भर्खरै :

नेमकिपाको ४६ औँ स्थापना दिवस “समाजवादी आन्दोलन पुस्तौँ पुस्तासम्म अघि बढ्ने छ”

काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार विभिन्न जिल्लामा विविध गतिविधिहरू भए । पार्टी नेता, कार्यकर्ता, समर्थक र श्रमजीवी जनताको उपस्थितिमा सम्पन्न कार्यक्रमहरूमा पार्टीका नेता–कार्यकर्ताले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाबारे चर्चा गरे । पार्टी स्थापनामा आयोजित सभा, अन्तरक्रिया, जुलुस र प्रशिक्षण कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) को विरोध गरे । एमसीसी संरा अमेरिकी सैनिक रणनीति हिन्द–प्रशान्त रणनीति (आईपीएस) कै हिस्सा भएको चर्चा गर्दै वक्ताहरूले एमसीसी नेपालको संसद्बाट पारित भए नेपाली भूमिमा साम्राज्यवादी चलखेल बढ्ने बताए ।
पार्टी स्थापना दिवसको अवसरमा नेमकिपाले भक्तपुरको दत्तात्रयमा शुक्रबार खुला जनसभा ग¥यो ।
उक्त सभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाको स्थापना नभए नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवादी हाबी हुने बताउनुभयो ।
“नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा नहुँदो हो त कम्युनिस्ट भनिएका सबै दल पुँजीवादी सरकारमा जाने थिए । किसान र मजदुर पक्षको लड्ने कुनै दल बाँकी हुने थिएन”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले नेमकिपा स्थापना नभएको भए कम्युनिस्ट आन्दोलनमा अवसरवाद र अराजकतावादविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्ने कुनै दल नहुने बताउनुभयो । पुँजीपति वर्गले अन्तिम दमसम्म पनि श्रमिक वर्गलाई सत्ता नछोड्ने चर्चा गर्दै उहाँले मजदुर र किसानले अन्तिम दमसम्म समाजवादी व्यवस्था स्थापनाको निम्ति लड्ने बताउनुभयो ।
“वर्ग सङ्घर्ष भनेको यही हो”, उहाँले प्रस्ट पार्नुभयो ।
समाजवादी आन्दोलन एकै पुस्तामा नसकिने चर्चा गर्दै बिजुक्छेँले पुस्तौँ पुस्तासम्म समाजवादी आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी कार्यकर्ता मात्र राजनीतिकरूपमा सचेत भएर नपुग्ने, घर परिवारलाई पनि पार्टीबारे सचेत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमसीसीको नाममा संरा अमेरिकाले दिने रकम वर्षको १२ करोड रूपैयाँ हुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “त्यो धेरै ठूलो रकम होइन । त्यत्तिको लागि भीक्षाटन गर्नु नेपाली काङ्ग्रेस र नेकपाको मगन्ते प्रवृत्ति हो ।”
उहाँले नेमकिपाका कार्यकर्ता, समर्थक र जनसमुदायलाई पार्टी स्थापना दिवसको अवसरमा बधाई ज्ञापन गर्दै एमसीसीको विरोधमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले तत्कालीन कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले जोताहा किसानलाई मोहियानी हकको लागि सङ्घर्ष नगरेकोले देशका सबै जोताहाले मोहियानी हक नपाएको चर्चा गर्दै मोहियानी हकको लागि नेमकिपाले गरेको किसान आन्दोलनको प्रतिफलस्वरूप केही जिल्लामा मोहियानी हक सुरक्षित भएको बताउनुभयो ।
सार्वभौमिकता र सिमाना रक्षाको आन्दोलनमा सबै राजनीतिक दल नेमकिपा जत्तिकै इमानदारीका साथ लागेका भए भारतले नेपाली भूमि मिच्ने साहस नगर्ने स्पष्ट पार्दै उहाँले देशको भूमि अतिक्रमण गर्दा समेत शासक दल ‘कूटनीतिक प्रयास’ र ‘कूटनीतिक नोट’ भनी मौन बसेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि भ्रष्टाचारविरोधी आन्दोलनलाई जोड दिएको चर्चा गर्दै उहाँले देशमा भ्रष्टाचार अझ बढेको र जनताबाट निर्वाचित प्रतिनिधिहरू समेत ठेक्कापट्टामा लागेर देशको ढुकुटी रित्याइरहेको बताउनुभयो ।
शासक दलले ख्वप विश्वविद्यालयको विधेयक अघि नबढाएकोमा विरोध जनाउँदै सांसद सुवालले भन्नुभयो, “ख्वप विश्वविद्यालय बनाउन नदिने दलहरू शिक्षाविरोधीहरू हुन् ।”
भूकम्पपीडितलाई सरकारले दिएको अनुदान र ऋणले मान्छे बस्नलायक घर बनाउन नपुग्ने भन्दै उहाँले भूकम्पपीडितलाई ऋण दिने समयावधि बढाउनुपर्ने विचार राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “सरकारले युरेनियमजस्तो संवदेनशील वस्तु उत्खनन्को जिम्मेवारी निजी क्षेत्रलाई दिने विधेयक प्रस्तुत गरेको छ । उत्खनन्का काम सरकारबाटै हुनुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले संशोधनवाद र अवसरवादले साम्राज्यवादलाई बलियो र कम्युनिस्ट आन्दोलन कमजोर बनाउने बताउनुभयो । उहाँले सत्तारूढ दल नेकपा संशोधनवादी पार्टी भएकोले उसका गतिविधिले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशको प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले विदेशीको खुट्टामा उभिएर नभई नेपाली जनताकै खुट्टामा उभिएर समाजमा परिवर्तन सम्भव भएको कुरा देखाएको बताउनुभयो ।
उहाँले नेमकिपाले कोरेको समाजवादी क्रान्तिको बाटोमा नयाँ पुस्ता लामबद्ध भएको र अग्रज पुस्ताको योगदानप्रति गौरव गर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशको प्रदेशसभा सदस्य सृजना सैँजूले एमसीसी गुलियो पोतेको विष भएको चर्चा गर्दैै संरा अमेरिका स्वतन्त्र देशमा सियो बनेर पस्ने र फाली बनेर निस्कने गरेको बताउनुभयो ।
“नेपाली माटोमा संरा अमेरिकी साम्राज्यवादी स्वार्थ पूरा गराउन दिनुहुन्न”, उहाँले भन्नुभयो ।
आत्मनिर्भरताले मात्र कुनै पनि देशको विकास हुने भन्दै उहाँले देशको सार्वभौमिकता पैसामा बिक्री गर्नु देशघात भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले हिन्द–प्रशान्त रणनीति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नीरज लवजूले भारतमा चालू नागरिकता संशोधन ऐनविरूद्धको जनआन्दोलनबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घका अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको थियो ।
काठमाडौँ

नेमकिपा छैटौँ काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँ महानगर वडा नं. ५ मा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टी प्रकाशस्तम्भको रूपमा स्थापित हुनुमा पार्टीका सबै नेता तथा कार्यकर्ताहरूको मेहनतको योगदान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको अन्तिम लक्ष्य समाजवाद र साम्यवाद अगाडि बढाउन
पार्टीका सबै समिति, वर्गीय सङ्गठन र पेशागत सङ्गठन क्रियाशील रहेको छ ।”
उहाँले भन्नुभयो, “दुईतिहाइको बहुमत प्राप्त सरकार कम्युनिस्ट भएको भए कम्युनिस्टको आचरणअनुसार शिक्षा र स्वास्थ्य निःशुल्क बनाइनुपर्दथ्यो, उत्पादनका मुख्यमुख्य साधनहरू राष्ट्रियकरण गर्नुपर्दथ्यो । उनीहरूले कम्युनिस्टको खोल ओढेर डन, ठेकेदार र अपराधीलाई निर्वाचित गरेर देशको सम्पत्तिमाथि ब्रम्हलुट गरे । देश बर्बाद गरे ।”
उहाँले भन्नुभयो, “बिगँ्रदो देशलाई सबल देश बनाउन समाजवादी क्रान्ति अनिवार्य छ । त्यो बाटो नेमकिपाले आन्दोलनको रूपमा अगाडि बढाएको छ । देशमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नयाँनयाँ नीति ल्याउँदै हस्तक्षेपको जालो बुन्दै छ । हिन्द–प्रशान्त सैन्य अखडा बनाउने षड्यन्त्र हुँदै छ ।”
पार्टीले सबैखाले जनविरोधी र प्रतिक्रियावादीविरुद्ध संसद र सडकमा सङ्घर्ष गर्दै जनतालाई सचेत पार्दै छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी प्रकाशनहरू अध्ययन गर्नमा जोड दिनुभयो । पार्टीले वैदेशिक हस्तक्षेपको विरोधमा आन्दोलन जारी राखेको बताउँदै उहाँले भारतले लिम्पियाधुरा आÇनो नक्सामा गाभ्दा पनि सरकारले बोल्न नसक्नु लाजमर्दो छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टी स्थापनाको इतिहासबारे प्रस्ट पार्दै खोटा विचारको विरोध निरन्तर गरिरहन आग्रह गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका संयोजक एवम् कार्यक्रमका सभापति नारायण महर्जनले पार्टीले गरेका योगदानबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा काठमाडौँ जिल्ला समितिका उपसंयोजक नरमान महर्जन र कोषाध्यक्ष श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
काभ्रे

नेमकिपाको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा मन्डनपुर देउपुर नगर समिति, काभ्रेको आयोजनामा शुक्रबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाको चर्चा गर्दै पुँजीवादी दलले नाफा र नोक्सानको हिसाबकिताब गरेर राजनीति गर्ने तर नेमकिपाले जनताको सेवा गर्ने लक्ष्यका साथ राजनीति गरिरहेको बताउनुभयो ।
उहाँले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा साम्राज्यवादी प्रभाव बढ्ने र नेपालको भविष्य बर्बाद बनाउने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसीको पैसाको लोभमा शासक दलले देशको सार्वभौमिकता बेच्न खोज्दै छन् ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर देश र जनताको हितमा काम गर्ने नीति अवलम्बन गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य पितमबहादुर तामाङ, नेमकिपा मन्डन देउपुर नगर समितिका दिलमान तामाङ र रविन तामाङले पनि बोल्नुभएको थियो ।
दैलेख
नेपाललाई साम्राज्यवादीहरूको युद्धमैदान बनाउने एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले शुक्रबार जिल्लाको सदरमुकाममा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
जिल्लाको ठाउँ–ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै शुक्रबार दैलेख बजार पुगेका पार्टी कार्यकर्तासमेतको सहभागितामा देवकोटा चोकबाट सुरू भएको विरोध प्रदर्शनमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, असमान सन्धि खारेज गर, लिम्पियाधुरा हाम्रै हो, भारतीय सेना कालापनाी छोडलगायतका नारा लगाइएको थियो ।
नगर परिक्रमापछि आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनता एकढिक्का हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत एमसीसी भएको भन्दै अब अमेरिकी साम्राज्यवादले नेपालमा परेड खेल्ने खतरा रहेको बताउनुभयो । उहाँले संरा अमेरिकाले आफ्नो रक्षा मन्त्रालयअन्तर्गत हिन्द–प्रशान्त सेनाको नेतृत्वमा नेपालमा स्थल सेना बनाउन खोजिएको भन्दै छिमेकी चीनविरूद्ध लक्षित एमसीसी सम्झौता खारेजीको माग गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले लिम्पियाधुरामा नेपाली झन्डा अविलम्ब फहराउनु पर्ने भन्दै भारतले नेपाली भूमि समेटेर तयार पारेको नक्सा खारेजीको निम्ति अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गर्नुभयो । उहाँले कूटनीतिक पहलबाट समस्याको समाधान नहुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले नेमकिपाले नेपालको राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान गरेको इतिहास स्मरण गर्दै गाउँ–गाउँका जनता शासक दलहरूप्रति रूष्ट भएको बताउनुभयो । उहाँले जनताको राजनीतिक चेतना उठाउन नेमकिपा सक्रिय भएको भन्दै एक दिन जनताको विजय सुनिश्चित छ भन्नुभयो ।
नेमकिपा, दैलेख जिल्ला समितिले पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा माघ ७ गतेबाट जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अलगअलग राजनीतिक चेतना अभियान सञ्चालन गरेको थियो ।
यसै सिलसिलामा डुंगेश्वर गाउँपालिका, डुंगेश्वर र चुप्रामा माघ ७ गते कोणसभा भयो । त्यस्तै लाँकुरीमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो । माघ ८ गते डुंगेश्वर गापाकै देउली र भगवतीमाइ गापाको वडाभैरव मावि र बेस्तडामा माघ ८ र ९ गत कोणसभा भयो । जिल्लाको क्षेत्र नं १ को अभियानको नेतृत्व जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गर्नुभएको थियो ।
त्यस्तै क्षेत्र नं २ को अभियानको नेतृत्व नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले गर्नुभएको थियो । क्षेत्र नं २ को तिलेपाटाबाट सुरू अभियानअन्तर्गत माघ ६ गते तिलेपाटा र दोस्रो ठाँटिकाँध, तेस्रो दिन चामुण्डाविन्द्रासैनी र चौथोे दिन दुल्लु नपामा कोणसभाहरू भए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सार्वभौमिकता रक्षाको आन्दोलन अझ तीव्र पार्नुपर्ने धारणा राख्नुभयो ।
श्रमिकको अन्तरक्रिया
४६ औं स्थापना दिवस एवम् साप्ताहिक श्रमिकको २७ औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार दैलेख बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा, कर्णाली प्रदेश संयोजक एवम् श्रमिक साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले कर्णाली प्रदेशका विकट जिल्लामा नेमकिपाले नै सबभन्दा पहिले क्रान्तिकारी झन्डा फहराएको भन्दै जाँड–रक्सीविरोधी आन्दोलनदेखि अन्धविश्वास हटाउने चेतनामूलक कार्यक्रमहरूको आयोजना गरेको बताउनुभयो । उहाँले पश्चिम नेपालका विकट पहाडी जिल्लामा सार्वभौमिकता रक्षाको आन्दोलन नेमकिपाले नै पु¥याएको भन्दै माओवादी अराजकतावादविरूद्ध सङ्घर्ष गर्ने नेमकिपाबाहेक थिएन भन्नुभयो ।
संयोजक गोसाईले कर्णालीका जनताको जीवन अत्यन्तै कष्टकर रहेको तर शासक वर्ग भ्रष्टाचार, कालोबजारिया र भागबन्डामा लिप्त भएको भन्दै शासक पार्टीहरूकै कारण अधिकांश युवा भारतका कालापहाडमा श्रम गर्न विवश भएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले कामदार वर्गको पक्षमा लेख्ने पत्रकारको सङ्ख्या कम भएको तर श्रमिक साप्ताहिकले विकट जिल्लाका जनताको आँखा खोल्न सहयोग गरेको विचार राख्नुभयो । उहाँले कामदार वर्गको सांस्कृतिक स्तर उकास्न श्रमिक साप्ताहिकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले नेपाली काङ्ग्रेस र नेकपाको झन्डा अलग भए पनि राजनीतिक चरित्र एउटै भएको बताउनुभयो । उहाँले कामदार वर्गमा चेतना फैलाउन श्रमिक साप्ताहिकले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै चेतना नहुँदा जनताले शासक दलका भ्रमलाई नै सही भन्ने स्थिति रहेको विचार राख्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समिति सदस्य निरकबहादुर शाहीले नेमकिपाले नेकपाका जनप्रतिनिधिहरूको भ्रष्टाचारको विरोधमा सङ्घर्ष गरिरहेको र श्रमिक साप्ताहिकले त्यसमा साथ दिएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा, दैलेखका सचिव लक्ष्मीकुमार विक, नेक्राविसङ्घका केन्द्रीय सदस्य मिलन गणेजू, नेमकिपा दुल्लु नगर संयोजक मदन भण्डारी, नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष पुरे कामी, नेपाल क्रान्तिकारी किसान सङ्घ, दैलेखका अध्यक्ष तिलकप्रसाद आचार्य, कानुन अध्ययन समाजका शिवराज दाहाललगायतले श्रमिक साप्ताहिकको निरन्तर प्रकाशनको कामना गर्नुभयो ।
जुम्ला

नेमकिपाको ४६ औं स्थापना दिवसको अवसरमा जुम्लाको जुम्लाबजारमा जनसभा भयो ।
जनसभामा नेमकिपा जुम्लाका उपाध्यक्ष राजेश्वर देवकोटाले निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न नेमकिपाको अथक सङ्घर्षबाट सम्भव भएको बताउनुभयो । पुँजीपति वर्गले नेमकिपाको बारेमा विभिन्न कुप्रचार गरेर कमजोर पार्न खोजे पनि नेमकिपा अझ सैद्धान्तिक र वैचारिकरूपमा सशक्त बन्दै गएको उल्लेख गर्नुभयो । नेमकिपाले सडक र संसद्मा निरन्तर गरेको सङ्घर्षका कारण साम्राज्यवादी र विस्तारवादी आक्रमणको प्रतिरोध भइरहेको बताउनुभयो ।
नेमकिपा जुम्लाका सदस्य यज्ञबहादुर बुढ्थापाले जुम्लामा राजनीतिक शिक्षा दिने पहिलो पार्टी नेमकिपा भएको जानकारी दिनुभयो । नेमकिपा अन्तर्राष्ट्रिय पार्टी भएकोले संसारका कामदार जनताको पक्षमा सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्लाका अध्यक्ष विर्खबहादुर रावतले भारतको जस्तो पनि स्वार्थ मान्ने नेपालका पार्टीहरूलाई एक दिन जनताले बहिष्कार गर्ने बताउनुभयो । नेपाल क्रान्तिकारी युवा सङ्घ जुम्लाका अध्यक्ष लालबहादुर बुढाले नेमकिपाले समाजवाद स्थापना गरी युवा परिचालन गरी देशलाई समृद्ध र आत्मनिर्भर बनाउने राजनीतिक विचार अघि सारेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जुम्लाका सदस्य टेकबहादुर रोकायाले एमसीसी परियोजनामा नेपाल फस्न नहुने बताउनुभयो । हिन्द–प्रशान्त रणनीतिको हिस्सा भएकोले तथा विश्वका अन्य मुलुकमा एमसीसीमार्फत अमेरिकाको दादागिरी प्रस्ट देखिएकाले एमसीसी नेपालमा लागु गर्न नहुने धारणा उहाँले राख्नुभयो । जनसभाअघि पार्टी स्थापनाको अवसरमा जुम्ला बजारमा जुलुस प्रदर्शन गरिएको थियो ।
सुर्खेत
नेमकिपाको स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका संयोजक हरिबहादुर बोहोराले पार्टीले स्थापनाकालदेखि निरन्तर र निःस्वार्थरूपमा देश र जनताको सेवामा समर्पित वर्गीय आन्दोलन अगाडि बढाएको धारणा राख्नुभयो ।
उहाँले आमूल परिवर्तन दाल–भातको विषय नभएकोले सङ्घर्षबाट नै क्रान्ति सम्पन्न हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतका अध्यक्ष जगतबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेखका सदस्य हस्तबहादुर गुरूङ, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष खेमराज कँडेललगायतले बोल्नुभएको थियोे ।
कैलाली

नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा लम्कीबजारमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले पार्टी स्थापनाको मुख्य उद्देश्यबारे चर्चा गर्दै नेमकिपा जातीत्न्दा वर्गीय सङ्घर्षको माध्यमबाट शोषित वर्गलाई मुक्ति दिलाउन अघि बढिरहेको विचार राख्नुभयो ।
व्यक्तित्व विकासमा समान अवसरमा जोड दिएमा गरिब कामदार जनताको पनि हित हुने चर्चा गर्दै उहाँले जातजातिको नाममा आरक्षणको बन्दोबस्तले शोषितपीडित जनताकै माझ विभाजन र जातीय विभेद कहिल्यै नमेटिने अवस्था आउने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पार्टीको सिद्धान्त र लक्ष्यबारे जानकार र आत्मसात गरेका कार्यकर्ताले मात्र पार्टीको निम्ति योगदान र बलिदान गर्नसक्ने प्रस्ट पार्दैै नेमकिपाको लक्ष्य जनताको प्रजातन्त्र हुँदै वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नु हो भन्नुभयो ।
उहाँले साम्राज्यवादको सहयोगका लागि मरिहत्ते गर्ने र सेवा गर्नेहरू कम्युनिस्ट हुनैनसक्ने बरू कम्युनिस्टको खोल ओढेका वर्गशत्रु भएको बताउनुभयो ।
नेमकिपा कैलालीका उपाध्यक्ष ज्योति बडुवालले नेमकिपा नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूविरूद्ध सङ्घर्ष गर्दै जन्मेको र निरन्तर वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरूद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मी पुन, तारा तिरूवा, गोवद्र्धन तारामी, जङ्गबहादुर तारामी, गुप्तबहादुर शाहीलगायतले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो भने नेमकिपा कैलाली जिल्ला समितिका सचिव गगन थापामगरले पनि बोल्नुभएको थियो ।
झौखेलमा पार्टी स्थापना दिवस ङ्ग
भक्तपुर, १० माघ । नेमकिपा चाँगु नपा ३ वडा एकाइ समितिको आयोजनामा बिहीबार कार्यकर्ता भेला भयो । ४६ औँ पार्टी स्थापना दिवसको अवसरमा भएको उक्त भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्नुभयो ।
मोहियानी हक बचाउने आन्दोलनमा नेमकिपाको धेरै योगदान भएको चर्चा गर्दै उहाँले समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
कार्यक्रममा नारायणभक्त न्हेमाफुकी, राजाराम दाहाल र गणेशराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *