भर्खरै :

नेपाल भ्रमण वर्षको पहिलो दिन नगरकोटबाट सूर्याेदय विशेष कार्यक्रम

भक्तपुर, १० पुस । नरगकोट नाल्दुम पर्यटन विकास समितिले चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखका दिन सूर्योदय नरगरकोट भन्ने विशेष कार्यक्रम हुने भएको छ ।
भ्रमण वर्षको प्रचारप्रसार गर्नका लागि पुस १२ गते तेलकोटको जल्पादेवी हुँदै नगरकोटसम्म हाइकिङ गरी भ्रमण वर्षको प्रभातफेरि कार्यक्रम गर्ने आयोजक समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।
जनवरी १ तारिखका दिन नगरकोटबाट झुल्के घामबाट भन्ने कार्यक्रममा नेपाली सैनिकको हेलिकप्टरबाट नेपाल भ्रमण वर्ष २०२० अङ्कित लोगोसहितको झन्डा फहराउने कार्यक्रम रहेको अध्यक्ष नविन गुरुङ्ले जानकारी दिनुभयो ।
भ्रमणमा नगरकोटमा रहेका होटलहरूले पर्यटकहरूलाई आर्कषक व्याकेजको व्यवस्था गर्ने तयारी भइरहेको समितिका कोषाध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो । कार्यक्रममा सांकृतिक कार्यक्रमसमेत हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *