कोषीय जीवमा क्रमागतरूपमा हुँदै आएको परिवर्तनको परिणाम हो भन्ने तथ्य प्रस्तुत गरे । तर, डार्विनको यस कुरोलाई ती धर्मान्धतामा मत्त व्यक्तिहरूले मान्ने कुरो भएन, मानेनन् ।
विरोधको नमुना यस्तो थियो ः
डार्विनको सिद्धान्त प्रचारमा आएदेखि नै चर्च पादरीहरूले ठाउँ–ठाउँमा प्रवचन, सभा, सम्मेलनहरूको आयोजना गरेर त्यस सिद्धान्तको कडा प्रतिरोध गर्न थाले । यही सिलसिलामा सन् १८६० को जूनमा व्रिटिश एशोसियसनमा भएको भेलामा उठेको वादविवादसम्बन्धी एक घटना उदाहरणार्थ प्रस्तुत छ ।
चर्चका पादरीहरूको आयोजनामा भएको त्यस सभामा डार्विन उपस्थित थिएनन् । सभामा विरोधीहरूले डार्विन समर्थकहरूलाई उदाङ्ग्याउने कुत्सित प्रयास गरेका थिए तर उनीहरू असफल भए ।
डार्विनको पक्षमा बोल्ने वक्ताहरूमा हुकर र हक्सलेइ थिए । अनि पादरीहरूको तर्फबाट वक्तामा अक्सफोर्डका पादरी विसप थिए । स्थिति तनावपूर्ण थियो । हल दर्शकहरूले खचाखच थियो ।
सभामा विसपले आधा घण्टासम्म तीता शब्दमा बोले । उनमा विषयवस्तुप्रति गम्भीरता थिएन । उनको बोलिबाट घोकेका कुराहरूमात्र ओकलेको स्पष्ट हुन्थ्यो । उनले भाषण अन्त गर्नुअघि हक्सलेलाई खिस्सियुक्त मुस्कान दिंदै भने, “उनको पूर्वज बाँदर रे ¤”
हक्सलेले आफ्नो बोल्ने पालो आउने बित्तिकै शान्तपूर्वक उठेर वडो ओजपूर्ण शब्दहरूमा आफ्ना तर्कहरू अगाडि सारे, “मैले आफ्नो पूर्वज बाँदर हो भन्ने सत्य बुझ्न पाएकोमा म गौरवान्वित छु र यसमा म कति पनि लाज महसुस गर्दिनँ । किनभने यही वास्तविकता हो, सत्य हो, विज्ञान हो । म विज्ञानलाई माया गर्छु । म आफूलाई सानोबाट ठूलो भएको पनि भन्ने फेरि ईश्वरले सृष्टि गरेको भनी एक अर्कामा बाझिने कुरो गर्दिनँ ।” यस्तो सुनेर हलभित्र तालिको लहर छुट्यो ।
सन् १९२५ मा अमेरिकाको दक्षिण पूर्वी भागका थुप्रै राज्यहरूले डार्विनको क्रम विकासको सिद्धान्त अध्यापन गराउनु गैरकानुनी भएको कुरा घोषणा गरे । शिक्षकहरू बाइबलको विचारअनुसार दैवी सृष्टिको कुरा विद्यार्थीलाई पढाउन बाध्य थिए । त्यसबेला एक शिक्षक जोन टी स्कोप्सलाई क्रम विकासको सिद्धान्त विद्यार्थीलाई पढाएबापत १०० डलर जरिवाना पनि तिराइएको थियो । आज पनि ती ठाउँहरूका थुप्रै स्कूलहरूमा डार्विनको सिद्धान्त पढाउन बन्देज लगाइएको छ । तिनीहरू भन्छन्, “मानिसको सृष्टि ४ हजार वर्ष पूर्व भगवानबाट भएको थियो ।” त्यस्तै सन् १९८२ मा अमेरिकाको भू.पू. राष्ट्रपति रोनाल्ड रेगनले ती प्रान्तहरूबाट केवल चुनावी मत प्राप्त गर्नको निम्ति डार्विनको सिद्धान्त अझसम्म पनि अनिश्चित नै रहेको जस्तो झूठो कुरा गरेको कुरो पनि उल्लेखनीय छ ।
जीवको सृष्टि विषयमा डार्विन यस्तो भन्छन् ः
डार्विनका अनुसार प्रकृति, अवस्था वा वातावरण प्रभावको कारणबाट करोडौँ वर्ष पूर्व उत्पति भएको अमिवाजस्तो एककोषीय जीवमा क्रमिक परिवर्तन हुँदै मानिसजस्तो जटिल प्राणी बनेको हो ।
पृथ्वीमा आजभन्दा साढे तीन अर्व वर्ष पहिले पहिलो जीव प्रकट भएको थियो । त्यो जीव एक कोषीय थियो । कालक्रमसँगै ती सुक्ष्म जीवहरूमा नै परिवर्तन आएर बहुकोषीय जीवहरू हाइड्रा, मुगा, नाम्लेकीरा, जुका, गड्यौला, कीराफट्याङ्ग्रा, चिप्ले कीरा, तारा माछा, माछा, भ्यागुतो, सर्प, पछी हुँदै क्रमशः मानिससम्म विकसित रूप सृष्टि भएको थियो । जस्तो ४५ करोड वर्ष अघि ढाड नभएका तर हाड भएका माछाको विकास, ३५ करोड पूर्व हावा र पानी दुवैमा स्वास फेर्ने भ्यागुता र ३० करोड वर्षपहिले सर्पको विकास भयो । तीनदेखि साढे तीन करोड वर्ष पूर्व बाँदर र मानिसको हाँगा छुट्यो । १५ लाख वर्ष पूर्वमात्र मानिसहरू रुखबाट झरी गुफामा बस्न थालेका थिए ।
जीवको उत्पतिसम्बन्धी डार्विनबाट सूत्रबद्ध गरिएका प्राकृतिक छनोटको सिद्धान्त यस्तो थियो ः–
१) एउटै जातिका जीवहरूमा पनि प्राकृतिक प्रभावको कारण विभिन्नता पाइँछ । तर, त्यो भिन्नता बच्चामा सर्दैन । यदि कोषमा रहेका जीव वा क्रोमोजोममा कुनै परिवर्तन आएको खण्डमा भने बच्चाहरूमा त्यो परिवर्तन सर्न सक्छ । जीन वा क्रोमोजोम डार्विनभन्दा पछि मात्र पत्ता लगाइएको भए पनि उनले त्यसलाई ‘एक तत्व’ को रूपमा उल्लेख गरेका थिए ।
२) एउटै जातिका जीवहरूबीच पनि ‘बाँच्नको निम्ति सङ्घर्ष’ हुने गर्छ । तिनीहरू खाना, स्थान र नयाँ वातावरणमा रहन सङ्घर्ष गर्छन् ।
३) ‘बाँच्नको निम्ति सङ्घर्ष’ मा योग्य जीव रहन्छन् अन्यथा त्यसको अस्तित्व समाप्त हुन्छ । यसलाई डार्विनले योग्यको छनोट (Survival of the Fittest) भन्नुभएको छ । नयाँ वातावरण वा प्रकृतिमा आउने आकस्मिक परिवर्तनमा जिउन खोज्दा उसको शरीरमा आएको परिवर्तन बच्चाहरूमा सर्न सक्छ । डार्विनले उल्लेख गरेको योग्य (Fittest) को मतलब ‘स्वस्थ्य’ नभई एउटा निश्चित वातावरणमा बाँच्न राम्रो अनुकूलता (Adaptation) सृजना गरी बढी बच्चा उत्पादन गर्नसक्ने गुणलाई जनाएका थिए ।
४) लामो समयको अन्तरालमा पिँढी दरपिँढीमा भएको प्राकृतिक छनोटको परिणामस्वरूप जीवमा विभिन्नता देखिन थाल्छ र नयाँ जातिको उत्पति हुन्छ । प्रकृतिमा हुने आकस्मिक परिवर्तनले जीवको उत्पति वा सृष्टि गराउन सक्छ ।
डार्विनको सिद्धान्तको बारेमा माक्र्सको विचार
डार्विनको जीव विकासको सिद्धान्तको पुस्तकको विषयमा माक्र्सले ऐँगेल्सलाई लेखेको चिट्ठीमा भनेका छन्, “यो अपरिष्कृत अङ्ग्रेजी तरिकामा निकालिएको पुस्तक भएर पनि त्यस्तो किताब हो जसमा हाम्रो दृष्टिकोणको लागि आधारभूत प्राकृतिक इतिहास छ ।” माक्र्सले आफ्नो प्रख्यात कृति ‘पुँजी’ को दोस्रो भाग डार्विनलाई समर्पण गर्ने प्रस्ताव डार्विनसमक्ष राखेका थिए तर उनले त्यो पुस्तक हेरी नसकेको भन्दै नम्रतापूर्वक अस्वीकार गरे ।
चाल्र्स डार्विनले सन् १८८० मा आफ्ना समकालीन विद्वान कार्ल माक्र्सलाई लेखेका थिए, “… मानवीय विवेकका कुरा क्रमिक रूपमा सिकाउँदै लगेर वैचारिक स्वतन्त्रताको विकास गर्न सकिन्छ र यसैबाट विज्ञानको विकास हुन्छ । त्यसैले मैले धर्मको विषयमा कहिल्यै लेखेको छैन र आफूलाई मात्र विज्ञानमा सीमित गरेको छु ।” यसरी वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सलाई डार्विनले लेखेको प्रस्तुत कथनले डार्विन वैचारिक स्वतन्त्रताका पक्षपोषक भएको कुरो झल्किन्छ । यसबाट पनि तत्कालीन समयमा उनको विचारलाई कुण्ठित पार्न खोजिएको स्पष्ट हुन्छ ।
(नौलो आयाम, द्वैमासिक, २०५३ माघ÷फागुन अङ्कमा प्रकाशित प्रस्तुत आलेखमा सामयिक सम्पादन गरिएको छ – सम्पादक)
Leave a Reply