नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
जगतकुमार भुसाल
नदीहरूको अध्ययन गर्दा मूल नदीको लम्बाइ, सहायक नदीहरूको लम्बाइ र नदीहरूको जलाधार क्षेत्रसमेतको अध्ययनको आवश्यकता पर्दछ । कुन नदी मूल हो भनेर छुट्याउँदा नदीको पानीको मात्रा, लम्बाइ, जलाधार क्षेत्र र नदीको अर्डर (क्रमाड्ढ) हेर्ने गरिन्छ । कुनै बिन्दुबाट नदीको लम्बाइ नाप गर्दा सो बिन्दुबाट नदीको बीच धारैधार नदीको मुहानसम्म नाप लिनुपर्दछ । नदी जता बगेको छ उतैतर्फ फर्कँदा अर्थात् नदीको मुहानतर्फ पिठ्यूँ फर्काउँदा दायाँ हात जता पर्दछ नदीको दायाँ उतैतर्फ र बायाँ हात जता पर्दछ नदीको बायाँ उतैतर्फ हुन्छ । पानी ढलो अर्थात् जुन–जुन क्षेत्रबाट पानी मिसिन जान्छ त्यो जमिन सबै नदीको जलाधार क्षेत्रभित्र पर्न जान्छ । मुहानबाट निस्केपछि जब खोलाको रूप लिन्छ त त्यस खोलालाई नदी क्रमाड्ढलाई दुई नम्बर दिइन्छ । यसरी दुई–दुई मिलेपछि तीन क्रमाड्ढ, तीन–तीन मिलेपछि चार क्रमाड्ढ हुँदै जान्छ । कुनै खास भौगर्भिक अवस्थामा बाहेक मुख्य नदीको क्रमाड्ढ सहायक नदीको भन्दा बढी हुँदै जान्छ । नदीको पानीको रङ्गको आधारमा पनि नदीको नामाड्ढन गरेको पाइन्छ ।
सेती नदी (पोखरा), काली नदी (मुस्ताङ), पहँेलो नदी (Yellow River) चीन, ब्लू (नीलो) नाइल (इथियोपिया), ह्वाइट (सेतो) नाइल (किकिजि पर्वत, अफ्रिका) जस्ता केही उदाहरणहरू हुन् । नदीको पिँध र पानीसँगै बग्ने माटो, बालुवा थिग्रेनी र गहिराइका कारण नदीको रङ्ग फरक–फरक देखिने हो । रङ्ग सधैँ उस्तै भइरहने नहुन पनि सक्छ । किनभने नदीको खियाइरहने प्रकृतिले एकैप्रकारको रङ्गको माटो, बालुवा सधैँ पानीमा नपुग्न सक्छ र नदीले रङ्ग परिवर्तन गर्छ वा सफा देखिन सक्छ । लिम्पियाधुराबाट उत्पन्न हुने काली नदीको पानी पनि कालो रङ्गको छ । पानीको रङ्ग कालो रङ्गको छ । पानीको रङ्ग कालो भएकोले यस नदीको नाम काली रहन गएको हो ।
नदीको पानीको स्वरूप अध्ययन गर्न बाढी, वर्षायामको खोला र हिउँद (सुख्खायाम) को खोलामा विभाजन गर्न सकिन्छ । दुई नदीमध्ये जुन नदीमा पानीको मात्रा औसतरूपमा बढी हुन्छ त्यो नै मुख्य नदी हो । त्यसैगरी मूल नदीको जलधार क्षेत्र सहायक नदीको भन्दा बढी हुन्छ । मुख्य नदीको लम्बाइ नै अन्य नदीको लम्बात्न्दा बढी हुन्छ । कुनै नदीको मुहान खोज्दै जानु पर्दा उपर्युक्त आधारहरू नै पर्याप्त हुन्छन् ।
River Morphology and Hydrological Perspective सान्दर्भिक प्राकृतिक तथा वैज्ञानिक आधारबाट नै मूल नदीको उद्गमस्थल किटान गर्ने वा पहिल्याउने गरेको पाइन्छ । प्रसिद्ध ब्रिटिश गणितशास्त्री John Playfairs ले आजभन्दा करिब २१५ वर्षअघि अर्थात् सन् १८०० मा भनेका थिए, “ प्रत्येक नदीको मूल हाँगा हुन्छ र यसमा विविध आकारका शाखा नदीहरू आ–आफ्नै आकार, अनुपातका उपत्यकाहरूबाट मिसिन आएका हुन्छन्” (Principle of Geology, J Gilluly et al, 1954, p. 78)। प्रसिद्ध जलविज्ञान विशेषज्ञहरू ज्यचतयल च्भ् Horton RE (1933), Strahler AN -1964_, Schumm SA (1956), Snyder FF (1938), Vente-te-chow (1964), Linsley (1949), Clark (1945), Nash JE (1969), Sherman (1932) Nakayasu (1941) nufot ;a}n] John Playfairs कै विचारलाई आधार मानेको पाइन्छ । महाकाली नदीको उद्गमस्थलको सन्दर्भमा पनि प्राकृतिक तथा वैज्ञानिक आधारबाट नै सुगौली सन्धि अगाडि र पछाडिका नक्साहरूले लिम्पियाधुराबाट निस्कने नदीलाई नै मूल काली नदी मानेको अवस्था हो ।
सन् १८२७ मा इस्ट इन्डिया कम्पनी सरकारको हाइड्रोग्राफरले ब्रिटिश पार्लियामेन्टको ऐनअनुसार तयारी पारी प्रकाशित गरेको नक्सामा लिम्पियाधुराबाट उत्पत्ति हुने नदीलाई काली नदी भनी किटान गरिएको छ । सन् १८५६ ब्रिटिश इन्डियाको सर्भेयर जनरलको अफिसमा तयार भई प्रकाशितNepal and the countries adjoining with South, West and East नक्सामा पनि लिम्पियाधुराबाट निस्कने नदीलाई नै काली नदी भनी लेखिएको छ । महाकाली बेसिनमा पनि धेरै सहायक नदी र यिनका शाखा–प्रशाखा नदीहरू छन् । नदी विज्ञान, Hydrological Perspective/ River Morphology को आधारबाट निकालिएको प्रसङ्गबाट माथि उद्धृत नक्सामा किटान गरिएको लिम्पियाधुराबाट निस्कने नदी नै काली नदी हुन आउँछ । त्यही नै वास्तविकता थियो र हो ।
महाकाली नदीको उद्गमस्थल कुन हो, कहाँ पर्दछ र कसरी यकिन भएको छ ? अहिले यो विषय नेपाल सरकार, प्रमुख राजनीतिक दल र सर्वसाधारण सबैको चासोको विषय बन्न पुगेको छ । हवाई तस्वीर र टोपोग्राफिकल नक्साबाट नदीको लम्बाइ, नदीको जलाधार क्षेत्रको प्रकृति, आकार र क्षेत्रफलसमेत नदीको बहाव
(पानी) को तुलनात्मक अनुमान गर्न सकिन्छ । यहाँ उल्लिखित तथ्यहरू १ः१,००,००० स्केल नक्साको आधारमा निकालिएका र गुगल नक्सा तथा पञ्चेश्वर परियोजनाको प्रतिवेदन सन्दर्भ सामग्रीबाट परिस्कृत गरी प्रस्तुत गरिएका छन् । तुलनात्मक विश्लेषण हुँदा प्रस्तुत स्केल नक्साको आधारबाट पनि पूर्वानुमान गर्न सकिन्छ ।
कञ्चनपुर जिल्लाको नेपाल–भारत सीमाको नदी स्थानलाई सङ्गमस्थल बिन्दु मानी सोभन्दा उत्तरतर्फका प्रत्येक मुख्य–मुख्य नदी दोभानजस्तै लाधिया, सूर्नायगाड, सरयू, चमेलिया, गौरीगङ्गा, धौलीगङ्गा, तिड्ढर र लिपुखोलाका दोभानबाट नदीको लम्बाइ, जलाधार क्षेत्र, नदी जल प्रवाह र नदी क्रमाड्ढको हिसाब गरी आएका तथ्याड्ढको आधारबाट कालीको मूलधार पछ्याउँदै जाँदा कालीको उद्गमस्थल लिम्पियाधुरामा नै पुग्दछ । यससम्बन्धी यस पङ्क्तिकारका अरू लेख विस्तृत विवरणसहित कान्तिपुर दैनिक, द काठमाडौँ पोष्ट, द राइजिङ नेपाल, मूल्याड्ढन मासिक र वैज्ञानिक जगतमा समेत प्रकाशित भएका छन् ।
नक्सामा कोरिएको गाडा धर्सोले नेपाल–भारत सीमा, भारत–चीन र नेपाल–चीन देखाइएको छ । दक्षिणमा नेपाल–भारत सीमाको नदीको बिन्दुलाई नम्बर एक (B1+=) र त्यसभन्दा उत्तरतर्फ मुख्य–मुख्य नदीको सङ्गमस्थललाई क्रमशः C2, C3, C4, C5, C6, C7, C8, C9, C10, C11, नम्बर दिइएको छ । शारदा बाँधबाट नाप लिँदा यी सङ्गमस्थल क्रमशः करिब २८ (कि.मि.), ३५ कि.मि., ५८ कि.मि., ७८ कि.मि., ११७ कि.मि., १४० कि.मि., १८० कि.मि., २२० कि.मि., २२५ कि.मि. र २५० कि.मि.मा पर्दछन् । यी सबै सङ्गमस्थलहरूमा नदीका लम्बाइ, औसत जलप्रवाह, जलाधार क्षेत्र र नदी क्रमाड्ढ हिसाब गरियो । C5 मा सरयू नदी मिल्न आउँछ । यस बिन्दुमा सरयूको जलाधार क्षेत्र ४,०२० वर्ग कि.मि., औसत जलप्रवाह १६२ घ.मि.प्र÷से., सरयूको लम्बाइ १२६ कि.मि. देखिन्छ । जब कि यसै बिन्दुसम्म महाकालीको जलाधार क्षेत्र ८,४४० वर्ग कि.मि., औसत बहाव ३४२ घ.मि.प्र÷से., नदीको लम्बाइ २ सय कि.मि. देखिन्छ । नदी क्रमाड्ढ पनि महाकालीको नै बढी देखिन्छ । औसत जलप्रवाह र जलाधार क्षेत्रको हिसाबले महाकालीका सबै सहायक नदीहरूमध्ये सरयू ठूलो सहायक नदी हो, तर यसको तुलनामा महाकालीको लम्बाइ लगभग १६० प्रतिशत, जलप्रवाह र जलाधार क्षेत्र २१० प्रतिशतले बढी छ । तसर्थ सरयू महाकाली बेसिनको मूल नदी होइन ।
महाकालीको मूलधार पछ्याउँदै जाँदा सङ्गमस्थल C8 मा धौलीगङ्गा मिसिन आएको छ । ठूलो स्केलको नक्सामा झट्ट देख्दा लासारयाड्ढीतर्फबाट आउने धौलीगङ्गाको लम्बाइ र लिम्पियाधुरातर्फबाट आउने कालीको लम्बाइ लगभग बराबर ९०–९५ कि.मि. देखिन्छ । सुगौली सन्धि हुँदा वैज्ञानिक तथ्यले काली नदीको उद्गमस्थल लिम्पियाधुरा नदेखिएको भएर नदी लम्बाइको मात्र हिसाबले नेपाल–ब्रिटिश–इन्डिया सिमाना धौलीगङ्गाको धार कि महाकालीको धार भनेर विवादभित्र पार्न सकिने पनि देखिन्थ्यो । जसरी भारतीय पक्षले नक्कली काली मुहान देखाएर बखेडा झिकेको छ त्यसरी नै नेपालले पनि नदी लम्बाइ उत्तिउत्तिजस्तै हो भनेर महाकालीको उद्गमस्थल C8 (लासारयाड्ढ) हो भनेर पनि बखेडा झिक्न सकिने हुन्थ्यो । तर, सूक्ष्मरूपले नाप लिँदा धौलीगङ्गाको लम्बाइ ८८ कि.मि. र कालीको लम्बाइ ९७ कि.मि. छ । तर, धौलीगङ्गाको जलाधार क्षेत्र १,३७० वर्ग कि.मि. र जलप्रवाह ५५ घनमिटर प्रतिसेकेन्ड छ । कालीको जलाधार क्षेत्र १,७३५ वर्ग किमि र जलप्रवाह ७० घनमिटर प्रतिसेकेन्ड छ । नदी क्रमाड्ढ पनि कालीकै धेरै छ । तसर्थ जलाधार क्षेत्र, औसत पानीको बहाव र नदी क्रमाड्ढ हिसाबले धौलीगङ्गा कालीको मूलधार हुनसक्दैन र सकेन ।
यसरी नै मूलधार पहिल्याउँदै उत्तरतर्फ बढ्दै जाँदा करिब २२५ कि.मि. मा सङ्गमस्थल C9 मा टिड्ढरखोला दोभान पर्न आउँछ । सो स्थलबाट नदीको लम्बाइ, औसत जलप्रवाह र जलाधार क्षेत्रको हिसाबले टिड्ढरखोलाको शिरलाई महाकाली नदीको मुहान हो भनेर कदापि भन्न सकिँदैन । टिड्ढरखोलाको दोभानबाट हिसाब गर्दा टिड्ढरखोलाको लम्बाइ लगभग २७ कि.मि., जलाधार क्षेत्र ३४० वर्ग कि.मि. र औसत जलप्रवाह १३ घनमिटर प्रतिसकेन्ड देखिन आउँछ । जब कि लिम्पियाधुराबाट निस्कने नदीको लम्बाइ लगभग ५६ कि.मि., जलाधार क्षेत्र ७६० वर्ग कि.मि. र औसत जलप्रवाह ३० घनमिटर प्रतिसेकेन्ड देखिन्छ । तसर्थ लिम्पियाधुराबाट निस्कने नदी नै महाकाली नदीको माथिल्लो खण्ड काली नदी हो भन्नेमा पनि कुनै विवाद रहेन ।
टिड्ढर दोभानबाट माथिल्लो कावातर्फ मूलधार पहिल्याउँदै जाँदा अर्को नदी दोभान (सङ्गमबिन्दु C10 नं. भेटिन्छ । सो दोभानबाट हिसाब गर्दा जलाधार क्षेत्र लगभग ७४० वर्ग कि.मि. देखिन्छ । जसमध्ये लिुपलेकबाट आउने लिपुखोलाको जलाधार क्षेत्र लगभग १८५ वर्ग कि.मि. मात्र पर्न आउँछ । बाँकी ५५५ वर्ग कि.मि. लिम्पियाधुराबाट निस्कने खोला अर्थात् काली (हाल कुटी यांटी भनिने) ले नै ओगटेको छ । काली (कुटी यांटी) नदीको लम्बाइ लगभग ५२ कि.मि. र औसत जलप्रवाह २२ घनमिटर प्रतिसेकेन्ड देखिन्छ भने लिपुखोलाको लम्बाइ लगभग २२ कि.मि. र औसत जलप्रवाह ७ घनमिटर प्रतिसेकेन्डमात्र देखिन आउँछ । नदी क्रमाड्ढ पनि काली (कुटी यांटी) कै धेरै देखिन आउँछ । तुलनात्मकरूपले काली
(कुटी यांटी) लिपुखोलाभन्दा लम्बाइमा लगभग २ सय ३५ प्रतिशत, जलप्रवाह र जलाधार क्षेत्रमा ३ सय प्रतिशतले बढी छ अर्थात् लिपुखोला काली (कुटी यांटी) को तुलनामा लगभग ३६ प्रतिशतले सानो छ । तसर्थ नदीको लम्बाइ, जलाधार क्षेत्र, पानीको मात्रा र नदी क्रमाड्ढको हिसाबले सङ्गमस्थल C10 र C11 हुँदै लिम्पियाधुरा पर्वतबाट निस्कने खोलाको मुहान नै महाकाली नदीको उद्गमस्थल हो भन्ने तथ्यलाई अन्य कुनै पनि प्रमाणको आधारमा परिवर्तन गर्न सकिँदैन । भारतका लागि कालापानी क्षेत्र सैनिक र व्यापारिक महत्वको छ । तर, यो हुँदैमा सुगौली सन्धिपश्चात् कुनै अर्को सीमा सन्धि नगरेको अवस्थामा नेपालको लिम्पियाधुरातर्फ करीब ३ सय ८५ वर्ग कि.मि. जहाँ लिपुलेक, कालापानी, गुञ्जी, नाबी र कुटी पनि पर्दछन् । नेपालको सार्वभौम क्षेत्रलाई नै भारतमा गाभ्ने मनसायले महाकाली नदीको नक्कली उद्गमस्थल देखाउन खोज्नु र विवादमा ल्याउनु भारतको मिचाहा प्रवृत्ति नै देखिन्छ ।
सामान्यतया जुन नदी लामो र बढी जलाधार क्षेत्र भएको हुन्छ त्यस नदीको औसत पानीको बहावको मात्रामा, नदी क्रमाड्ढ पनि बढी नै हुन्छ र त्यो नै मूल नदी हो । यी सबै तथ्यको हिसाबले लिम्पियाधुरा तर्फबाट निक्लने नदी नै काली नदी हो र लिम्पियाधुराको मुहान नै काली नदीको उद्गमस्थल हो । नदी विज्ञानको आधारमा निक्लने यो तथ्यले विगतका ऐतिहासिक नक्साको नदी नामाड्ढन सही हो भन्ने थप प्रमाण मिल्दछ ।
स्रोतः अतिक्रमणको चपेटामा लिम्पियाधुरा – लिपुलेक

जगतकुमार भुसाल वरिष्ठ हाइड्रोलोजिस्ट हुनुहुन्छ ।
Leave a Reply