भर्खरै :

बेलायत र अमेरिकाको निर्वाचनका महत्वपूर्ण तत्वहरू

काठमाडौँ, ८ माघ । पुँजीवादी व्यवस्थाबारे राजनीतिशास्त्रका विद्यार्थीमाझ बरोबर एक कटाक्ष र व्यङ्ग्यात्मक कुराकानी हुन्छ । अमेरिकाका एक युवकले बेलायतका आफ्नो साथीलाई भने, हाम्रो देशमा रिपब्लिकन दल र डेमोक्रेटिक दल नामका दुई पार्टी छन्, तिनीहरू बारम्बार सरकारमा जान्छन् तर काम भने उस्तै गर्छन् । जनताले ती पार्टीहरूको सरकारबाट गरिब जनताको केही राम्रा र गतिला काम हुन्छन् भन्ने आशै छोडेका छन् । उनीहरू मतदान गर्न जाँदैनन्, गए पनि पैसा लिएर वा वियर र रक्सी खान मत खसाल्न जान्छन् । यसकारण २५ प्रतिशत मतदाताले मात्र मत खसाल्न जान्छन् ।
बेलायती साथीले भने, अहो ¤ साथी, तिम्रो देशको प्रजातन्त्रभन्दा हाम्रो देशको प्रजातन्त्र पुरानो हो, यहाँ कन्जरभेटिभ (अनुदार) र लिवरल (उदार) भन्ने दलहरू बारम्बार सरकारमा जान्छन् तर काम भने उस्तै गर्छन् । जनताले सधैँ धोका खाने हुँदा श्रमिक पार्टी पनि सतहमा आएको छ, काम उस्तै छ, मौलिक परिवर्तनको काम गर्दैन । बेलायतीहरू ईश्वर र महारानीलाई विश्वास गरेर दुःखको कारण आफ्नो भाग्यलाई धिक्कार्छन् ।
भारत र अन्य पूर्व–उपनिवेश देशहरूमा बेलायत र अमेरिकाको नक्कल गरेर प्रजातन्त्र र गणतन्त्र नामको पुँजीवादी व्यवस्था स्थापना भयोे । बेलायती र अमेरिकी सक्कली प्रजातन्त्रको त्यस्तो गति छ भने नक्कली प्रजातन्त्रको के गति होला ?
नेपालमा नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, राप्रपा र मधेसवादी दलहरू बरोबर सरकारमा जान्छन् । ती दलहरूमध्ये कहिले नेपाली काङ्गे्रस, कहिले एमाले र एमाओवादीले सरकारको नेतृत्व गर्ने गर्छन् । अचम्म त के भयो भने आन्दोलनबाट फालेका अल्पमतका राप्रपा (राजावादीहरू) ले नै अथवा पञ्चायती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले बहुमतका बहुदलवादी सरकारको नेतृत्व गरे । ‘समाजवादी’ र ‘कम्युनिस्ट’ पार्टीका कार्यकर्ताहरूले ‘लाटाले केरा हे¥या’ जस्तै हेरेको हेर्दै गरे ।
एक–दुई पटक राजनैतिक दलहरूको दर्ता गर्ने आयोग र संसद्मा समेत एउटै विचार र सरकारमा एउटै प्रकारको काम गर्ने राजनैतिक दलहरूको नाममात्रै फरक भएको हुँदा जनतालाई भ्रम भयो । सरलताको निम्ति एउटै पार्टीको रूपमा दर्ता गर्न र मान्यता दिन प्रश्न उठेको थियो । तर, ती शासक दलहरू कुनै उत्तर नदिई गाई–गोरुले दाना वा घाँस खाएको हेरेजस्तै मस्त हेर्दै थिए । आज ती शासक दलहरू आ–आफ्ना दलमा पदको निम्ति होडबाजी भए पनि काका शाम
(संरा अमेरिका) को ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ नामको इन्डो–प्यासिफिक सैन्य गठबन्धनमा एक भए ।
वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्प जातिवादी र पुरुष अहम्कारवादका समर्थक हुन् । मुठ्ठीभरका कुलीन वर्ग र पुँजीपति वर्गलाई कम कर लगाई सीमान्तकृत र काम गरी खाने जनताको हित विरोधी भएको हुँदा प्रतिपक्षी डेमोक्रेटिक दल (प्रजातन्त्रवादी पार्टी) ले माथिल्लो सदन (सिनेट) मा ट्रम्पको विरोधमा अनेक मानव अधिकारविरोधी र अपराधको पक्ष लिएको हुँदा महाअभियोगको मुद्दालाई अगाडि सा¥यो भन्ने व्यापक चर्चा छ ।
अमेरिकी तल्लो सदनलाई बेवास्ता गर्दै विदेश नीतिमा प्रभाव पारेको, बालबालिकालाई थुनेको, अघोषित युद्धको नाममा राष्ट्रको ढुकुटी रित्याएको, अन्य मुलुकको प्रजातान्त्रिक अभ्यासमाथि धावा बोलेको, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाको बजेट कटौती गरेको, धनीलाई कर कम गरेको, वाणिज्य, पर्यावरण र बसाइँसराइसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौता खारेज गरेको आदिबारे महाअभियोगमा उल्लेख थियो ।
(युनिभर्सिटी अफ डेनभरका प्राध्यापक हैदर खान र उपप्राध्यापक स्नेडरको भनाइ – अल जजिरा डटकमबाट, ‘नयाँ पत्रिका’ ८ माघ २०७६) ।
अमेरिकी चुनावी जात्राको अर्को महत्वपूर्ण पाटो हो – एक करोड ८२ लाख डलरभन्दा बढी चन्दा उठाउने सिनेटर स्यान्डर्स पहिलो भए र उनीभन्दा कम उठाउनेहरू प्रतिस्पर्धाबाट बाहिरिए । (नयाँ पत्रिका – ८ माघ २०७६) । डेमोक्रेटिक पार्टीको उम्मेदवार छनोटबाट पनि थाहा हुन्छ, पुँजीवादी व्यवस्था जसले धेरै पैसा खर्च गर्नसक्छ उसले वा त्यस पार्टीले शासन गर्ने व्यवस्था हो । रिपब्लिकन दलले डेमोक्रेटिक पार्टीले भन्दा बढी पैसा खर्च गरेमा उसैले निर्वाचनमा विजय प्राप्त गर्ने छ । ठूल–ठूलो रकम भने ठूल–ठूलो पुँजीपति वा व्यापार कम्पनीले दिने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *