सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
हे यिन (He Yin)
एक अर्ब ४० करोड जनसङ्ख्या भएको देश चीनले चाँडै नै सबै हिसाबले मध्यमरूपमा समृद्ध समाज निर्माण गर्ने पहिलो शताब्दी लक्ष्य हासिल गर्दैछ । यो घटना चीनको विकासका निम्ति कोशेढुङ्गा मात्र साबित हुने छैन बरु मानव इतिहासकै एउटा ठोस् प्रगति हुनेछ ।
विश्वले चीनको गरिबीविरुद्ध लडाइँको नरोकिने पाइला देख्नेछ, त्यो मानव विकासको इतिहासमा गौरवपूर्ण अध्याय हुनेछ । सन् २०२० मा प्रवेशपछि चीनको निर्णय र प्रयासले सारा विश्वलाई आश्चर्यचकित तुल्याउने छ ।
विगतमा प्राप्त गरिसकेका उपलब्धिले नै भविष्य उज्यालो बनाउने मार्गप्रशस्त गर्छ । पसिनाको धारा बगाएर गरिएको श्रम र कडा मेहनतले नै ठोस उपलब्धि हासिल भएका छन् र चीनले निरन्तररूपमा नयाँ प्रगति हासिल गर्दै जानेछ ।
जनगणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष गाँठ मनाएको भव्य समारोहले सारा विश्वमाथि नै गहन प्रभाव छाड्यो । त्यसैले विश्वको कुनाकाप्चाबाट चीनलाई साथ, समर्थन र बधाई मिलिरहेको छ ।
चीनले आफ्नै विकासको माध्यमले विश्व शान्ति स्थिरता र समृद्धिमा थप सकारात्मक ऊर्जा भरिरहँदा त्यसको अन्तर्राष्ट्रिय प्रभाव दिनानुदिन बढिरहेको छ । त्यसको क्षमताले अरूलाई पनि प्रेरित गर्न तथा शक्तिले आकार ग्रहण गर्न थालेको छ । चीनसित कूटनीतिक सम्बन्ध गाँसेका देशहरूको सङ्ख्या १८० पुगेको छ । १९९ देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूले चीनसित क्षेत्र र मार्ग महापरियोजनाका संयुक्त निर्माणका लागि गरेको सम्झौताको विस्तारले चीन र त्यसका विश्वव्यापी साझेदारहरूलाई साझा विकासको बाटो तय भइरहेको छ र त्यसले विश्वभरकै मानिसलाई फाइदा पुग्नेछ ।
जर्मन समाचारपत्र ‘डाइ जेट’ सित आबद्ध पत्रकार फेलिक्स लि पेइचिङको दक्षिण रेल्वे स्टेसनमात्र विदेशीका लागि भएको पाएर आश्चर्यचकित बने । त्यस्तै ३५० किमि प्रतिघण्टाको दरले कुद्ने फक्सिङ बुलेट ट्रेन (Fuxing bullet trains) देखेर धेरै विदेशी जिज्ञासु बन्छन् तर चिनियाँ जनता वा यात्रुका लागि भने त्यो सामान्य भइसकेको छ ।
चीनमा विदेशीहरू आश्चर्यचकित बन्ने बुलेट ट्रेन (रेल) मात्र होइन तथा गत नोभेम्बरमा चीनको चाङ फोर मिसन
(Chang’s- 4 Misson) टोलीले संयुक्त अधिराज्य (बेलायत) को शाही एरोनटिकल समाजको वार्षिक टीममा गोल्ड मेडल मात्र प्राप्त गरेन केही दिनपछि नै मुन भिलेज एसोसिएसनद्वारा प्रदान गरिने मुन भिलेज प्रिन्सिपल्स – मिसन पुरस्कार पनि प्राप्त ग¥यो ।
त्यति मात्र होइन चीन अहिले हरेक क्षेत्रमा विश्वकै प्रतिस्पर्धी बनेको छ र विश्वकै निर्णायक खेलाडी बन्दै छ । विश्वव्यापी आर्थिक ढाँचामा चीनको बढ्दो सुदृढ प्रभावमाथि जोड दिँदै कन्ज्युमर न्यूज एन्ड बिजिनेस च्यानलले हालै एक लेख प्रकाशित ग¥यो ।
चीनले आफ्नै विकासको माध्यमले विश्व शान्ति स्थिरता र समृद्धिमा थप सकारात्मक ऊर्जा भरिरहँदा त्यसको अन्तर्राष्ट्रिय प्रभाव दिनानुदिन बढिरहेको छ । त्यसको क्षमताले अरूलाई पनि प्रेरित गर्न तथा शक्तिले आकार ग्रहण गर्न थालेको छ । चीनसित कूटनीतिक सम्बन्ध गाँसेका देशहरूको सङ्ख्या १८० पुगेको छ । १९९ देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूले चीनसित क्षेत्र र मार्ग महापरियोजनाका संयुक्त निर्माणका लागि गरेको सम्झौताको विस्तारले चीन र त्यसका विश्वव्यापी साझेदारहरूलाई साझा विकासको बाटो तय भइरहेको छ र त्यसले विश्वभरकै मानिसलाई फाइदा पुग्नेछ ।
सन् २०२० लाई वैज्ञानिक र प्राविधिक अन्वेषणको वर्षको रूपमा उपयोग गर्ने सम्झौता चीन र रसियाबीच भएको छ भने भारत र चीनबीच सांस्कृतिक र जन आदानप्रदान वर्ष एवम् चीन र आसियानबीच डिजिटल अर्थतन्त्र सहयोग तथा ब्रुनाइ–चीनबीच पर्यटन वर्षका रूपमा मनाउने सहमति भएका छन् । चिनियाँ र विश्वभरका जनताबीच विविध आदानप्रदान तथा आपसी सिकाइले मित्रता र सहयोगलाई थप गहन पार्ने देखिन्छ ।
विश्व नै नयाँ शताब्दीमा महान् परिवर्तनको प्रक्रियातिर अघि बढेको अवस्थामा चीनले जीत–जीत सहयोग (Win-win Cooperation) को नीतिलाई अडिगरूपमा रक्षा गर्दै बहुपक्षीयतावाद र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरणका लागि छेउको ढुङ्गा (Cornerstone) को भूमिका निर्वाह गर्दैछ ।
बितेको वर्ष चीनले विदेशी लगानी कानुन जारी ग¥यो, विदेशी लगानीका लागि अनुपयुक्त क्षेत्रको सूचि प्रकाशित ग¥यो, कर र शुल्क घटाउँदै लग्यो, विदेशी लगानीका बैङ्क र बीमा कम्पनीहरूको बजारमा पहुँच वृद्धिका लागि सर्तहरू नरम बनाउँदै लग्यो र ६ वटा नयाँ नमुना खुला बजार क्षेत्र स्थापना ग¥यो ।
त्यतिमात्र नभई चीनले अन्तर्राष्ट्रिय सहयोगका निम्ति दोस्रो क्षेत्र र मार्ग मञ्चको शिखर सम्मेलन तथा दोस्रो चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनी आयोजना ग¥यो । यी सबै कदमले चीनले आफ्नो बजार विदेशी औद्योगिक र व्यापारिक कम्पनीहरूका लागि खुला गरेको थियो ।
चीन केन्द्रमा संयुक्त राष्ट्र सङ्घ भएको अन्तर्राष्ट्रिय प्रणालीको सुरक्षामा दृढ छ । साथै, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता अन्तर्राष्ट्रिय कानुन, विश्व व्यापार सङ्गठनसहितको बहुपक्षीय व्यापार प्रणालीमा आधारित हुनुपर्नेमा अडिग छ ।
क्युवाको प्रेन्सा ल्याटिना समाचार संस्थाद्वारा हालै प्रकाशित एक रचनाअनुसार आफ्नो बढ्दो विश्वव्यापी प्रभावका साथ चीनले आफ्नो प्रभाव र नेतृत्वको निकै होसियारीपूर्वक सदुपयोग गरेको छ । अर्कोतिर बढ्दो एक पक्षीयतावाद र संरक्षणवादको बीच शान्तिपूर्ण र समावेशी अन्तर्राष्ट्रिय संयन्त्रको रक्षा गरिरहेको छ ।
“विश्वमा धेरै कुरा अनिश्चयको अवस्थामा रहेको बेला चीनले धेरै उपयोगी उदाहरण र योजनामार्फत विश्वका मुद्दाहरू शान्ति र मिलनसारितापूर्वक र सन्तुलितरूपमा समाधान गर्ने प्रस्ताव गरिरहेको छ ।” – ग्रीसका राष्ट्रपति प्रोकोपिस पाम्लोपोउलसले औँल्याउनुभएको छ ।
“नदीजस्तै मानव इतिहास पनि सधैँ बगिरहन्छ । त्यसमा शान्तिपूर्ण क्षण र ठूल्ठूला अवरोधहरू पनि आइरहन्छन् । हामी आँधीबेहरी, खतरा र अवरोधहरूदेखि डराएका छैनौँ । चीन शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न प्रतिबद्ध छ र विश्वशान्तिलाई दृढतापूर्वक रक्षा गर्दै साझा विकासमा जोड दिनेछ ।” – राष्ट्रपति सीले नयाँ वर्ष २०२० को शुभकामना सम्बोधनका क्रममा भन्नुभयो ।
चिनियाँ राष्ट्रपति सीको नयाँ वर्षको सम्बोधन विश्वका लागि चीनको घोषणाका रूपमा लिइएको छ । घोषणाअनुसार चीन आफ्नो नयाँ बाटोमा छ । त्यसले विश्वका सबै देशका मानिससित हातमा हात मिलाउँदै क्षेत्र र मार्ग परियोजना सफल पार्न अघि बढ्नेछ । मानव जातिको साझा भाग्यको समुदाय निर्माणमा अघि बढ्ने छ र सुन्दर भविष्य सिर्जनाका लागि अथक प्रयास गर्नेछ ।
(China to fearlessly make new progress in new era_
– People’s Daily online
January 03, 2020
अनुवाद ः प्रकाश
Leave a Reply