कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
अलाबामा, २३ डिसेम्बर । कोही आफ्नो सपना पूरा गर्न तल्लिन भएर लाग्छ भने उसलाई कहिल्यै पनि उमेरले छेक्दैन । अमेरिकाको अलबामाकी एक महिलाले स्नातक तह पूरा गर्ने सपना देखिन् । उनलाई आफ्नो सपना पूरा गर्न उमेरले छेकेन । डनजेल्ला वाशिङ्टनले ८० वर्षको उमेरमा गत मंसिर २० गते (डिसेम्बर ६) को दिन सोसिएल वर्क विषयमा स्नातक उत्तीर्ण गरेकी हुन् । अलबामा ए एन्ड एम विश्वविद्यालयबाट उनले आफ्नो सपना साकार पारेकी हुन् । उनले उत्कृष्ट नतिजासहित स्नातक उत्तीर्ण गरेकी छिन् । अन्तिम सेमेस्टरमा उनले ४.० जीपीए पाएकी छिन् ।
“म आफूजस्ता अरू मान्छेहरूलाई पनि भन्न चाहन्छु, उमेर कहिल्यै पनि अवरोध होइन”, वाशिङ्टनले भनिन्, “अनि म सबैलाई जीवनको दौडादौडबीच जीवन खोज्न आग्रह गर्छु ।”
अलाबामा ए एन्ड एम विश्वविद्यालयको १४४ वर्षको इतिहासमा यति धेरै उमेरमा स्नातक उत्तीर्ण गर्ने वाशिङ्टन नै पहिलो व्यक्ति हुन् ।
लस एन्जलसका स्थायी बासिन्दा वाशिङ्टनले आफ्नो शैक्षिक उपलब्धि आफ्ना श्रीमान्को नाममा समर्पित गरेकी छिन् । ५० वर्षअघि उनको विवाह जेफ वासिङ्गटनसँग भएको थियो । उनकै प्रोत्साहनमा नै वाशिङ्टनले पढ्ने निर्णय गरेकी थिइन् । जेफको निधन भइसकेको छ ।
“मेरो बुबा मेरी आमाकी नं १ समर्थक थिए । उनकै प्रोत्साहनमा आमाले पुनः पढ्ने निधो गरेकी थिइन्”, वाशिङ्टनकी छोरी किम्बरले वाशिङ्टनले भनिन् ।
“बुबाको कलेज जीवन थिएन । तर, उनलाई शिक्षाको महत्वबारे थाहा थियो”, उनले भनिन् । वाशिङ्टनको परिवार सन् २०१२ मा अलाबामाको मोन्गोमेरीमा बसाइँ सरेको थियो । त्यसअघि उनीहरू क्यालिफोर्नियामा बस्थे ।
“आमाले यो सफलता पाउन निकै मिहिनेत गरिन् । अन्तमा उनले आफ्नो सपना पूरा गरिन् । निकै खुशी लागेको छ”, किम्बरलेले भनिन् ।
“सबभन्दा गा¥हो क्षण आमाले जब बुबालाई सम्झन्थिन् । उनी बुबालाई सम्झेर भकानिएर रून्थिन् । त्यत्तिबेला मसँग उनलाई अङ्गालोमा बेरेर सान्त्वना दिनुबाहेक अरू उपाय हुन्थेन”, किम्बरलेले भनिन् ।
दसक अघिसम्म वाशिङ्टन बोल्दा भकभकाउँथिन् । वक्ता प्रशिक्षणमार्फत उनले भकभकाउने समस्याबाट पार पाइन् । केही वर्षअघि उनी लसन स्टेट सामुदायिक कलेजमा सोसिएल वर्क र वाणिज्य विषय पढ्न थालिन् । त्यहाँबाट उनी अलबामा ए एन्ड एम विश्वविद्यालयमा स्थानान्तरण भइन् ।
स्नातक उत्तीर्ण भएर मख्ख परेकी वाशिङ्टनले यतिमै आपूm नरोकिने बताइन् । उनी धेरै चाँडो स्नातकोत्तर तहको लागि कलेज भर्ना हुने सोचमा छिन् । उनी आफूसँग भएको फुर्सदको समय स्वयम्सेवक भएर बिताउन चाहेको बताउँछिन् ।
– एबीसी न्युज
Leave a Reply