रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
मज बिन बिलाल
सामाजिक अभियन्ता हर्ष मन्दरले हालै भने–पाकिस्तानको सट्टा यो देश (भारत) चुन्ने मुसलमानहरूले अँध्यारोमा तीर हानेका थिएनन् । आफूसँग भएका थोरै छनोटमध्येबाट उनीहरूले भारतमै बस्ने निर्णय गरेका थिए । मेरो परिवारको सन्दर्भमा यो कुरा सही होइन । भारत विभाजनको समयमा मेरो परिवार लुधियानामा थियो । हिंसा उत्कर्षमा पुगेको थियो । त्यस्तो अन्योलको परिस्थितिमा मेरो परिवारले मुसलमान बाहुल्य पाकिस्तानको सट्टा धर्मनिरपेक्ष भारतमै बस्ने निधो ग¥यो ।
भारत स्वतन्त्र हुनु एक वर्षअघि मेरो बुवाको जन्म मौलबी परिवारमा भएको थियो । मेरो हजुरबुवा मौलाना हबिब–उर–रेहमान मजलिस–ई–अहरर नामको राजनीतिक पार्टीका संस्थापक र तेस्रो सभापति थिए । मौलाना अब्दुल कालाम आजादबाट प्रभावित भएर पञ्जाबका खालिफातीहरूले त्यो पार्टी स्थापना गरेका थिए । त्यो पार्टीले लगातार मुस्लिम लीगको विरोध ग¥यो । पाकिस्तान स्थापनाको विपक्षमा त्यो पार्टी उभियो ।
सन् १९३७ को प्रादेशिक निर्वाचनमा मजलिस–ई–अहररले पञ्जाब, संयुक्त प्रान्तहरू तथा आजको बिहारका केही स्थानमा चुनाव जित्यो । पञ्जाब र वरपरका क्षेत्रमा मुसलमान र अन्य सीमान्तकृत समूहको भलाई सुनिश्चित गर्न एवम् सामाजिक गतिविधि, उद्धार कार्य तथा निमुखालाई सहायता गरेकोले त्यो पार्टीले लोकप्रियता हासिल गरेको थियो । त्यसै आधारमा केही स्थानमा चुनावी सफलता हासिल गरेको थियो । सन् १९३५ मा गएको विनाशकारी क्वेटा भूकम्पको समयमा यो पार्टीले अथकरूपमा जनताको सेवा ग¥यो । सन् १९४३ मा बङ्गालको अनिकालको समयमा पनि यसले सक्रियतापूर्वक जनतालाई सहयोग ग¥यो ।
काश्मिरी जनताको पक्षमा पार्टीले डोग्रा राजाको विरोधमा आन्दोलन ग¥यो । आन्दोलनले उत्कर्ष हासिल गर्दा ३४ हजार अहरर दलका कार्यकर्ता जेल परेका थिए । उनीहरूमध्ये अधिकांशले गान्धीवादी शैलीमा शान्तिपूर्ण विरोध गरेका थिए । मेरा जिजुबाजे मौलाना–उर–रहमान लुधियान्भीले बेलायतको नून कानुन तोडेका थिए । त्यसवापत उनलाई पहिलो पटक पक्राउ गरी एक वर्षभन्दा लामो समय जेल सजाय गरिएको थियो । गिरफ्तारीअघि उनले काङ्गे्रसको एउटा सभामा घोषणा गरेका थिए ः
“म बेलायत सरकारलाई विदेशी सरकार मान्छु । बेलायतीलाई भगाएर हाम्रो देशलाई स्वतन्त्रत बनाउनु मेरो दायित्व हो । यसको निम्ति मलाई दिइने हरेक सजाय म सहर्ष स्वीकार्छु । हरेक भारतीयले बेलायती सामान बहिष्कार गर्नुपर्छ र यो देश सञ्चालन गर्न असम्भव बनाउनुपर्छ ।”
त्यसपछि भद्र अवज्ञाका अन्य गतिविधिको लागि उनलाई पटक – पटक गिरफ्तार गरियो । उनले भारतीय स्वतन्त्रताको लागि लड्ने क्रममा जम्माजम्मी चौध वर्ष जेल जीवन बिताउनुप¥यो । अहरर र मौलाना हबिब–उर–रहमान लुधियान्भीसम्बन्धी इतिहास धेरै पुस्तकमा लेखिएको छ । जस्तै तारा चन्दको ‘हिस्ट्री अफ द फ्रिडम मुुभमेन्ट इन इन्डिया (भाग ३), आइसा जलालको ‘सेल्फ एन्ड सोभरेन्टी’, सामिना अवानको ‘पोलिटिकल इस्लाम इन कोलोनियल पञ्जाबः मजलिस–ई–अहररः १९२९–१९४९’ र अजिज–उर–रहमानको ‘रइस–उल–अहरर’ आदि । नेहरू स्मृति सङ्ग्रहालय एवम् पुस्तकालयमा संरक्षण गरिएको हबिब–उर–रहमानका चिठीहरूमा पनि यो इतिहास सुरक्षित छ ।
उनका छोराहरू मौलाना खलिल–उर–रहमान लुधियान्भी र अजिज–उर–रहमान लुधियान्भी (मेरा हजुरबुवा) ले पनि केही वर्ष जेलमा बिताए ।
स्वतन्त्रता र भारत विभाजनको हिंसाबीच मौलाना हबिब–उर–रहमान लुधियान्भी र उनका सातमध्ये ६ जना छोराले पाकिस्तान नगई भारतमा बस्ने निधो गरे । जवाहरलाल नेहरू, मौलाना आजाद र सरदार पटेलको आग्रहमा उनीहरू दिल्ली आए । मेरा हजुरबुवा मौलाना–उर–रहमान लुधियान्भीले सन् १९५१ मा पुरानो दिल्लीको बलिमरणमा धर्मनिरपेक्ष शैक्षिक संस्था तामिली समाजी मर्कजको स्थापना गरे । त्यहाँ केटाकेटीलाई प्राथमिक तहको शिक्षा दिइन्थ्यो । प्रौढ कक्षाहरू पनि त्यसले चलाउँथ्यो ।
मेरा हजुरबुवाको निधनपछि मेरा पिता बिलाल अहमद लुधियान्भीले त्यो विद्यालयको नाम अजिज स्मारक विद्यालय भनी परिवर्तन गरे । विद्यालयलाई अङ्ग्रेजी माध्यममा बदलेर शैक्षिक गतिविधिलाई निरन्तरता दिए । उनको निधनपछि मेरी आमा अख्तारी बेगमले त्यसको जिम्मेवारी लिइन् । आफै प्रधानाध्यापिका बनेर उनले प्राथमिक विद्यालयलाई निरन्तरता दिइन् । हैदरावादको मौलाना आजाद राष्ट्रिय उर्दु विश्वविद्यालयमा हालका कुलपति फेरोज बख्त अहमेद र उपकुलपति अस्लाम पर्भेज, राजनीतिक नेताहरू शाहिद सिद्दिकी र हरोन युसुफ तथा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्व, चिकित्सक र वकिल सो विद्यालयका कुनै बेलाका विद्यार्थी थिए ।
मैले दिल्ली विश्वविद्यालयबाट बीए, एमए र एमफिल पूरा गरेँ । बेलायतको कुइन्स विश्वविद्यालयको छात्रवृत्तिमा कुइन्स विश्वविद्यालय बेलफास्टबाट विद्यावारिधी गरेँ । वेल्समा लेखन र अनुवादमा चाल्र्स वालेस छात्रवृत्तिमा पनि अध्ययन पूरा गरेँ । अहिले म जिन्डल ग्लोबल विश्वविद्यालयमा सहायक प्राध्यापक छु । मेरो एउटा कवितासङ्ग्रह प्रकाशित छ–गजलनामा । फिक्र तुन्साभी उपनाममा लेख्ने रामलाल भाटियाले लेखेको भारत विभाजनको दैनिकी ‘द सिक्स्थ रिभर’ को मैले अनुवाद गरेको छु । म भारतका विभिन्न भाषाको अनुवाद, मैत्री राजनीति तथा संस्कृत र उर्दु साहित्यको विषयमा अध्यापन गर्छु ।
मेरो परिवार जस्तै म पनि भारतमै बसेँ । विदेशमा काम गर्ने सबै अवसर अस्वीकार गरेँ । म भारतमै अध्यापन गर्छु । भारतीय युवालाई पढाएर देश निर्माणमा योगदान गरिरहेको छु ।
राष्ट्रिय स्वयम्सेवक सङ्घको आडमा चलेको भारतीय जनता पार्टीको सरकारसमक्ष आफू भारतीय नागरिक भएको प्रमाण पेश गर्न मलाई स्वीकार छैन । राष्ट्रिय स्वयम्सेवक सङ्घका नेताहरूको भारतीय स्वतन्त्रता सङ्घर्षमा निकै कममात्र अथवा कुनै भूमिका नै नभएको इतिहासले हामीलाई देखाएको छ । उनीहरूले दुई राष्ट्रको सिद्धान्त अघि सारे । अहिले आएर उनीहरू अरू भारतीयहरूको नागरिकतामाथि प्रश्न उठाइरहेका छन् ।
अरू असङ्ख्य मुसलमानहरू जस्तै मेरो परिवार र मैले यो देशमा बसेर आफ्नो रगत पसिना बगाएका छौँ । जब कथित ‘वीर’ सरभाकरले जेलबाट बेलायतलाई क्षमादानको पत्र लेखिरहेका थिए, मेरा जिजुबुवा र उनका छोराहरू अरू दसौँ हजार मुसलमानसँगै बेलायती जेलमा कैद थिए । उनीहरू अरू भारतीयसँग दाजुभाइ र कमरेड बनेर भारतको स्वतन्त्रताको लागि लडिरहेका थिए ।
भारतको यही धर्मनिरपेक्षताको भावनाको लागि हामी विभेदकारी नागरिकता संशोधन ऐन अस्वीकार गर्दैछौँ । यो ऐनले संयुक्त राष्ट्र सङ्घले संसारकै सबभन्दा जोखिममा मानेको म्यानमारका रोहिन्ग्या वा श्रीलड्ढाका तामिललाई शरण दिन मान्दैन । म जस्ता जनतालाई आफ्नो पहिचान र नागरिकता पुष्टि गर्न पटक –पटक दबाब दिने राष्ट्रिय नागरिक पञ्जिकरण म अस्वीकार गर्छु ।
नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिकता पञ्जिकरण (एनआरसी) दुवै मुसलमानहरूलाई दबाउने विभेदकारी जालो हो । भाजपा र गृहमन्त्री अमित साहले आफ्नो ट्वीटर र पत्रकार भेटघाटमा यो कुरा भन्दै आएका छन् । मेरा पितापुर्खा र मैले चुनेको यो धर्मनिरपेक्ष भूमिमा यस्तो कानुन हामी स्वीकार्न सक्दैनौँ ।
त्यसकारण गत डिसेम्बर ५ को दिन जामिया मिलिया इस्लामिया र अलिगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीविरुद्ध प्रहरीले ज्यादती गरेयता म धेरै नागरिक अधिकारको लागि भएका जुलुसमा सहभागी भएको छु । मेरा पितापुर्खाले जस्तै म पनि कुनै तानाशाही शासन स्वीकार्दिनँ । म शोषण र उत्पीडनबाट मुक्त भारतको सपना देख्छु जहाँ अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित होस् । विरोध गर्ने अधिकार सुनिश्चित होस् । समान नागरिकताको अधिकार होस् । नोटबन्दी होस् वा राष्ट्रिय नागरिक पञ्जिकरण होस्, जहाँ नागरिकलाई लामबद्ध बनाउन कर्मचारीतन्त्रलाई हतियारबद्ध नगरियोस् । बरु मनग्य रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध भएको भारतको म सपना देख्छु ।
त्यसको लागि म शान्तिपूर्वक प्रदर्शन गर्दैछु । अरू मुसलमान, हिन्दु, सिख, इसाई, दलितलगायत अरू सबै थरी आस्था राख्ने जनता र त्यस्तो आस्था नै नभएका जनतासँगै हामी यो प्रदर्शनमा सहभागी छौँ । रवीन्द्रनाथ टैगोरले भनेजस्तै कुनै भय नभएको दिमागको लागि म विरोध प्रदर्शनमा सामेल छु । म सबै भारतीय जनतालाई त्यसको लागि अपिल गर्छु । कसैले पनि उपेक्षाको अनुभव गर्न नपरोस् । विशेष गरी आजको परिस्थितिमा जब तानाशाही सरकार जनतामाथि थप निर्मम बनेको छ । हामीलाई मित्रता र ऐक्यबद्धताको राजनीति चाहिएको छ । जहाँ मिहिन भातृत्व कायम रहोस् । बीआर अम्बेडकरले संवैधानिक भातृत्वको लागि वकालत गरेको बुद्धदर्शनको मैत्रीलाई कायम गरौँ ।
भारतको लागि मेरो परिवारले गरेको सङ्घर्षको इतिहास र नागरिक समाजको शिक्षित सदस्यको रूपमा मलाई मेरो नागरिकता प्रमाणित गर्न त्यत्ति कठिन नहोला । तथापि आफूलाई नागरिक प्रमाणित गर्ने कागजात नभएका नागरिकप्रति ऐक्यबद्धतामा म आफ्नो नागरिकता प्रमाणित गर्ने कुनै पनि कागज सरकारसमक्ष पेश गर्नेछैन । आशा छ, भारतका सबै धर्मनिरपेक्षका पक्षपाती प्रजातान्त्रिक नागरिकले यही बाटो पछ्याउनेछन् ।
स्रोतः स्क्रोल.इन
नेपाली अनुवादः नीरज
Leave a Reply