कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
– अमर महर्जन, काठमार्डाैँ
देश र जनताप्रति समर्पित ‘मजदुर’ दैनिक सिद्धान्त र विचार बोकेको आस्थाको पत्रिका हो । श्रमजीवी वर्ग (बौद्धिक र शारीरिक श्रम गर्ने) को प्रतिनिधित्व गरिरहेको यो पत्रिका शोषणरहित समाज स्थापनामा टेवा पु¥याउन प्रकाशित भइरहेको हो । यो पत्रिका राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषित पीडित, उत्पीडित, आदिवासी, जनजाति, प्रगतिशील तथा वामपन्थी आन्दोलनको समर्थन गर्ने र ऐक्यबद्धता जनाउने अन्तर्राष्ट्रवादी पत्रिका हो । जनताको नागरिक भावना जगाउन, सांस्कृतिक स्तर उठाउन र देशको स्वाधीनता, सार्वभौमसत्ताको सीमा रक्षाको निम्ति देशभक्त नागरिक तयार गर्न प्रकाशित यो पत्रिका प्रकाशनमा लेखक, बुद्धिजीवी, राजनीतिज्ञ, समालोचक, स्तम्भकार, पार्टी नेता तथा कार्यकर्ता, संवाददाता, पत्रिका वितरक, विज्ञापनदाता, पाठक, ग्राहक तथा शुभचिन्त्तकहरूको महत्वपूर्ण योगदान छ ।
कम्युनिस्ट सिद्धान्त र विचार कार्यकर्ता र जनताको घर आँगनमा पु¥याएर सुसूचित पार्ने, भ्रष्टाचारी, कालाबजारी, घूसखोरी, अनियमिताको विरोध गरी आदर्शोन्मुख समाज स्थापनामा टेवा पु¥याउन विगतमा झैँ आगामी दिनमा पनि सहयोगी र शुभचिन्तकहरूको सहयोग र साथ रहिरहने छ । ‘मजदुर’ पत्रिकामा वर्गीय दृष्टिकोण हुनु स्वाभाविक हो । मजदुर र किसान, (बहुमत जनता) को पक्षमा लेखिने यो पत्रिका हालसम्म निरन्तर प्रकाशन भइरहेको छ । यसले अन्धविश्वास, कुरीति, र कुसंस्कारको विरोधमा निरन्तर आवाज उठाइरहेको छ । जातीय राजनीति, देश विखण्डन, विदेशी थिचोमिचोका विरोध गरी जनतालाई सचेत पार्ने काम मजदुर दैनिकले आफ्नो जिम्मेवारी ठानेको छ । देश र जनताको सेवामा समर्पित भएर पत्रिका प्रकाशन गरिरहनु मजदुर दैनिकले आफ्नो कर्तव्य ठानेको छ ।
मजदुर दैनिक सङ्कीर्णवाद र अवसरवादको विरोधमा बोल्छ । देश र जनताको हित छोडेर भागबन्डाको राजनीतिमा लाग्ने दलका नेताहरूलाई यसले खबरदारी गरिरहेको छ । जनताको आवाजलाई चिठी र खुलापत्रमार्फत प्रस्तुत गरेर सचेत बनाउने काम भइरहेको छ । यो पत्रिका स्वस्थ आलोचनालाई नकारात्मक होइन बरू प्रजातन्त्रलाई सुदृढ पार्ने र सहयोग गरेको ठान्छ । यसले देश र जनताको हितमा कलम चलाइरहेको छ, जनताको अधिकारको रक्षाको निम्ति आवाज उठाइरहेको छ । मजदुर वर्गको हक र हितको पक्षमा आवाज बुलन्द गर्छ र त्यसबारे सूचना प्रवाह गरेर जनतालाई सचेत पार्छ । ‘मजदुर’ दैनिकको निरन्तरताको कामना गर्दछु ।
Leave a Reply