जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
–कमला गुरुङ
मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिक मङ्गलबार बिहान साढे ९ बजे सुतेकै अवस्थामा बेहोस भेटिए । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पतालमा ल्याइयो । तर, अस्पताल पु¥याइँदासम्म उनीहरू सबैको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार उनीहरू सुतेको कोठामा रातभरि हिटर बालिएको थियो । बन्द कोठामा हिटर बालेर सुतेका कारण उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीकै जानकारीअनुसार दामनको घटनाजस्तै जाडो महिना सुरु भएदेखि देशका विभिन्न स्थानबाट यस्तै खालका घटना बाहिर आइरहेका छन् । चिसो मौसममा आगो बालेर वा हिटर बालेर सुतेका मानिसको मृत्यु भएका घटना बाहिर आइरहेका छन् । चिकित्सकहरूका अनुसार झ्याल–ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो । जाडो छल्नका लागि अपनाइने यस्ता उपायले धेरैको ज्यान गएको चिकित्सकहरूको कथन छ ।
चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ त्यति नै जोखिम पनि हुन्छ । बन्द कोठाभित्र आगो बाल्दा वा हिटरको प्रयोग गर्दा हुने लापरबाहीले ज्यानै जानसक्ने हुन्छ । आगोबाट निस्कने धुवाँ र हिटरबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसले हाम्रो स्वास्थ्यलाई हानी पु¥याउँछ । लामो समय कोठाभित्र यसरी आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै गएर मानिसको मृत्युसमेत हुने गरेको छ । जाडो महिनामा हावाको बहाव कम हुने घर वा कोठामा यस्तो समस्या बढी देखिन्छ ।
कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ । आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ । अक्सिजन कम हुनेबित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ । यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ । यो क्रम बढ्दै जाँदा मानिस बेहोस हुन्छ र मृत्यु हुन्छ । यसरी हिटर र आगोमा बस्ने मानिसमा सुरुमा हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै जाँदा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरी हुने, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ । समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ । त्यसैले न्यानोको निम्ति भनी कोठामा हिटर बालेर सुत्नेहरू होशियार हुनुुपर्छ ¤
Leave a Reply