मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, १० पुस । बज्राचार्य क्लब बज्रशील महाविहारले आयोजना हुने वल्र्ड बज्राचार्य अवार्ड पुस १२ गते काठमाडौँमा हुने भएको छ । विश्वका जुनसुकै विद्यालयमा वा विश्वविद्यालयबाट एसईईदेखि पीएचडीसम्म अध्ययन गर्दै उच्च अङ्क हासिल गर्ने बज्राचार्य समुदायका कुलपुत्र कुलपुत्री र कुलबधुलाई प्रमाणपत्रसहित पुरस्कृत गर्ने कार्यक्रम हुने अल्वर्ट बज्राचार्यले जानकारी दिनुभायो ।
वल्र्ड बज्राचार्य अवार्ड २०१९ अन्तर्गत आगामी पुस १२ मा राजधानीमा आयोजना गरिने साङ्गीतिक एवम् सांस्कृतिक कार्यक्रमका बीच गरिने कार्यक्रममा विश्व भर छरिएर रहेका बज्राचार्य समुदायलाई एकिकृत गर्ने उद्देश्यरहेको समाजका अल्वर्ट बज्राचार्यले जानकारी दिनुभयो ।
बज्राचार्य समुदायबीच एकआपसमा मजबुत भाइचारा बनाउने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको समाजका अल्वर्ट बज्राचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बज्राचार्य समुदायको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जनालाई लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिने छ ।
समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै आउनुभएका समूदायका सदस्यहरूलाई सम्मानसमेत उक्त कार्यक्रममा गरिने समाजका सदस्य अल्वर्ट बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म दर्ता भएका आवेदनका आधारमा अवार्ड एवम् सम्मान गरिनेसमेत उहाँले जानकारी दिनुभएको छ ।
Leave a Reply