‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
समा
वरिष्ठ जनलेखक ‘हरिबहादुर श्रेष्ठ’ प्रगतिशील नेपाली साहित्य जगतमा सुपरिचित नाम हो । उहाँका थुप्रै–थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् । कथा, निबन्ध, नाटक, लेख, कवितालगायत चिठ्ठी विधामा उहाँको कलम निरन्तर चलिरहेको छ । यो पटक उहाँको चिठ्ठी साहित्य ‘हजुरबुबाका चिठ्ठी’ पाठकको हातमा छ । नेपाली साहित्य जगतले उहाँबाट ‘हजुरबुबाका चिठ्ठी’ नामको एउटा अनुपम कृति प्राप्त गरेको छ । बौद्धिक समुदाय एवम् स्रष्टाहरूबीच पुस्तकबारे विचार मन्थन चल्दैछ । साथै हजुरबुबाका नाति–नातिनाहरूले यस कृतिलाई अमूल्य उपहारका रूपमा पनि ग्रहण गरी अध्ययन गर्दैछन् ।
हजुरबुबाले नाति अमृत र नातिनी अमृताको नाममा लेख्नुभए तापनि सिङ्गो नयाँ पिँढीलाई सम्बोधन गर्नुभएको प्रस्ट छ । हजुरबुबाका विचारहरू अत्यन्त मननीय छन् र सन्देशमूलक तथा जीवनोपयोगी छन् । नयाँ पिँढीलाई सत्कर्म र सत्मार्गमा हिँड्न उहाँका प्रत्येक चिठ्ठीले अभिप्रेरित गर्छ । पुस्तकभित्र २०७१ पुस १९ देखि २०७६ असार ३१ सम्म लेखिएका ३० वटा चिठ्ठीहरू सङ्कलित छन् । ती सम्पूर्ण चिठ्ठीभित्र देश पाइन्छ, देश प्रेम भेटिन्छ । जीवन छ, जीवन–उद्देश्य छ । नयाँ पुस्ताप्रतिको माया छ । उनीहरूप्रतिको आशा पनि छ । सबैभन्दा महत्वपूर्ण कुरा त चिठ्ठीहरूले विदेशमा बसी पढिरहेका नाति–नातिनालाई माटो नभुल्न प्रेरित गर्छन् । सीप सिक, स्वदेश फर्क, माटोलाई उर्वर र उन्नत बनाऊ, देश र जनताको सेवा गर” भन्ने आह्वान चिठ्ठीहरूमा छ ।
नाति–नातिनालाई स्वदेशसँग मात्र होइन अन्तर्राष्ट्रिय जगतसँग परिचित गराउनुहुन्छ, हजुरबुबा । अन्तर्राष्ट्रिय वृत्तका थुप्रै न्यायपूर्ण सङ्घर्षहरूमा सामेल गराउनुहुन्छ हजुरबुबा । अन्तर्राष्ट्रिय दबुका व्यक्तित्वहरूसँग पनि उहाँ नाति–नातिनालाई साक्षात्कार गराउनुहुन्छ । अमेरिकाको इतिहासबारे चिठ्ठीमा चर्चा छ । उहाँ लेख्नुहुन्छ –अमेरिका आफै नेपालभन्दा धेरै पछाडि मात्र सभ्यता देखेको भूमि हो ।” अमेरिकामा आज पनि श्वेत र अश्वेतबीच भेद छ । तर, अमेरिका अफ्रिकी जनता र अश्वेतहरूको रगत तथा पसिना बगेको देश हो भन्नुहुन्छ, हजुरबुबा । समाजवादी देश क्युवाबारे लेखिएको चिठ्ठीले क्युवाली क्रान्ति, क्युवाली क्रान्तिका नायकहरूबारे बताउँछ । क्रान्तिपछि पनि अमानवीय अमेरिकी नाकाबन्दीसँग निरन्तर लडिरहेका क्युवाली जनताबाट नाति–नातिनाहरूले सङ्घर्ष के हो सिक्नेछन् । आज क्युवाली चिकित्सकहरू क्यारेबियाली, ल्याटिन अमेरिकी, दक्षिण अमेरिकी, दक्षिण अफ्रिकी मुलुकहरूमा स्वयम्सेवक बनी सेवा गर्दैछन् । क्युवाको व्यवस्था, क्युवाली डाक्टरहरूको अन्तर्राष्ट्रिय भावना र सेवाको जीवनबाट नाति–नातिनाले जीवनको अर्थ बुझ्नेछन् ।
राजनीतिक क्षेत्रमा व्याप्त नातावाद, कृपावादविरुद्धको आवाज चिठ्ठीमा छ । भ्रष्टाचार, कमिसनतन्त्रको जालोमा बेरिएका शासकहरू वास्तवमा हिजोदेखि आजसम्म जनतासँग ‘माछा माछा भ्यागुतो’ खेलिरहेका छन् । निर्वाचनको बेला भोज–भत्तेर खुवाउने पैसा, पेट्रोल, मोबाइल, लुगालगायत अन्य सामग्री बाँड्ने प्रवृत्ति बोकेका शासकहरूले देशको भविष्य अँध्यारोमा धकेल्दै छन् । पुँजीवादी व्यवस्थामा चुनाव पैसाको बलले जितिन्छ, छलकपटले जितिन्छ भन्ने उदाहरण भारत, अमेरिका र अन्य पुँजीवादी मुलुकहरू नै हुन् भनी चिठ्ठीले स्पष्ट पार्छ ।
चिठ्ठीहरूले २०७२ सालको भूकम्प स्मरण गराउँछ । भूकम्पमा ढलेका घरहरू, मठ–मन्दिर, पाटीपौवाको झझल्को दिन्छ । भूकम्पले ढालेका मान्छेका शरीर र भत्काएका मनहरूको पीडा स्मृतिपटमा ल्याइपु¥याउँछ । त्यति मात्र होइन त्यही भूकम्पको थिलथिलोमा बाँचेका नेपाली जनतालाई भारतको मोदी सरकारले थोपेको नाकाबन्दीको स्मरणले पुनः आक्रोशित बनाउँछ । नेपाली जनताले नाकाबन्दीको पनि प्रतिरोध गरे । नाकाबन्दीबाट ठूलो शिक्षा प्राप्त भएको थियो– ‘देश आफ्नै खुट्टामा उभिनुपर्छ, देश आत्मनिर्भर हुनुपर्छ ।’ अर्थतन्त्रमा स्वतन्त्र नबनेको देश कुनै पनि दृष्टिकोण र पक्षबाट सार्वभौम र स्वतन्त्र हुन सक्दैन ।
चिठ्ठीबाट ग्रीकका दार्शनिक सोक्रेटस, उनका शिष्य प्लेटो र एरिस्टोटलबारे सङ्क्षिप्त जानकारी मिल्छ । दर्शन र दार्शनिकहरूसँगै इतिहास पढ्न चिठ्ठीले हौस्याउँछ ।
चिठ्ठीमा ‘नेपालको संविधान – २०७२ तथा भारतीय कूटनीति र तोपे डु·ा नीतिमा समानताबारे प्रस्ट उल्लेख छ । जर्मनका हिटलर, इटालीका मुसोलिनी, जापानका टोजोको अति राष्ट्रवादी, जातिवादी र फासीवादी नीति आज भारतका मोदीले पछ्याउँदैछन् । आजभन्दा ७१ वर्ष अगाडि स्वतन्त्र भएको देश भारत आज पनि बेलायती साम्राज्यले जस्तै दक्षिण एसियाली मुलुकमा आफ्नो हैकम कायम राख्न चाहन्छ । दक्षिण एसियाका सम्पूर्ण देशको राजनीति र आर्थिक क्षेत्र आफ्नो मुठ्ठीमा लिन चाहन्छ । यसबारे नाति–नातिनालाई हजुरबुबा सचेत पार्नुहुन्छ । महाकाली सन्धिदेखि आज कालापानीसम्मको अतिक्रमणबारे विद्रोह बोल्न चिठ्ठीहरूले ऊर्जा दिन्छन् ।
नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा किन ? सम्पूर्ण राजनीतिक बेथिति, उपद्रोह र बदमासी देख्ने नयाँ पुस्तामा यो भावना स्वाभाविकै हो तर तिनलाई राजनीति सङ्घर्ष र सेवाको फराकिलो बाटो हो भन्ने सन्देश पनि चिठ्ठीले दिन्छ । कार्ल माक्र्सको सङ्घर्षमय जीवन र योगदान, पत्रकार जोनरिडको क्रान्तिमा योगदान, मार्टिन लुथर कि·को र·भेदविरोधी सङ्घर्ष र भोगाइ
अक्टोबर समाजवादी क्रान्तिका गौरवशाली गाथाले नाति–नातिनाको मनमा सङ्घर्षप्रतिको विश्वास दिलाउने निश्चित छ । अमेरिकी साम्राज्यवाद संसारका साना ठूला देशहरूमा आतङ्क मच्चाउन उद्दत छ । हिन्द प्रशान्त रणनीतिअन्तर्गत हिन्द प्रशान्त सैन्य गठबन्धन र मिलिनियम च्यालेन्ज कर्पोरेसनको माध्यमबाट नेपाललाई पनि संरा अमेरिका आफ्नो चक्रब्यूहमा पार्न खोज्दैछ । नेपाली शासक दूधको साक्षी बिरालो बन्दैछन् । यतातर्फ पनि चिठीले सङ्केत गर्छ ।
चिठ्ठीमा नाति–नातिनालाई अन्ना लुइस स्ट्रङ्गसँग पनि परिचित गराउनुभएको छ । संरा अमेरिकी अणुबमले नागासाकी र हिरोसिमालाई धुजाधुजा पारेर संरा अमेरिकी साम्राज्यवादले संसारलाई त्राहित्राहि पारिरहँदा अन्ना लुइस स्ट्रङ्गले साम्राज्यवाद परास्त नहुञ्जेल लड्ने र विजय हासिल गरेरै छोड्ने चिनियाँ क्रान्तिका नायक माओ त्सेतुङको अठोट संसारलाई अवगत गराउनुुभएको सन्दर्भ चिठीमा छ ।
km\साम्राज्यवादजस्तै अणुबम पनि कागजी बाघ हो, हेर्दा डरलाग्दो हुन्छ तर त्यसमाथि विजय प्राप्त गर्न सकिन्छ, लडाइँ एक दुई हतियारले होइन जनताले निर्णय गर्छन्” भन्ने माओको कालजयी विचारले आज पनि साम्राज्यवादविरोधी लडाइँ र आन्दोलनहरूलाई ऊर्जा थपिरहेको यथार्थ हो । पत्रकार र सम्पादक बनेर देश र जनताको सेवा गर्ने निश्कर्षमा पुगेका नाति–नातिनासामु हजुरबुबा माक्र्सदेखि विल्फ्रेड ग्राहम, बर्चेटसम्मका पत्रकारिता र लेखन क्षेत्रलाई विचार र सत्यले ओजनदार बनाउने लेखक – पत्रकारहरूका योगदानको पृष्ठहरू प्रस्तुत गर्नुहुन्छ । उहाँ नेपालका पत्रकार र सम्पादकहरू मणिराज उपाध्याय, गोविन्द वियोगीलगायतलाई सम्झनुहुन्छ ।
राजनीति, अर्थतन्त्र, सामाजिक व्यवस्थासँगै मानवीय स्वभाव, सांस्कृतिक स्तर, सांस्कृतिक पक्षबारे पनि चिठ्ठीहरूमा छलफल गरिएको छ । नेपाली समाजमा व्याप्त कु–प्रथा, महिला शोषणको विरोध छ, चिठ्ठीमा । थुप्रै – थुप्रै महत्वपूर्ण विषयहरू समेटी विश्लेषणसमेत गरिएका चिठ्ठीहरू पठनीय छन् ।
पुस्तकको गाता सुन्दर, मूल्य बजारमैत्री छ । शुद्धाशुद्धी र छपाइमा देखिएका कमजोरी हटाउन सकेको भए सुनमा सुगन्ध हुने थियो । लेखक हरिबहादुर श्रेष्ठप्रति साधुवाद । नयाँ पिँढीकै निम्ति लेखिएका चिठ्ठीहरूको प्रकाशन शैक्षिक संस्था ‘इसान’ले गर्नु सुखद र सकारात्मक पक्ष हो । ‘इसान’ को पाइला क्रमशः अगाडि बढोस् । ‘हजुरबुबाका चिठ्ठी’ को दोस्रो संस्करण शीघ्र प्रकाशित गर्न समेत सफलता मिलोस्, शुभकामना ¤
Leave a Reply