नीरज
आङ सान सुकीको पुस्तक ‘लेटर्स फ्रम बर्मा’ पहिलो पटक सन् १९९६ मा प्रकाशित भयो । त्यसयता बर्मा अथवा म्यानमारको राजनीतिक परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । पुस्तक लेख्न केही अघिसम्म पनि सुकीलाई बर्माको सैनिक शासकले घरमै कैद गरेको थियो । उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का गतिविधिमाथि सैनिक सरकारको कडा नियन्त्रण थियो । तर, आज आङ सान सुकी कैद मुक्तमात्र भएकी छैनन्, बरू उनले अहिले म्यानमारका परराष्ट्र मन्त्रालयसहित सरकार नै सम्हालेकी छिन् । यसबीच रोहिन्ग्या मुसलमान समुदायमाथि म्यानमार सरकारले ‘जातीय दमन’ गरेको भन्दै अन्तर्राष्ट्रिय जगतमा उनलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने माग पनि उठ्यो । यहीँ मुद्दामा उनी हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा पुगिन् र आफ्नो देशको पक्षमा वकालत गरिन् । विशेषतः सुकीलाई हेर्ने पश्चिमा आँखा आज फरक छ । हिजो उनीहरूको नजरमा उनी ‘प्रजातन्त्रको लागि लडिरहेकी एक बहादुर महिला’ थिइन् । आज भने उनीहरू नै उनको खेदो खन्नतिर लागेका छन् । पश्चिमा मिडियाका भनाइलाई नै सत्यको मानक मान्ने मानिसहरू पनि त्यसैका पछि लागिरहेका छन् । माफ गर्नुहोला, यो लेखको मूल ध्येय भने म्यानमारको आजको राजनीतिक परिस्थितिमाथि चर्चा गर्नु होइन । यसमा मूलतः सुकीको पुस्तक ‘लेटर्स फ्रम बर्मा’ बारे चर्चा गरिने छ । ‘लेटर्स फ्रम बर्मा’ सुकीले एउटा जापानी अखबारको लागि एक वर्ष लेखेका साप्ताहिक स्तम्भको सड्ढलन हो । पुस्तकमा जम्मा ५२ वटा समान आकारका लेखहरू सड्ढलित छन् ।

सुकीले जीवनका उन्नाइस वर्ष कारागार वा आफ्नै घरमा बन्दी भएर बिताइन् । तर, सैनिक सरकारको व्यवहार एनएलडीका अन्य नेता, कार्यकर्ता र समर्थकहरूमाथि अझ निर्मम थियो । पुस्तकमा सुकीले सैनिक सरकारको कोपभाजनमा परेका एनएलडीका नेता–कार्यकर्ताको स्मरण गरेकी छिन् । यु ला थान एनएलडीको तर्फबाट निर्वाचित संसद सदस्य हुन् । निकै प्रतिकूल पारिवारिक परिस्थितिबाट राजनीतिमा आएका उनी म्यानमारकै दुर्गम कोको टापुबाट संसदमा प्रतिनिधित्व गर्थे । उनको जेलभित्र मृत्यु भयो । सरकारले उनी एचआईभी एड्सको कारण मरेको प्रचार ग¥यो ।

स्वभावतः पुस्तकको मूल विषय राजनीति हो । म्यानमारको प्रजातान्त्रिक आन्दोलनकी नेतृ सुकीले अधिकांश लेखमा त्यहाँको प्रजातान्त्रिक आन्दोलन र आफ्नो दल एनएलडीले सामना गरेको दमनबारे चर्चा गरेकी छिन् । लामो बेलायत बसाइपछि सुकी सन् १९८८ मा बर्मा फर्केकी थिइन् । त्यही बेला राजनीतिक दमन र आर्थिक अवनतिले उकुसमुकुस बनेको बर्माका जनताले विद्रोह गरे । सुकी राजनीतिक परिवारमै हुर्केकी थिइन् । बेलायती उपनिवेशबाट म्यानमार स्वतन्त्र हुनुभन्दा दुई वर्षअघि सन् १९४७ मा उनका पिताको हत्या भएको थियो । उनी त्यत्तिबेला २ वर्षकी थिइन् । उनका पिता आङ सान स्वयम् स्वतन्त्रता आन्दोलनका नेता थिए । त्यसकारण सुकीको राजनीतिक सङ्गत र सम्पर्क फराकिलो थियो । त्यस परिस्थितिमा उनी राजनीतिक गतिविधिमा सक्रिय बनिन् । सन् १९९० को मेमा भएको चुनावमा सुकी नेतृत्वको दलले बहुमत हासिल ग¥यो । चुनावअघि ‘राजनीतिमा संलग्न नहुने’ र ‘चुनावमा तटस्थ भूमिका खेल्ने’ वचनबद्धता व्यक्त गरेको म्यानमारको सेनाले चुनावमा सुकीको दल एनएलडीले बहुमत ल्याएपछि भने आफ्नो कुरा बदल्यो । एसएलओआरसी नामको दल गठन गरेर सेनाले प्रत्यक्षरूपमा राजनीतिमा हात हाल्यो । चुनावमा निर्वाचित दललाई सरकार गठन गर्न दिइएन । बरू सेनाले अन्य दल, विशेषतः एनएलडीका नेताहरूलाई गिरफ्तार गर्ने वा घरमै नजरबन्द गरे । सुकीले त्यही प्रसङ्गबारे चर्चा गर्दै लेखेकी छिन्, “एसएलओआरसीसँग हाम्रो मुख्य असहमतिको विषय भनेको उसले जनतालाई दिएको वचन तोड्नु हो । देशसामु गरेको वचन पूरा गर्नुपर्छ भन्ने हाम्रो विश्वास हो । कुम हल्लाएर र फिसिक्क हाँसेर देशसामु गरेको वचन तोड्न मिल्दैन ।”
सुकीले जीवनका उन्नाइस वर्ष कारागार वा आफ्नै घरमा बन्दी भएर बिताइन् । तर, सैनिक सरकारको व्यवहार एनएलडीका अन्य नेता, कार्यकर्ता र समर्थकहरूमाथि अझ निर्मम थियो । पुस्तकमा सुकीले सैनिक सरकारको कोपभाजनमा परेका एनएलडीका नेता–कार्यकर्ताको स्मरण गरेकी छिन् । यु ला थान एनएलडीको तर्फबाट निर्वाचित संसद सदस्य हुन् । निकै प्रतिकूल पारिवारिक परिस्थितिबाट राजनीतिमा आएका उनी म्यानमारकै दुर्गम कोको टापुबाट संसदमा प्रतिनिधित्व गर्थे । उनको जेलभित्र मृत्यु भयो । सरकारले उनी एचआईभी एड्सको कारण मरेको प्रचार ग¥यो । तर, जेलभित्रका कैदीहरूबीच लागूऔषध दुव्यर्सन नियन्त्रण गर्न सरकारको असफलताबारे उसले केही बोल्न चाहेन । कैदीहरूलाई कारागारभित्रै लागूऔषधको दुव्र्यसनी बनाउने र एउटै सिरिन्ज धेरै व्यक्तिले प्रयोग गर्दा जेलभित्र धेरै कैदी विभिन्न रोगका कारण मर्ने गरेको चित्रण पुस्तकमा सुकीले गरेकी छिन् । यु म्वानको अर्को एनएलडीका अर्का सदस्य थिए जसले जेलभित्रै मृत्युवरण गर्नुप¥यो । सन् १९९० को अक्टोबरमा भएको आन्दोलनको क्रममा उनी पक्राउ परेका थिए । पक्राउ परेको केही सातामै उनको निधन भएको समाचार सार्वजनिक भयो । उनले आत्महत्या गरेको सरकारले बतायो । तर, उनीमाथिको निर्मम यातनाकै कारण मारिएको परिवार र आफन्तले भने । यु बा थ्वा एक जना लेखक थिए । उनको पनि कारागारमै हत्या भएको थियो । प्रजातान्त्रिक आन्दोलनको बाटोमा हिंडेका यस्ता धेरै योद्धाको सरकारले गैरन्यायिक हत्या गरेको सुकीले पुस्तकमा स्मरण गरेकी छिन् ।
लेखहरूमा सुकीले एनएलडीका गतिविधिमाथि सरकारले विभिन्न बहानामा लगाउने रोक र गर्ने दमनको धेरै पटक चर्चा गरेकी छिन् । सुकीलगायतका नेताहरू बसेको घरमा कुनै पनि बेला बाहिरका मानिस पस्न नदिने, बाटोमा रोक लगाउने, सुकीलाई विभिन्न देशका शुभचिन्तकले पठाउने चिठीपत्रमा नियन्त्रण गर्ने वा निषेध गर्नेजस्ता दमनकारी गतिविधिमार्फत म्यानमारको सैनिकले एनएलडीका गतिविधि र विचारमाथि निषेध गर्न खोजेको थियो । एनएलडीका कार्यकर्ताको घरमा रातिराति खानतलासी, गिरफ्तारी, एनएलडीको कार्यालयमा भाँचकुच, एसएलओआरसीको नाममा परिचालित मानिसहरूले एनएलडीका नेता कार्यकर्तामाथिको दमन र कुटपिटका घटनाको सुकीले चर्चा गरेका छन् । सैनिक सरकारले राजनीतिक गतिविधिको निषेधको नाममा सांस्कृतिक गतिविधिमाथि रोक लगाउने गरेको उनले चर्चा गरेकी छिन् । म्यानमारको नयाँ वर्ष नेपालमा जस्तै अप्रिलमा सूर्यमासको आधारमा हुने गर्छ । त्यो दिन पिँजडामा कैद परेवा उडाएर नयाँ वर्षमा सुख शान्तिको कामना गर्ने चलन हुन्छ । त्यही अवसरलाई उपयोग गर्दै एनएलडीको महिला सङ्गठनले पोखरीमा माछा छोड्ने कार्यक्रम आयोजना गरेको थियो । तर, सैनिक सरकारले उक्त कार्यक्रमलाई राजनीतिक कार्यक्रम भनेर निषेधको डण्डा चलाएको थियो । यसप्रकार सैनिक सरकारको दमनप्रति विमति राख्दै सुकी एक प्रसङ्गमा लेख्छिन्, “जसले शक्तिको आडमा जबरजस्ती शक्ति हत्याएको हुन्छ उसले शान्तिपूर्ण परिवर्तनको विवेकमा विश्वास गर्दैन ।”
सुकीले फरक फरक लेखमा म्यानमारका जनताले दैनिक जीवनमा भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय जगतसामु जानकारी दिन खोजेकी छिन् ।
ि रङ्गुनका अधिकांश सबै सवारी साधन कालाबजारीको तेलबाट चलेका हुन्छन् ।… कालाबजारीको तेल गत महिनाबाट १८० क्याट्सबाट ३५० क्याट्स प्रतिग्यालन पुगेको छ । यसरी कालाबजारी गरिएको तेल अधिकांश सरकारी विभागहरूबाट नै चुहेको हुन्छ ।
ि राजस्व विभागका कर्मचारीले आफ्नो नियमित तलबभन्दा धेरै गुणा बढी पैसा अन्य स्रोतबाट हात पारेका हुन्छन् । विभागका सबभन्दा उत्तम ग्राहक भनेका कर मिनाहा गर्नुपर्ने व्यापारीहरू हुन् ।
ि सरकारी सेवामा भ्रष्टाचार सहरी क्षेत्रमा मात्र सीमित छैन । ग्रामीण क्षेत्रमा किसानहरूले बजारभाउभन्दा सस्तो मूल्यमा धान सरकारलाई बेच्नुपर्छ, त्यसमध्ये केही हिस्सा भने सरकारी कर्मचारीले आफ्नो लागि राखेको हुन्छ ।
िअस्पतालमा बिरामीले आफूलाई चाहिएको औषधिको आफैले व्यवस्था मात्र गर्नुपर्ने होइन, सन्तोषजनक सेवाको लागि पनि अस्पतालका कर्मचारीलाई बिरामीको परिवारले घूस खुवाउनुपर्छ । उपहारले खुसी बनाउनुपर्ने डाक्टर र नर्समात्र होइन, सुविधाको निम्ति अस्पतालको सामान्य कर्मचारीलाई समेत खुसी बनाउनुपर्छ ।
ि पछिल्ला वर्षहरूमा निजी अस्पतालको आकस्मिक सेवाले निकै महँगोका क्लिनिक र नर्सिङ होम चलाएका छन् । जोसँग धेरै धन छ, उसको लागि त्यस्ता सेवाको व्यवस्था गरिएको छ ।
ि रङ्गुनबाट जति जति टाढा जान्छौँ, सडकको अवस्था त्यत्ति त्यत्ति नै भयावह हुन्छ ।
म्यानमारका यस्ता समस्याको वृत्तान्त नेपालमा हामीले दैनिक भोगिरहेका समस्यासँग धेरै मिल्दाजुल्दा लाग्छन् । सुकी यस्ता समस्याको मूल जड अप्रजातान्त्रिक सरकार भएको बताउँछिन् । प्रजातान्त्रिक सरकारले यस्ता समस्या समाधान गर्ने उनको विश्वास छ । तर, नेपालको अनुभवले प्रजातन्त्रले मात्र यस्ता सबै समस्या समाधान गर्न नसक्ने देखाएको छ । आज सुकी आफँै सरकारमा छिन्, के यी समस्या समाधान भए होलान् ¤
म्यानमारको सांस्कृतिक जीवन बुझ्न पनि सुकीका लेखहरूको यो सड्ढलन उपयोगी छ । नेपालमा होली मनाएजस्तै म्यानमारमा मनाइने पानी पर्व, चिया खाने पर्व, नयाँ वर्ष आदि विभिन्न सांस्कृतिक अवसरबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
सुकीको लेखनको मूल केन्द्र राजनीति नै हो । तथापि उनले केही लेखलाई मानवीय मनोविज्ञानको चित्रणमा खर्चेकी छिन् । उनले मित्रताको अर्थ, प्रत्येक शिशुको रुवाई अलग अलग हुने अनुभव, चुल्ठोमा सेतो फूल सजाउने रहर, घरको छानामा परेको प्वाल, केटाकेटीमा पढेका खुफिया उपन्यास आदिलाई पनि आफ्नो लेखनको विषय बनाएकी छिन् ।
विगतका सबै कुरा तिथिमितिको कङ्कालभित्र लेखिएको इतिहासमा मात्र भेटाउन सकिन्न । साहित्य र अन्य आख्यानिक लेखनमा सामाजिक इतिहासको गहिराइ भेटाउन सकिन्छ । सुकीको ‘लेटर्स फ्रम बर्मा’ यस्तै सामाजिक इतिहासको पुस्तक हो । यो इतिहासको पुस्तक होइन । तर, आजको बर्मा बुझ्न यो पुस्तकको पठनले इतिहास अध्ययनसरहकै भूमिका खेल्छ । पुस्तकको भूमिका म्यानमारको राजनीति र सामाजिक जीवनका जानकार फेरगल केनले लेखेका छन् । हरेक लेखसँगै सुहाउँदो चित्रले पुस्तक पढ्न अझै सरल र सहज बनाएको छ ।