भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
– दानबहादुर कपाली
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी उच्च सैन्य कमान्डर सुलेमानीको हत्या गरेपछि इरानसँग निःसर्त वार्ता गर्ने प्रस्ताव अघि सारेका छन् । संरा सङ्घलाई पत्र लेख्दै उनले वार्ताको प्रस्ताव अघि सारेका हुन् । इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेर बदला लिने प्रयासपछि अमेरिकी राष्ट्रपति ट्रम्पको वार्ता प्रस्ताव आएको देखिन्छ । इरानी नेताको हत्यापछि वार्ताको प्रस्ताव राखेर के इरानी सरकार र जनताको आलो घाउ निको हुन्छ ? भोलि इरानी सरकारले पनि अमेरिकी कुनै नेताको हत्या गरेपछि वार्ता प्रस्ताव राख्दा के अमेरिकी सरकारलाई स्वीकार्य हुन्छ ?
आफूले दर्जनौँ मुलुकमा आतड्ढ मच्चाएर संसारका स्वाभीमानी जनतालाई आतड्ढित पार्ने अनि इरानका कारण अन्तर्राष्ट्रिय शान्ति र सरक्षालाई थप जोखिममा पार्नबाट रोक्न वार्ता गर्न तयार रहेको भनी फुकेर कहीँ शान्त हुन्छ ? इरानका नेतामाथि आक्रमण गरेर, आर्थिक नाकाबन्दी लगाएर वार्ताको नाटक ट्रम्पले किन गरेका हुन् भन्ने कुरा विश्व समुदायमा चर्चाको विषय बनेको छ । राष्ट्र सङ्घको मान्यताअनुसार अमेरिका र इरानले सुरक्षा परिषद्लाई पत्राचार गर्नु स्वाभाविक हो । कुनै पनि देशले अन्य मुलुक र त्यहाँका नागरिकविरूद्ध परिषद्लाई जानकारी दिनु हरेक देशको कर्तव्य हो । तर, सुरक्षा परिषद्मा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको आतड्ढ या तनाव सेलाउँदैन ।
के अमेरिकाले वार्ता प्रस्ताव अघि सार्नेबित्तिकै इरानी सरकार र इरानी जनताको आक्रोश सेलाउँछ ? अमेरिकाले इरानी जनताको आक्रोश सेलाउन के वार्ता प्रक्रिया अघि बढाएको हो ? इरानी सैन्य कमान्डरको हत्या गर्नुअघि ट्रम्पले किन वार्ता प्रस्ताव अघि सारेनन् ? अमेरिकी आक्रमण के अमेरिकाको शक्तिको दम्भ होइन ? हिजोझैँ आज पनि अमेरिकाले विश्वका विभिन्न मुलुकमा आफ्नो शक्ति फैलाउँदै छ । अमेरिकी प्रशासनको उक्त आतड्ढित कदमको विश्वका न्यायप्रेमी जनताले विरोध गर्दै छन् । ट्रम्प प्रशासनको निर्णय र नीतिविरूद्ध अमेरिकी जनताको पनि विरोध भइरहेको छ । साम्राज्यवादी नीतिकै कारण अमेरिका विश्वभर बदनाम हुँदै छ । साम्राज्यवादी नीतिको विश्वका न्यायप्रेमी जनताबाट विरोध हुनुपर्छ । यो संसारका प्रत्येक स्वाभिमानी देश, देशभक्त, नेता, सरकार प्रमुख र जनताको कर्तव्य पनि हो ।
Leave a Reply