भर्खरै :

युग नायकहरूको जन्म

राकस्था
‘महाभारत’ युद्ध सुरु हुनुअघि कृष्णलाई आफ्नो पक्षमा लड्न अनुरोध गर्न अर्जुन र दुर्योधन संयोगवस एउटै समयमा भेट्न पुगे । कृष्णसमक्ष सबभन्दा पहिले दुर्योधन पुगेका थिए तर कृष्ण आराम गरिरहेकाले दुर्योधन कृष्ण उठ्ने प्रतिक्षामा थिए । त्यतिबेलै अर्जुन पनि आए, कृष्णको पाउतिर बसे । कृष्ण बिउफ्झिएपछि कुराकानी थालियो । कृष्णले आफू वा आफ्नो सेनामध्ये एक छान्नुपर्ने सर्त राखे । दुईमध्ये सानो भन्दै कृष्णले पहिला अर्जुनलाई छान्ने मौका दिए । अर्जुनले निहत्था कृष्णलाई रोजे भने दुर्योधन यादव सेना पाएकोमा खुशी थिए । अर्जुनले ‘नारायण नै नभई नारायणी सेना’ को अर्थ नरहने दृष्टिकोण राखेका थिए । महाभारत युद्ध भयो । अन्ततः कृष्णकै भरमा पाण्डव सेनाले कौरवलाई पराजित ग¥यो । महाभारत कथाका रचनाकारले राजनीतिक नेतृत्वको महत्व उजागर गर्न प्रस्तुत प्रसङ्ग नछुटाएको हुनुपर्छ ।
पुसको पहिलो र दोस्रो साता दुई कालजयी नेताहरू माओ त्सेतुङ र स्तालिनको जन्मदिवस पर्छ । माओ र स्तालिनको जन्मदिवस किन मनाइएको भन्ने जानीनजानी प्रश्न गर्ने पनि भेटिन्छन् । एउटा कम्युनिस्ट पार्टीको निम्ति एक व्यक्तिको जन्मदिवसले कतिको महत्व राख्छ ? क्रान्तिमा व्यक्तिको भूमिका कस्तो हुन्छ ? क्रान्तिमा नेताको भूमिका कस्तो हुन्छ ? क्रान्ति के व्यक्तिको सनक वा रहरमा हुन्छ वा अन्य कुनै कारण छ ? नेता नभए के क्रान्ति सम्भव छ ? यी प्रश्न स्वाभाविकै रूपमा उठिरहेको पाइन्छ ।
कोही महान् व्यक्तिको स्मरण गर्नुको अर्थ तिनको जीवन र दर्शनको मनन् गर्नु हो । जन्म दिन एक अवसरमात्र हो, एकदिन सम्झेर पुग्छ भनी सोच्ने हो भने त्यो पनि अधुरोमात्र हुन्छ । वर्षमा एकपटक स्तालिन र माओका आस्था र विश्वास, त्याग र समर्पण, क्रान्तिकारी गतिविधिबारे चिन्तन गर्ने हो भने पनि कति मानिसलाई वर्षभरको निम्ति विशेष ऊर्जा मिल्नसक्छ । ती महान् व्यक्तित्वहरूको जीवनसङ्घर्षबाट जे कसैलाई पनि उत्प्रेरण मिल्न सक्छ । जीवनका उतारचढावलाई हृदयङ्गम गर्न जान्नेले जीवनलाई सङ्घर्षको रूपमा बुझ्छ, सङ्घर्षमा रमाउने व्यक्ति कहिल्यै निराश हुफ्दैन ।
नेपालमा नेपाल मजदुर किसान पार्टीले विभिन्न गतिविधिसाथ स्तालिन र माओको जन्मदिवस मानाइरहेको समाचार आइरहेका छन् । एउटा कम्युनिस्ट पार्टीले स्तालिन र माओलाई सम्झनु स्वाभाविकमात्र होइन, आवश्यक पनि छ । समाचारहरूकै आधारमा पनि नेमकिपाले जन्मदिवसलाई व्यक्तिको स्तुति गाउने रूपमा नलिई तिनको योगदान र तिनबाट सिक्नुपर्ने पाठबारे पनि चर्चा–परिचर्चा गरिरहेको बुझ्न सकिन्छ । यी महान् गुरूहरूको जीवन र दर्शनबाट एक परिवर्तनकामी कार्यकर्ता कसरी उत्साहित हुनसक्छ भन्नेबारे छलफल चल्नु उचित र सान्दर्भिक छ ।
स्तालिन सर्वहारावर्गको मुक्ति आन्दोलनका अग्रणी नेताहरू माक्र्स, एफ्गेल्स, लेनिनपछिका सबभन्दा चर्चित नेता हुन् । स्तालिनले समाजवादी क्रान्तिको रक्षा र विकास गरे । दोस्रो विश्वयुद्धमा स्तालिनको नेतृत्वमा दुई करोड सोभियत जनताको सहादतमा फासीवादी हिटलरको साम्राज्यलाई परास्त गरेको इतिहास विश्वले भुल्न सक्दैन ।
सोभियत समाजवादले संसारमा पहिलो पटक मजदुरवर्गको राज्यसत्ताको सफल अभ्यास ग¥यो । सोभियत सङ्घमा उत्पादनका साधनहरू सामाजिकीकरण गरियो, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गरियो, पानी, बिजुली, यातायात करिब निःशुल्क थियो, बेरोजगारी समस्या समाधान गरियो, वेश्यावृत्तिको अन्त गरियो । क्रान्तिले जनतामा आशा, जोश र जाफ्गर ल्यायो । क्रान्तिलगत्तैका तीन वर्षमै आयुदर ३२ बाट ४४ पुग्यो । सन् १९८७ सम्ममा पश्चिमा देशहरू बराबर अर्थात् आयुदर ६९ पुग्यो । सन् १९६० सम्ममा सबै नागरिक साक्षर भए । जनसहभागितामा शिक्षा योजनाहरू बने । शिक्षालाई उत्पादन–श्रमसफ्ग जोड्ने नीति लागू गरियो । शिक्षा देशको उत्पादनसफ्ग प्रत्यक्ष जोडियो । विद्यालय तथा कलेजहरू खेत वा उद्योगसफ्ग जोडिए । स्तालिनकै नेतृत्वमा विश्वमै नमुना आर्थिक योजनाहरू बने, पञ्चवर्षीय योजनाहरूको परिणामस्वरूप सोभियत सङ्घको द्रुत आर्थिक वृद्धि भयो । विज्ञान र प्रविधिमा अतुलनीय विकास भयो । अन्तरिक्षमा सबभन्दा पहिलो मान्छे पु¥याउने देश रुस बन्यो । दोस्रो विश्वयुद्धको क्रममा ‘अलाइड पावर’ का एक सदस्य संरा अमेरिकी तत्कालीन राष्ट्रपति रुजबेल्टले एक बैठकमा आफ्नो देशले एक भयङ्कर हतियार बनाएको जानकारी गराउफ्दा स्तालिन मुसुमुसु हाफ्सिरहेका थिए । त्यतिबेलासम्ममा रुसले पनि आणविक बम बनाउने काम गरिरहेको त्यसले सङ्केत गर्दथ्यो ।
सत्ताबाट फालिएको वर्ग चूप लागेर बस्दैन । प्रतिक्रियावादी वर्ग क्रान्तिपछिको सरकारका कमजोरीहरूबाट फाइदा उठाउफ्दै सेना, पार्टी, गुप्तचर विभागलगायत राज्यका मुख्यमुख्य अङ्गमा छिरे र सोभियत सङ्घ विघटन गर्ने षड्यन्त्र गरे । आज सोभियत सङ्घ विघटन भएको छ । सोेभियत समाजवादको हारपछि जनताले फेरि काम–माम–कपडाको समस्या भोग्नुपरेको छ । बिहान तलब लिनेबित्तिकै बजारमा गई सामान किनिहाल्नुपर्ने नत्र मुद्रा अवमूल्यन भई सामान किन्नै नसकिने बाध्यता आएको स्मरणले अहिले पनि मानिसलाई झस्काउफ्छ । पैसाको निम्ति मस्कोबाट हजाराफ्ैं युवतिहरू युरोपका विभिन्न देश, अमेरिका, अफ्रिकामा पुगी आफ्नो शरीर बेच्न विवश बने । आर्थिक असमानता चुलिफ्दै छ, पश्चिमा विकृत संस्कृति जताततै व्याप्त छ, वेश्यावृत्ति बढ्दो छ, मानव तस्करी अनियन्त्रितरूपमा फैलिएको छ, प्रहरीभन्दा अपराधीको ‘शक्ति’ बढेको पाइन्छ । पुफ्जीवादी व्यवस्थाको सबभन्दा निन्दनीय पक्ष भन्नु शोषण नै हो, शोषण वैधानिक बनेको छ, संस्थागत बनेको छ ।
यता चीनले आफ्नै शैलीको समाजवादको अभ्यास गरिरहेको छ । आजको चीन हिजोको त्याग र समर्पणको जगमा उभिएको छ । ८५ वर्ष अगाडि माओको नेतृत्वमा सन् १९३४ मा एक वर्षको १० हजार किलोमिटरको ‘लामो हिफ्डाइ’ ले देशलाई मुक्त गरेको इतिहासलाई आजको चीनले बिर्सन सक्दैन । सन् १९७८ मा अपनाइएको सुधार र खुलापनको नीतिले मात्र चीनले आर्थिक समृद्धि हासिल गरेको भ्रम फैलाइएको पाइन्छ । तर, सन् १९४९ को क्रान्तिलगत्तै चीन समाजवादको रक्षाको निम्ति आत्मरक्षात्मक क्षमता बढाउफ्दै थियो । क्रान्तिको करिब १५ वर्षमा चीनलाई ऋणमुक्त बनाइएको थियो । सन् १९६० मा चीनबाट रूसी विशेषज्ञहरू फिर्ता बोलाउनुको साथै ३ सत्न्दा बढी सहयोग सम्झौता एकतर्फी रद्द गरेपछि आत्मनिर्भर अर्थतन्त्रको घोषणा नगरेको भए चीनले आजको प्रगति गर्न सक्दैनथ्यो । क्रान्तिपछि आर्थिक सङ्कट स्वाभाविकै थियो, दुःख थियो तर त्यो दुःख अस्थायी हुने माओको भनाइबाट जनता आश्वस्त थिए । सङ्कटको अवस्थामा माओ आफैफ् मितव्ययी भई मितव्ययिताको आह्वान गर्नुभयो । सादा र सरल जीवन जनताको आदर्श बन्यो । विज्ञान र प्रविधि तथा औद्योगिक उत्पादनमा प्रगति नभएको भए सन् १९६४ मा चीनले आणविक परीक्षण गर्नसक्दैनथ्यो । लगत्तै चीनले सन् १९६४ मा पहिलो हाइड्रोजन बमको परीक्षण ग¥यो । यस्ता आणविक परीक्षण साम्राज्यवादी र रूसी संशोधनवादीहरूलाई हाफ्क थियो । तर, चीनले ‘चीन आणविक बमको पहिलो प्रयोगकर्ता हुफ्दैन’ भनी संसारभरका न्यायप्रेमी जनतालाई आश्वस्त पा¥यो ।
भनिन्छ, इतिहासको प्रत्येक नयाफ् चरणमा नवीन मानव व्यक्तिको जन्म हुन्छ । समाज परिवर्तनशील छ, समाजसापेक्षरूपमा मानिसको चेतना फेरिन्छ । यसरी युगको आवश्यकता पूर्ति गर्न नयाफ् मानिसको जन्म हुन्छ । उत्पादनका साधन र उत्पादन सम्बन्ध फेरिनेबित्तिकै सोहीअनुसारको मानिसको सांस्कृतिक चेतनाको निर्माण हुन्छ । स्तालिन होस् वा माओ वा कोही मानिसको चेतनामा तत्कालीन सामाजिक परिस्थितिले फरक पारेको हुन्छ । आवश्यकता नै आविष्कारको जननी हो भन्नुको कारण पनि त्यही हो । जसले समयको पदचाप प्रस्ट सुन्न सक्छ र समाजको युगान्तकारी परिवर्तनको नेतृत्व गर्छ, तिनै महान्को कोटीमा पर्छन् । यी महान् व्यक्तित्वहरू समयको आवश्यकता पूरा गर्न सबभन्दा अगाडि बढेका मानव हुन् । नेमकिपाका अध्यक्ष रोहितको एउटा भनाइ राख्नु यहाफ् सान्दर्भिक छ, ‘‘व्यक्तिको व्यक्तित्व विकासमा वातावरण र अध्ययनको ठूलो प्रभाव परेको हुन्छ ।’’ गरिब तथा पिछडिएको समाजमा जन्मे –हुर्किएका यी महान् रणनीतिज्ञहरूको जन्म तत्कालीन परिस्थितिको परिणाम हो भन्दा फरक पर्दैन । क्रान्तिले क्रान्तिकारीलाई जन्म दियो । कसै न कसैले त्यो युगको आवश्यकता पूरा गर्नैपर्ने थियो, ती नहुफ्दा पनि अरू कसैले पनि त्यो काम गर्नैपर्ने हुन्थ्यो । प्रतिक्रियावादी सत्तामा परेको भ्वाङ वा चिराको पहिचान गर्ने दृष्टि भएका नेताको जरूरत थियो, माओ र स्तालिनले त्यसलाई पूरा गरे । तत्कालीन भौतिक परिस्थिति र त्यसलाई चिन्ने चेतनाले स्तालिन र माओलाई क्रान्ति नायक बनायो ।
क्रान्तिकारी नेताहरूले क्रान्तिको गतिमा वेग थप्छन्, त्यही गतिले क्रान्तिकारीको चेतना अझ माझिन्छ, फेरि अरू गति बढ्छ, ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भनेझैफ् । क्रान्ति आफैमा समाजको परिष्करण हो, क्रान्ति गतिशिलताको अर्को नाम बन्छ । क्रान्तिको परिस्थिति बुझ्ने क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कार्यकर्तासहितको क्रान्तिकारी पार्टीको नेतृत्व नभइ क्रान्ति सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *