भर्खरै :

विदेशमा पढ्न जाने ६३ हजार २५९ जना ः बाहिरियो रु. ४६ अर्ब

काठमाडौ, ७ पुस । शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको एक तथ्याड्ढले गत वर्ष ६३ हजार २५९ विद्यार्थी विदेश पढ्न गएको देखिएको छ । पढ्न विदेशिएका ती विद्यार्थीबाट करीब रु. ४६ अर्ब देशबाहिर गएको छ ।
यसैबीच विदेशी विश्वविद्यालयबाट सरकारको अनुमति नलिई सम्बन्धन लिएका कलेजको सम्बन्धन परिवर्तन गराउने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यसरी विदेशी विश्वविद्यालयको सम्बन्धन नयाँ कलेजलाई नभई पहिले सम्बन्धन लिएका कलेजलाई नै फरक देश र विश्वविद्यालयको लागि सम्बन्धन परिवर्तन गराउने भएको हो ।
मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटाले पहिले सम्बन्धन लिएका कलेजलाई नै पुनःअर्को विषयका लागि फरक देश र विश्वविद्यालयबाट सम्बन्धनको लागि अनुमति दिइने बताउनुभयो ।
मन्त्रालयले सम्बन्धन लिएका कलेजको अनुगमनपश्चात् ती कलेजलाई सम्बन्धन परिवर्तनको अनुमति दिने भएको हो । “पहिले सम्बन्धन लिएका पुराना विषय भए”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार नयाँ प्रविधि विषय, प्रतिस्पर्धात्मक खालका विषयका लागि मात्र अनुमति दिइने छ । अहिले ९५ वटा कलेज विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएकामा ८५ वटामात्र सञ्चालनमा रहेका छन् । ती कलेजमा अहिले पाँच हजार २०० विद्यार्थी रहेका छन् ।
मन्त्रालयले सम्बन्धन लिएका ती कलेजको अहिले अनुगमन गर्न थालेको छ । सहसचिव सापकोटाले अनुगमनको क्रममा भौतिक पूर्वाधार, प्रयोगशाला, शैक्षिक गुणस्तरलगायतका मापदण्डका आधारमा ६० प्रतिशत राम्रा भएका कलेजलाई भने सञ्चालन गर्ने अनुमति दिने बताउनुभयो ।
१५ कलेजको अनुगमन
नयाँ कार्यविधिअनुसार तोकिएको मापदण्ड पूरा गर्न निर्देशन दिएका १५ विदेशी सम्बन्धन कलेजको अनुगमन सकाइएको छ । सहसचिव सापकोटाले भर्खरै अनुगमन सकिएकोले प्रतिवेदन तयार गर्न थालिएको जानकारी दिनुभयो । गत कार्तिकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरी नयाँ कार्यविधिअनुसार ती कलेजले तोेकेको समयावधिमा मापदण्ड पूरा नगरे खारेज हुने बताउनुभएको थियो ।
ती कलेजले धरौटी अध्यावधिक नगरेको र नवीकरणका लागि निवेदन नदिएको र २०७४ माघ मसान्तभित्र नवीकरण दस्तुरबापतको रकम बुझाएका छैनन् । मापदण्ड पूरा नगर्ने कलेजमा एजे वाइल्ड इन्स्टिच्युट एड्भान्स इस्ट्रडिज काठमाडाँै, ब्रिजबाटर कलेज इन्टरनेसनल सीनामङ्गल, मल्पी इन्टरनेसनल कलेज काठमाडौँ, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर काठमाडाँै, एभरेष्ट एजुकेसन फाउन्डेसन काठमाडाँै, काठमाडौँ भ्याली स्कूल काठमाडौँ, ओरिन्ट कलेज काठमाडौँ, पेन्टागन एजुकेसन नेटवर्क काठमाडौँ, सरिन भ्याली स्कूल (एपेक्स लाइफ स्कूल) काठमाडौँ, साउथ वेस्टन स्टेट कलेज काठमाडाँै रहेका छन् ।
यस्तै स्काइ इन्टरनेसनल कलेज बुटवल, वेस्र्टन मेघा कलेज बुटवल, वेस्र्टन इन्टरनेसनल विजनेश स्कूल धनगढी, कसमस इन्टरनेसनल कलेज पोखरा, गण्डकी बोर्डिङ स्कूल पोखरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *