रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
प्रितम बर्कताकी
निकै बहस भएको विवादित नागरिकता (संशोधन) विधेयक, २०१९ अब कानुन बनेको छ । आसामका आदिबासी जनता, उनीहरूको पहिचान, संस्कृति र अर्थतन्त्र अनि देशकै लोकतन्त्रको निम्ति यो एउटा खतरा बनेको छ । डिसेम्बर लागेसँगै आसामभरि विधेयक खारेजीको माग गर्दै आन्दोलन भइरहेको छ । डिसेम्बर ११ को दिनबाट आन्दोलनले उग्र रुप लिएको छ । आसामको सरकारी मुख्यालयअघिको धर्ना होस् वा आसामका विभिन्न ठाउँमा भएका शान्तिपूर्ण प्रदर्शनहरूमा होस्, विद्यार्थीहरूले सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् ।
विडम्बना त्यस्ता शान्तिपूर्ण जुलुसमाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यासको सामना गर्नुपरेको छ । धेरै छात्र–छात्रा घाइते भए । धेरैलाई प्रहरीले गिरफ्तार गरेको छ । तेस्रो पक्ष र सरकार प्रायोजित घुसपैठिया र भीडले हिंसा र भाँचकुच गर्दै आएका छन् । जसले अवस्थालाई थप भयावह बनाइरहेको छ । शान्तिपूर्ण विरोध जुलुस आयोजना गर्नुको कारणलाई पनि त्यस्तो अवस्थाले प्रभावित बनाएको छ । आसाममा राज्यका सबै निकाय ठप्प भयो । अनिश्चितकालीन कफ्र्यु आदेश जारी भयो । इन्टरनेट बन्द गरियो ।
जताततै अर्धसैनिक बल तैनाथ छन् । मानिसहरूलाई घरबाट बाहिर ननिस्कन आदेश जारी भएको छ । जसले आसामका जनतालाई यताउता जान निषेध गरिएको छ । घटनाक्रम यसरी विकास हुँदै अवस्था निकै नाजुक बनेको छ । एकै ठाउँमा बस्नुपर्दा कतिपय ठाउँका मानिस खानेकुराको अभावमा पिरोलिएका छन् । त्यस अवस्थामा हामीसँग कफ्र्यु आदेश तोड्नुको विकल्प थिएन । कफ्र्यु आदेश तोडेर हामी गुवाहाटीकै सबभन्दा ठूलो खेलमैदानमा शान्तिपूर्वक भेला भयौं । विभिन्न उमेर, धर्म, भाषा र पहिचानका हजारौं हजार मानिस त्यहाँ भेला भए । उनीहरू सबैले मोदी सरकार र नागरिकता संशोधन ऐनविरुद्ध आवाज बुलन्द गरे ।
अफसोस, शान्तिपूर्वक भेला भएका मानिसहरूमाथि अर्धसैनिक बलले अचानक गोली हाने । रबरका गोलीबाट जथाभावी हमला भयो । आसामका मिडियाको मुख थुनियो । आसाममा कार्यरत धेरै प्रहरी अधिकारीहरूको स्थानमा बाहिरबाट आएका प्रहरी अधिकारीलाई तैनाथ गरियो । शान्तिपूर्ण जुलुसमा समर्थन गर्न त्यहाँ आएका ६ जना विभिन्न धार्मिक समुदायका युवाहरू प्रहरीको गोलीले मारिए । कलेज र विश्वविद्यालय पुगेर पनि प्रहरीले विद्यार्थीलाई धम्काए । शैक्षिक संस्थामा पनि प्रहरीले हवाइ फायर गरे । छात्रावासमा खानेकुराको अभाव भइरहेको छ । शैक्षिक संस्था, बैड्ढ र बजार विगत केही दिनदेखि लगातार बन्द छन् । हाम्रो क्षेत्रमा हामी गम्भीर सड्ढट सामना गरिरहेका छौं । जनतामा भय र त्रास फैलाउन केही सरकारी अधिकारीहरू गोली र हिंसालाई सघन बनाइरहेका छन् ।
कानुन र सुव्यवस्थालाई खतरा भएको भन्दै इन्टरनेटमा गरिएको निषेध दमनको उत्कर्ष थियो । इन्टरनेट बन्द भएसँगै आसामको बाँकी विश्वसँग सम्बन्धविच्छेद भएको छ । फलतः प्रहरीको ज्यादती र अत्याचार छायाँमा परेको छ । बाहिर विश्वबाट आसाममा आसामिया जनतामाथि भइरहेको दमनलाई लुकाइयो ।
हाम्रो अवस्थाबारे यो पत्र लेख्दै गर्दा हाम्रो (सम्पूर्ण आसाम राज्य) को लड्ने भावना भने कति पनि कमजोर नभएको बताउनु चाहन्छु । हामी हजारौं जनता आज भोक हडताल र जुलुसमा सहभागी बनिरहेका छौं । जसले आसाममा एउटा गति कायम छ । हामीले आसाममा सत्याग्रह थालनी गरेका छौं । हामी शान्तिपूर्वक लड्न छोड्ने छैनौं । नागरिकता संशोधन ऐन खारेज गराउन हामी दृढसङ्कल्पित छौं ।
उत्तरपूर्वी भारतको सम्पूर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै म सम्पूर्ण भारत र संसारभरि बसेका उत्तरपूर्वी भारतीय जनतासमक्ष हाम्रो आन्दोलनप्रति समर्थन गर्न अनुरोध गर्दछु । हाम्रो आन्दोलन सम्पूर्ण संसारमा पु¥याऔँ । हाम्रो अधिकार, स्वतन्त्रता र पहिचान दबाउन नदिऔं । हामी सत्तासीनहरूलाई प्रश्न गर्न चाहन्छौं–भारतका युवाहरूको भविष्यमा के हुँदैछ ?
(लेखक गुवाहाटी विश्वविद्यालयको कटन कलेजका विद्यार्थी हुनुहुन्छ ।)
स्रोत ः द वायर
नेपाली अनुवाद ः नीरज
Leave a Reply