भर्खरै :

फर्केर हेर्दा सन् २०१९

काठमाडौँ, १५ पुस । नयाँ वर्ष सन् २०२० आरम्भ भयो । नयाँ वर्षको उत्साहसँगै यतिबेला संसार बितेको वर्षको समीक्षामा लागेको छ । गत वर्ष संसारले के महत्वपूर्ण उपलब्धिहरू हासिल ग¥यो ? कुन घटनाले संसार तरङ्गित बन्यो ? के घटना संसारको दूरभविष्यसम्मको लागि उल्लेखनीय हुने छ ? संसारका मानिस गत वर्ष के काममा बढी सक्रिय भए ? विगतको समीक्षा यी र यस्तै प्रश्नका जवाफमा खोजिन आवश्यक छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले सन् २०१९ मा भएका त्यस्ता दस उल्लेखनीय घटनामार्फत त्यसलाई बिदा गरेको छ । सन् २०१९ को संसार कस्तो थियोः
ल्याटिन अमेरिकामा अस्थिरताः शासनमा चुनौती
सन् २०१९ को जनवरीमा भेनेजुयलाका विपक्षी दलका नेता ह्वान ग्वाइडोले आफू स्वयम्लाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरे । संरा अमेरिकाको हस्तक्षेपका कारण भेनेजुयलामा राजनीतिक तनाव अझ बढ्यो । सेप्टेम्बर महिनामा पेरुका राष्ट्रपति मार्टिन अल्वर्टाे भिजकाराले संसद् भङ्ग गरे । उनको सो कदमले संसद् र सरकारबीच भिडन्त भयो ।
अक्टोबरमा इक्वेडर र चिलीमा हिंसात्मक प्रदर्शन सुरु भयो । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले देशको राजधानी नै दक्षिणपूर्वी सहर ग्वायाकुइलमा सार्न बाध्य भए । हिंसात्मक प्रदर्शनकै कारण चिलीले पूर्वनिर्धारित एसिया–प्रशान्त आर्थिक सहकार्य शिखर सम्मेलन नै स्थगित गर्नुपरेको थियो ।
अक्टोबरको अन्त्यतिर बोलिभियामा सामाजिक अस्थिरता फैलियो । राष्ट्रपति ते मोरालेसले पद त्यागे । नोभेम्बर महिनामा कोलम्बियामा हड्ताल भयो ।
ल्याटिन अमेरिकी देशहरूमा भएका राजनीतिक र सामाजिक अस्थिरताले बढ्दो राजनीतिक सङ्घर्ष र शासन व्यवस्थाका चुनौती प्रतिबिम्बित ग¥यो ।
ब्ल्याक होलको पहिलो तस्वीर खिच्न अन्तर्राष्ट्रिय टीमको सफलता
सन् २०१९ को अप्रिल १० मा अन्तर्राष्ट्रिय सहकार्यमा बनेको ग्रहहरूको तस्वीर खिच्ने आठ वटा पृथ्वीको भूमिका आधारित रेडियो दूरदर्शनयन्त्र ‘द त्ेन्ट होराइजन टेलिस्कोप’ ले पहिलोपटक एउटा ब्ल्याक होलको तस्वीर खिच्न सफल भयो ।
तस्वीरको मध्य भागमा कालो र वरपर एउटा उज्यालो घेरा देखिन्छ । झट्ट हेर्दा त्यसको आकार कुनै डोनटको जस्तो देखिन्छ । कालो प्वालभित्र पस्ने चमकिलो ग्यासको चक्र वरपर ब्ल्याक होलको कालो छाया परेको तस्वीरमा देखिन्छ । यसअघि अदृश्य मानिएको ब्ल्याक होल अन्ततः मानिसले देखेको छ । तस्वीर खिच्न संसारभरका दुई सत्न्दा बढी वैज्ञानिकहरू लागेका थिए । मानव इतिहासमा ब्ल्याक होलको प्रत्यक्ष दृश्य प्रमाण भेटिएको यो नै पहिलो पटक हो । आइन्स्टाइनको सापेक्षतावादी सिद्धान्त सबै उत्कर्षमा लागू हुने कुरा यो तस्वीरले पुष्टि गरेको छ । यसले ग्लाक्टिक विकासक्रम र अरु पृथ्वीको उत्पत्ति पूर्वका कुरा अध्ययन गर्न मद्दत पुग्ने छ ।
अस्थिर मध्यपूर्वमा दुई तातो आलु
संरा अमेरिकाको ‘अधिकतम दबाब’ मा इरानले मे महिनादेखि सन् २०१५ को आणविक सम्झौताप्रति दर्शाएको प्रतिबद्धता परित्याग ग¥यो । संयुक्त विस्तृत कार्ययोजना नाम दिइएको सो सम्झौता तोडिएको घोषणासँगै खाडी क्षेत्रमा धेरै सङ्ख्यामा तेलका ट्याङकरहरूमाथि हमला भयो, कतिलाई नियन्त्रणमा लिइयो । संरा अमेरिकाको एउटा ड्रोन खसालियो । संरा अमेरिकाले इरानविरुद्ध हमला गर्ने धम्की दियो ।
अक्टोबर ७ को दिन संरा अमेरिकी सेना उत्तरपूर्वी सिरियाबाट फर्किन थाल्यो । अक्टोबर ९ को दिन टर्कीले सिरियाली कुर्द जनरक्षा एकाइविरुद्ध अपरेसन पिस स्प्रीङको थालनी ग¥यो ।
प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धाबीच इरान र सिरियाका तनावले मध्यपूर्वको अवस्थालाई थप जटिल बनाएको छ । नयाँ वर्षमा त्यहाँको अवस्था थप भयावह बन्ने सम्भावना देखिन्छ । 
चीनको कूटनीतिक आरोहण
जून महिनामा चीनका राष्ट्रपति सी चिनफिङले चार वटा विदेश भ्रमण गरे । जनवादी गणतन्त्र चीनको कूटनीतिक इतिहासमा यो एउटा कीर्तिमान हो । सन् २०१९ मा सीले सात वटा विदेश भ्रमण गरे । चीनमा सम्पन्न चार वटा प्रमुख कूटनीतिक समारोहको अध्यक्षता गरे । ती समारोहले छिमेकी देशहरूसँग चीनको सम्बन्ध अझ बलियो बनायो । विकसित देशहरूसँग चीनको एकता अझ बलियो बनाएको छ । प्रमुख देशहरूबीचको सम्बन्ध व्यवस्थापन गरेको छ । साथै विश्व व्यवस्थामा सुधार गर्न मद्दत गरेको छ ।
संसारमा आज यो शताब्दीमा बिरलै मात्र देखिएका महत्वपूर्ण परिवर्तन भइरहेका छन् । यस्तो परिस्थितिमा चीनका राष्ट्र प्रमुखको कूटनीतिले विश्व शान्तिको रक्षा, साझा विकास प्रवद्र्धन र बहुपक्षताको विकासमा टेवा पु¥याएको छ ।
बितेको वर्ष चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड परियोजनाले धेरै साथी र साझेदारहरूको मन जितेको छ । मानव जातिको साझा भविष्यको लागि एउटा समुदाय निर्माणसम्बन्धी दृष्टिकोणप्रति व्यापक जनसमर्थन प्राप्त भयो । एउटा जिम्मेवार प्रमुख देशको रूपमा चीनको छविलाई संसारले क्रमशः अनुमोदन गर्दै गएको छ ।
अफ्रिकामा नयाँ सुरुवात
जुलाई ७ मा अफ्रिकी नेताहरूले औपचारिकरूपमा अफ्रिकी महादेशीय खुला व्यापार क्षेत्र सम्झौताको कार्यान्वयन चरणको औपचारिक सुभारम्भ गरे । नाइजरको राजधानी नाइमेमा आयोजित अफ्रिकी युनियनका राष्ट्र तथा सरकार प्रमुखहरूको १२ औं विशेष शिखर सम्मेलनमा कार्यान्वयन चरणको आरम्भ गरिएको थियो ।
सो सम्झौताले सिङ्गो अफ्रिकी महादेशलाई वस्तु र सेवाको एउटै महादेशीय बजार बनाउन, व्यापारी र लगानीकर्तालाई स्वतन्त्ररूपमा आवतजावतको सुविधा दिन, भन्सार सङ्घको चाँडै स्थापनाको बाटो खोलेको छ । सो सम्झौताअन्तर्गत १ अर्ब २० करोड मानिस समेटिएको छ । त्यसको कुल गार्हस्थ उत्पादन २.५ त्रिलियन अमेरिकी डलर हुन्छ । अफ्रिकी युनियनका ५४ वटा देशले सो सम्झौतामा हस्ताक्षर गरिसके । अफ्रिकी एकताको लागि सो सम्झौता एउटा कोसेढुङ्गा हो ।
यो सम्झौताले बजारको विभाजनका कारण अफ्रिकाले भोगिरहेको संरचनागत समस्या समाधान गर्नेछ । आर्थिक विकासको सम्भावनालाई साकार रूप दिन अफ्रिका सफल हुने छ । आफ्नो विकासको लागि अफ्रिकी देशहरू एकै ठाउँमा बस्ने अफ्रिकी देशहरूको चाहना र प्रतिबद्धता यसमा प्रतिबिम्बित भएको छ । अफ्रिकाको आर्थिक र सामाजिक विकासमा यसले दीर्घकालीन प्रभाव पार्ने छ ।
विश्व आर्थिक वृद्धिदरको कन्तबिजोग
अक्टोबर महिनाको मध्यमा अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व आर्थिकस्वरूप शीर्षकको प्रतिवेदन सार्वजनिक ग¥यो । त्यसमा भनिएको छ, ‘बढ्दो व्यापार र भूराजनीतिक तनावले विश्वव्यापी व्यापार प्रणाली र आमरूपमा अन्तर्राष्ट्रिय सहकार्यको भविष्यमा अनिश्चितता बढाएको छ । यसले व्यापार आत्मविश्वास, लगानी गर्ने निर्णय र विश्व व्यापारलाई प्रभावित बनाएको छ ।’
सन् २०१९ को लागि मुद्रा कोषले विश्व आर्थिक वृद्धिदर ३ प्रतिशतले घटायो । यसको अर्थ सन् २००८ को अन्तर्राष्ट्रिय वित्तीय सड्ढटयता २०१९ मा संसारकै आर्थिक वृद्धिदर सबभन्दा न्यून भयो । तथापि मुद्राकोषका महानिर्देशक क्रिस्टालिना जिर्योगेभले चीनको वृद्धिदर भने लक्षित तहमा रहेको बताइन् ।
ब्रेक्सिटको विलम्बले उजागर ग¥यो पश्चिमी प्रजातन्त्रका संस्थागत कमजोरी
अक्टोबर २८ मा युरोपेली सङ्घले बेलायतले सन् २०२० को जनवरी ३१ सम्म ब्रेक्सिटको मिति फेरि पछाडि सार्न अनुरोध गरेको सार्वजनिक ग¥यो । बेलायती संसदबाट पटक – पटक बे्रक्सिट सम्झौता अस्वीकृत गरेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिइन् । मेको ठाउँमा बोरिस जोनसन प्रधानमन्त्री बने । उनले ब्रेक्सिटको गतिरोध तोड्न डिसेम्बर १२ मा समयअगावै निर्वाचन गराए ।
जोनसन नेतृत्वको अनुदार पार्टीले चुनावमार्फत हाउस अफ कमन्समा पूर्ण बहुमत पायो । अब ब्रेक्सिटको सम्भावना बढाएको छ ।
बे्रक्सिटको अन्योलले बेलायती समाजमा गहिरो विभाजन निम्त्यायो । राजनीतिक निर्णय प्रक्रियालाई कमजोर बनायो । आज पश्चिमा प्रजातन्त्र संस्थागत कमजोरी र शासन व्यवस्थाको सङ्कटमा चुर्लुम्म डुबेको छ ।
बहुपक्षताको प्रवद्र्धन
नोभेम्बर ४ मा थाइल्यान्डको राजधानी बैङ्ककमा सम्पन्न तेस्रो क्षेत्रीय विस्तृत आर्थिक साझेदारी नेतृत्व सम्मेलनमा सहभागी पन्ध्र देशबीच लिखित सम्झौता भयो । मूलतः सबै बजारमा पहुँचको विषयमा सो सम्मेलनमा छलफल भयो । पूर्वी एसियाली स्वतन्त्र व्यापार क्षेत्र निर्माणमा यो एउटा महत्वपूर्ण उपलब्धि थियो । संसारकै सबभन्दा बढी जनसङ्ख्या, सबभन्दा बढी विविधिकृत सदस्यता संरचना र संसारकै सबभन्दा बढी विकासको सम्भावना भएको सो क्षेत्रका देशबीचको यो सम्झौताको विशेष महत्व छ ।
क्षेत्रीय विस्तृत आर्थिक साझेदारी दक्षिणपूर्वी एसियाका दस देशले आरम्भ गरेका थिए । उनीहरूले चीन, जापान, दक्षिण कोरिया, अस्टे«लिया, न्युजिल्यान्ड र भारतलाई सहभागिताको लागि आमन्त्रण गरेका थिए । भारत सो साझेदारीमा सदस्य बनिसकेको छैन ।
एकपक्षता र संरक्षणवादको आँधी चलिरहेको बेला सो सम्मेलनले बहुपक्षता र स्वतन्त्र व्यापार नै संसारको मूलधार भएको देखाएको छ ।
चीन–संरा अमेरिका आर्थिक र व्यापार सम्झौता
डिसेम्बर १३ मा चिनियाँ पक्षले चीन र संरा अमेरिकाबीच समानता र आपसी सम्मानको सिद्धान्तमा आधारित पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता भएको घोषणा ग¥यो । सन् २०१९ भरि चीन र संरा अमेरिकाबीचको आर्थिक एवम् व्यापार वार्ताले अनेक नागबेली रूप लियो । जूनमा दुई देशका राष्ट्रप्रमुखहरूबीच जापानको ओसाका सहरमा भेटवार्ता भयो । सो भेटमा समानता र आपसी सम्मानको आधारमा आर्थिक र व्यापार वार्ता पुनः थालनी गर्ने सहमति भयो । त्यसयता दुवै पक्षका वार्ता टोली दुई राष्ट्रप्रमुखबीचको सहमति कार्यान्वयनमा दत्तचित्त भएर लागेका छन् । एकअर्काको मूल चासोको सही सम्बोधनको लागि लगातार सरसल्लाह भइरहेको छ ।
चीन र संरा अमेरिकाबीचको आर्थिक र व्यापार द्वन्द्व सहज बनाउन सके चीन, संरा अमेरिका र बाँकी विश्वको लागि फलदायी हुने छ । यसले अर्थतन्त्र र व्यापारका साथै लगानी र वित्तीय बजारमा सकारात्मक प्रभाव पार्ने छ ।
ट्रम्पविरुद्ध महाभियोगः चर्किंदो संरा अमेरिकाको दलीय विभाजन
डिसेम्बर १८ मा संरा अमेरिकामा डेमोक्रेटिक पार्टीको बहुमत भएको प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगका लागि दुई प्रस्ताव पारित ग¥यो । ट्रम्पले अधिकारको दुरुपयोग गर्नुका साथै संसद्मा अवरोध गरेको प्रतिनिधिसभाको आरोप थियो ।
ट्रम्प संरा अमेरिकी इतिहासमा औपचारिकरूपमा महाभियोग सामना गर्ने तेस्रो राष्ट्रपति भए । उनले आफूबाट कुनै गल्ती नभएको र डेमोक्रेटहरूले शक्ति दुरुपयोग नगरेको बताए ।
युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले गरेको फोन वार्ताको आधारमा महाभियोग लगाइएको हो । यो मुद्दा डेमोक्रेटिक र रिपब्लिक पार्टीबीच दलीय सङ्घर्षको रणमैदान बन्यो । यो विषयले संरा अमेरिकामा दलीय द्वन्द्व र राजनीतिक ध्रुवीकरणले नयाँ रुप लिएको देखाएको छ ।
ट्रम्पविरुद्धको महाभियोग सन् २०२० मा हुने निर्वाचनमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
स्रोतः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *