भर्खरै :

चीनमा गरिबी उन्मूलनको अनुभव

 बिट ट्राकमन
सन् २०२० आँगनमै आइसक्यो । चीनलाई भने यतिबेला हतारो छ । सन् २०१६ देखि २०२० सम्मको ते¥हौँ पञ्चवर्षीय योजनाका निर्धारित प्रमुख लक्ष्य हासिल गर्न ऊ जोडतोडका साथ लागेको छ । ग्रामीण क्षेत्रमा चरम गरिबीलाई पछार्नु नै चीनको ते¥हौँ पञ्चवर्षीय योजनाको प्रमुख लक्ष्य हो । छोटो समयमा चीनले विशाल जनसङ्ख्याको जीवनमा ल्याउन सफल परिवर्तनको आधारमा यो उसको ऐतिहासिक उपलब्धि मान्नुपर्छ ।
सन् १९७८ यता चीन ७५ करोडभन्दा बढी चिनियाँ जनतालाई गरिबीबाट माथि उकास्न सफल भएको छ । पछिल्ला चार दसकमा संसारभरि चरम गरिबीबाट माथि उकासिएका कुल जनसङ्ख्यामा चीनका जनतामात्र पाँच भागको चार भाग छ ।
सन् १९७८ को तुलनामा आज चरम गरिबीमा बाँचिरहेका चीनको जनसङ्ख्या ९७.५ प्रतिशतले झरेको छ । चरम गरिबीमा बाँचिरहेका चिनियाँ जनता १.७ प्रतिशतमात्र छ । जबकि त्यहाँको प्रतिव्यक्ति आय बीस गुणाले बढेको छ । सन् १९९० मा जारी भएको संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) को मानव विकास सूचकाङ्कको मापदण्डअनुसार तल्लो तहबाट माथिल्लो तहमा प्रगति गर्ने एउटैमात्र देश चीन हो ।
सुधार र खुलापन नीति लागू भएपछि लगातारको राजनीतिक प्रतिबद्धता र प्रभावकारी नीति कार्यान्वयनको परिणामस्वरुप नै चीनले यी सफलता हासिल गर्न सम्भव भएको हो । चीनका प्रान्तीयदेखि गाउँ तहसम्मका विभिन्न सरकारले गरिबी निवारण गर्न गरेका पहलले नै यस्तो उपलब्धि सम्भव भएको हो । लक्षित गरिबी उन्मूलन अवधारणाअनुसार सरकारले नमुना परियोजना छनौट गरी स्थानीय समस्यालाई भुइँ तहमै समाधान ग¥यो । परिणामतः चीनले छोटो समयमा नै यति बृहत् सफलता हासिल ग¥यो ।
सघन गरिबी न्यूनीकरण
चीनको गरिबी न्यूनीकरणमा मनग्य वित्तीय र मानवीय स्रोतको परिचालन महत्वपूर्ण पक्ष हो । देशका ग्रामीण र विपन्न क्षेत्रमा पूर्वाधार निर्माणमा सरकारले प्रशस्त लगानी ग¥यो । उत्तम जीवनको लागि सेवा, बजार र अरू अवसरमा जनताको सहज पहुँच पु¥याउन सरकारले मिहिनेत ग¥यो ।
सन् २०१९ मा मात्र चीनको केन्द्रीय सरकारले गरिबी न्यूनीकरणमा १ खर्ब २६ अर्ब युआन (२६ अर्ब अमेरिकी डलर) खर्च ग¥यो । सन् २०१७ यता स्थानीय सरकारलाई गरिबी न्यूनीकरणमा सहायता गर्न सबै पञ्जिकृत विपन्न गाउँहरूमा झन्डै ७ लाख ७५ हजार सरकारी कर्मचारी परिचालन गरियो । ती कर्मचारीले घर–घरमै पुगेर गरिबी न्यूनीकरणका विभिन्न तरिका व्यवहारमा उतारे । ती काममा उनीहरूले प्रभावकारी अनुगमन पनि गरे ।
चीनले जनताकेन्द्रित अवधारणा अघि बढाएको छ । जनताको क्षमता विस्तार गर्न यो अवधारणाले काम ग¥यो । कोही पनि व्यक्तिलाई पछाडि नछोड्ने विश्वव्यापी अवधारणालाई यसले साथ लिएको छ । गरिबी निर्मूलन, असमानता न्यूनीकरण र पृथ्वीको रक्षाको दिगो विकास लक्ष्य, २०३० लाई यो अवधारणाले आत्मसात गरेको छ ।

यूएनडीपी गरिबी र असमानताविरुद्ध चीनको लगातारको प्रयासलाई टेवा पु¥याउन नीतिगत र प्रणालीगत सहायता गर्न तत्पर छ । नयाँ–नयाँ चुनौती सामना गर्न यस्तो सहयोग उपयोगी हुनसक्छ । चीन संसारका धेरै देशको लागि विकास वित्तको प्रमुख स्रोत बनेको छ । त्यसकारण यूएनडीपीले आफ्नो विश्वव्यापी सञ्जालमार्फत चीनले गरिबी न्यूनीकरणको लक्षित अवधारणाबाट हासिल गरेको शिक्षा अरु देशमा पनि सञ्चार गर्नसक्छ ।

