प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको २९ औँ तथा महिला उद्यमी समितिको २७ औँ वार्षिक साधारणसभाको उद्घाटन सोमबार गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले नेपाल सरकारको उद्योग नीति आलोचनायोग्य भएको बताउँदै नेपाली कर प्रणाली प्रगतिशील हुनुपर्नेमा जोड दिनुभयो । विदेशी पुँजीको पैसाले चुनाव जितेका दलले विदेशीकै हितमा काम गर्ने र ऐन–कानुन पनि तिनीहरूकै पक्षमा बनाउने उहाँले प्रस्ट पार्नुभयो ।
भारतीय पुँजीपतिवर्गको पक्षपोषण गर्ने सरकारले नेपाली जनताको हितमा काम नगर्ने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेपाल–चीनबीचको व्यापारिक सम्बन्धलाई कमजोर बनाउने ढङ्गले अहिलेको सरकार लागिपरेको बताउनुभयो ।
व्यापारीले आफ्नो व्यक्तिगत फाइदालाई भन्दा देशको व्यापारको हितमा सोच्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले व्यापारीहरू देशको राजनीतिबारे पनि जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली सामान प्रयोग र प्रवद्र्धन गर्न नेपालीहरू नै अग्रसर हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले नेपाल सरकारले साना उद्योग जोगाउने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उद्योगधन्दाको विकास देश विकासको प्रमुख आधार भएको बताउँदै भनपाले घरेलु उद्यमीहरूलाई उत्साहित गर्न यहाँका मौलिक उत्पादन ताईचीन चिउरा, जुजु धौ, हाकुपटासी र भादगाउँले टोपीलाई भक्तपुरको मौलिक उत्पादनको रूपमा परिभाषित गरेको बताउनुभयो ।
भक्तपुरको मौलिकता विदेशी बजारमा प्रचार गर्न भक्तपुर घरेलु तथा साना उद्योग सङ्घलाई पर्यटन क्षेत्रमा आफ्नो लगानी बढाउन आग्रह गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सरकारले देशमा सञ्चालित उद्योगहरूको संरक्षणको लागि सस्तो ब्याज दरमा ऋण प्रवाह गर्नुपर्ने र विदेशी वस्तुहरूमा कर बढाउने, नेपालभित्र रहेका बैङ्क तथा सहकारी संस्थाहरूको पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुपर्छ ।”
भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डेले नेपालमा घरेलु उद्योगको प्रवद्र्धन आवश्यकताबारे प्रस्ट पार्दै कला–संस्कृतिले भरिपूर्ण भक्तपुरको मौलिक उत्पादनलाई गुणस्तरीय बनाउँदै यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनको खाँचो औँल्याउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष वीरेन्द्र जतिले लघु घरेलु तथा साना उद्योगको विकासविना देश विकास सम्भव नभएको र नेपाल सरकारले पुँजीको लागि बैङ्कमार्फत घरेलु उद्यमीहरूलाई सहज ऋण उपलब्ध गराउनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रभु लाइभ इन्सुरेन्स, प्रदेश नं. ३ का प्रमुख प्रबन्धक सागर केसी, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धर, ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवाल, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष सत्यनारायण प्रजापति, महिला उद्यमी समितिका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले संस्थामा अनवरतरूपमा कार्यरत कर्मचारी तथा सहयोगी सङ्घ–संस्थाहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply