आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(नयाँ वर्ष सन् २०२० को पूर्वसन्ध्यामा बुधबार साँझ चीनका राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिनुभएको सन्देशको पूर्ण पाठ)
कमरेडहरू, साथीहरू, महिला तथा सजनवृद,
सन् २०२० हुन लागेको छ । चीनको राजधानी पेइचिङबाट म तपाईंहरूलाई नव वर्षको मङ्गलमय शुभकामना व्यक्त गर्छु ।
सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ । गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कुल गार्हस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआन पुग्ने अनुमान छ । प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा दश हजार अमेरिकी डलर पुग्ने छ । तीनवटा अप्ठ्यारो काममा निर्णायक प्रगति हासिल भएको छ । पेइचिङ, थेन चिन र ह पैको एकीकृत विकास, याङ सी नदी क्षेत्रको आर्थिक क्षेत्रको विकास, क्वाङ तुङ, हङकङ र मकाउबीचको विशाल खाडी क्षेत्रको निर्माण, याङ सी नदी त्रिकोण क्षेत्रको एकीकृत विकास तीव्रगतिले हुनुका साथै ह्वाङ ह अर्थात् पहेंलो नदी क्षेत्रको पर्यावरणको संरक्षण तथा त्यसको गुणस्तरीय विकास राष्ट्रिय रणनीति बनेको छ ।
विगत एक वर्षमा सुधार तथा खुलापनले निरन्तररूपमा विकासको प्रेरक शक्ति जन्माएको छ । चिनियाँ कम्युनिस्ट पार्टी तथा राष्ट्रका संस्थाहरूको सुधार सफलताका साथ सम्पन्न भएको छ । एक चरणको स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्र तथा शाङहाई स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्रको नयाँ क्षेत्र थपिएको छ । शेयर बजारमा विज्ञान तथा प्रविधिको आविष्कारसम्बन्धी सूची सुरु भएको छ । कर घटाइने कुल रकम २० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ । व्यक्तिगत आयमाथि उठाइने करको न्यूनतम विन्दु बढेको छ । सर्वसाधारणका लागि प्रचलित धेरै औषधिको मूल्य घटेको छ । सञ्जालको गति छिटो हुनुका साथै त्यसको खर्च घटेको छ । फोहोरलाई विभिन्न प्रकारमा विभाजन गरिएको कुरा कम कार्बनयुक्त नयाँ चलन बनेको छ । ‘आधारभूत निकायहरूको झन्झटलाई घटाइएको कुराले’ आधारभूत निकायमा कार्यरत कर्मचारीहरूलाई हलुका बनाएको छ । चीनको जताततै नयाँ परिवर्तन तथा नयाँ छवि देखिन्छ ।
चीनका करिब ३४० वटा विपन्न जिल्ला गरिब अवस्थाबाट मुक्त भएका छन् भने एक करोडभन्दा बढी व्यक्ति गरिब अवस्थाबाट उकासिएका छन् । छाङ अ चार नम्बर को डिटेक्टरले मानवको इतिहासमा पहिलो पटक चन्द्रको पछाडि अवतरण गरेको छ । लङमार्च पाँच नम्बरको क्यारियर रकेटको सफलताका साथ प्रक्षेपण गरिएको छ । हिम ड्रागन दुई नम्बरको बरफ फोड्ने प्रविधियुक्त जहाजले पहिलो पटक दक्षिणी ध्रुवको यात्रा गरेको छ । पैतौ नेभिगेटरको विश्वव्यापी सञ्जालको निर्माण निर्णायक अवधिमा प्रवेश भएको छ । फात् जीको व्यापारिक उपयोगका लागि गतिशीलताका साथ निर्माण भएको छ । पेइचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको रूप फिनिक्सजस्तै छ । यी उपलब्धिहरू नयाँ युगमा चिनियाँहरूको अथक प्रयाससँग घनिष्ट सम्बन्ध रहेका छन् । जसले उत्कृष्ट चिनियाँ छवि तथा चिनियाँ शक्ति अभिव्यक्त गरेको छ ।
विगत एक वर्षमा सुधार तथा खुलापनले निरन्तररूपमा विकासको प्रेरक शक्ति जन्माएको छ । चिनियाँ कम्युनिस्ट पार्टी तथा राष्ट्रका संस्थाहरूको सुधार सफलताका साथ सम्पन्न भएको छ । एक चरणको स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्र तथा शाङहाई स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्रको नयाँ क्षेत्र थपिएको छ । शेयर बजारमा विज्ञान तथा प्रविधिको आविष्कारसम्बन्धी सूची सुरु भएको छ । कर घटाइने कुल रकम २० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ । व्यक्तिगत आयमाथि उठाइने करको न्यूनतम विन्दु बढेको छ । सर्वसाधारणका लागि प्रचलित धेरै औषधिको मूल्य घटेको छ । सञ्जालको गति छिटो हुनुका साथै त्यसको खर्च घटेको छ । फोहोरलाई विभिन्न प्रकारमा विभाजन गरिएको कुरा कम कार्बनयुक्त नयाँ चलन बनेको छ । ‘आधारभूत निकायहरूको झन्झटलाई घटाइएको कुराले’ आधारभूत निकायमा कार्यरत कर्मचारीहरूलाई हलुका बनाएको छ । चीनको जताततै नयाँ परिवर्तन तथा नयाँ छवि देखिन्छ ।
विगत एक वर्षमा राष्ट्रिय प्रतिरक्षा तथा सेनाको सुधार स्थिरताका साथ अघि बढेको छ भने जनमुक्ति सेनाले नयाँ युगमा शक्तिशाली सेनाको छविको प्रदर्शन गरेको छ । हामीले राष्ट्रिय दिवसमा भव्य सैन्य परेडको आयोजना गरेर नौ सेना र वायु सेनाको स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्यक्रमको आयोजना ग¥यौँ । सातौँ विश्व सैनिक खेलकुदको पनि आयोजना गरेका छौँ । चीनबाट उत्पादित पहिलो विमानवाहक जहाज औपचारिकरूपमा सञ्चालनमा आएको छ । जनमुक्ति सेना मातृभूमिको रक्षा गर्ने स्थायी बलियो ग्रेटवाल हो । राष्ट्रको रक्षक बफादारी सैनिकहरूको सलाम गरौँ ।
सन् २०१९ मा सबैभन्दा बढी सम्झना भएको कुरा जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔँ वर्ष भव्यताका साथ मनाइएको हो । हामीले नयाँ चीनको ७० वर्षमा हासिल भएको उत्कृष्ट उपलब्धिका लागि ताली बजाउनुका साथै देशभक्तबाट निस्केको शक्तिप्रति हामी प्रभावित छौँ । सैन्य परेडको वर्गाकारहरू समूह शानदार रहेका छन् भने सर्वसाधारणको प्रदर्शन उत्साहित भएका छन् । थेन आन मेन चोक खुसीयाली समुद्र बनेको छ । चिनियाँहरूले रातो रङको भव्य पोशाक पहिरेका छन् भने चिनियाँहरूको अनुहारमा आत्मगौरवको मुस्कान देखिएको छ । ‘म र मेरो मातृभूमि’ शीर्षकको गीत चीनको जताततै सुन्न पाइन्छ । देशप्रेमी भावनाबाट हाम्रो आँखामा आँसु भरिएको छ भने देशप्रेमी भावनाले चिनियाँ राष्ट्रको मेरुदण्ड बनेको छ । तिनीहरूले नयाँ चीनको सम्मान गर्ने तथा नयाँ युगका लागि प्रयास गर्दै अघि बढ्ने प्रवाह बनाउनुका साथै हामीलाई विशाल शक्ति दिएका छन् ।
गएको वर्षमा मैले धेरै ठाउँ घुमेको छु । श्युङ आन नयाँ क्षेत्रको परिकल्पना चित्रजस्तै फैलिएको छ, थेन चिन बन्दरगाह उत्थान भएको छ, पेइचिङ सहरको उपकेन्द्र जीवन्त शक्ति भरिएको छ, भित्री मङ्गोलियाको घाँसे मैदान शानदार एवम् सुन्दर छ, हजारौँ वर्ष पुरानो ह सी कोरिडर अझ नयाँ देखिन्छ, पहेँलो नदी निकै शानदार छ, ह्वाङ फु नदीका दुई किनारामा प्रशस्त स्रोत छन् भने त्यहाँका बासिन्दाहरूको आम्दानी पनि सन्तोषजनक छ । चीनका विभिन्न ठाउँहरूमा समृद्ध दृश्य देखिन्छ । चीनको क्रान्तिको प्रक्रियाबमोजिम घुमेर मैले प्रारम्भिक इच्छा प्राप्त गरेको छु । मैले च्याङ सी प्रान्तको यु तुमा रहेको लाल सेना लङमार्चको सुरुआत विन्दुदेखि ह नान प्रान्तको सिन जिल्लाको हु पै, ह नान, आन ह्वैको सोभियत क्षेत्रमा रहेको राजधानी क्रान्तिकारी सङ्ग्रहालयसम्म घुमेको, कान सु प्रान्तको काउ थाई सी स्थल सेनाको सम्झना स्मारकदेखि पेइचिङको श्याङ शान पहाडको क्रान्तिकारी स्मृति स्थलसम्म घुमेको छु । हरेक ठाउँबाट म प्रभावित भएँ । प्रारम्भिक इच्छा तथा जिम्मेवारी नयाँ युगमा लङमार्चको यात्रा राम्रोसँग गर्नका लागि अथक प्रेरक शक्ति हुन् ।
मैले साधारण चिनियाँहरूकहाँ भ्रमण गरेको छु । उनीहरूले मसँग हृदयदेखिका धेरै कुराहरू बोलेको मैले सम्झना गरेको छु । युन नान प्रान्तको कुङ शान पहाडमा बसोबास गर्ने तु लुङ जातिका सर्वसाधारण, फु चेन प्रान्तको शौ निङ जिल्लाको श्या ताङ टाउन्सिपका साथीहरू, ‘वाङ चे कक्षा’का सम्पूर्ण सिपाहीँहरू, पेइचिङ खेलकुद विश्वविद्यालयको मास्टर डिग्रीमा अध्ययनरत च्याम्पिएन कक्षाका विद्यार्थीहरू, मकाउका बालबालिका तथा स्वयम्सेवक मजदुर वृद्धले मलाई चिठी पठाएका थिए । उनीहरूलाई पठाएको जवाफी चिठीमा मैले उनीहरूबाट प्राप्त उपलब्धिको प्रशंसा गर्नुका साथै हार्दिक अभिवादन व्यक्त गरेको छु ।
विगत एक वर्षमा धेरै व्यक्ति तथा कुराहरूबाट हामी प्रभावित भएका छौँ । आफ्नो स्वार्थ त्यागेर देशप्रेमको भावना लिएका चाङ फु छिङ, युवा काल तथा आफ्नो प्राणलाई गरिबी निवारण कार्यमा राखेका ह्वाङ वन श्यु, आगलागीको उद्धारका लागि निधन भएका स छ्वान प्रान्तको मू लीका ३१ जना बहादुर, आफ्नो शरिरबाट सहसैनिकको संरक्षण गरेका तु फु को, विश्व भलिबल कपमा एघार पटक विजय गरी च्याम्पिएन प्राप्त गरेका चिनियाँ महिला भलिबल टोली छ । कुनै गुनासो नगरेका धेरै सामान्य व्यक्तिहरूले असामान्य जीवन सिर्जना गरेका छन् ।
सन् २०१९ मा चीनले निरन्तररूपमा हात खोलेर विश्व अँगालेको छ । हामीले दोस्रो ‘बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन, पेइचिङ अन्तर्राष्ट्रिय बागबानी मेला, एसियाली सभ्यता संवाद सम्मेलन, दोस्रो चीन अन्तर्र्रािष्ट्रय आयात एक्स्पोको आयोजना गरेका छौँ । जसले विश्वलाई एउटा सभ्य, खुला तथा सहनशील चीन देखाएको छ । मैले धेरै मुलुकहरूका राष्ट्रनायक तथा सरकारी प्रमुखहरूसँग भेट वार्ता गरी चीनको अडानबारे जानकारी दिएर आपसी मित्रतालाई बढाउनुका साथै सहमतिलाई अरु गहन पारेको छु । विश्वका केही मुलुकहरूले चीनसँग दौत्य सम्बन्ध स्थापना गरेका छन् । चीनसँग दौत्य सम्बन्ध स्थापित भएका मुलुकहरूको सङ्ख्या १८० पुगिसकेको छ । हाम्रा साथीहरू विश्वभरि रहेका छन् ।
सन् २०२० कोसेढुङ्गा रहेर अर्थपूर्ण वर्ष हुनेछ । हामीले चौतर्फीरूपमा सम्पन्न समाजको निर्माण पूरा गर्नुका साथै पहिलो सय वर्षको कोसिसको लक्ष्य पूरा गर्ने छौँ । सन् २०२० गरिबी निवारणका लागि एउटा निर्णायक वर्ष पनि हो । हामीले एकीकृत भएर कोसिस गर्नुपर्छ । अरू कठिन जिम्मेवारीको सामना गर्दा हामी अझ अघि बढ्नुपर्छ । आफ्ना त्रुटि सच्याउँदै अगाडि बढ्नुपर्छ र आफ्नो आधारलाई अरू दरिलो बनाउनुपर्छ । गरिबी निवारणसम्बन्धी युद्धमा हामीले विजय हासिल गर्नुपर्छ । वर्तमान मापदण्डमा ग्रामीण क्षेत्रमा रहेका सम्पूर्ण गरिब जनसङ्ख्या गरिबी अवस्थाबाट मुक्त हुने र अति गरिब जिल्लाको नामलाई समयमै नामेट पार्नुपर्छ ।
केही दिनअघि मकाउ मातृभूमिमा समाहित भएको २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा म सहभागी भएँ । मकाउको समृद्धि तथा स्थिरताप्रति मलाई खुसी लागेको छ । मकाउको सफल व्यवहारबाट ‘एक देश दुई व्यवस्था’ पूर्णरूपमा व्यावहारिक र लाभान्वित रहेको प्रमाणित छ । विगत केही महिनादेखि हङकङको परिस्थितिले हाम्रो ध्यानाकर्षण गरेको छ । मेलमिलाप तथा स्थिर वातावरण नभएमा सुखी र आनन्ददायी घरबार कसरी हुन सक्छ ? हङकङ तथा हङकङवासीहरू राम्रो हुन सकून् भन्ने मेरो हार्दिक आशा छ । हङकङको समृद्धि तथा स्थिरता हङकङवासीहरूको आशा हुनुका साथै मातृभूमिका जनताको अपेक्षा पनि हो ।
इतिहास एउटा लामो नदीजस्तै हो । त्यसमा नरम हावा चल्नुका साथै ठूलो लहर पनि बेगिन्छ । हामीले साहस लिएर हावापानीको सामना गर्नुका साथै कठिनाइप्रति पनि डराउनु हुँदैन । चीनले अटलताका साथ शान्तिपूर्ण विकासको बाटोमा लागिरहने, विश्व शान्तिको दृढताका साथ संरक्षण गरिरहने र संयुक्त विकासलाई अघि बढाइरहने छ । विश्वका जनतासँगै हातमा हात मिलाएर ‘बेल्ट एन्ड रोड’ को सक्रियताका साथ निर्माण गर्ने, मानवको हितलाई लक्षित समुदायको निर्माण गर्ने, मानव जातिको उज्यालो भविष्यका लागि हामीले अथक प्रयास गर्ने छौँ ।
यस बेलामा धेरै व्यक्तिहरू आफ्नो काममा व्यस्त छन् । धेरै व्यक्तिहरूले सुरक्षाको संरक्षण गरिरहेका छन् र धेरै व्यक्तिहरूले मेहनतका साथ श्रम गरिरहेका छन् । तपाईंहरूलाई धेरै धन्यवाद ।
सुनौलो अवसर छोपेर सन् २०२० को स्वागत गरौँ ।
तपार्इँहरू सबैलाई नव वर्षको शुभकामना ।
स्रोतः सीआरआई
Leave a Reply