चुनौती हजार
चीनले गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको छ । तथापि हजारौँ चुनौती अझै बाँकी नै छन् । संयुक्त राष्ट्र सङ्घीय विकास परियोजना (यूएनडीपी) ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार विश्वव्यापी विकास प्रयास अझै पनि सबभन्दा जोखिममा रहेको समुदायमा पुग्न सकेको छैन । जसले संसारभर असमानताको खाडल अझ फराकिलो बन्दै छ ।
चीनमा सन् २००० र २००८ को बीचमा सबभन्दा गरिब ४० प्रतिशत जनताको आम्दानी सबभन्दा धनी १ प्रतिशत मानिसको आम्दानीको आधा दरले मात्र बढेको छ । जलवायु परिवर्तनले यो असमानतालाई अझ गहिरो बनाउने छ किनभने जलवायु परिवर्तनको सबभन्दा बढी खतरा गरिबलाई नै छ । सुस्त आर्थिक वृद्धिदर र तीव्रगतिमा बढ्दो ज्येष्ठ नागरिकले पनि समस्या थपेको छ । चिनियाँ जनसङ्ख्याले उल्टो दिशा समातेसँगै खुम्चिँदो श्रमशक्तिले त्यहाँको वृद्धि दर र सामाजिक सुरक्षामा समस्या सिर्जना गरेको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा लगानी बढाउनुपरेको छ ।
सन् २०२० र त्यसपछि यी नयाँ, जटिल र अन्तरसम्बन्धित चुनौती सामना गर्न आयबाहेक गरिबीका अरु पनि आयाम भएको वास्तविकता बुझ्न महत्वपूर्ण छ । चीनको चौधौँ पञ्चवर्षीय योजना(२०२१–२५) मा त्यसकारण ग्रामीण र सहरी क्षेत्रबीचको असमानता, सहर–सहरबीचको असमानता, पुस्ता–पुस्ता र महिला–पुरुषबीचको असमानता समाधान गर्दै गर्दा सापेक्षिक गरिबी न्यूनीकरणलाई पनि जोड दिनुपर्छ ।
श्रमशक्तिको लागि उच्च गुणस्तरीय शिक्षा अपरिहार्य
प्राविधिक क्रान्तिले चीनलाई संसारकै अनुसन्धान केन्द्र बनाएको छ । तर, यसले चिनियाँ जनताको जीवनमा भने अनिश्चय बढाएको छ । प्राविधिक विकाससँगै आफूले जानेको काम भोलि असान्दर्भिक बन्दा आफूले अहिले जानेको सीप काम नलाग्ने हुनसक्छ । भविष्यमा अहिले गर्दै आएको रोजगारीमा अनिश्चय र सामाजिक सुरक्षा प्रणालीका कारण उनीहरूले आफ्नो जीवनमा अनिश्चय महसुस गरेका हुन् । त्यसकारण भविष्यमा पनि रोजगारीको लागि तयारी गर्न उच्च गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नुपर्छ । ताकि आगामी दिनमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टिलेजेन्स) र स्वचालित प्रणाली मानव विकासमा सहयोगी बन्न सकोस्, बाधक होइन ।
चीन आज समृद्ध समाजतिरको यात्रामा छ । अहिले चीन मध्यम आयको देश बनिसकेको छ । त्यसकारण सुधारिएको जीवनस्तर र जीवनयापनको बढ्दो खर्च प्रतिविम्बत हुने गरी गरिबी मापनको रेखालाई माथि उठाउनुपर्छ । विश्व बैड्ढले प्रतिदिन ३.२० अमेरिकी डलर आम्दानी गर्ने देशलाई न्यून मध्यम आयको देश भनी परिभाषित गरेको छ । साथै दैनिक ५.५० अमेरिकी डलर आम्दानी भएको देशलाई उच्च मध्यम आयको देश भनेको छ । चीनले आफ्नो राष्ट्रिय गरिबीको तह प्रतिवर्ष २ हजार ९९५ युआन तय गरेको छ ।
यूएनडीपी गरिबी र असमानताविरुद्ध चीनको लगातारको प्रयासलाई टेवा पु¥याउन नीतिगत र प्रणालीगत सहायता गर्न तत्पर छ । नयाँ–नयाँ चुनौती सामना गर्न यस्तो सहयोग उपयोगी हुनसक्छ । चीन संसारका धेरै देशको लागि विकास वित्तको प्रमुख स्रोत बनेको छ । त्यसकारण यूएनडीपीले आफ्नो विश्वव्यापी सञ्जालमार्फत चीनले गरिबी न्यूनीकरणको लक्षित अवधारणाबाट हासिल गरेको शिक्षा अरु देशमा पनि सञ्चार गर्नसक्छ ।
दिगो विकास लक्ष्य हासिल गर्न नयाँ चुनौती
यो वर्ष जनवादी गणतन्त्र चीनले स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छ । चीनले घरभित्र र बाहिर आफूले हासिल गरेका धेरै उपलब्धिको समीक्षा गर्नुपर्छ । चीनमा यूएनडीपीले काम गरेको यो वर्ष चालिस वर्ष पुग्दै छ । यूएनडीपी चीनमा विकास साझेदारको रूपमा काम गर्दै छ । चीनसँग यूएनडीपीले मुख्यतः गरिबी निवारणकै क्षेत्रमा काम गरिरहेको छ । हामीले चीनमा यो सफलता कति शीघ्र हासिल भयो भन्ने कुरा प्रत्यक्ष अनुभव गरेका छौँ ।
तर, यति सफलतामै चित्त बुझाएर बस्ने समय यो होइन । बितेका चालिस वर्षमा जुन प्रतिबद्धता, कौशल र सहकार्य भावनाका साथ हामी अघि बढ्यौँ, नयाँ पुस्तासामु देखिएका चुनौतीको सन्दर्भमा उस्तै भावनाका साथ सहकार्यलाई अघि बढाउनुपर्छ । प्रभावकारी सामूहिक कार्यबाट सबै खालका गरिबीको निर्मूलन हुनसक्छ । दिगो विकास लक्ष्य सबैको लागि सबैतिरका लागि यथार्थ बन्नसक्छ ।
(लेखक चीनका लागि यूएनडीपीका आवासीय प्रतिनिधि हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *