रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाडौँ, ९ पुस । उन्नाइसौँ शताब्दीको मध्यमा भएको अफिम युद्ध पछि चीनले लगातार झन्डै एक सय वर्ष उपनिवेशवादी शासन भोग्नुप¥यो । इतिहासको कुनै खण्डमा संसारकै ‘सभ्यताको केन्द्र’ चीन अफिम युद्धपछि उपनिवेशवादी पश्चिमा देशको तखतमा बाँच्ने देश बन्यो । छिङ वंशको शिथिल सामन्ती शासनका कारण उपनिवेशवादी शक्ति देशहरूले चीनलाई छिन्नभिन्न र कमजोर बनाएको थियो । बीसौँ शताब्दीको आरम्भसँगै चीनलाई ‘मानिसको मासु खाने’ उपनिवेशवादी शासनबाट मुक्त बनाउने विषयमा चिनियाँबौद्धिक वृत्तमा बहस आरम्भ भयो । पश्चिमा प्रजातन्त्रबाट प्रभावित केही चिनियाँ देशभक्तहरू चीनमा पनि पश्चिमा देशकै जस्तो प्रजातान्त्रिक बन्दोबस्त ल्याउनुपर्ने विचार राख्थे । उदार पुँजीवादी प्रजातन्त्रका पक्षधर डा. सन यात सेनले यो विचारको नेतृत्व गरेका थिए । सन् १९११ मा भएको पुँजीवादी क्रान्तिले छिङ वंशको राजतन्त्रलाई इतिहासको आलमारीमा थन्कायो । तर, युगौँदेखिको चिनियाँ जनताको स्वाधीनताको प्यास सन यात सेन नेतृत्वको सरकारले पनि पूरा गर्नसकेन । पुँजीवादी प्रजातन्त्रप्रतिको चिनियाँ जनताको निराशाको फाइदा भने युआन सिकाइजस्ता युद्ध सरदारले उठाए । चीन फेरि पनि अस्थिरता र अनिश्चयको भुँवरीमा फस्यो ।
चीन यस्तै अन्योलमा अलमलिरहँदा रूसमा अक्टोबर क्रान्तिको तोप पड्किरहेको थियो । पुँजीवादी प्रजातन्त्रको अपूर्णताको अनुभव हासिल गरिसकेका चिनियाँ जनतालाई ‘अक्टोबर क्रान्तिको तोपको बिस्फोट’ ले आकर्षित ग¥यो । पेइचिङका केही बुद्धिजीवीहरू अक्टोबर क्रान्तिले संसारभर दिएको सन्देशबाट प्रभावित भयो । सन् १९१९ को मे महिनामा भएको आन्दोलनमा अक्टोबर क्रान्तिको हावा पसिसकेको थियो । लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिले देखाएको बाटो नै युगौँदेखि उपनिवेशवादको अपमान झेलिरहेको चीनले खोजेको मुक्तिको बाटो हुने निष्कर्षसहित सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भयो ।
संसारका धेरै देशका कम्युनिस्ट पार्टीले जस्तै चिनियाँ कम्युनिस्ट पार्टीको तत्कालीन नेतृत्वले अक्टोबर क्रान्तिबाट सिक्ने नाममा त्यसको देखासिकी गरे । तर, रूस र चीनको परिस्थितिबीचको अन्तर बुझ्न नसक्दा त्यो देखासिकी असफलता र अनावश्यक बलिदानमा परिणत भयो । चिनियाँ कम्युनिस्ट पार्टीको तत्कालीन नेतृत्वमा रहेका केही नेताहरूले सोभियत सङ्घ, अक्टोबर क्रान्ति र लेनिन पढेका थिए, तर चीनको परिस्थितिबारे उनीहरूलाई कममात्र जानकारी हुँदा अन्ध नक्कल र वामपन्थी अवसरवादी गल्ती हुन पुग्यो । दोस्रो विश्वयुद्धअघि जापानले चीनमाथि उपनिवेशवादी शासन लाद्यो । अब चिनियाँ कम्युनिस्टहरूको काँधमा जापानी उपनिवेशवादविरूद्ध लड्ने जिम्मेवारी पनि आयो । तर, कसरी लड्ने भन्ने प्रश्न अनिर्णित थियो ।
त्यस्तो अन्योलग्रस्त परिस्थितिमा चिनियाँ परिस्थितिको गम्भीर अध्ययन गरी एउटा प्रस्ट बाटोसहित अघि बढ्नुभएको थियो– चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङ । उहाँले चीनमा क्रान्ति गर्ने हो भने चीनको वस्तुगत अध्ययन गरी चीन बुझ्नुपर्ने विचार अघि सार्नुभयो । माक्र्सवाद–लेनिनवादलाई चिनियाँ परिस्थितिमा लागू गरी चिनियाँ समाज सुहाउँदो समाजवादी व्यवस्था स्थापना गर्ने माओको नीति नै इतिहासले सत्य प्रमाणित ग¥यो । माक्र्सवाद–लेनिनवादलाई शब्दतः बुझ्ने र त्यसको मूल आन्तर्यलाई बेवास्ता गर्ने गल्ती गर्दा संसारका अरू धेरै देशमा भएको गल्ती माओले चीनमा दोहो¥याउनुभएन । बरू चीनको परिस्थितिअनुसार माक्र्सवाद–लेनिनवादको प्रयोग फरक तरिकाबाट गर्नुभयो ।
कोमिन्ताङको देशभक्त खेमासँग चिनियाँ कम्युनिस्ट पार्टीले जापानविरोधी क्रान्तिमा मोर्चाबन्दी गरेको थियो । कोमिन्ताङले जापानी उपनिवेशवादलाई पराजीत गरेर प्रजातान्त्रिक व्यवस्था स्थापनाको प्रस्ताव अघि सारेको थियो । माओले जापानलाई लखेटेपछि चीनमा प्रजातन्त्र ल्याउने कार्यक्रमप्रति सहमति जनाउँदै तर त्यस्तो प्रजातन्त्र पश्चिमा शैलीको नभई चिनियाँ परिस्थितिको नयाँ प्रजातन्त्र हुने कार्यक्रम अघि सार्नुभयो । नयाँ प्रजातन्त्र चीनका किसान–मजदुरको नेतृत्वमा देशभक्त पुँजीपति र प्रगतिशील बुद्धिजीवीसहितको हुने माओको प्रस्ताव थियो । चिनियाँ क्रान्तिमा माओको विशिष्ट योगदान नै माक्र्सवाद–लेनिनवादको चिनियाँ परिस्थिति अनुकूलको परिभाषा गर्नु र व्यवहारमा कार्यान्वयन गर्नु हो । चिनियाँ कम्युनिस्ट पार्टीले चीनको परिस्थितिमा माक्र्सवाद–लेनिनवादको रचनात्मक प्रयोगको अनुभवलाई माओ त्सेतुङ विचारधारा भनी व्याख्या ग¥यो ।
लेनिनले माक्र्सवादलाई रूसको परिस्थितिमा व्याख्या गरी लागू गर्नुभयो । स्तालिनको शब्दमा ‘सर्वहारा क्रान्ति र साम्राज्यवादी युगको माक्र्सवाद नै लेनिनवाद हो ।’ रूसमा क्रान्तिको नेतृत्व रूसी औद्योगिक मजदुरको नेतृत्वमा भएको थियो । रूस आफैँ साम्राज्यवादी देश थियो । तर, त्यसभन्दा भिन्न चीनमा औद्योगिक विकास भइसकेको थिएन । बहुमत जनता किसान थिए । सामन्ती उत्पादन सम्बन्ध नै हावी थियो । चीन आफै जापानको उपनिवेश थियो । चिनियाँ कम्युनिस्ट पार्टीले त्यत्तिबेलाको चीनलाई ‘अर्धसामन्ती र अर्धउपनिवेश’ भनी व्याख्या ग¥यो । त्यस परिस्थितिमा रूसको अन्ध नक्कलले चीनमा क्रान्ति सम्भव थिएन । चीनले आफ्नै परिस्थितिअनुसार क्रान्ति गर्ने जिम्मेवारी कम्युनिस्ट पार्टीको काँधमा थियो । माओ त्सेतुङले त्यो जिम्मेवारी पूरा गर्नुभयो । चिनियाँ क्रान्तिमा माओको विशिष्ट योगदान मूलतः यही हो ।
माओले चीनको सन्दर्भमा गर्नुभएको माक्र्सवाद–लेनिनवादको प्रयोग नै संसारका अर्धसामन्ती र अर्धउपनिवेश देशको निम्ति क्रान्तिको बाटो बन्यो । विसं २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो । तत्कालीन परिस्थितिमा नेपाली समाज अर्धसामन्ती र अर्धउपनिवेशी थियो । त्यसकारण स्थापनाकालीन नेकपाले माओ त्सेतुङ विचारधारालाई माक्र्सवाद–लेनिनवादसँगै आफ्नो मार्गनिर्देशक सिद्धान्त स्वीका¥यो । आज पनि माओका क्रान्तिकारी विचारबाट नेपाली जनताले सिकेर नेपाली परिस्थितिअनुसारको समाजवादी क्रान्ति अघि बढाउनु आवश्यक छ । आज माओ त्सेतुङ चीनको मात्र हुनुहुन्न, संसारकै तेस्रो विश्वका क्रान्तिकारीहरूका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ ।
स्तालिनको निधनपछि सोभियत सङ्घले संशोधनवादी बाटो समात्यो । संशोधनवादले संसारभरि कम्युनिस्ट आन्दोलनलाई विभाजित र कमजोर बनाएको थियो । संशोधनवादले माक्र्सवाद–लेनिनवादले देखाएको बाटोभन्दा विपरीत बाटोमा विश्व कम्युनिस्ट आन्दोलनलाई हिँडाउन खोज्यो । माओले संशोधनवादी दिशाविरूद्ध सम्झौताहीन सङ्घर्ष गर्नुभयो । भर्खर बामे सर्दै गरेको चिनियाँ नयाँ जनवादी व्यवस्थाले अनेकन आर्थिक र राजनीतिक सड्ढट सामना गर्दै थियो । संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश चीनका जनताको भोक मेटाउन पनि सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीलाई चुनौती नै थियो । तर, आफ्नै माटो खोस्रने र चट्टान फोडेर अन्न फलाउने बाटोमा चीन लाग्यो । संशोधनवादसामु झुक्न चीन तयार भएन । इतिहासले आज सोभियत संशोधनवाद गलत र चीनको बाटो सही भएको पुष्टि गरेको छ । सोभियत संशोधनवाद इतिहास बन्यो । चीन आज संसारकै एउटा समृद्ध देश बनेको छ । चीनले आज हासिल गरेका सबै उपलब्धिको आधार माओ त्सेतुङ र माओ विचारधारा नै हो । चीनको आजको सफलता माओ र माओ विचारधाराको विजय हो ।
आज डिसेम्बर २६ । माओ त्सेतुङको १२६ औँ जन्म दिवस । संसारको इतिहासलाई नयाँ दिशा दिने र श्रमिक वर्गलाई मुक्तिको बाटो देखाउने माओ त्सेतुङको योगदानको सम्झना गर्दै उहाँप्रति सम्मान गर्ने दिने हो–डिसेम्बर २६ । माओ दिवस मान्नुको अर्थ संसारलाई सबैखाले उत्पीडनबाट मुक्त गरी न्यायपूर्ण समाजवादी समाज निर्माणको बाटोमा अघि बढ्नु हो । माओको सम्झना गर्नुको अर्थ संसारलाई दुःखको सागरमा डुबाएको साम्राज्यवादविरूद्धको सङ्घर्षलाई अझ गति दिनु हो । माओ दिवसको अवसरमा संसारका सम्पूर्ण न्यायप्रेमी, क्रान्तिकारी श्रमिक जनतामा हार्दिक शुभकामना ¤
Leave a Reply