सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
जाहिद हुसेन
पुस्तकमाथि बन्देज र पुस्तक जलाउनु सत्य स्वीकार्न डराउने संस्कृतिको प्रदर्शन हो । पुस्तकको सन्देशप्रतिको अज्ञानता वा त्यसको भय नै कसैले कुनै पुस्तकमाथि बन्देज लगाउनुको कारण हुने गर्दछ । विद्यमान व्यवस्थाप्रति चुनौती मानेर फरक विचारलाई दबाउने हामीकहाँ लामो इतिहास छ । पुस्तकमाथि मात्र बन्देज लगाइएको छैन, लेखक समेतलाई सिध्याइएको छ । तर्क र अभिव्यक्ति स्वतन्त्रताको घेरा क्रमशः साँघुरो बन्दै गएको छ । धन्य, बढ्दो अधिनायकत्व र समाजमा फैलिंदो असहिष्णुता ।
मोहम्मद हानिफको पुस्तक ‘ए केस अफ एक्सप्लोडिङ म्याङगोज’ को उर्दू अनुवाद पुस्तक कब्जा गरिएको र इस्लाम धर्मसम्बन्धी तीन वटा पछिल्ला पुस्तकमाथि बन्देज लगाउने पञ्जाब सभाको निर्णय आलोचनात्मक चिन्तनमाथि बढ्दो असहिष्णुताको पछिल्लो उदाहरण हो । बन्देज लगाइएका तीन पुस्तकमध्ये लेसी हेज्लेटनको ‘द फस्र्ट मुस्लिम’ र ‘आफ्टर द प्रोफेट’ पनि परेका छन् ।
‘एक्सप्लोडिङ म्याङगोज’ को जहाँसम्म कुरा छ । केही आफूलाई गुप्तचर विभागका अधिकारी बताउने मानिसहरूले कराँचीस्थित प्रकाशकको कार्यालयमा छापा मारेर अघिल्लो वर्ष प्रकाशित पुस्तक कब्जा गरेका थिए । जनरल जियाउल हकको विमान दुर्घटनाबारे चर्चा गरिएको सो पुस्तकको अङ्गे्रजी संस्करण सन् २००८ मा प्रकाशित भएको थियो । यो कृति अन्तर्राष्ट्रिय रूपमै चर्चित छ ।
यो देशमा धार्मिक विषयमा गहिरो विद्वता ओरालो लाग्नुको मूल कारण नै बढ्दो असहिष्णुता हो । केही वास्तवमै विद्वानहरू जस्तै जाभेद गम्दीले ज्यान मार्ने धम्कीका कारण देश छोड्नुप¥यो । अतिवादीहरूले ज्ञानी धर्मगुरुहरूको हत्या गरे । त्यसकारण धर्मको व्याख्या आज केही अर्ध पठित मुल्लाहहरूको भरमा परेको छ । यो देशमा पुस्तकमा बन्देज लगाए त्यो दुःखद् हुनेछ । यस्ता अर्थहीन सल्लाह अस्वीकार गर्ने चेतना सरकारसँग भएको अपेक्षा गर्न सकिन्छ ।
केही तत्वले त्यो पुस्तकको उर्दू संस्करणमा अचानक हाम्रो ‘राष्ट्रिय सुरक्षा’ मा खतरा महसुस गरेको देखिन्छ । एउटा साहित्यिक कृतिलाई बुझ्ने समझ उनीहरूमा अभाव भएको यसले देखाएको छ । यो छापा स्वयम् लेखकको लागि अर्को कुनै उत्कृष्ट पुस्तकको विषय बन्न सक्छ । सरकारले यो पुस्तकमा बन्देजको सार्वजनिक घोषणा गरेको छैन । त्यसो भए प्रकाशकको कार्यालयमा छापा मार्ने आदेश कसले दियो ?
थप कपटपूर्ण त लेसी हेजिल्टनले लेखेका पुस्तकमाथि बन्देज लगाउने सुझाव हो । हेजिल्टन अमेरिकी पत्रकार एवं विद्वान हुन् । दुवै पुस्तक गहिरो अनुसन्धानमा आधारित छन् । ‘द फस्र्ट मुस्लिममा निकै महत्वपूर्ण व्यक्तित्वलाई प्रकाशमा मात्र ल्याएको छैन, बरु यो लेखको सान्दर्भिक विरासत पनि हो ।’
हेजिल्टनका दुवै पुस्तक मैले पढेको छु । मलाई ती दुवै पुस्तक ज्यादै जानकारीमूलक र त्यो विषयमा अरु कुनै पनि पुस्तकमा भन्दा बढी जानकारी पाएँ । एक दसकभन्दा लामो समयसम्म लेखकको देशमा यो एउटा बेस्टसेलर पुस्तक बन्यो । अचानक केही बेइमान सांसदले ती पुस्तकमा बन्देज लगाउन चाहे । यसको एउटै कारण भनेको सांसदहरूको साँघुरो सोचाइ र पूर्वाग्रह हो ।
यो देशमा धार्मिक विषयमा गहिरो विद्वता ओरालो लाग्नुको मूल कारण नै बढ्दो असहिष्णुता हो । केही वास्तवमै विद्वानहरू जस्तै जाभेद गम्दीले ज्यान मार्ने धम्कीका कारण देश छोड्नुप¥यो । अतिवादीहरूले ज्ञानी धर्मगुरुहरूको हत्या गरे । त्यसकारण धर्मको व्याख्या आज केही अर्ध पठित मुल्लाहहरूको भरमा परेको छ । यो देशमा पुस्तकमा बन्देज लगाए त्यो दुःखद् हुनेछ । यस्ता अर्थहीन सल्लाह अस्वीकार गर्ने चेतना सरकारसँग भएको अपेक्षा गर्न सकिन्छ ।
हाम्रो सत्ताका केही हिस्सा यो देशको इतिहासको कुनै पनि आलोचनात्मक व्याख्याप्रति कति पागल छ भन्ने कुरा त हालै प्रकाशित ‘द व्याटल अफ पाकिस्तानः द बिटर युएस फ्रेन्डसीप एन्ड अ टफ नेबरहुड’ पुस्तकप्रति प्रतिक्रियाबाट प्रष्ट हुन्छ । त्यो पाकिस्तानी सेनाबारे लेख्ने चर्चित लेखक शुजा नवाजले लेखेको पुस्तक हो । त्यो पुस्तकमाथि कुनै औपचारिक बन्देज त लगाइएको छैन । तर, बितेका दसकमा पाकिस्तानी सेना र संरा अमेरिकाबीचको अप्ठ्यारो सम्बन्धबारे त्यसमा गरिएको वस्तुगत अध्ययनबाट केही निश्चित शक्तिकेन्द्र बेखुशी भएकोले पाकिस्तानमा त्यसको विमोचन गर्न रोक लगाइयो ।
तर, वास्तविकता के हो भने त्यो पुस्तक गहिरो अनुसन्धानमा आधारित पुस्तक हो । त्यो अवधिमा नीति निर्माणमा संलग्न पाकिस्तानी र संरा अमेरिकी उच्चपदस्थ सैनिक अधिकारीहरूसँगको अन्तर्वार्तामा आधारित तथ्य समेटेर त्यो पुस्तक लेखिएको छ । यसअघि नवाजले पाकिस्तानी सेनाको आधिकारिक पुस्तक ‘क्रस्ड सोर्डः पाकिस्तान, इट्स आर्मी एन्ड द वार्ज विगइन’ लेखेका थिए ।
विमोचनमा रोक लगाइए पनि त्यो पुस्तकले धेरै पुस्तकको ध्यान तानिसकेको छ । आफ्ना गल्तीबाट सिक्नु र स्वीकार्नुको सट्टा शक्तिकेन्द्रहरूले लेखकको वैचारिक स्वतन्त्रतामा रोक लगाइरहेका छन् । यो साँघुरो सोचाइ हो र यसले देशलाई बौद्धिक मरुभूमिकरणतिर डो¥याउँछ ।
पाकिस्तानी सेनाको सात दसकको इतिहासमा आफ्ना गल्ती, षड्यन्त्र र सैनिक दुस्साहस ढाकछोप गर्न झूठ र भ्रम प्रयोग गरिन्छ । वर्षौं वर्षदेखि सबैलाई थाहा भएको पीडालाई पनि देशको आँखाबाट लुकाउने गरिएको छ । असफलतालाई नै विजयको रूपमा उत्सव मनाउने गरिएको छ । यसले जनता र सत्ताबीच अविश्वासको सम्बन्ध अझ गहिरो बनाइरहेको छ ।
जतिसुकै अवास्तविक भए पनि मानिसहरूलाई विदेशी प्रकाशनमा नै विश्वास गर्न लगाउन खोजिनु कुनै आश्चर्यको कुरा होइन । सम्बन्धित सत्ता यति संवेदनशील बनेको छ, यस्ता विषयमा सार्वजनिक बहस गर्नु नै पनि राष्ट्रिय सुरक्षामा दखलको रूपमा लिन थालिएको छ । फलतः हामी हाम्रा गल्ती र कमजोरीबाट सिक्न असमर्थ बनेका छौं । ‘राष्ट्रिय सुरक्षा’ ज्यादै सजिलो शब्द बनेको छ । यही शब्द प्रयोग गरेर विरोधी आवाजलाई दबाइने गरिएको छ । बलियाले गर्ने यस्ता काम खासमा कमजोरीको सड्ढेत हो । आत्मविश्वासले पूर्ण समाज सन्देशवाहकको मौनताभन्दा आलोचना सामना गर्न तयार हुन्छ ।
मानिस अभिव्यक्ति र काममा स्वतन्त्रता भएको समाजमा रमाउने गर्छ । बोल्न पाउने अधिकार स्वतन्त्रता रूपमा उपयोग गर्न पाउने समाजमा मानिस खुसी हुन्छ । उदार प्रजातन्त्र अभिव्यक्ति स्वतन्त्रतामा फलिफाप हुन्छ । विडम्बना केही वर्षयता प्रजातान्त्रिक मूल्यमान्यता म्हास्ने काम प्रयास भइरहेका छन् ।
अधिनायकको सबभन्दा पहिलो प्रहार अभिव्यक्ति स्वतन्त्रतामा हुन्छ । वास्तवमा ‘गहिरो राज्य’ शक्ति फैलिंदै जानुको यो एउटा सड्ढेत हो । कराँचीको प्रकाशक कार्यालयमा छापा मार्नु र पाकिस्तान–संरा अमेरिका सम्बन्धबारे लेखिएको एउटा महत्वपूर्ण पुस्तकको विमोचनमा रोक लगाउनु देश गलत दिशातिर गइरहेको सड्ढेत हो ।
त्यत्तिकै खतराको विषय हो–समाजमा बढ्दो असहिष्णुता र धार्मिक अतिवाद तथा राजनीतिबीचको मिलन । केही सांसदले इस्लाम धर्ममा नयाँ विचारसम्बन्धी पुस्तकमाथि लगाइएको रोक चिन्ताजनक विषय हो । दक्षिणपन्थी धार्मिक अतिवाद बलियो हुनुले प्रजातान्त्रिक संस्थालाई कमजोर मात्र बनाउने होइन, देशलाई नै विभाजित गर्न सक्छ ।
प्रत्यक्ष सेन्सरसीप वा अरु कुनै पनि प्रकारको दबाबबाट गरिने दमनले देशलाई प्रगति र ज्ञानको बाटोबाट अलग बनाउँछ । प्रजातान्त्रिक निकाय कमजोर हुँदा गैरसरकारी शक्तिलाई राजनीतिमा खेल्ने ठाउँ बनाइदिन्छ र त्यस्ता शक्ति सधैं मौलिक अधिकार हनन गर्न अभिशप्त हुन्छ । सबभन्दा चिन्ताको विषय त यी सबै काम प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारअन्तर्गत भइरहेको छ ।
(यो लेख अङ्ग्रेजी भाषामा पाकिस्तानबाट प्रकाशित हुने ‘द दन’ मा प्रकाशित भएको हो ।)
नेपाली अनुवाद ः नीरज
Leave a Reply