भर्खरै :

दर्शनबारे केही चर्चा – २

 प्रधान
बुद्ध दर्शनको सार
१) बुद्ध खानै नखाई, शरीरलाई अति कष्ट दिएर ज्ञान प्राप्ति र मोक्षको अतिवाद र अत्यन्त भोगविलाशमा लिप्न हुने अल्छी र अति भोगवादलाई अस्वीकार गर्थे ।
२) उचित दृष्टिकोण, उचित प्रतिबद्धता, उचित वचन, उचित कर्म, उचित जीवनपद्धति, उचित प्रयत्न, उचित विचार र उचित चिन्तन, संयम र सदाचारको जीवन जिउनु नै उत्तम जीवन मापन हो ।
३) मानिस जन्मेदेखि नमरेसम्म दुःखै दुःख र कष्ट झेल्नुपर्ने हुन्छ । ती चाहे जुनसुकै वर्ग र समुदायका हुन् । आ–आफ्ना पद र वर्गअनुसार दुःख भोग गर्नुपर्ने हुन्छ । अर्को भाषामा जीवन सङ्घर्षै सङ्घर्षले भरेको हुन्छ । यसकारण माथिको जीवन जिउने आठ उपायमा लागेका मानिस कम दुःखी हुने छन् ।
४) मानिस जन्मले होइन कामले ब्राह्मण हुने हो, सबै आ–आफ्नो पेशाअनुसार हुन्छ । ब्राह्मण त्यो हो जसलाई कुनै वस्तुमा अपनत्व हुँदैन अर्थात् लोभ, पाप र आशक्तिबाट मुक्त भएको हुन्छ ।
५) बुद्ध वचनअनुसार हिंसा, पशु हिंसा, ईश्वर र मोक्ष प्राप्त गर्न यज्ञ र कर्मकाण्ड, इन्द्र, वरुण, ब्रह्मा, शिव, यमराजा आदिलाई बोलाएर केही परिवर्तन हुने छैन बरु काम, क्रोध, लोभलालच आदिमा नियन्त्रण गरी लोककल्याणको काममा लाग्नु नै उत्तम छ ।
६) बुद्ध अनेक दार्शनिक जटिलतामा अल्झिरहन इच्छा गर्दैनथे । इमानदारी र सच्चाइको जीवन जिउनेले सुखपूर्वक मृत्युवरण प्राप्त गर्ने छ – जसलाई विनापश्चाताप निर्वाण प्राप्त हुने छ ।
बौद्ध–सङ्घ (बुद्धम् शरणम् गच्छामी, सङ्घम् शरणम् गच्छामी, धर्मम् शरणम् गच्छामी)
आफू जन्मे हुर्केको गणराज्यको प्रभाव बुद्धमा प्रशस्त बाँकी थियो । आफ्नो गणराज्यको जीवनपद्धति जस्तै बुद्धले दर्शन वा धर्मको सङ्गठनलाई विकास गरे । त्यसमा नियम, सदाचार र कार्यशैलीको बन्दोबस्त गरे । भिक्षुहरूको सङ्घ र सभाको बन्दोबस्त गरे अर्थात् त्यसलाई ७ नियममा व्यवस्थित गरे –
१) सबै एक साथ बसेर बैठकहरू गर्दै जानु ।
२) सबै एक भई काम गर्ने र सङ्घको कामलाई पूरा गर्ने ।
३) सङ्घको निर्णयलाई लागू गर्नु, सङ्घले निर्णय नगरेको काम नगर्नु र पहिले बनाएका नियमहरू पालना गर्दै जानु ।
४) समाज, धर्म र सङ्घका ज्येष्ठहरूको र प्रमुखहरूको आदर गर्नु, उहाँहरूको भनाइलाई सुन्नु र ध्यान दिनु ।
५) पछि–पछि पनि कामवासना र तृष्णामा नपर्नु ।
६) वनका झुपडीहरूमा बस्नु ।
७) सदा सङ्घमा रहनु र ब्रह्मचर्यमा रहनु ।
सङ्घका नयाँ प्रस्तावको निर्णय गर्ने तरिका पनि छन् –
१) प्रत्येक प्रस्ताव तीनपटक दोहो¥याउनु ।
२) त्यसमाथि छलफल गर्नु ।
३) मतदानबाट निर्णय गर्नु ।
४) बैठक र निर्णयको निम्ति गणपूरक सङ्ख्या आवश्यक हुन्छ ।
५) बैठक राख्न २० भिक्षुहरूको उपस्थिति आवश्यक हुन्छ ।
भिक्षु सङ्घले लोककल्याणको निम्ति व्यक्तिगत जीवनबाट मुक्त र त्यागको भावना एवम् संयमित जीवनलाई कष्टसाध्य लागू गराउँछ । त्यही भावना र अनुशासनले गर्दा मगध साम्राज्यले प्राचीन सङ्घ राज्यलाई ध्वस्त पार्यो भने बौद्ध सङ्घले प्राचीन जनतन्त्र व्यवस्थालाई कायम राख्न सफलता प्राप्त ग¥यो । एक अर्थमा बौद्ध सङ्घ एकप्रकारको मगध राज्यको समानान्तरण शक्ति बन्यो ।
आजीवक सम्प्रदाय
हुने कुरो कसैले रोक्नसक्दैन, नहुने कुरा गर्नै सक्दैन र जो हुने छ भइ अछाड्छ । सबै कुरा भाग्यमा लेखेको हुन्छ भन्ने विश्वास मान्ने एकथरी महावीर वर्धमान र गौतम बुद्धको समयमै एक नयाँ सम्प्रदायको रूपमा प्रादुर्भाव भयो, त्यसलाई आजीवक सम्प्रदाय भनिन्थ्यो । महावीरसँग फरक मत राखेर नयाँ बाटो र विचार बनाउने मखलिपुत्त गोसाल थिए । उनले आफ्नो प्रचार कार्यको केन्द्र श्रावस्तीलाई बनाएका थिए । चिसो पानी पिउनु, आफ्नै निम्ति तयार गरेको खानामात्र खानु र स्वास्नी मानिसहरूसँग नबस्नुजस्ता विषयसँग असहमत गोलालको आरामदायी र विलासी जीवनसँग कष्टसाध्य जीवन र तपस्याको महावीर वर्धमानको सङ्घसँग मेल हुन सकेन । यसकारण यस अव्यवहारिक सम्प्रदाय समाप्त भयो । आजीवक सम्प्रदायको बारे अशोकको शिलापत्रहरूमा उल्लेख छ ।
धर्म सुधारबारे
ब्राह्मणवादी कर्म–काण्ड, विधि–विधान र अनेक यज्ञ यज्ञादि पशुबली, होम आदिले सम्पत्तिको नास, समाजमा देखिएको भेदभाव र कृषि, शिल्प व्यवसाय र व्यापारको विकासले समाजमा एक प्रकारको नयाँ चिन्तन देखिन थाल्यो ।
ब्राह्मणहरूमध्ये धेरै त्याग, तपस्या
(अध्ययन–चिन्तन) र सात्विक (सरल र निरीह) जीवन छोडिसकेका थिए । त्यसकारण जनतामा तिनीहरूमाथि विश्वास घट्दै गयो । घरबार छोडी जनतामा प्रचार कार्य गर्ने जैन धर्म र बौद्ध भिक्षुहरूको कारण जनताले भिक्षुहरूलाई आदरसम्मान गर्नथाले ।
जैन र बौद्ध धर्मको तुलना
१) दुवै धर्मले शारीरिक र बौद्धिक काममा जोड दिएका छन् । महावीर वर्धमान र बुद्ध दुवैले तपस्यामा जोड दिएका उदाहरण छन् ।
२) दुवै धर्मले वेदहरूको प्रभुत्वलाई अस्वीकार गरे, पशुवलीलाई निन्दा गरे ।
(यसकारण दुवै धर्मको अतिवादी ब्राह्मणवादी विचारसँग सङ्घर्ष भयो ।)
जैन र बौद्ध धर्मको बेला फलामको प्रयोगमा वृद्धि भई कृषि अर्थतन्त्रको विकास भइसकेको थियो । दुवै धर्मले पशुलाई आफू समान व्यवहार गर्ने, कृषि कार्य पशुमा निर्भर रहने र राज्यले किसानलाई बीउ–बिजन, पशु र अन्य ज्यावल दिनुपर्छ भनी वकालत गथ्र्यो । त्यसैले सहरको विकास भयो, सहरले बन्द–व्यापारको पनि विकासमा सहयोग गर्यो । पशु अर्थात् गोरुविना खेत जोत्न गा¥हो हुन्थ्यो र गाईको दूध, गोबर–गौमुत्रले मलको काम दिन्थ्यो ।
३) तर जैन धर्मले खेती–पाती गर्दा कीरासमेत नमार्ने शिक्षा दिन्थ्यो, (सम्भवतः गड्यौलाजस्तो मित्र कीराको कारण होला ।)
बुद्ध धर्मले त्यो अहिंसाको कट्टरतामा आफूलाई बाँधेन ।
४) ब्राह्मणवाद गाउँले सभ्यताको प्रतीक भएको हुँदा सहरका व्यापारीलाई वैश्य तल्लो पेशाको भनी हेला गथ्र्यो । जैन र बौद्ध धर्म सहरमा विकास भएको हुँदा तयारी सामानको व्यापार गर्नेलाई प्रधानता दियो तथा समुद्रपारिको व्यापारलाई पनि मान्यता दियो । पश्चिमी भारतको समुद्री किनारमा समुद्री व्यापार हुन्थ्यो । सम्भवतः यसैकारणले जैन धर्मले त्यस ठाउँमा प्रभाव पा¥यो ।
५) अहिंसाको मामिलामा जैन धर्मभन्दा बौद्ध धर्म अति खुकुलो छ । तर, तल्लो जातलाई हेला गर्नेबारे ब्राह्मणवादलाई दुवै धर्मले तर्कसङ्गत ढङ्गले निन्दा गथ्र्यो । सम्भवतः महावीर वर्धमान र गौतमबुद्ध दुवै क्षेत्रीय परिवारबाट आएको हुँदा ब्राह्मणलाई दोस्रो दर्जामा राखिन्थ्यो । अछुत, तल्लो जात वा दलित जाति, महिला र वेश्यालाई समेत आफ्नो सङ्घमा राख्थे ।
६) तर, दुवै धार्मिक केन्द्रले दास–दासी वा मालिकबाट मुक्ति पाइसकेपछि मात्रै आफ्नो सङ्घमा प्रवेश दिन्थे । यसको अर्थ हो – दुवै धर्मले सामाजिक सुधारमा बल दिए तर वर्ग र वर्गभेदलाई गौण सम्झे ।
७) महावीर वर्धमान र गौतम बुद्ध वैश्य र सूद्र जातिमा जन्मिन सक्दैन भन्ने दृष्टिकोण पनि राख्थे । जैन गुरु नीच, स्वार्थी, अधर्म, बदमास, गरिब, अभाव पीडित परिवार र ब्राह्मण परिवारमा जन्मदैन भन्ने विचार राख्थे ।
८) दुवै धर्मले छुवाछूतको विरोधमा आवश्यक जोड नदिँदा आजसम्म भारत र नेपालमा अस्तृश्यता बाँकी रहनुका कारण आलोचकहरू बताउँछन् ।
९) दुवै धर्मले दास, दासी, कर्मचारी र कामदारहरूलाई राम्रो व्यवहार र पालनपोषण गर्न भनिएकै कारण वा उदारताको कारण तल्लो जाति र तल्लो वर्गको जनता ती धर्ममा बढी छन् ।
गौतम बुद्ध (सिद्धार्थ) को जन्म ईपूर्व ५८६ मा शाक्य क्षेत्री कुलको एक सानो गणराज्यमा जन्मेका थिए । उनका बुबा शाक्य गणका मुखिया थिए । उनकी आमाको नाम महामाया थियो । उनको विवाह यशोधरासँग भएको थियो ।
२९ वर्षको उमेरमा उनले कपाल खौरेर सन्यासी जीवन बिताउन लागे । उनले कहीँ पनि ज्ञान प्राप्त गर्न सकेनन् । मुक्तिको कामना गर्दै उनले सन्यासको बाटो छाडी ध्यान (अध्ययन) को बाटो लिए । गयामा निरञ्जना (वर्तमान फल्गु) नदीको एक रुखको तल उनले ज्ञान प्राप्त गरे अर्थात् सत्यको एक सूत्रप्राप्त गरे । बनारसको नजिक सारनाथमा उनले पहिलो प्रवचन दिए ।
उनको त्यस प्रवचनले पहिला उनका पुराना ५ जना शिष्यहरू फेरि प्रभावित भई कठोर सन्यास मार्ग छोडे । उनको प्रवचनलाई ‘धर्मचक्र प्रवर्तन’ भनियो र त्यसैलाई बुद्धको वीजकेन्द्र या थेसिस मानियो ।
बुद्ध ४५ वर्षसम्म आफ्नो विचार प्रचारमा लागे । कोशांवीको पश्चिम तिर उनी प्रचारमा गएको देखिन्न । पूर्वमा राजनीति र गया हुँदै गंगाको दक्षिणबाट मिर्जापुरको नजिक दक्षिणगिरीमा उनले यात्रा गरे ।
८० वर्षको उमेरमा उनको जीवनलीलाको अन्त भयो । भनिन्छ, एक विवेकहीन शिष्य चूँदसँग सुँगुरको मासु खाएर उनको मृत्यु भएको थियो ।
ई.पू. छैटौँ शताब्दीमा गौतम बुद्धको धर्म प्रचार अरु धर्महरूभन्दा सबभन्दा बढी लोकप्रिय थियो ।
बुद्ध धर्मका ८ वटा बाटा
सम्यक दृष्टि
१) लोभ–मोहको कारण संसार सबैतिर दुःखै–दुःख छ ।
सम्यक सङ्कल्प
२) लोभ पाप र मोहबाट मुक्ति पाएपछि सबैसँग प्रेम र खुसी जाग्नेछ ।
सम्यक वचन
३) साँचो बोल र सबैसँग मैत्रीभाव विकास गर ।
सम्यक कर्म
४) अरुलाई लाभ हुने अहिंसा र सदाचारमा रहनुपर्छ ।
सम्यक जीवन
५) जीवन निर्वाहमा कसैले पनि अपवित्र र भ्रष्ट उपाय प्रयोग नगर ।
सम्यक विचार
६) खराब विचारबाट मुक्ति पाउन सबैले मानसिक अभ्यास गर ।
सम्यक स्मृति
७) मानव शरीर अणुहरूले बनेको हो ।
सम्यक समाधि
८) शारीरिक बन्धन र मानसिक आशक्तिबाट उत्पन्न हुने खराबीहरूबाट टाढा रहनु
बुद्धका यी ८ वटा बाटो वा निर्देशन पालन गर्नेहरू जुनसुकै कुलमा जन्मेका भए पनि अन्तमा निर्वाण प्राप्त गर्नेछन् र वा सुख र शान्तिपूर्वक मर्न पाउनेछन् ।
स्रोतः अर्हत्का विभिन्न अड्ढ

Leave a Reply

Your email address will not be published. Required fields are marked *