कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
– गोपाल नगरकोटी
बिहीबार देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो । २२ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा भयो । भूकम्पबाट सुरक्षित हुन गर्नुपर्ने पूर्वतयारी, जनचेतना जगाउन र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले विस २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो । भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प आउनुपूर्व गर्नुपर्ने तयारी, भूकम्प आइरहेको बेला र भूकम्प गइसकेपछि के गर्ने भन्नेबारे सुसूचित गर्नु नै भूकम्प सुरक्षा दिवसको उद्देश्य रहेको छ ।
भूकम्पपछि परिवारलाई तत्काल आवश्यक पर्ने सामग्रीहरू टर्चलाइट, ब्याट्री, सानो रेडियो, एक दिनको लागि पुग्ने सुख्खा खाना (च्यूरा, चाउचाउ), एक प्लाष्टिक बोटल पानी, आधारभूत औषधि, परिचयपत्रको फोटोकपी, सिठी र अत्यावश्यक फोन नम्बरसहितको आपत्कालीन झोला सजिलै पाइने र सुरक्षित स्थानमा राख्नुपर्ने देखिन्छ । घर, कार्यालय, विद्यालय तथा आफू रहने स्थानमा ‘घुँडा टेकी गुँडुल्की, ओत लागी समात’ अवस्था रहनुपर्छ, आगलागीबाट जोगाउन प्रयोग गर्न नपरेको अवस्थामा ग्यास र बिजुलीको लाइन, राइसकुकर, हिटरजस्ता सामग्री बन्द गर्नुपर्छ । घरभित्र तथा घरबाहिर रहेका सुरक्षित स्थानहरूमा रहेको टेबुल, डेस्क वा खाट र खुला सुरक्षित स्थान पनि पहिचान गरी राख्नुपर्छ । भूकम्प कुनै सूचना दिएर आउँदैन । भूकम्प कस्तो हुन्छ र कति रेक्टरको हुन्छ भन्ने थाहा हुँदैन । भूकम्पले के कति जनधनको क्षति गर्छ भन्ने यकिन हुँदैन । भूकम्प गएको बेला हामी डराउँछौँ, आत्तिन्छाँै तरआत्तिएर, डराएर या रोएर समस्या समाधान हुँदैन । त्यसबेला जोग्ने उपाय पनि खोज्नुपर्छ । भूकम्प आइरहेको बेला ढोका नजिक छौँ भने तुरुन्त बाहिर निस्केर खुला ठाउँमा जानुपर्छ । खुला ठाउँ टाढा छ भने भूकम्प धक्का महसुस भएपछि घुँडा टेकी टेबुलको मुनि लुक्ने र आफू लुकेको टेबुलको खुट्टा समात्ने गर्नुपर्छ । यदि ती कुनै सामान छैन भने कोठाभित्र सुरक्षित स्थानमा गएर हातले टाउको र गर्धन छोप्नुपर्छ । भूकम्पको बेला जोगाउनुपर्ने सबभन्दा महत्वपूर्ण अङ्ग टाउको र गर्धन नै हो । हात, खुट्टा र शरीरमा घाउचोट लागे पनि मान्छे मर्दैन । जब टाउकोमै असर पर्छ तब ज्यान जाने सम्भावना हुन्छ । भूकम्पको बेला सुरक्षित हुने एउटा स्थान खुला ठाउँ हो । खुला ठाउँमा पनि बिजुलीको खम्बा, तार तथा रुख छ भने त्यसमुनि बस्नुहुँदैन र आत्तिएर अग्लो ठाउँबाट हाम फाल्नुहँदैन ।
भूकम्पले हल्लाउन छोडेपछि सुरक्षाको स्थिति पहिचान गरेर खुला ठाउँमा जाने, पर्खाल र भवनको स्थानबाट टाढा रहने, घर सुरक्षित छ भन्ने सुनिश्चित नभएसम्म घरभित्र पस्नुहुँदैन । आफू सुरक्षित भएमा घाइतेको उद्धारलाई प्राथमिकतामा राखी उद्धार कार्यमा लाग्ने, उद्धार कार्य गर्न सरोकारवाला निकाय तथा टोलका दाजुभाइहरूलाई खबर गर्ने र घाइतेहरूलाई तुरुन्तै नजिकैको जनस्वास्थ्य केन्द्र, अस्पतालमा पु¥याउनेतर्फ हाम्रो ध्यान जानुपर्छ । भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न घरको संरचना बलियो बनाउनुपर्छ । अतः भवन निर्माण मापदण्डबमोजिम सुरक्षित घर निर्माण गर्न र गराउन अघि सर्नुपर्छ ।
Leave a Reply