आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २४ पुस । झौखेल गाउँपालिका वडा नं. ३ साविक झौखेल गाविस वडा नं. ७ अन्तर्गत बको पुलदेखि उत्तर मिलिको सडक चौडा गर्ने विषयमा स्थानीय वडाध्यक्ष श्यामसुन्दर धिमालले पटक–पटक सूचना प्रकाशित गरी स्थानीय जग्गावालालाई दबाब दिँदै छन् ।
सर्वोच्च अदालतको २०७४ असोज २ गतेको निर्णयअनुसार कानुनबमोजिम जग्गा प्राप्त गरेरमात्र सडक सीमा तोक्न सकिने व्यवस्था स्पष्ट छ । तर वडाध्यक्ष धिमालले स्थानीय जनताको असहमतिलाई बेवास्ता गरी पटक–पटक दबाब दिनुमा के भ्रष्टाचारको गन्ध छैन ? स्थानीय तहका ‘५६ प्रतिशत जनप्रतिनिधि’ भित्र निज धिमाल पनि परेको त होइन ? जनता प्रश्न गर्दै छन् । वडाध्यक्ष धिमालको घर नै भत्काएर बाटो बनाउने प्रस्ताव कसैले गरे के निजलाई मञ्जुर हुन्छ ? प्रस्तावित बाटो चौडाइको विरोधमा स्थानीय जनताले जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी प्रभाग भक्तपुरमा दुईपटक उजुरी दिइसकेका छन् भने हालै काठमाडौँ उपत्यका विकास प्राधिकरणमा पनि उजुरी दर्ता गरेका छन्
सरकारले सडक विस्तार गर्ने योजना राखेको भए मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने वा एकीकृत आवास योजना सञ्चालन गर्नुपर्ने हो । के वडाध्यक्ष धिमालले जिल्ला प्रशासन कार्यालय भक्तपुर, महानगरीय प्रहरी प्रभाव भक्तपुर, चाँगुनारायण नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुर आफ्नै गोजीका ठानेका हुन् ? जनताको लिखित असहमति सम्बन्धित सरकारी कार्यालय चाँगुनारायण नपा, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महानगरीय प्रहरी प्रभाव भक्तपुर र काठमाडौँ उपत्यका विकास प्राधिकरणमा दर्ता भइसकेपछि पनि वडाध्यक्ष धिमालको जबरजस्ती किन होला ? के जनताको जग्गामा वडाध्यक्षले जबरजस्ती सडक चौडा गर्ने सूचना टाँस्न मिल्छ र ?
– पीडित जग्गावालाहरू
Leave a Reply