अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ४
- आश्विन ७, २०८३
प्रदेश नं ३ को नाम र राजधानी आइतबारसम्ममा निर्णय हुने बताइएको छ । अधिकांश दल प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्ने पक्षमा देखिएका छन् । सत्तापक्ष र प्रतिपक्षका केही सांसदहरूले आ–आफ्नो जिल्लालाई राजधानी बनाउनुपर्ने भनेर संसद्मा चर्कै बोलेको पनि सुनियो । सत्तारूढ नेकपाको केन्द्रीय सचिवालयले हेटौंडा नै प्रदेश राजधानी उपयुक्त हुने भन्दै ‘निर्देशन’ दिँदा पनि केही सांसदहरू ‘पार्टीको निर्देशन नमान्ने’ भन्दै आफ्नो जिल्लाको प्रस्तावमा जोड दिइरहे । तर, अन्ततः उनीहरूले गरेको यस्तो जोड जनतालाई झुक्याउने मसलामात्र भएको पुष्टि भयो । चुनावमा जित्न आफ्नो क्षेत्रलाई राजधानी बनाउने भनी बोलेका ती सांसदहरूलाई यतिबेला राजधानी हेटौंडा नै हुने भए पनि आफ्नो क्षेत्रमा कसरी जाने भन्ने चिन्ताले सताउन थालेको छ । अझ अर्को चुनावमा यही कारणले हारिने पो कि भन्ने पिरले ती सांसदहरू सुर्ताएका छन् । त्यसकारण उनीहरूले फेससेबिङ (इज्जत जोगाउन) भए पनि यस्ता चर्का चर्का कुरा गरिरहेका थिए । तर, उनीहरूको खास नियत पार्टीको ‘निर्देशन’ मिच्नु थिएन । न त त्यसो गर्न उनीहरूसँग साहस नै छ । आफ्ना मतदातालाई झुक्याउनमात्र उनीहरूले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
यस्तो व्यवहारले ती सांसदहरूलाई दुवैतिर फाइदा भएको छ । एकातिर पार्टीको निर्देशनको पनि पालना भयो । पार्टीका अनुशासित कार्यकर्ता पनि भए । अर्कोतिर आफ्ना मतदातालाई ‘हामीले त लडेकै हौँ, के गर्नु ¤’ भन्ने बाटो पाए । यस्ता मानिसलाई नेपाली भाषामा खुरापाती भन्ने चलन छ । प्रदेश सांसदहरूले पनि जनता झुक्याउन खुरापाती दिमाग लगाएको उदेकलाग्दो छ ।
जनताले यस्ता खुरापातीलाई चिन्न जरूरी छ । दुईतिरै धार भएका यस्ता मानिसले कुनै पनि बेला जनतालाई घाइते बनाउनसक्छन् । सचेत मतदाताले यो विषय बुझ्न जरूरी छ ।
Leave a Reply