स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
तराईका जनता तराईकै पुँजीपति र सामन्तहरूबाट प्रताडित छन् । तराईका शोषित पीडित, उत्पीडित, श्रमजीवी वर्गको श्रम, सीप र मेहनत नै तराईका सामन्त, शोषक र जालीफटाहाहरूको रजाइँको मेसो बनेको छ । वर्षाैँ जग्गामा जोताएर पेटभर खान नदिने काम तराईका जमिनदारहरूले नै गरिरहेका हुन् । वर्षाैँदेखि जोत्दै आएको जग्गामा मोहियानी हक नदिने पनि तराईकै सामन्त र जमिनदारहरू हुन् । कमलरी र कमैयाहरूको समस्या पनि तराईमै हो । विगतमा नेकाको सरकारले कमैयामुक्त गरेर जोत्दै आएको जग्गाबाट वञ्चित ग¥यो । कमैयाहरूलाई दिनभरि काम गरेर पनि एक छाक खान र एक जोर लगाउन मुश्किल थियो । जोत्दै आएको जग्गामा मोही भाग दिएर कमैयायुक्त गरेको भए सरकारको त्यो निर्णय श्रमजीवी वर्गको पक्षमा हुन्थ्यो । नेकाले श्रमजीवी वर्गको प्रतिनिधित्व नगर्ने हुँदा त्यो भएन । गरीबको आँसु पुछ्ने काम नेकाको सरकारले गर्दैन भन्ने स्पष्ट भयो ।
जोताहालाई मोही कायम गरेर द्वैधस्वामित्वको अन्त्य गर्नुपथ्र्यो । कमैया मुक्त गर्नुपथ्र्यो । द्वैधस्वामित्व अन्त्य र कमैयामुक्तको नाउँमा कमैया र किसानहरूलाई बेघरबाट बनाइयो, भूमिहीन बनाइयो । यो नेकाको किसानविरोधी कदम थियो । किसानविरोधी सो कदमको तत्कालीन एमालेले स्वागत ग¥यो र किसानविरोधी कार्यमा साथ दियो । त्यही भएर एमाले नेकाको भाइ सावित भयो । तराईका सामन्त र जमिनदारहरूले श्रमजीवी वर्गको शोषणमात्र गरेनन् जग्गै हडपेर कष्टकर जीवन बिताउन बाध्य पारियो । एकातिर सामन्त र जमिनदारहरूले जोताहाले जोत्दै आएको जग्गा आफ्नो बनाए भने अर्कोतिर श्रम शोषण गरिरहे ।
केही हप्तादेखि तराईका उखु किसानहरूले राजधानीमा आन्दोलन छेडे । उखु किसानहरूले बिक्री गरेको उखुको रकम पाउन पनि राजधानीमा आन्दोलन गर्नुप¥यो । उखु किसानहरूको आन्दोलन र मागबारे सञ्चारमाध्यमले प्रमुखताका साथ समाचार छापेपछि सरकारको लागि दबाब बढ्यो । लाखौँ करोडौँ रकम वर्षौंसम्म नदिएपछि उखु किसानहरू आन्दोलित हुनु स्वाभाविक थियो । चिनी कारखाना सञ्चालकहरूले उखु किसानहरूलाई वर्षाैँदेखिको उखु मूल्य किन दिएनन् ? आखिर उखुको पैसा नतिर्ने तिनै तराईका सामन्त, जमिनदार र जालीफटाहाहरू हुन् । ती जालीफटाहा र सामन्तहरू तराईमा राजनीति गर्ने मधेसी दलहरू नै हुन् । ती सामन्त, जमिनदार, जालीफटाहाहरू नेका र तराईमा सक्रिय दलका नेताहरू नै हुन् ।
त्यसरी नै थोरै ऋण दिएर धेरै ऋणको तमसुक (भर्पाइ) बनाउने, व्याजको स्याज लिएर उठ्दै नदिने समाचार पनि हप्तादिन अघिदेखि नियमितरूपमा आइरहेको छ । नक्कली तमसुक बनाउने तिनै जालीफटाहाहरू तराईमा सक्रिय दलकै नेताहरू परेका छन् । अरुको श्रम र पसिनामा रजाइँ गरिरहेका सामन्त, जमिनदार र जालीफटाहाहरू सम्मिलित दलले कसरी बहुमत जनता या श्रमजीवी वर्गको सेवा गर्छ ?
Leave a Reply