भर्खरै :

अल–बग्दादीपछिको आतड्ढवाद

ली वेई
आतङ्कवादी समूह आईएसआईएसका नेता अबु बकर अल–बग्दादीलाई संरा अमेरिकाले वर्षौदेखि खोजिरहेको थियो । गत वर्षको अक्टोबर २७ मा सिरियामा संरा अमेरिकाले गरेको हवाई हमलामा अल–बग्दादीको हत्या भएपछि त्यो खोजीको सिलसिला समाप्त भयो । आईएसआईएसको प्रभाव क्रमशः कमजोर बन्दै गरेको अवस्थामा अल–बग्दादीको हत्याले सो समूहमाथि गम्भीर धक्का प¥यो ।
बग्दादीको नेतृत्वमा आईएसआईएसले ठूलो भूभाग नियन्त्रणमा लिएको थियो । उनको नेतृत्वमा दसौँ हजार लडाकू थिए । सन् २०१४ मा उनको नेतृत्वमा आफ्नै शैलीको इस्लामिक राज्य घोषणा गरिएको थियो । त्यो राज्य सिरिया, इराक, अफगानिस्तान, अफ्रिकाको केही हिस्सा र दक्षिणपश्चिम एसियासम्म फैलिएको थियो । त्यतिबेला हिंसा र बर्बरताको एउटा नयाँउभार संसारभर फैलिएको थियो ।
उत्तराधिकारीलाई चुनौती
दुई वर्षको युद्ध पछि संरा अमेरिका नेतृत्वको सैनिक मोर्चाले आईएसआईएसलाई ध्वस्त बनायो । आईएसआईएसले नियन्त्रणमा लिएको सबै भूभागबाट उसलाई गलहत्यायो । गत वर्षको मार्च महिनामा आईएसआईएसमाथि अमेरिकी गठबन्धन सेनाले विजयको घोषणा ग¥यो । अल–बग्दादीको हत्या यही अभियानको सबभन्दा पछिल्लो घटना थियो ।
अल–बग्दादीको हत्यापछि आईएसआईएसले अबु इब्राहिम अल हशिमी अल कुरैशीलाई नयाँ नेता घोषणा ग¥यो । उनी अल–बग्दादीको तुलनामा कम मात्र जानिएका व्यक्ति हुन् । अल–बग्दादीले जस्तै नयाँ नेताले आफ्नो सङ्गठनलाई प्रभावकारी ढङ्गले नेतृत्व गर्न सक्छन् वा सक्दैनन्, यो त हेर्न नै बाँकी छ । सयौँ लडाकूले आईएसआईएस परित्याग गरेको, कति मारिएको र कति गिरफ्तारीमा परेको समाचारले त्यो सङ्गठनप्रतिको आकर्षण घटेको देखिन्छ ।
अब आईएसआईएस के होला ? पहिलो सम्भावना त त्यसभित्र विभाजन हुनेछ । कुनै बेला अत्यन्त केन्द्रित र तहगत साङ्गठनिक प्रणाली भएको, बग्दादीमा पूर्ण अधिकार भएको आईएसआईएस आज छताछुल्ल भएको छ । आपसी समन्वयन फितलो बनेको छ । यसलाई अविभाजित बनाइराख्नु नयाँनेतृत्वको लागि चुनौती हो ।
यसको फाइदा आईएसआईएसलाई जन्म दिएको अर्को कट्टरपन्थी समूह अल–कायदाले लिन सक्छ । अन्तर्राष्ट्रिय जेहादवादी आन्दोलन अथवा ‘पवित्र युद्ध’मा नेतृत्वको लागि आईएसआईएसले अल–कायदासँग भीषण लडाइँ लड्नुपरेको थियो । अल–कायदाले अल–बग्दादीको स्वघोषित इस्लामिक राज्यलाई मान्यता दिएको थिएन । त्यसलाई अल–कायदाले अतिवादी र अवैध बताएको थियो । त्यो राज्य इस्लाम धर्मविरुद्ध भएको अल–कायदाको भनाई थियो । बग्दादीको हत्याको खबरप्रति अल–कायदाको नेताहरूले इन्टरनेटमा खुशियाली मनाएका थिए । अहिले बग्दादीका केही समर्थकहरूले अल–कायदा प्रवेश पनि गर्न सक्छन् । सिरियामा कुनै बेला अल–कायदासँग सम्बद्ध लडाकू समूहहरूको मोर्चा हयात तहरिर अल–शाम अब आफ्नो देशका आतड्ढवादी समूहको नेता बन्ने सम्भावना छ ।
खतरा बाँकी नै
अल–बग्दादीको हत्या अन्तर्राष्ट्रिय आतड्ढवादविरोधी अभियानमा प्रमुख सफलता हो । तर, बग्दादी समाप्त हुनु नै आईएसआईएस समाप्त हुनु भने होइन । संरा अमेरिकी सरकार, सेना, गुप्तचर विभाग सबैसँग अझै पनि विश्वभर आतड्ढवादी हमला गर्नसक्ने क्षमता आईएसआईएससँगै भएको बुझाइ छ । आफैले त्यस्तो घटना नघटाए पनि अरू कसैमार्फत त्यस्तो घटना घटाउने क्षमता ऊसँग छ । त्यसकारण अझै पनि अन्तर्राष्ट्रिय समुदायले खतरा महसुस गरेको छ ।
इराक र सिरियामा अझै पनि आईएसआईएसका लडाकूहरू छन् । संयुक्त राष्ट्र सङ्घ र संरा अमेरिकी केन्द्रीय सैनिक कमान्डले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सिरिया र इराकमा १२ हजारदेखि १८ हजार आईएसआईएस लडाकूहरू छन् । त्यसबाहेक दस हजार लडाकू त अझै पनि कैदमा छन् । आईएसआईएस लडाकूहरू आज पनि सिरिया र इराकका कतिपय क्षेत्रमा खुलमुखुल्ला हिँड्ने गरेका छन् । उनीहरूले आफ्नो अस्तित्व देखाउन अझै पनि ठाउँ–ठाउँमा हमला गर्ने गर्छन् । यसले स्थानीय प्रशासनप्रति जनताको विश्वास कमजोर हुन्छ । आईएसआईएस अझै पनि सक्रिय रहेको र कुनै पनि बेला फर्किन सक्ने भ्रमको खेती गर्छ ।
आईएसआईएसले उत्तरपूर्वी इरान, नाइजेरिया, लिविया, अल्जेरिया, इजिप्ट, साउदी अरब, यमन र ककेसस क्षेत्रलाई समेटेर खोरसन क्षेत्र नामाकरण गरेको छ । सो क्षेत्रमा उसका आठ वटा शाखा छन् । भारत र पाकिस्तानलाई समेटेर मे महिनामा आईएसआईएसले अर्को शाखा घोषणा ग¥यो । ती शाखाहरूले भिडियोमार्फत सिरिया र इराकका आफ्ना साथीहरूप्रति बारम्बार ऐक्यबद्धता व्यक्त गर्दै आएका छन् । अल–बग्दादीको हत्याको बदला दिने आईएसआईएसको चाहनाअनुसार नयाँ नेतृत्वअन्तर्गत संसारभर नयाँहिंसा भड्किन सक्छ ।
निहीत स्वार्थ
सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकामा आतड्ढवादी हमला भयो । त्यसयता अन्तर्राष्ट्रिय समुदायले आतड्ढवादविरुद्ध दिगो र केन्द्रित प्रयास गर्न सकेको छैन । आतड्ढवादी सङ्गठन थप विस्तार हुनु र विभिन्न देशका विभिन्न रणनीतिक प्राथमिकता हुनाले आतड्ढवादविरुद्ध दिगो र केन्द्रित काम हुन सकेको छैन ।
रणनीतिक प्राथमिकता भिन्न भिन्न भएकोले विभिन्न देशले भिन्न भिन्न आतड्ढवादी सङ्गठन र आतड्ढवादी घटनालाई आफ्नो हितअनुसार नै बुझ्ने गरेको छ । त्यसकारण यो समस्या समाधानको लागि सबैको शक्ति एकसाथ परिचालन गर्न कठिन छ ।
केही देशहरू आत्मकेन्द्रित छन् । ती देशहरू आफूमाथि आइपर्ने खतरा सामना गर्न तयार हुन्छन् र आफ्नो देशको स्थायित्वको लागि अन्तर्राष्ट्रिय सहयोग पनि खोजी गर्छन् । तर, आफूलाई प्रत्यक्ष असर नपर्ने सार्वजनिक सुरक्षामा खतरा पर्ने घटनाप्रति उनीहरू ढिलामात्र प्रतिक्रिया दिन्छन् ।
विभिन्न देशहरू प्रतिआतड्ढवादलाई कहिलेकाहीं रणनीतिक ज्यावलको रूपमा लिन्छन् । राष्ट्रिय स्वार्थको रक्षाको विषयमा दोहोरो मापदण्ड देखाउने गर्छन् । उदाहरणको लागि पूर्वसोभियत सङ्घको प्रतिरोध गर्न संरा अमेरिकाले कुनै बेला अल–कायदालाई विस्तार गर्न मद्दत ग¥यो । ओसामा बिन लादेनलाई संरा अमेरिकाले ‘स्वतन्त्रता संग्रामी’ भन्ने गथ्र्यो ।
आतड्ढवादसँग लड्न देशहरूका क्षमता र चाहनाबीच अन्तर छ । संरा अमेरिका र धेरै युरोपेली देशहरू आतड्ढवादविरुद्ध लड्ने क्षमता राख्छन् । तर, उनीहरू आफ्नो घरेलु सुरक्षालाई नै पहिलो प्राथमिकता दिन्छन् । ती देशहरू आफ्नो स्वार्थसँग जोडिएका विषयमा मात्र संलग्न हुने गरेका छन् । अर्कोतिर, सिरिया, अफगानिस्तान र लिवियाजस्ता आतड्ढवादबाट प्रभावित देशहरूले यो खतराको प्रतिकार गर्न सक्दैनन् । उनीहरूसँग स्रोत साधनको अभाव छ । जटिल भूगोलका कारण ती देशमा आतड्ढवादको प्रतिरोध गर्न सहज छैन ।
अल–बग्दादीको हत्यापछिको युग आतड्ढवादमाथि हमला गर्ने एउटा महत्वपूर्ण समय हो । तर, संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट संरा अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे । दक्षिणी सिरियामा झन्डै एक सय पचास जना सेना र पूर्वी सिरियाको तेलखानी रक्षा गर्न केही सय सेनामात्र छोडिएको छ ।
संरा अमेरिकी सेना फिर्ता भएसँगै मध्यपूर्वमा प्रभूत्वको लडाइँ अझ खँदिलो बन्न सक्छ । अहिलेको सुरक्षा रिक्तता कसरी भर्ने र आईएसआईएसलाई फर्किनबाट कसरी रोक्ने भन्ने विषय अन्तर्राष्ट्रिय समुदायको मूल चुनौती हो ।
कुर्द लडाकूविरुद्ध टर्कीको हमलाले परिस्थितिलाई जटिल बनाएको छ । कुर्द लडाकू सिरियामा संरा अमेरिकी सेनासँग मिलेर आईएसआईएसविरुद्ध लडेको सशस्त्र दल हो । आईएसआईएस लडाकू र उनीहरूका परिवारलाई कैद बनाइएका कारागारको सुरक्षामा परिचालित ठूलो सङ्ख्याको कुर्द सुरक्षाकर्मी टर्कीको हमलाका कारण युद्धमैदानमा फर्किनुप¥यो । फलतः धेरै आईएसआईएस लडाकूहरूले भाग्ने मौका पाए । त्यसले आजको सुरक्षाअवस्थामा असर पार्न सक्छ ।
यस्तो परिस्थितिमा आईएसआईएसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबीच कसरी सहकार्य हुन्छ भन्ने कुरा आतड्ढवादविरोधी युद्धको लागि गम्भीर विषय हो ।

लेखक चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानअन्तर्गत हतियार नियन्त्रण र सुरक्षा अध्ययन प्रतिष्ठानका सहायक अध्येता हुनुहुन्छ 


स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवाद ःसुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *