आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
हु शिसेङ
संसारका दुई प्रमुख शक्ति देशहरू चीन र संरा अमेरिकाबीचको तनावको केन्द्र केही समयदेखि पश्चिम प्रशान्त क्षेत्र बनेको छ । दुई देशबीचको प्रतिस्पर्धा बढ्दै गएसँगै आफ्नो विश्वव्यापी प्रभाव जोगाउन संरा अमेरिका अझै बढी छटपटाइरहेको छ ।
संरा अमेरिकाले चीनलाई संशोधनवादी शक्ति र रणनीतिक प्रतिस्पर्धाको दर्जा दिएको छ । केही अमेरिकी जनता ‘थुसिडाइड जालो’ मा गहिरो विश्वास गर्छन् । त्यसकारण उनीहरू चीनप्रति अलि बढी सशंकित भएर व्यवहार गर्छन् ।
त्यसमाथि चीनको शान्तिपूर्ण विकासको सिद्धान्त तार्किकरूपमा सान्दर्भिक नभएको संरा अमेरिकाको विश्वास छ ।
कथित हिन्द प्रशान्त रणनीतिबारे धेरै देशका आ–आफ्ना बुझाइ छन् । अस्टे«लिया, जापान, भारत र संरा अमेरिकाले हिन्द प्रशान्त रणनीतिलाई आ–आफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । ती सबै देशको लगभग एउटै साझा लक्ष्य भनेको चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड महापरियोजनालाई विफल बनाउनु हो । यसले चीनको उदयप्रति उनीहरूको पीडा झल्काएको छ ।
क्षेत्रीय बिस्तृत आर्थिक साझेदारीमार्फत एसिया–प्रशान्त क्षेत्रको आर्थिक एकता प्रक्रियामा आफूलाई समावेश नगरिएकोमा संरा अमेरिका रिसाएको छ । संरा अमेरिका आफूले बनाएका मोर्चाहरू असफल भएको सहन सक्दैन । संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले तथाकथित स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रको वकालत गर्छ । यसको लक्ष्य भनेको पहिलोदेखिको क्षेत्रीय सन्तुलनलाई कायम गर्नु हो । अर्को शब्दमा भन्दा संरा अमेरिका आफ्नै दबदबा भएको हिन्द–प्रशान्त क्षेत्रको विकास गर्ने पक्षमा छ ।
हिन्द प्रशान्त रणनीतिबारे यी सबै देशका बुझाइमध्ये पनि संरा अमेरिकाको बुझाइ सबभन्दा बढी व्यवस्थित र सर्वाधिक आक्रामक छ ।
संरा अमेरिकी हिन्द प्रशान्त रणनीतिमा भारतको समर्थनको मूलकारण चीनप्रति उसको चासो हो । बेल्ट एन्ड रोड महापरियोजनामाथि भारतको धेरै सन्देह छ । हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई भारत रोक्न चाहन्छ ।
त्यसबाहेक चीनसँग प्रतिस्पर्धा गर्न भारत एक्लैसँग मनग्य सामथ्र्य छैन । त्यसकारण चीनलाई पछार्ने उद्देश्यले अभिप्रेरित संरा अमेरिकी रणनीतिमा उसले साझेदारी गर्न चाहेको छ ।
यद्यपि भारतका पनि धेरै सीमिता र द्विविधि छन् । उदाहरणको लागि भारत र संरा अमेरिकाबीच पनि धेरै विवादहरू नभएका होइनन् । भारतसँग मनग्य राष्ट्रिय शक्तिको अभाव छ । त्यसकारण ऊ चीनलाई एउटा बिन्दुबाट पर शत्रुता मोल्ने पक्षमा छैन ।
क्षेत्रीय बिस्तृत आर्थिक साझेदारीमार्फत एसिया–प्रशान्त क्षेत्रको आर्थिक एकता प्रक्रियामा आफूलाई समावेश नगरिएकोमा संरा अमेरिका रिसाएको छ । संरा अमेरिका आफूले बनाएका मोर्चाहरू असफल भएको सहन सक्दैन । संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले तथाकथित स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रको वकालत गर्छ । यसको लक्ष्य भनेको पहिलोदेखिको क्षेत्रीय सन्तुलनलाई कायम गर्नु हो । अर्को शब्दमा भन्दा संरा अमेरिका आफ्नै दबदबा भएको हिन्द–प्रशान्त क्षेत्रको विकास गर्ने पक्षमा छ ।
संरा अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो सैनिक उपस्थितिलाई बलियो र आधुनिकीकृत गरेको छ । साथै आफ्ना सहयोगी र साझेदार देशहरूसँग सैनिक सहकार्यलाई बलियो बनाएको छ । आर्थिक रुपमा संरा अमेरिकाले तथाकथित ब्लु डट नेटवर्क सुरु गरेको छ । त्यसको लक्ष्य भनेको ‘उच्च गुणात्मक, विश्वसनीय विश्वव्यापी पूर्वाधार विकास’ को प्रवद्र्धन गर्नु हो । वैचारिक रुपमा संरा अमेरिका बेल्ट एन्ड रोड महापरियोजनालाई विफल बनाउने खेल खेलिरहेको छ । चीनको राजनीतिक प्रणालीलाई चुनौती दिन संरा अमेरिकाले कथित मानवअधिकार र प्रजातान्त्रिक अभियन्ताहरूलाई पैसा दिइरहेको छ ।
संरा अमेरिकाको ट्रम्प सरकारले हिन्द प्रशान्त रणनीतिलाई चीनविरुद्ध रणनीतिक घेराबन्दीको लागि प्रयोग गरेको छ । तथापि वाशिङ्टनले यो रणनीति विस्तारको लागि हजारौं अवरोध पार गर्न सक्नुपर्ने छ ।
पहिलो, हिन्द–प्रशान्त रणनीतिको कार्यान्वयन गर्ने क्रममा ट्रम्प सरकारले आफूलाई ‘अमेरिका प्रथम’ नीतिबाट मुक्त गर्न निकै मुस्किल हुनेछ । दोस्रो, यो रणनीतिको मूल ध्येय भनेकै चीनलाई घेर्नु हो । त्यसकारण सो क्षेत्रका देशहरू यस्ता उत्तेजनात्मक देशमा सहभागी बन्न अनकनाउनेछन् । तेस्रो, हिन्द–प्रशान्त रणनीतिका धेरै आर्थिक कार्यक्रम छन् । तर, संरा अमेरिकी सरकारसँग त्यसको लागि पुग्दो लगानी नै छैन । क्षेत्रीय निजी कम्पनीहरूलाई उत्साहित बनाउन ऊसँग आवश्यक पैसा छैन ।
हिन्द–प्रशान्त रणनीतिमार्फत चीनलाई घेराबन्दी गर्ने संरा अमेरिकी योजना तोड्न चीनले रणनीतिक ध्यानलाई कायम राख्नुपर्छ । अनि आफ्नै पहलमा केही सकारात्मक काम गर्नुपर्छ । चीनले जापान, भारत र आसियानका सदस्य देशहरूसँग गतिशील सहकार्यलाई प्रोत्साहन गर्नुपर्छ । चीनले ठूला देशसँग रणनीतिक सम्बन्धमा ध्यान दिंदै गर्दा साना देशका हित र चाहनालाई पनि सम्बोधन गर्न सक्नुपर्छ ।
चीन र संरा अमेरिकाबीचको खेल दुई भिन्न–भिन्न राजनीतिक प्रणालीबीचको प्रतिस्पर्धा पनि हो । चीन–संरा अमेरिका एक आपसमा शत्रु बन्नु भनेको खराब अवस्था हो । त्यसो हुन हामीले दिनुहुन्न । शान्तिमै चीनका जनताको बृहत्तर हित अन्तरनिहीत छ ।
(लेखक पेकिङ विश्वविद्यालयअन्तर्गत समकालीन अन्तर्राष्ट्रियसम्बन्ध अध्ययन प्रतिष्ठानको दक्षिण, दक्षिणपूर्वी एसिया र ओसिनिया क्षेत्रको अध्ययन विभागका निर्देशक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply