भर्खरै :

अध्यक्ष माओ र माओ त्सेतुङ विचारधाराको मूल्याड्ढन कसरी गर्ने ?– २

ह्वाङ्ग केचेङ्ग
नेतृत्वबाट अध्यक्ष माओको निकालाबाट क्रान्तिलाई धेरै नोक्सानी
‘घेराबन्दी गर्ने र दमन गर्ने’ तेस्रो अभियानलाई चकनाचुर गरिसकेपछि १९३१ को सेप्टेम्बर १८ को घटना घट्यो । (१९३१ सेप्टेम्बर १८ को दिन जापानी आक्रमणकारीहरूले शेनयाङ्गमाथि हमला गरे । यसभन्दा अघि च्याङ्ग काई शेकका आक्रमणकारीहरूको प्रतिरोध गर्नुको सट्टा कम्युनिस्ट पार्टीमाथि दमन चर्काउने प्रयासले गर्दा उत्तर–पूर्वी चीनको पूरा भूभाग जापानीहरूले कब्जा गरिसकेका थिए ।) साङघाईका अधिकांश कामरेडहरू साङ्घाइबाट केन्द्रीय सोभियत क्षेत्रतिर लाग्नुभयो र सम्पूर्ण क्षेत्रको सङ्घर्षलाई निर्देशन गर्न एक केन्द्रीय व्युरोको निर्माण भयो । अनि स्थिति एकदम राम्रो भयो । प्रथमतः शत्रुहरूको ‘घेरेर दबाउने’ तेस्रो अभियानमाथिको विजयपछि अध्यक्ष माओले लालसेनाको मुख्य शक्तिलाई आधार इलाकालाई सुदृढ पार्ने दिशातर्फ ध्यान पु¥याउनुभयो र दुई र तीन महिनाको छोटो अवधिमै त्यहाँस्थित शत्रुका किल्लाहरूको थुप्रोलाई उखेली दिनुभयो । दोस्रो, १९३२ जनवरी २८ मा साङ्घाइमा युद्ध छेडिनाले च्याङ्ग काई शेकलाई एक अप्ठ्यारो स्थितिमा पु¥याइदियो । (१९३२, जनवरी १८ को दिन कमाण्डर काई चिङ काईको मातहतमा रहेको कोमिन्ताङको उन्नाइसौँ मार्ग सेनाले वीरतापूर्वक जापानी आक्रणकारीहरूको विरुद्ध बन्दुक उठायो ।) एकातिर उसले जापानीहरू र अर्कोतिर आन्तरिक गुटहरूसँग भिड्नुपर्ने भयो । दुर्भाग्यवश, त्यस्तो विकट स्थितिमा हाम्रो पार्टीभित्र फेरि मतभिन्नताहरू देखापरे । स्थितिलाई ध्यानमा राखेर अध्यक्ष माओले एक रणनीतिलाई अगाडि राख्नुभयो, युद्ध छेक्न लालसेनाको एक डफ्फा सोभियत क्षेत्रमा बसिरहनुपर्दछ जबकि जापानी आक्रमणकारीहरूको विरुद्धमा कोमिन्ताङको उन्नाइसौँ मार्ग सेनालाई समर्थन गर्ने नारा लिएर लालसेनाको मुख्य शक्तिले उत्तर–पूर्वी च्याङ्गशीमा रहेको लालसेनासँग सम्पर्क स्थापित गर्नुपर्दछ र फुच्यान–चेच्याङ– च्याङशी आधार इलाकाको विकास गर्नुपर्दछ । अध्यक्ष माओको यस सही ठम्याइलाई साङ्घाइमा रहेको अस्थाई केन्द्रीय समिति र केन्द्रीय व्युरो दुवैका कामरेडहरूले अस्वीकार गर्नुभयो । वाङ मिङको ‘वामपन्थी’ नीतिको दबदबाले गर्दा अध्यक्ष माओ पार्टी नेतृत्वबाट पुनः निकालिनुभयो । यद्यपि उहाँका सैनिक धारणा र लडाइँका नीतिहरूले लालसेनाभित्र ठूलो प्रभाव पारिसकेको थियो । का. चाओ एनलाई र का. चु तेहको मातहतमा शत्रुको ‘घेराबन्दी गर्ने र दमन गर्ने’ चौथो अभियान पनि ध्वस्त पारियो । १९३३ मा अस्थायी केन्द्रीय समितिको सचिवको रूपमा पो कू पनि कम्युनिस्ट अन्तर्राष्ट्रियबाट लालसेनालाई निर्देशन दिन पठाइएका अटो ब्राउनका साथमा केन्द्रीय सोभियत क्षेत्रमा आउनुभयो । यो बेलादेखि नै लालसेनामा वाङ मिङको ‘वामपन्थी’ अवसरवादी नीतिको दबदबा बढ्दै गएको थियो । अध्यक्ष माओका सैनिक कमाण्डका नीति निर्देशन र सिद्धान्तहरू पूरै नमान्नाले समस्त केन्द्रीय सोभियत क्षेत्र नै शत्रुको हातमा प¥यो । केन्द्रीय लालसेना लामो हिँडाइमा हिँड्न बाध्य भयो । लामो हिँडाइ थालिँदा ८०,००० भन्दा बढी मानिसहरू थिए । धापिला तृणभूमिहरू नाघिसकेपछि अत्यधिक कठिनाइ र बाटाभरिको युद्धले गर्दा एक चौथाइ मानिसहरूमात्रै बाँकी थिए । केन्द्रीय सोभियत क्षेत्रमा बसिरहेका सैनिकहरूले पनि ठूलो कष्ट भोग्नुप¥यो । अन्तमा चेन यी र स्याङ यिङद्वारा नेतृत्व गरिएको दलहरूमा साह्रै थोरै मानिसहरूमात्र बाँकी रहे । यसबाट अध्यक्ष माओको नेतृत्वमा कसरी हामीले सोभियत क्षेत्रको निर्माण र विकास ग¥यौँ र उहाँको नेतृत्व नहुनाले कसरी क्रान्तिले ठूल–ठूला क्षतिहरू व्यहोर्नुप¥यो भन्ने कुरा थाहा हुन्छ ।
सड्ढटबाट क्रान्तिको रक्षा
लामो हिँडाइको सुरुवात १९३४ अक्टोबरमा भयो । क्वाङ्शीको युद्धको बेला लालसेनाले धेरै क्षति भोग्नुप¥यो । अध्यक्ष माओले केन्द्रीय समितिका कामरेडहरूलाई पार्टीको नेतृत्व र सैनिक नीतिहरूका सम्बन्धमा विचार गरिनुपर्ने प्रस्तावहरू राख्नुभयो । जनवरी १९३५ मा क्वी चाऊ प्रान्तको चुनईमा केन्द्रीय समितिको राजनैतिक व्युरोको पूर्ण अधिवेशन बस्यो र उहाँ केन्द्रीय समितिको नेतृत्वदायी पदमा स्थापित हुनुभयो । तर (लो फू को नामले प्रसिद्ध) का. चाङ वेनशियानले पार्टी महासचिवको पद सम्हाल्नुभयो । त्यस अधिवेशनले गलत रणनीतिलाई आलोचना ग¥यो तर गलत राजनैतिक विचारलाई भने आलोचना गरेन । त्यसबेला त्यतिले पुगेको जस्तो मलाई लाग्दैनथ्यो । तर, ६ महिनापश्चात् मैले बुझेँ कि चुनईमा भएका कुराहरू एकताको निम्ति फाइदानजनक थिए । मैले महसुस गरेँ, म गलत थिएँ । त्यसबेला पो कू लाई पार्टी महासचिवबाट र लालसेनापतिबाट ब्राउनलाई हटाइएको थियो । पार्टी राजनैतिक समितिका अरू नेताहरू आ–आफ्ना नेतृत्वदायी पदहरूमा कायमै रहनुभयो, का. पो कू स्वयं पनि ब्युरोमा सम्मिलित थिए । चाङ को– ताओसितको चर्को सङ्घर्ष हुँदा नै मैले अध्यक्ष माओको नीति निर्णयको सत्यताको समझदारी प्राप्त गरेँ । चुनई सम्मेलनमा राजनैतिक नीतिको विषयमा कुरा उठाइएको भए थुप्रै कामरेडहरूको आलोचना हुन्थ्यो र यसले क्रान्तिकारी उद्देश्यलाई नोक्सान गर्ने थियो । अझ त्यसभन्दा बढी लालसेनाको स्थिति अनिश्चित भएको र सशस्त्र सङ्घर्ष नै प्रमुख समस्या भइरहेको त्यस घडीमा यसले क्रान्तिमाथि प्रत्यक्ष प्रभाव पर्दथ्यो । अध्यक्ष माओको निर्णयबाट पार्टीले सैनिक कार्यहरूमा आफ्नो ध्यान यही कारणले गर्दा राजनैतिक समितिले युद्ध सरदारपन, भगुवापन र चाङ को ताओको फुट पारुवापन नीतिको विरुद्धमा आफूलाई एकगठ पार्न समर्थ भयो ।
त्यो सङ्घर्ष चिनियाँ क्रान्तिको निम्ति पनि जीवन–मरणको कुरो थियो । उत्तर–पूर्वी सेचुवान प्रान्तको माओकोङमा पहिले र चौथो मोर्चा सेनाहरू भेट्दा चाङको मातहतको चौथो मोर्चा सेनामा ८० हजारभन्दा बढी सैनिकहरू थिए । आफ्नो सङ्ख्यात्मक एवम् सैनिक उत्कृष्टताको बलले चाङ को ताओले केन्द्रीय समितिलाई आफ्नो नीति मान्न बाध्य तुल्याउन खोज्यो । उसले अध्यक्ष माओ, का. चाङ वेनश्यान, चाओ एन लाई र अरू नेताहरूको हत्यासमेत गर्ने असफल प्रयत्न गरेको थियो । चाङ को ताओको भगुवापनको विरुद्धमा दृढ सङ्घर्ष गरिएको थियो र चाङ को ताओको सिक्यांग (वर्तमान पश्चिमी सेच्यान र पूर्वी तिब्बत) तिर लाग्ने नीतिको सट्टामा अध्यक्ष माओले पहिलो र तेस्रो मोर्चाका सैनिकहरूलाई उत्तरी शान्शीतिर डो¥याउनुभएको थियो । यदि यसो नगरिएको भए लालसेना नराम्रोसित पराजित हुनसक्थ्यो ।
सन् १९३६ को अन्तसम्ममा शियान घटनाको सफलता, शान्तिपूर्ण समाधानले गर्दा जापानी आक्रमणकारीहरूको प्रतिरोध गर्न कम्युनिस्ट पार्टी र कोमिन्ताङ्गमाझ दोस्रो पटक राष्ट्रिय संयुक्त मोर्चाको आधारशीला खडा हुनपुग्यो । कम्युनिस्ट पार्टीसित गृहयुद्ध रोकी जापानी आक्रमणकारीहरूको विरुद्ध लड्ने आफ्नो योजनामा च्याङ काई शेकलाई लगाउन नसकिएपछि कोमिन्ताङ्गका उच्चपदस्थ जेनेरलहरू च्याङ्ग श्युलियाङ्ग र याङ्ग हु चेङ्गले सन् १९३६ डिसेम्बर १२ को दिन च्याङ काई शेकलाई शियानमा बन्दी बनाए । सम्पूर्ण राष्ट्रलाई दिइएको आफ्नो वक्तव्यमा उनीहरूले सङ्घर्षको निमित्त ८ वटा प्रस्तावहरू प्रस्तुत गरे । चिनियाँ कम्युनिस्ट पार्टीले चाओ एन लाई र ये च्यानयिङलाई मध्यस्थताको निम्ति शियान पठायो । यसरी च्याङ काई शेकलाई माथि उल्लेखित सर्तहरू स्वीकार्न लगाइयो । यसरी यो घटनाको शान्तिपूर्ण समाधान भयो । यो अध्यक्ष माओको नेतृत्वमा पार्टी केन्द्रीय समितिद्वारा गरिएको ऐतिहासिक महत्वको अत्यन्त बुद्धिमत्तापूर्ण नीति र निर्णय थियो ।
जापानविरोधी प्रतिरोध युद्धमा र कोमिन्ताङ्गसँगको राष्ट्रिय संयुक्त मोर्चाको प्रश्नको सम्बन्धमा पार्टी केन्द्रीय समिति र कम्युनिस्ट अन्तर्राष्ट्रियबीच भिन्नाभिन्नै दृष्टिकोण थियो । हामी ‘जे गर्छौँ त्यो सबै संयुक्त मोर्चामार्फत गरौँ’ र ‘सबै कुरा संयुक्त मोर्चालाई सुम्पौँ’ भन्ने धारणा कम्युनिस्ट अन्तर्राष्ट्रियको थियो । अध्यक्ष माओ यसको विरोधमा हुनुहुन्थ्यो । तर उहाँले वाङ मिङलाई आलोचना गर्नुभयो । यसले गर्दा कम्युनिस्ट अन्तर्राष्ट्रियसित ऐक्यबद्धता रहिरह्यो र हाम्रो पार्टीको स्वतन्त्रता र संयुक्त मोर्चामा अगुवाइपन पनि कायमै रह्यो । यहीँ बेला अध्यक्ष माओले पनि कसरी स्वतन्त्र गुरिल्ला युद्ध चलाउने, शत्रुहरूको पछिल्लो क्षेत्रहरूमा कसरी सैनिकहरूलाई पठाउने र कसरी जापानविरोधी आधार क्षेत्रहरूको निर्माण गर्ने भन्नेजस्ता थुप्रै नीतिहरूलाई कार्यान्वयन गर्नुभयो । अध्यक्ष माओको सही निर्देशनले शक्ति र सङ्ख्या दुवैमा हाम्रो पार्टी र सेनाको विकास भयो । सन् १९४१ मा शत्रुको इलाका पछाडि जाने अध्यक्ष माओको निर्देशनलाई स्यांग चिङ्ग तथा अन्य कामरेडहरूले पार्टी केन्द्रीय समितिको जापानी आक्रमणकारीहरूसँग लड्न चाङ्ग च्याङ्ग नदीको उत्तरी किनारामा जाने आग्रहलाई मानेनन् । तिनीहरूले बताइएको मार्गलाई स्वेच्छाले परिवर्तन गरे र यसले गर्दा दक्षिणी आनहुई घटनामा अति नै नराम्रो (दुःखान्त) नोक्सानीहरू व्यहोर्नुप¥यो । (सन् १९४१, जनवरी ४ को दिन चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्व गरेको नयाँ चौथो मार्ग सेनाले आदेशानुसार चांग च्यांग नदीको दक्षिणी मोर्चालाई छोड्यो र उत्तरतिर लम्क्यो । च्याङ्ग काई शेकको गोप्य आदेशबाट करिब ७० हजार कोमिन्ताङ्ग सैनिकहरूले तिनीहरूलाई जनवरी ७ का दिन दक्षिणी आनहुईको माओलिन जिल्लामा घेरा पारे । नयाँ चौथो मार्ग सेनाका जवानहरू ७ दिन ७ रातसम्म रसद पानी नसकिउञ्जेल बहादुरीपूर्वक लडे । कमाण्डर ये तिङ समातिए र उप–कमाण्डर स्यान यिङ मारिए । यो कोमिन्ताङले रचेको दोस्रो कम्युनिस्टविरोधी व्यूहरचना थियो ।) तर अर्कोतिर १९३८ को अप्रिल र मेमा का. चेन यीले अध्यक्ष माओको निर्देशानुसार काम गर्नुभयो र त्यो चौथो मार्ग सेनाको एक अंशलाई पूर्वतिर चांग च्यांग नदीको दक्षिणपट्टि शत्रु अधिकृत क्षेत्रतिर लैजानुभयो । उहाँको सेनाले त्यो नदी त¥यो र उत्तरतिर लम्क्यो । तिनीहरूले धेरै विकास गरे ।
जापानविरोधी प्रतिरोध युद्ध सकिएपछि स्तालिनले हाम्रो पार्टीलाई आफ्ना सैनिकहरू राष्ट्रिय सुरक्षा सेनामा गाँस्न र पार्टीलाई ‘वैधानिक’ स्थितिमा बदल्न, कोमिन्ताङ्गसित संयुक्त सरकार बनाउन सल्लाह दिनुभयो । अध्यक्ष माओ कोमिन्ताङ्गसित वार्ता गर्न चुङकिङ पुग्नुभयो तर जस्तालाई तस्तै गर्ने नीति उहाँमा सुरक्षित थियो र एउटा बन्दुक पनि नसुम्पने नीति लिनुभयो । १९४६ र १९४९ को बीचमा अध्यक्ष माओले सही रणनीति र कार्यनीतिबाट मुक्ति सङ्ग्रामलाई नेतृत्व गर्नुभयो । उहाँले व्यक्तिगत रूपले सबै प्रमुख निर्णायक युद्धहरूमा निर्देशन दिनुभयो । चार वर्षभन्दा कम अवधिमा ८० लाखभन्दा बढी कोमिन्ताङ्ग सैनिकहरू चकनाचुर पारियो । मुख्य भूमि मुक्त पारियो र जनवादी गणतन्त्र चीनको स्थापना भयो ।
मुक्तिपछिका प्रारम्भिक दिनहरूमा अध्यक्ष माओको नेतृत्वमा हाम्रो पार्टीले भूमिसुधार आन्दोलन, अमेरिकी अतिक्रमणको प्रतिरोध अभियान र कोरियालाई सहायता, कृषि, हस्तकला र पुँजीवादी उद्योग र व्यापारलाई समाजवादी रूपान्तरण तथा समाजवादी क्रान्ति एवम् निर्माणसम्बन्धी निर्णयहरू लिए । यी निर्णयहरू सही र बुद्धिमत्तापूर्ण थिए भन्ने कुरा तथ्यले सावित गरेको छ ।
अध्यक्ष माओले मैले उल्लेख गरेको भन्दा बढी योगदानहरू चिनियाँ क्रान्तिको लागि गर्नुभएको छ । मैले त केवल ऐतिहासिकरूपले का. तेङ शियाओ फिङले भन्नुभएजस्तै, Fअध्यक्ष माओविना हामी चिनियाँ जनताले केही नभए पनि धेरै लामो समयसम्म अँध्यारोमा छाम–छाम छुम–छुम गरिरहनुपथ्र्यो” भनेर सावित गर्नमात्र खोजेको हुँ र यो कोरा नभई स्पष्ट र वैज्ञानिक ऐतिहासिक तथ्य पनि हो । यो भन्नुको मतलब हामीले अध्यक्ष माओलाई मुक्तिदाता मान्दै आकाशमा उडाइरहेका होइनौँ अथवा चिनियाँ क्रान्तिमा अन्य कामरेडहरूका गुणहरू तथा योगदानहरूलाई उपेक्षा गरिरहेका होइनौँ । हाम्रो पार्टी र राष्ट्रको प्रमुख संस्थापकको रूपमा अध्यक्ष माओले क्रान्तिलाई धेरैपल्ट सड्ढटबाट जोगाउनुभएको छ । यसमा पार्टीभित्र कसैलाई पनि उहाँको समकक्ष राख्न सकिन्न ।
अध्यक्ष माओको सही मूल्याड्ढन
आफ्नो पछिल्ला वर्षहरूमा अध्यक्ष माओसँग कमी एवम् त्रुटिहरू पनि थिए र यसमध्ये केही त साह्रै गम्भीर थिए । हाम्रो पार्टीले यी गल्तीहरूलाई सच्याउन र हाम्रो राष्ट्रिय राजनैतिक सत्ताको स्थापनादेखिका अनुभवको सार झिक्नु अत्यावश्यक छ । तर हामीले एउटा उपयुक्त दृष्टिकोण अङ्गाल्नुपर्छ ।
मेरो विचारमा अध्यक्ष माओबाट आफ्ना अन्तिम वर्षहरूमा दुई मुख्य गल्तीहरू भए ः पहिलो, समाजवादी राजनैतिक सत्ता र उत्पादनका साधनहरूको समाजवादी रुपान्तरण सम्पन्न भएपछि उहाँले समाजवादी निर्माण कार्यमा ध्यान केन्द्रित गर्नेतिर समायोचित र सही निर्णय गर्न चुक्नुभयो । अझ यसभन्दा बढी समाजवादी क्रान्ति र निर्माणको निर्देशनमा अयथार्थवादी ढङ्गले ठूलो र शीघ्र परिणाम खोज्ने उत्ताउलो खालको गल्ती उहाँबाट भयो । दोस्रो, स्वभावले फरक हुने दुई अन्तरविरोधहरूमा उहाँ अल्मल्निुभयो । फलस्वरुप जनताबीचको अन्तरविरोधहरूलाई शत्रुहरूसितको अन्तरविरोधझैँ व्यवहार गरियो, यसरी वर्गसङ्घर्ष फराकिलो र हदभन्दा बाहिर पुग्यो । यसबाट खराब तत्वहरूले फाइदा उठाए र ‘सांस्कृतिक क्रान्ति’ को दस वर्षमा विनाशकारी परिणामहरू निस्किए । अरू पनि गल्तीहरू हुनसक्छन् तर ती सबै यी दुई कुराबाटै भएका हुन् ।
सन् १९४९ यता हाम्रो पार्टीले गरेका सम्पूर्ण गल्तीहरूका लागि यदि अध्यक्ष माओमाथि थोपार्ने हो भने र उहाँ एक्लै माथि दोष लगाउने हो भने ऐतिहासिक तथ्यहरूको आधारमा यो गलत हुन जानेछ । खारिएका धेरै कामरेडहरूसँगै आफू स्वयं पनि थुप्रै गल्तीहरूमा दोषी छन् भन्ने कुरा तेङ शियाओ फिङले बताइसक्नुभएको छ । उदाहरणको लागि सन् १९५७ को दक्षिणपन्थीहरूविरुद्धको सङ्घर्षलाई लिऔँ । त्यो आन्दोलन अत्यावश्यक थियो तर त्यो हदभन्दा बाहिर पुग्यो र कतिपय मानिसहरूलाई गलत ढङ्गले दक्षिणपन्थीको आरोप लगाइयो । यी गल्तीहरूको निम्ति अध्यक्ष माओमाथि मात्रै दोष थोपार्नु हुन्न । त्यसबेला म पनि पार्टी केन्द्रीय समितिको सचिव मण्डलको सदस्य थिएँ । केही छलफल र भेलाहरूमा सावधानीपूर्वक विचार नगरिकनै केही व्यक्तिहरूलाई ‘दक्षिणपन्थी’ भन्ने कुरोमा मैले पनि सहमति व्यक्त गरेको थिएँ । यो गल्तीको लागि म कसरी अध्यक्ष माओलाई दोष दिनसक्छु ? सन् १९५८ मा लामो फड्कोको बेला अयथार्थवादी दृष्टिकोणले थुप्रै कामरेडहरू तथ्य र तथ्याड्ढहरूलाई विश्वासभन्दा माथि पु¥याएर गल्तीको क्षेत्रलाई चौडा पार्नमा उत्तरदायी हुनुहुन्छ । के समिति स्वयं पनि यसले आफ्नो पूर्णाधिवेशनहरूमा पास गरेका गलत प्रस्तावहरूको लागि दोषी छैनन् ? पार्टी अध्यक्षको नाताले अध्यक्षको अध्यक्ष माओ अवश्य बढी जिम्मेवार हुनुहुन्छ । आज अध्यक्ष माओ बितिसक्नुभएको छ, क्रान्तिकारी उद्देश्यलाई हामीले अगाडि बढाउनुपर्दछ । हाम्रा आफ्ना अनुभव र पाठहरूको सारले जनताको बढी लाभको निम्ति हामीले गर्ने काममा मद्दत हुने छ ।
अध्यक्ष माओका पछिल्ला वर्षका गल्तीहरूको निम्ति गहिरा ऐतिहासिक र सामाजिक तत्वहरूजस्ता थुप्रै कारणहरू छन् । हाम्रोजस्तो गरिब, पिछडिएको र घना आवादीयुक्त देशमा समाजवादको निर्माण गर्नु साँच्चिकै एउटा कठिन कार्य हो । आज पनि हामीलाई अपरिचित समस्याहरूसँग जुझ्नु छ । यो अपरिचित समस्याहरूलाई राम्रोसँग ठम्याउन सकिएको हुँदैन र हामीबाट खोजबिन हुँदै छन् । यसकारण हामीबाट एक न एक किसिमको गल्ती हुने नै छ । यहाँ म व्यक्तिगत कारणले अध्यक्ष माओबाट हुन गएका गल्तीहरू र हामीले तत् सम्बन्धमा लिनुपर्ने दृष्टिकोणको विषयमा केही व्याख्या गर्छु । अध्यक्ष माओ आफ्ना पछिल्ला वर्षहरूमा उतिको दूरदर्शी र उतिको जनवादी हुनुभएन र सही तथ्यहरूसित र जनतासित कमैमात्र सम्पर्कमा रहनुभयो । यसले गर्दा हुन गएका गल्तीहरूबाट सबै पार्टी सदस्यहरूले सिक्नुपर्दछ ।
अध्यक्ष माओले जनताको हितको लागि थुप्रै कामहरू गर्नुभएको छ । सन् १९२७ को महान् क्रान्तिको असफलतापछि नै उहाँ कति दिन सुत्दै नसुतिकन क्रान्तिकारी कार्य र त्यससम्बन्धी प्रश्नहरूमा निकै लाग्नुप¥यो । एकचोटि सन् १९५८ मा उहाँसँग भेट्दाखेरि मैले उहाँलाई निकै थाकेको पाएँ । मानिसहरू मानसिकरूपले थाकेर लखतरान हुँदा र समझदारीको कमीले गर्दा गल्तीहरू हुन जान्छन् । अध्यक्ष माओ उमेरमा ढलिसक्नु भए तापनि उहाँले अनेकौँ उच्च उद्देश्यहरूको काम गर्ने इच्छा राख्नुभएको थियो र सयौँ वर्ष लाग्ने यी कार्यहरूलाई उहाँ थोरै वर्षमा २०–३० वर्षभित्रै केही गर्न चाहनुहुन्थ्यो । यसले गर्दा अन्तमा बाधा उत्पन्न हुनथाल्यो । उहाँले साँच्चिकै जनहित र क्रान्तिकारी उद्देश्यलाई फलाउने–फुलाउने इच्छा राख्नुभएको थियो, यद्यपि यी गतिरोधहरूले पार्टी र जनतालाई समेत ठूलो दुर्भाग्य र आघात पु¥याएका थिए । उहाँले आफ्नो सम्पूर्ण जीवनमा नै यहीँ आदर्श प्राप्तिको निम्ति समर्पित गर्नुभयो । अध्यक्ष माओका गल्तीहरू एक महान् क्रान्तिकारीबाट हुन गएका गल्तीहरू हुन् । यसलाई हृदयङ्गम गरी गल्तीहरूलाई सच्याउने र अनुभवहरूलाई केलाउने अहिलेको सन्दर्भमा हामीले उहाँलाई प्रेम र आदरको दृष्टिले बुझ्नुपर्दछ र सफाइ दिनुपर्दछ ।
अध्यक्ष माओलाई प्रशंसा गर्दा केहीले हद नाघे र केहीले कुनै गुणै नभएको व्यक्तिको रूपमा पनि लिए । यो ठीक होइन । यस्ता कुराहरू उडन्ते डिङहरूमात्र नभई पार्टी र जनताको निम्ति पनि हानिकारक छन् । वर्षौँसम्म अध्यक्ष माओ संसारभरि नै हाम्रो पार्टी र जनताका नेता र चिनियाँ क्रान्तिको प्रतीकको रूपमा परिचित हुनुहुन्थ्यो, यो वास्तविकता हो । उहाँलाई अनादर गर्नु र होच्याउनु अन्ततः हाम्रो पार्टी र हाम्रो समाजवादी मातृभूमिलाई अनादर गर्नु र होच्याउनुमात्र हुनेछ । यसले पार्टी, राज्य र एक अरब चिनियाँ जनताका आधारभूत हितहरूलाई मात्र नोक्सान गर्नेछ ।
माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधाराले मात्र चीनलाई जोगाउनसक्ने छ
अध्यक्ष माओले हामीलाई अनमोल ढुकुटी र केही नकारात्मक कुराहरू पनि छोडेर जानुभयो । यसमध्ये पछिल्लोले अस्थायी भूमिका मात्र खेल्न सक्छ । यसलाई हामीले हाम्रो कामबाट जित्न सक्छौँ । यसको लागि कामहरू कार्यान्वित पनि हुँदै छन् । उहाँले हामीलाई छोड्नुभएको अमूल्य ढुकुटी हो–माओ त्सेतुङ्ग विचारधारा र यसले आउँदा धेरै वर्षहरूसम्म पनि हाम्रा कामहरूलाई निर्देशन दिइरहने छ । अहिले केही त्यस्ता मान्छेहरू पनि छन् जसले माओ त्सेतुङ विचारधारालाई छोड्न चाहन्छन् । केही अध्यक्ष माओका सही कार्यहरूलाई समेत आलोचना गर्नेहरू पनि छन् । यसले गर्दा चीनलाई एक खतरनाक मार्गतिर डो¥याउने छ, हामीले ठूलो हानी–नोक्सानी र विपत्ति भोग्नुपर्ने छ ।
केही व्यक्तिहरू अध्यक्ष माओको ‘येनान कला साहित्य गोष्ठीका प्रवचन’ हरूलाई आलोचना गर्दै छन् । त्यो प्रवचनको मुख्य विचार साहित्य र कलाले मजदुर, किसान र सैनिकहरूको सेवा गर्नुपर्दछ र त्यसले जनतालाई एकगठ पार्ने र शिक्षा दिने काम गर्नुपर्दछ भन्ने थियो । सारमा साहित्य र कलाले जनता र समाजवादको सेवा गर्नुपर्दछ भन्ने हाम्रो भनाइलाई नै प्रतिबिम्बित गर्दछ । यी दुवैलाई किन एक अर्काको विरुद्ध राखिन्छ ? मजदुर, किसान र सैनिकहरूविनाको जनता कहाँ हुन्छ ? यदि कला र साहित्यले जनतासित एकता गर्न सकेन, तिनीहरूलाई शिक्षित तुल्याउन सकेन भने त्यसले कसरी समाजवादको सेवा गर्नसक्दछ ? बितेका केही वर्षहरूमा साहित्य र कला क्षेत्रमा थुप्रै राम्रा रचनाहरू देखापरेका छन् जसले क्रान्तिकारी उद्देश्यमा सकारात्मक भूमिका खेलेका छन् । तर पनि केही व्यक्तिहरू विचार स्वतन्त्रताको नाउँमा अध्यक्ष माओले प्रतिपादित गर्नुभएको साहित्य र कलाबारेका सिद्धान्तहरूलाई नकार्ने प्रयास गर्दै छन् ।
माओ त्सेतुङ विचारधारा अचानक दुःखै नगरिकन त्यसै आएको होइन, बरु करोडौँ जनताले चलाएका क्रान्तिकारी सङ्घर्षको वर्षौँ– वर्षको फल हो । चिनियाँ इतिहासमा एकपल्ट कन्फ्युसियसको सिद्धान्तले २००० वर्षसम्म प्रभावित पा¥यो । तर अहिले चिनियाँ जनवादी क्रान्तिको ६० वर्षपछि यसले आफ्नो प्रभावशाली भूमिका गुमाइसकेको छ । चीनको आफ्नो अर्को विचारधारा पनि छ– सन यात सेनको विचारधारा । सन यात सेन चिनियाँ जनवादी क्रान्तिका एक महान अग्रदूत हुनुहुन्थ्यो । उहाँले राख्नुभएका तीन सिद्धान्तहरू राष्ट्रियता, जनवाद र जनजीविकाको पनि अग्रदूत हुनुहुन्थ्यो । जनताका यी तीन सिद्धान्तले चिनियाँ जनवादी क्रान्तिमा एक महत्वपूर्ण भूमिका खेलेको थियो । पुरानो पुस्ताका धेरै मानिसहरू मसमेत हाम्रो जवानीमा जनताका तीन सिद्धान्तमा विश्वास गथ्र्यौँ । तर यिनीहरूलाई माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ्ग विचारधारासँग तुलना गर्न सकिन्न ।
माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ्ग विचारधाराले मात्र चीनलाई बचाउन सक्दछ भन्ने कुरा समकालीन इतिहासले सिद्ध गर्छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनायता हामी चिनियाँ कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवादको झन्डामुनि चिनियाँ जनतासँग एक हुँदै र सङ्गठित हुँदै सङ्घर्षमा उत्रन आह्वान गरेका छौँ । माक्र्सवाद–लेनिनवादको आधारभूत सिद्धान्तहरूमा अडिग भई अध्यक्ष माओेले चिनियाँ क्रान्तिको नेतृत्व गर्नुभयो र यसको अनुभवलाई केलाउनुका साथै थुप्रै लेखहरूबाट योगदान गर्नुभयो । चिनियाँ क्रान्तिको मध्यमा बनेको माओ त्सेतुङ्ग विचारधारा चिनियाँ कम्युनिस्टहरूका लागि र राष्ट्रभरिका जनताको लागि एक मानसिक हतियार बन्न पुगेको छ । माओ त्सेतुङ्ग विचारधारा दशौँ लाख कम्युनिस्टहरू र करोडौँ जनताले आफ्नो रगत र पसिनाले सिर्जेको बहुमूल्य ढुकुटी हो । यो हामीसँग साह्रै घनिष्ट र साह्रै व्यावहारिक भएको अनुभव गर्छौँ ।
हाम्रोजस्तो ठूलो पार्टी र एक अरब जनताको राष्ट्रलाई नेतृत्व दिनको निमित्त हामीलाई एक सैद्धान्तिक हतियारको खाँचो पर्दछ । केही व्यक्तिहरू हाम्रो यस बहुमूल्य ढुकुटीलाई निरर्थक बनाउने प्रयासमा छन् । के तिनीहरू कन्फ्युसियस र जनताका तीन सिद्धान्तहरूमा फर्कन चाहन्छन् त ? इतिहासले तिनीहरूलाई समय नसुहाउँदो पुरानो अव्यावहारिक सिद्ध गरिसकेको छ । कन्फ्युसियस र जनताका तीन सिद्धान्तहरू काम नलाग्ने भएपछि पश्चिमी पुँजीवादी मुलुकको तरिकालाई लागू गर्ने त ? मेरो विचारमा ती विचारले पनि काम दिँदैनन् । निश्चितरूपले म ढोका बन्द गर्ने नीतिको प्रचारक होइन । हामीले विज्ञान, प्रविधि र वैज्ञानिक व्यापार व्यवस्थाजस्ता राम्रा कुराहरू अरु देशहरूबाट सिक्नुपर्दछ । तर सामाजिक विज्ञानको सम्बन्धमा पुँजीवादको नक्कल गरिइनु हुन्न । पुँजीवादी विचारधाराले पुँजीवादी निजी स्वामित्वलाई मात्र सेवा गर्नेछ, हाम्रोजस्तो समाजवादी स्वामित्वलाई सेवा गर्ने छैन ।
केही कामरेडहरू माक्र्सवाद–लेनिनवादलाई मात्र उल्लेख गर्नु नै पर्याप्त छ भन्ने तर्क दिन्छन् । तर, तिनीहरू यो तथ्यबाट विमुख हुन्छन्– माओ त्सेतुङ्ग विचारधारा चिनियाँ क्रान्तिको ठोस व्यवहारमा खारिएको माक्र्सवाद–लेनिनवादको आधारभूत सिद्धान्तहरूको उपज हो । यो चिनियाँ क्रान्तिको व्यवहारमा विकसित माक्र्सवाद–लेनिनवाद हो । यसको आफ्नै विशिष्टता र आफ्नै खालका स्वरुपहरू छन् । हामी चिनियाँ कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ्ग विचारधारालाई बोकेर जनताको निम्ति धेरै योगदान गरेका छौँ र आफ्नै किसिमको पार्टी प्रणालीलाई विकसित गरेका छौँ । आज जनतालाई एकगठ पार्न, समस्याहरूमाथि विजय हासिल गर्न र चार आधुनिकीकरणलाई प्राप्त गर्न दिलोज्यानले प्रयत्नशील हुनको लागि हामीले अझै पनि माओ त्सेतुङ्ग विचारधारामाथि समर्पित हुनैपर्छ ।
माओ त्सेतुङ्ग विचारधारका आधारभूत सिद्धान्तहरू हाम्रो पार्टी र देशको निर्देशक विचारधारा हो । यसलाई पार्टी केन्द्रीय समितिले बारम्बार पुष्टि गरेको छ र चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा र भित्री पार्टी राजनैतिक जीवनको निम्ति निर्देशक सिद्धान्तहरूमा समावेश गरिएको छ । माओ त्सेतुङ्ग विचारधारालाई नकार्ने वा कलङ्कित पार्ने खालको कुनै पनि कार्य पार्टीको संविधान र अनुशासनलाई उल्लङ्घन गर्ने कार्य हुन् । जनताको निम्ति दिलोज्यानले सङ्घर्षरत भइरहने हामीजस्ता अनुभव भएका कम्युनिस्ट र समस्त कम्युनिस्टहरूले पार्टी र जनताका मुख्य–मुख्य हितहरूलाई रक्षा गर्नको निम्ति माओ त्सेतुङ्ग विचारधारालाई कलङ्कित पार्ने र अध्यक्ष माओको प्रतिष्ठालाई बिगार्न खोज्नेहरूविरुद्ध लड्नुपर्दछ ।
आज विश्वका धेरै देशहरूमा असङ्ख्य युवाहरूमा सैद्धान्तिक र बौद्धिक खुराक नहुनाले इष्र्याको भावना बढ्दै गएको छ । हाम्रो दीर्घकालीन सङ्घर्षमा हामी चिनियाँ कम्युनिस्टहरूले हाम्रो आफ्ना किसिमका नैतिक आदर्श र विश्वासहरूलाई स्थापना गरेका छौँ । यही आधारमा हामी जनतासित एकगठ हुनसक्यौँ र जनतालाई शिक्षित पार्नसक्यौँ । हामीले हाम्रो विश्वासलाई बिगार्नु हुन्न । मेरो मतलब अध्यक्ष माओका प्रत्येक शब्द सही छ भन्नु होइन । उहाँले बोल्नुभएका केही कुराहरू गलत र पुराना भइसकेका छन् । तर, माओ त्सेतुङ्ग विचारधाराको सार र आधारभूत सिद्धान्तहरूले सधैँ नै चिनियाँ कम्युनिस्ट र क्रान्तिकारी जनताको निम्ति बौद्धिक हतियार रहिरहने छ । यसले क्रान्तिलाई निरन्तर अघि बढाउन हामीलाई निर्देशन दिइरहने छ । एक वैज्ञानिक प्रणालीको रूपमा माओ त्सेतुङ्ग विचारधारलाई निरन्तर थप्दै र विकास गर्दै लानुपर्दछ । हामीले आफ्ना पूर्वजहरूप्रति हदभन्दा बढी आलोचक हुनुहुन्न । तिनीहरूका त्रुटिहरूलाई सङ्घर्षमा आफ्नो व्यवहारबाट पछिल्लो पुस्ताले मात्र मेट्न सक्नेछ । यही ढङ्गले मात्रै माओ त्सेतुङ्ग विचारधाराको ढुकुटी निरन्तर बढ्दै जाने र विकास हुँदै जानसक्ने छ । यस्तो उज्ज्वल झन्डामुनि अर्को एउटा नयाँ अध्यायलाई लेख्न सकिने छ ।
पेकिङ रिभ्यू
नं १७, २७ अप्रिल, १९८१
अनु.लाल
स्रोत ः चीनबारे हाम्रो बुझाई
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *