भर्खरै :

अनुहारमा रुमाल बाँधेका हतियारधारीले प्रहरीको संरक्षणमा लगातार कुटे

अन्तर्वार्ता
जनवरी ५ को साँझ भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक छात्रावास शुल्कमा गरिएको वृद्धिको विरोधमा आयोजित सभामा थिए । उनीहरूको त्यही भेलामा अनुहारमा नकाब लगाएका हतियारधारी समूहले हमला ग¥यो । प्रत्यक्षदर्शीका अनुसार उनीहरूले हातमा लाठी र फलामे रड बोकेका थिए । हतियारधारी समूहले अन्धाधुन्ध ढुङ्गामुढा गरेका थिए । सडकमा रोकिएको कारमा क्षति पु¥याएका थिए । छात्रावासमा तोडफोड गरेका थिए । विद्यार्थी र प्राध्यापकलाई कुटेका थिए । आफूमाथि यस्तो ज्यादती हुँदै गर्दा विद्यार्थीले विश्वविद्यालयमा तैनाथ प्रहरीलाई सहयोगको लागि आग्रह गरेका थिए । तर, प्रहरीबाट कुनै सहायता प्राप्त भएन । त्यो साँझ २० भन्दा बढी मानिस घाइते भए र उनीहरूलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचारको लागि भर्ना गरियो । घाइतेमध्ये एक जना जेएनयु विद्यार्थी युनियनका सभापति आइशी घोष पनि थिइन् । उनलाई निर्मम तरिकाले कुटिएको थियो । अनुहारभरि रगत बगेको उनको तस्वीर सामाजिम सञ्जालमा व्यापक प्रचार भयो ।
धेरै विद्यार्थीले ती नकाबधारीहरू राष्ट्रिय स्वयम्सेवक सङ्घको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) का सदस्य भएको बताए । उनीहरूको सो दाबी अस्वीकार गर्दै एबीभीपीले बरु उल्टो आफूमाथि ‘वामपन्थी’ समूहका विद्यार्थीले हमला गरेको आरोप लगाए । जनवरी ५ को साँझ के भएको थियो र त्यसपछि जेएनयु विद्यार्थी सङ्गठनले हमलाको विषयमा स्वतन्त्र छानबिन गर्न गरेको मागको सम्बन्धमा द काराभानका सहायक फोटो सम्पादक शाहिद तन्त्रेले २५ वर्षका विद्यार्थी युनियन सभापति आइशी घोषसँग कुराकानी गरेका छन् ।
“उपकुलपति ममिदाला जगदिश कुमारलाई पदबाट ननिकालेसम्म निष्पक्ष र स्वतन्त्र छानबिन हुन सक्दैन”, घोषले भनिन् ।
शाहिद तन्त्रे ः त्यो साँझ के भएको थियो ?
आइशी घोष ः जनवरी ५ को साँझ ६ः३० बजे हामी (जेएनयुभित्रको) साबरमती टी प्वाइन्टमा आयोजित शान्तिपूर्ण भेलामा सहभागी थियौँ । अपरान्ह ४ः३० बजे हामी त्यहाँ ऐक्यबद्धताको लागि पुगेका थियौँ । हामी त्यहाँ बसेर चिया खाँदै विद्यार्थी साथीहरूसँग कुराकानी गर्दै थियौँ । भेलामा त्यस्तै तीन–चार सय विद्यार्थी सहभागी थिए । साँझ ६ः३०–७ः०० बजेतिर मैले विद्यार्थीहरू भागदौड गरिरहेको देखेँ । जेएनयु विद्यार्थी युनियनको सभापतिको नाताले मैले उनीहरूलाई किन भागेको भनी सोधेँ । उनीहरूलाई चिन्ता नगर्न भनेँ । त्यसको पाँच मिनेट पछि मात्र के भएको मैले थाहा पाएँ ।
मैले ५०–७० जना मानिस आइरहेको देखेँ । उनीहरूले हातमा फलामे रड बोकेका थिए । केहीको हातमा मुङ्ग्रो र लाठी थियो । उनीहरूले आफ्नो अनुहारमा रुमाल बेरेका थिए । म छात्रावासतिर गएँ । मसँग एक जना साथी पनि थिइन् । तीस–चालीस जना मान्छेले हामीलाई घेरे । अनि, उनीहरूले फलामे छडले मेरो टाउकोमा प्रहार गरे । मेरो साथीमाथि पनि उनीहरूले कुटपिट गरे । केही मिनेटसम्म उनीहरूले हामीमाथि लगातार प्रहार गरिरहे । मेरो टाउकोबाट रगत बगिसकेको थियो । उनीहरूले मेरो हातमा पनि प्रहार गरे । हामी दुवै जना पछारियौँ । हामी भुइँमा पछारिएपछि उनीहरूले हामीमाथि प्रहार गर्न छोडे र आवास क्षेत्रतिर दौडे । जेएनयुका केही विद्यार्थीले हामीलाई उठाए । उनीहरूले एम्बुलेन्स बोलाए र हामीलाई एआईआईएमएसको ट्रमा सेन्टरमा पु¥याए ।
शाहिद तन्त्रे ः हमला गर्ने मान्छे को थिए ?
आइशी घोष ः उनीहरू सबैले अनुहारमा रुमाल बाँधेका थिए । उनीहरू को हुन् मैले चिनिनँ ।
शाहिद तन्त्रे ः क्याम्पसका वामपन्थी विद्यार्थी सङ्गठनका विद्यार्थीविरुद्ध एबीभीपीले हिंसा भड्काएको भन्ने समाचार प्रकाशित छन् । तपार्इँको बुझाई पनि यही हो ?
आइशी घोषः हो, यो सत्य हो । जे पनि घटना भएको छ, एबीभीपीका मान्छेले नै गरेका हुन् । उनीहरू आएर विशेषतः हामीलाई नै निशाना बनाए । उनीहरूले हाम्रा शिक्षकमाथि पनि प्रहार गरे । हामी सबै के गरिरहेका थियौँ ? विश्वविद्यालयमा हालै भएको शुल्कवृद्धिको विरोधमा सभा भइरहेको थियो । प्रजातान्त्रिक तरिकाबाट यो आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको थियो । यो घटना हुन तीन–चार दिनअघि पनि यस्तै तनाव भएको थियो । त्यही भएर हामीले विश्वविद्यालयका सुरक्षाकर्मीलाई कुनै अप्रिय घटना नहोस् भनिरहेका थियौँ । हामीले क्याम्पसको अवस्थाबारे बारम्बार सुरक्षाकर्मीलाई जानकारी गराइरहेका थियौँ । तर, उनीहरूले बेवास्ता गरिरहेका थिए । जनवरी ४ को दिन एबीभीपीका मानिस आएर विद्यार्थीलाई कुटेका थिए । केहीको हात – खुट्टा भाँचिएको थियो । प्रहरीले हमला गर्नेहरूमाथि कुनै कारबाही गरेन, उनीहरूलाई रोकेन पनि । जनवरी ५ को घटनामा कुनै न कुनै हिसाबले आफूलाई जेएनयु शिक्षक महासङ्घ (जेएनयुटीएफ) भन्ने प्राध्यापकहरूको सम्बन्ध छ । जेएनयुटीएफ आरएसएससम्बद्ध सङ्गठन हो । परीक्षा बहिष्कार गर्ने वा भर्ना नगर्ने विद्यार्थीलाई उनीहरूले व्यक्तिगतरूपमा धम्काइरहेका थिए । भन्दै थिए–“तिमीहरू अब विद्यार्थी रहेनौ । तिमीहरूलाई के गर्ने हो, हेरौँला ¤” (डिसेम्बरमा छात्रावृत्तिमा शुल्कवृद्धिको विरोधमा विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । जेएनयु विद्यार्थी युनियनले अर्को सेमेस्टरमा भर्ना पनि बहिष्कार गरेका थिए ।) यस्ता घटना भइरहेका थिए ।
आजसम्म विश्वविद्यालयका उपकुलपतिले हामीसँग एक पटक पनि वार्ता गरेका छैनन् । अदालतले समेत उपकुलपतिलाई हामीसँग वार्ता गर्न आदेश दिइसकेको छ । तर, आजसम्म किन कुनै वार्ता भएको छैन ? (२३ डिसेम्बरको दिनमा दिल्ली उच्च अदालतले जेएनयुका उपकुलपतिलाई ‘गतिरोध अन्त्य गर्न’ विद्यार्थीसँग वार्ता गर्न’ आदेश दिएको थियो ।) तर, ५ जनवरीको दिन मान्छे पठाएर उनीहरूले हिंसा फैलाए । सङ्गठित हमला गराइयो । जो पनि यो घटनामा संलग्न छन्, त्यसको छानबिन हुनुपर्छ । उपकुलपतिले पदबाट राजीनामा दिनुपर्छ । हामीले तत्काललाई उठाएको यो नै मुख्य माग हो । यो घटनापछि जेएनयु प्रशासनले मलगायत जेएनयु विद्यार्थी युनियनका केही साथीहरूविरुद्ध प्रहरीमा उजुरी दर्ता गरायो । उपकुलपतिले कसरी काम गरिरहेका छन्, यसबाट स्पष्ट हुन्छ । मानव संसाधन विकास मन्त्रालयले यो कुरा तत्काल बुझ्न जरुरी छ र यो उपकुलपतिलाई तत्काल हटाउनुपर्छ । दोषीको स्वतन्त्र र निष्पक्ष छानबिन र कारबाहीको माग गर्छु ।
शाहिद तन्त्रेतपाईँले विश्वविद्यालय सुरक्षाको लागि जिम्मेवार साइक्लोप्स सेक्युरिटी टिमका प्रमुख रामा राव र वसन्तकुञ्ज प्रहरी थानाका थाना प्रमुख ऋतुराजलाई पनि भेट्नुभयो । उनीहरूको प्रतिक्रिया कस्तो थियो ?
आइशी घोष ः ४ जनवरीको दिन थानाका प्रहरी क्याम्पसमा आएका थिए । त्यही दिन मैले क्याम्पसको अवस्था ठीक नभएको, त्यसकारण विश्वविद्यालय प्रशासनसँग कुरा गर्न सकेसम्म चाँडो वार्ताको वातावरण बनाउन भनेकी थिएँ । मैले मानविकी सङ्कायका डीन र रेक्टर–१ लाई पनि मेसेज गरेकी थिएँ । तर, कसैबाट केही प्रतिक्रिया आएन । प्रशासनको कसैले पनि हामीसँग वार्ता गर्न खोजेनन् । उनीहरू क्याम्पसमा हिंसा होस् भन्ने नै चाहन्थे । जनवरी ५ को घटना पनि चौबीस घण्टा बढी बितिसकेको छ । तर, जेएनयु प्रशासनको कसैले पनि हामीलाई सम्पर्क गरेका छैनन् । उनीहरूले हामीलाई तत्काल के सहयोग गर्न सकिन्छ भनेर पनि सोधेनन् । हामी हाम्रो सुरक्षा सुनिश्चित होस् भन्ने माग गर्छौँ । विद्यार्थीहरू आज निकै आतङ्कित छन् । तर, एउटा कुरा भने निश्चित छ, हामी सङ्गठित रहनेछौँ । हिजो भएको पत्रकार भेटघाटमा पनि मैले एउटै कुरा भनेकी थिएँ–विद्यार्थी एकजुट भएर प्रशासनविरुद्ध लड्नेछौँ । बितेका केही दिनयता क्याम्पसमा जे पनि घटना भए यसको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्छ । क्याम्पसमा भएको हमला सङ्गठित हमला थियो । त्यसमाथि अनुसन्धान हुनुपर्छ । जेएनयु विद्यार्थी युनियन विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग गर्छौँ । स्वतन्त्र र निष्पक्ष अनुसन्धानको लागि आग्रह गर्छौँ ।
शाहिद तन्त्रेदिल्ली प्रहरीले विश्वविद्यालयको सर्भर कक्षमा तोडफोड गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दर्ता ग¥यो । तपाईँँको भनाइ के छ ?
आइशी घोष ः यो प्रहरी उजुरी आधारहीन हो । तोडफोडको आरोप निराधार छ । सर्भर कक्षमा तोडफोडजस्तो कुनै काम मबाट भएको छैन । जनवरी ४ मा मविरुद्ध प्रहरी उजुरी दर्ता गरियो । त्यो दिन के भएको थियो ? एबीभीपीका कार्यकर्ता आएर केही तोडफोड गरे । एबीभीपी कार्यकर्ताले विद्यार्थीका हात–खुट्टा भाँचे । विश्वविद्यालय प्रशासनले कसका विरुद्ध प्रहरीमा उजुरी दर्ता गर्नुपर्ने थियो ? उनीहरूसँग घटनाको श्रव्यदृश्य पनि छ । हामीले फेसबुकमा केही श्रव्यदृश्य सेयर गरेका छौँ । ती श्रव्यदृश्यमा वास्तवमा को आएका थिए र कसले हिंसा भड्काएका थिए भन्ने कुरा प्रस्ट देखिन्छ । विश्वविद्यालय प्रशासनले वास्तवमा यी कुरालाई ध्यान दिएको भए प्रहरी उजुरीमा कसको नाम आउनुपर्ने थियो, विश्वविद्यालय प्रशासनलाई पनि राम्ररी थाहा छ । विश्वविद्यालय प्रशासनले किन उजुरी दर्ता ग¥यो र त्यसमा जेएनयु विद्यार्थी युनियनको नाम राखियो, हामीले बुझ्न सकेका छैनौँ । विश्वविद्यालय प्रशासनले यसको जिम्मेवारी लिनुपथ्र्यो र उपकुलपतिले राजीनामा दिनुपर्छ ।
शाहिद तन्त्रे ः तपाईँँको विचारमा के एबीभीपी र विश्वविद्यालय प्रशासन मिलेर काम गरिरहेका छन् ?
आइशी घोष ः जेएनयुमा केही प्राध्यापक आरएसएससँग सम्बद्ध छन् । दिल्ली प्रहरी र विश्वविद्यालयको आन्तरिक सुरक्षा संयन्त्रले जेएनयुलाई बदनाम गर्न सम्बन्ध गाँसेका छन् । तथापि हामी फेरि पनि क्याम्पसभन्दा बाहिरका मानिस भित्र पसेको कुरामा जोड दिइरहेका छौँ । उनीहरूलाई कसले क्याम्पसभित्र पस्न दियो ? मैले ट्वीटरमा हाम्रा प्राध्यापकहरूले क्याम्पसमा भित्र पस्न आवश्यक टोकन त्यो साँझ सकिएको भनी लेखेको कुरा पढेँ । ती टोकन कसले लियो ? जेएनयुका विद्यार्थी र प्राध्यापकले त पक्कै लिएनन् । टोकन बाहिरका मानिस भित्र पस्न आवश्यक पर्ने हो । कसरी टोकन सकियो त ? बाहिरबाट धेरै सङ्ख्यामा मान्छे भित्र पसे । उनीहरूलाई किन भित्र पस्न रोकिएन ? विश्वविद्यालय प्रशासनले के यो बुझ्न पर्थेन ? दिल्ली प्रहरी दिउँसो १ः३० बजेबाट नै क्याम्पसभित्र थियो । बर्दी नलगाएका प्रहरीको सङ्ख्या क्याम्पसभित्र धेरै थियो । उनीहरूले किन कुनै कदम चालेनन् ? उनीहरूले दर्ता गरेका सबै प्रहरी उजुरी त आधारहीन हुन् । त्यसको कुनै प्रमाण नै छैन ।
शाहिद तन्त्रेजनवरी ५ मा हमलाकारीले तपाईँँमाथि हमला गर्दा सहायताको लागि प्रहरीलाई फोन गर्नुभएको थिएन ?
आइशी घोष ः त्यतिबेला म प्रहरी नियन्त्रण कक्षमा फोन गर्ने अवस्थामा थिइनँ । मसँगैको साथी मसँगै भुईमा पछारिइन् । मेरो टाउकोबाट भलभली रगत बगिरहेको थियो । रगताम्य अवस्थामा एक विद्यार्थीले मेरो श्रव्यदृश्य खिचे । उनको अघि म भन्दै थिएँ– “मलाई कसले प्रहार गरेको थियो थाहा छैन । तर, जसले मलाई प्रहार गरेको थियो, उसलाई देखे भने म चिन्न सक्छु । उसले लगाएको लुगाको आधारमा म चिन्न सक्छु ।” यति भनेर म ढलेँ । कसैले मलाई एआईआईएमएस ट्रमा सेन्टरमा पु¥याए । तर, मूल प्रश्न ती मानिस कसरी क्याम्पसभित्र पसे र विद्यार्थीमाथि हमला गरे ? कसरी छात्रावासमा तोडफोड गरे ? साबरमती छात्रावासमा भएको घटनाबारे तस्वीरहरू बाहिर आएका छन् । साबरमती छात्रावासमा बस्ने विद्यार्थीसँग कुरा बुझ्नुपर्छ । भ्यानमा आएर छात्रावासमा कसले तोडफोड गरेका थिए भन्ने कुरा साबरमती छात्रावासका विद्यार्थीलाई थाहा छ । उनीहरूले प्रहरीलाई नामसमेत दिइसकेका छन् । अनि बाँकीको पनि पहिचान खुलाउने क्रम जारी छ ।
शाहिद तन्त्रे ः प्रहरी र प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ । स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुने विषयमा तपाईँँ कतिको आश्वस्त हुनुहुन्छ ?
आइशी घोष ः उपकुलपतिलाई पदबाट नहटाएसम्म स्वतन्त्र र निष्पक्ष छानबिन हुन सक्दैन । उपकुलपतिको बर्खास्ती हाम्रो पहिलो माग हो । मानव संशाधन विकास मन्त्रालयले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि यो कुरा दिमागमा राख्न जरुरी छ । विद्यार्थीप्रति उपकुलपतिको विद्वैषी भावनामा हामी प्रस्ट छौँ । उनले जे घटना भयो, त्यसलाई फरक दिशामा लान खोजिरहेका छन् । जनवरी ४ मा भएको हिंसालाई लिएर कुनै प्रहरी उजुरी दर्ता गरिएन । तर, बिना कारण हामीविरुद्ध उजुरी दर्ता गरियो । हामीमाथि दोषारोपण गरियो । त्यसकारण हामी कसरी निष्पक्ष र स्वतन्त्र छानबिनको अपेक्षा गर्न सक्छौँ ?
हामी किन स्वतन्त्र र निष्पक्ष छानबिनको लागि आग्रह गरिरहेका छौँ ? जनवरी ५ मा भएको घटना वास्तवमै विद्यार्थीको लागि पीडादायी छ । एबीभीपीका मान्छेहरू आफैले लाठी र रड लिएर आएको र बाहिर निस्केको स्वीकारेका छन् । एबीभीपी दिल्लीका उपसचिव अनिमा सोनकरले एउटा टीभी बहसमा यो कुरा स्वीकारेकी छिन् । उनीहरूले कहीँ पनि हिंसा भएको कुरा अस्वीकार गरेका छैनन् । उनीहरू आत्मरक्षाको लागि आफ्ना मान्छेहरू लाठी लिएर हिँडेको बताउँदै छन् ।
शाहिद तन्त्रेबितेका ६५ दिनदेखि तपाईँँहरू शुल्कवृद्धिको विरोधमा लगातार आन्दोलन गरिरहनुभएको छ । तपाईँँको विचारमा हालै भएका हमला त्यही आन्दोलन बिथोल्ने चालबाजी हो ?
आइशी घोष ः पक्कै पनि ¤ हामी जेएनयु विद्यार्थी युनियनले बितेका तीन–चार दिनदेखि विद्यार्थीलाई यही कुरा सम्प्रेषण गरिरहेका छौँ । हाम्रो आन्दोलन बिथोल्न नै क्याम्पसमा यस्तो परिस्थिति बनाइएको हो । तर, यस्तो हमलाबाट पनि हाम्रो आन्दोलन भने बिथोलिने छैन । म टाउको फुटेर अस्पतालमा भर्ना भएको अवस्थामा पनि अरू पदाधिकारीहरूले तत्काल क्याम्पसको गेटसम्म शान्ति ¥याली निकाले । हामीले दिल्ली प्रहरी, प्राध्यापक र प्रशासनबीचको सम्बन्धविरुद्ध आवाज उठायौँ । उनीहरूले जेएनयुमा त्यसो गरिरहनै पर्थेन । जेएनयु विद्यार्थी युनियनले कसरी सङ्घर्षलाई प्रजातान्त्रिक तरिकाबाट अघि बढाइरहेका छौँ भन्ने कुरा थाहा छ र यसलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि हामी जानकार छौँ । आन्दोलन थालेको पहिलो दिन अक्टोबर २८ देखि नै हामीले जुलुस ग¥र्यौंँ, हामी पिटिन्थ्यौँ । फर्किन्थ्यौँ र फेरि अर्को जुलुस गथ्र्यौैँ । हामीले हिंसा हुने कुनै पनि काम गरेका छैनौँ र हामी कहिल्यै पनि हिंसा गर्दैनौँ । जेएनयु विद्यार्थी युनियनको प्रतिनिधिको रूपमा हामी यही कुरा भनिरहेका छौँ । विद्यार्थीलाई मैले हामी शान्तिको पक्षमा भएको र शान्तिपूर्वक प्रदर्शन गर्ने कुरा भन्दै आएकी छु । बितेका ६५ दिनमा हामीले जसरी प्रजातान्त्रिक तरिकाबाट आन्दोलन गरिरहेका थियौँ, अबका दिनमा पनि आन्दोलन त्यसरी नै अघि बढाउने छौँ ।
विश्वविद्यालय प्रशासन आफ्नो योजनामा असफल भएपछि आत्तिएको छ । परीक्षा लिने उनीहरूको योजना असफल भयो । ह्वाट्स् एपबाट परीक्षा लिने योजना पनि असफल भयो । जबरजस्ती भर्ना गर्ने योजना पनि असफल भयो । (विद्यार्थीले परीक्षा बहिष्कार गरेपछि जेएनयु प्रशासनले भर्ना भएका विद्यार्थीलाई प्रश्न पठाउने र विद्यार्थीले शिक्षकलाई व्यक्तिगतरूपमा भेटेर, इमेलमार्फत वा लिखित उत्तर पुस्तिकाको फोटो खिचेर ह्वाट्स् एपमार्फत पठाउन सकिने व्यवस्था गरेको थियो ।)
ती सबै योजनामा प्रशासन असफल भएपछि उनीहरूले स्थितिमा नियन्त्रण राख्न हिंसाको प्रयोग गरे । उनीहरूलाई वार्ता गर्न जनवरी ६ को दिन हामी मानव संशासन विकास मन्त्रालयमा जाने कुरा थाहा छ । त्यही भएर उनीहरू निकै आत्तिए । मानव संशाधन विकास मन्त्रालयसँगको वार्तापछि समस्या समाधानको समयसम्म उपकुलपति किन कुर्न सकेनन् ? जेएनयु विद्यार्थी युनियन मानव संशाधन विकास मन्त्रालयसँग वार्ताको लागि तयारी गरिरहेको थियो । हामी गतिरोधको अवस्था सकेसम्म चाँडो समाधान गर्न चाहन्थ्यौँ । हामी हाम्रा कागजात तयारी गर्दै थियौँ । हामी समस्या तत्काल समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा नयाँ सचिवसँग छलफल गर्ने तयारी गरिरहेका थियौँ । तर, क्याम्पसमा भएको हिंसाको कारण हामी त्यहाँजान सकेनौँ । म जनवरी ६ को बिहानमात्र अस्पतालबाट फर्केँ । हामी मन्त्रालय जान सकेनौँ । यसबाट के कुरा स्पष्ट हुन्छ भने जेएनयु प्रशासन आत्तिएर आन्दोलनलाई अवैध बनाउनतिर लाग्यो । जेएनयुको छविलाई बिथोल्ने निर्णय ग¥यो ।
शाहिद तन्त्रे ः एबीभीपीका सदस्यहरूले वामपन्थी पार्टीका विद्यार्थीले आफ्ना कार्यकर्तालाई कुटेको आरोप लगाए । यो आरोपप्रति तपाईँँलाई के भन्नु छ ?
आइशी घोष ः जेएनयु विद्यार्थी युनियनले पहिलो दिनबाट नै कुनै पनि प्रकारको हिंसा नगर्ने प्रस्ट धारणा राख्दै आएको छ । हामी हिंसा चाहँदैनौँ । हामी पूर्णतः हिंसाको विरोध गर्छौँ । तर, क्याम्पसमा भएको हिंसाका यति धेरै तस्वीर र श्रव्यदृश्य सार्वजनिक भइरहेका छन् । उनीहरूविरुद्ध किन प्रहरी उजुरी दायर भएन ?
स्रोतः द काराभान
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *