जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
भक्तपुर, १० पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका गुरु माओ त्सेतुङको १२६ औँ जन्मदिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आत्मनिर्भरताले मात्र देश विकास हुनसक्ने धारणा राख्दै माओको सङ्घर्षशील र अध्ययनशील बानीबाट कार्यकर्ताहरूले शिक्षा लिनुपर्छ भन्नुभयो ।
नेकपा ‘भाइ काङ्ग्रेस’ प्रमाणित भइसकेकोले नेकपाबाट कामदार वर्गको हितमा काम गर्छ भन्ने आशा गर्नु धोखामात्र हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ओली–दाहाल सरकारले वैदेशिक रोजगारीको नाममा नेपाली युवाहरूलाई बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामीको रूपमा पठाउने नीतिलाई निरन्तरता दिएको छ । कृषि क्षेत्रलाई नष्ट गरी भारतबाट खाद्यान्न आयात गरी देश र जनतालाई विश्वासघात गरिरहेको छ ।”
विदेशको नक्कल गरेर हुबहु लागू गर्न खोज्दा असफल हुने बताउँदै अध्यक्ष रोहितले राजनीतिक कार्यकर्ताहरू सुसंस्कृत, अध्ययनशील र व्यवहारिक हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले कामदार वर्गका गुरुहरू स्तालिन र माओ दुवै देशभक्त भएको बताउनुभयो ।
सरकारमा गएका पार्टी र तिनका नेताहरूले नेपालको भूमि भारतले अतिक्रमण गरी नयाँ नक्सा जारी गरे पनि सरकारले विरोध गर्न नसकेको चर्चा गर्दै उहाँले सरकारमा गएका पार्टीहरूले देशको सन्तुलित विकास नगरेको हुँदा जनताले दुःख पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको बजेट काठमाडौँमा केन्द्रित गरी ठूला सहर बनाउने सरकारी योजना सन्तुलित विकासको विपरीत हो । बढ्दो जनसङ्ख्याको कारण अहिले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या, फोहरमैलाको अव्यवस्था, धुलो–धुवाँको प्रदूषण, सडक जाममा समस्या बढिरहेको छ । खाद्यान्नमा परनिर्भरताको स्थिति छ ।”
काठमाडौँ उपत्यकामा बाँकी रहेका जग्गामा ठूला चार सहर विकास गरी करोडौँ मानिस काठमाडौँ उपत्यकामा बसाइए भयावह स्थिति उत्पन्न हुने भएकोले सरकारले ठूला सहरको बजेट काठमाडौँ उत्पयका बाहिर नै खर्च गर्नु आवश्यक छ । यसले देशको सन्तुलित विकास हुनेछ, सचिव सुवालले भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले माओ चिनियाँ जनताका मात्र नेता होइन विश्वकै कामदार वर्गका गुरु भएको बताउनुभयो ।
“भारतीय विस्तारवादले नेपाल–भारतको सिमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत नेपाली भूमि डुबानमा पर्ने तटबन्ध तथा बाँध बनाइरहँदा विरोध गर्न नसक्नु सरकारको कायरता हो”, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नारायणभक्त न्हेमाफुकी र गङ्गाराम ज्याख्वले पनि बोल्नुभएको थियो । मजदुर सङ्घको प्रवचन स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विभिन्न पेशाकर्मी कार्यकर्ताहरूबीच बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले कामदार वर्गका गुरुहरू स्तालिन र माओ दुवै साम्राज्यवादविरोधी सङ्घर्षका नेताहरू भएको चर्चा गर्दै मानव समाजलाई न्यायपूर्ण, उन्नत र सुसंस्कृत बनाउन उहाँहरूले उल्लेखनीय योगदान गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिनको नेतृत्वमा अगाडि बढेको क्रान्तिकारी संसद्वादलाई रूसमा सफल कार्यान्वयन गर्न स्तालिनले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”
“नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरेका एमाले, माओवादीलगायतले पुँजीवादी सरकारको नेतृत्व गरे । पुँजीवादी सरकारको भागबन्डाको निम्ति चुनाव जित्नेहरू नामले कम्युनिस्ट भए पनि यथार्थमा कम्युनिस्ट होइनन्, पुँजीवादी पार्टी नै हुन् ।” सचिव सुवालले भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका सदस्य र शुभेच्छुकहरूले नेपालको भूमि लिम्पियाधुरा भारतले आफ्नो नक्सामा गाभेर जग्गा मिच्ने कार्यको विरोध गर्नु आवश्यक भएको चर्चा गर्दै उहाँले नेका र नेकपाको सरकारले एमसीसीको नाममा अमेरिकी सरकारको अनुदान प्राप्त गर्न अमेरिकी नेतृत्वको हिन्द–प्रशान्त सैन्य गठबन्धनको समर्थन गरेकोले विरोध गर्नुपर्छ भन्नुभयो ।
नेक्रामजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले विशाल चीनलाई सन् १९५० अगाडि विश्वका विभिन्न ८ वटा साम्राज्यवादी देशहरूले ठाउँ–ठाउँमा गरेको हस्तक्षेपविरुद्ध माओ त्सेतुङको नेतृत्वमा किसान आन्दोलन गरी देशलाई स्वाधीन र सार्वभौम बनाएको बताउनुभयो ।
उहाँले माओको भनाइ अघि सार्दै भन्नुभयो, “क्रान्तिलाई अगाडि बढाउने हो भने कुन शत्रु र कुन मित्र चिनेर अगाडि बढ्नुपर्छ ।”
कार्यक्रममा नेमकिपा भजिसका पाण्डव सुवाल र मजदुर सङ्घका उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा १ वडा सल्लाघारी र नपली सिर्जनानगर एकाइ समितिले बिहीबार विश्वका महान् योद्धाहरूबारे अन्तरक्रिया कार्यक्रम गरे ।
उक्त कार्यक्रममा अतिथि प्रजापतिले अन्तर्राष्ट्रियरूपमा योगदान गर्नुभएका स्तालिन र माओ त्सेतुङजस्ता नेताहरूको दिवस मनाउन जरुरी भएको विचार राख्नुभयो ।
उहाँले अक्टोबर क्रान्ति र दोस्रो विश्व युद्धमा स्तालिनको आह्वानमा लाखौँ रुसीवासीहरू युद्धमा सहभागी भएर जीत हासिल गरेको स्मरण गराउनुभयो ।
उहाँले शासक दल नेकपा नाममात्रको कम्युनिस्ट भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले माओ त्सेतुङको जीवनीबारे चर्चा गर्दै नगरपालिका र वडामार्फत भएका विकास निर्माणका कामहरूबारे बताउनुभयो ।
सल्लाघारी नपली सिर्जनानगर नेमकिपाका इन्चार्ज सूर्यप्रसाद श्रेष्ठ, १ वडाका इन्चार्ज लक्ष्मीनारायण राजलवट, सल्लाघारी एकाइ समिति सचिव हरिसुन्दर लवजु र चेतनाथ कटेलले पनि बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टी १० औँ जिल्ला सम्मेलन तयारी समिति कालीकोटको आयोजनामा तिलागुफा नगरपालिका वडा नं. ९ मा कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ का संयोजक नन्दबहादुर शाहीले चिनियाँ सिद्धान्त र नीतिका प्रतिपादक तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता माओ त्सेतुङ्गकै नेतृत्वमा लामो समयसम्म सामन्तवाद तथा साम्राज्यवादको चङ्गुलमा फसेको चीन र चिनियाँ जनताको मुक्तिको सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको बताउनुभयो ।
नेपालका कम्युनिस्ट नामका शासक दलहरू देशको सीमा मिचिए पनि चुँइक्क नबोल्नु र देशका बेरोजगार युवाहरू सस्तो ज्यामीको रूपमा विदेश पठाउनुले सरकार विदेशीको दलाल भएको बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट पार्टीका केन्द्रीय सदस्य तथा १० औं जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाले माओले माक्र्सवादी लेनिनवादी सिद्धान्तको आधारमा समाजको वर्गीय विश्लेषण र संश्लेषण गरी चिनियाँ समाजको अग्रगामी विकासको अवरोधक शक्तिहरू को को हुन् भनी पत्ता लगाई चिनियाँ भुमिमा माक्र्सवादी लेनिनवादीको प्रयोग गरी चिनियाँ जनताको राजनैतिक जिवनस्तर उठाएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समितिका सचिव खड्गराज शाही, जिल्ला समितिका सदस्य नरेन्द्रबहादुर शाही र नेक्राशिसङ्घ जिल्ला समितिका सचिव दीपकबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
त्यस्तै माओ र स्तालिनको जन्म दिवसको अवसरमा नेमकिपा भनपा वडा नं. २ एकाइ समितिको आयोजनामा बिहीबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले समाजवाद नै कामदार जनताको हितको व्यवस्था हो भन्नुभयो ।
देश र जनताको सेवा गर्ने व्यक्तिलाई सबैले सम्मान गर्ने चर्चा गर्दै उहाँले जनतालाई राजनीतिकरूपले सचेत गर्न सके भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबाट देशलाई जोगाउन सकिने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् भनसका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको चर्चा गर्दै कार्यकर्ताहरू राजनीतिकरूपमा सङ्गठित भई पार्टी निर्देशनअनुसार देश र जनताको सेवामा लाग्नुपर्छ भन्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले दक्षिण एसियामा मोदी फासीवादी नीतिको उदय खतराको सड्ढेत भएकोले फासीवादी नीतिलाई परास्त गर्न सम्पूर्ण जनता एक हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा रत्नकाजी नातरी र कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
नगरकोट
विश्व सर्वहारा वर्गका महान् गुरुहरू माओ त्सेतुङको १४० औँ र स्तालिनको १२६ औँ जन्मदिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण ६, वडा समिति नगरकोटको आयोजनामा कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले माओ त्सेतुङ सानै उमेरदेखि न्यायको पक्षमा उभिने र सहयोगी भावना भएका व्यक्तित्व भएको चर्चा गर्दै उहाँको नेतृत्वमा चीनमा भएको कम्युनिस्ट आन्दोलनबाट नेपाली जनताले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभयो ।
चीनले एक क्षेत्र एक मार्गको अवधारणाबाट सबै देशलाई विकासको गतिमा सँगसँगै लैजाने उद्देश्य राखेको हुँदा नेपालले त्यसबाट फाइदा लिन सक्नुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले नेपालमा दुईतिहाइको दम्भ देखाउने कम्युनिस्ट नामधारी सरकार भ्रष्टाचारमा लिप्त हुनु विडम्बना रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले स्तालिन कम प्रचारमा आउने, समयमै काम सम्पन्न गर्ने, सिद्धान्तमा अटल र अध्ययनशील व्यक्तित्व भएकोले उहाँको जीवनीबाट सिक्दै देश र जनताको सेवा गर्न सङ्गठनमा आबद्ध हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले हिटलरको नाजी सेनालाई स्तालिन नेतृत्वको रुसले पराजित गरेको प्रसङ्ग चर्चा गर्दै दक्षिण एसियामा मोदी फासीवादलाई पनि पराजित गर्न जरुरी रहेको बताउनुभयो ।
नेमकिपा चाँगु ६ नगरकोटका अध्यक्ष शंखबहादुर थिङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटा र सरोज थिङले पनि बोल्नुभएको थियो ।
जुम्ला
नेमकिपा चन्दननाथ नगर समितिले माओ जयन्तीको अवसरमा बिहीबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपा जुम्लाका उपाध्यक्ष राजेश्वर देवकोटाले विश्व सर्वहारा वर्गका नेता माओको योगदानबारे चर्चा गर्दै माक्र्सवादलाई माओले चिनियाँ परिस्थिति अनुकूल लागू गरी क्रान्ति सफल गरेको बताउनुभयो ।
चीनको आजको प्रगतिको आधार माओले नै तयार गरेको हो, उहाँले भन्नुभयो ।
नेमकिपाले नेपाली जनतामाझ कम्युनिस्ट सिद्धान्तअनुसार जनतालाई सचेत पार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाहीले समाजवाद गरिब जनताको शासन भएकोले श्रमजीवी वर्गले माओका रचनाहरू अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्णलाल खत्री र नेमकिपा चन्दननाथ नगर समितिका अध्यक्ष यज्ञबहादुर बुढ्थापाले पनि बोल्नुभएको थियो ।
सुर्खेत
विश्व सर्वहारा वर्गका गुरु माओ त्सेतुङको १२६ आँै जन्मजन्तीको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका संयोजक हरिबहादुर बोहराले माओको जीवनीबारे चर्चा गर्दै क्रान्तिको समयमा माओले चिनियाँ किसानहरूलाई सचेत र सङ्गठित पार्दै किसान आन्दोलन अगाडि बढाउनुभएको बताउनुभयो ।
उहाँले माओले क्रान्ति सम्पन्न भएपछि पनि कुशल नेतृत्व गर्दै चिनियाँ अर्थतन्त्रलाई बलियो बनाउनुभएको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतका अध्यक्ष जगत लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रेमकुमार थापा, ऐनबहादुर शाही, अक्कलबहादुर राना, लालबहादुर थापा, बिजुकला राना र पुष्पराज रानाले पनि बोल्नुभएको थियो ।
Leave a Reply