क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सुरेन्द्रराज गोसाईं
(नेमकिपाको ४६ औं स्थापना दिवसको अवसरमा शुक्रबार दत्तात्रयमा आयोजित जनसभामा नेमकिपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सांसद सुरेन्द्र गोसाईद्वारा व्यक्त मन्तव्य)
आजभन्दा ४५ वर्षअगाडि माघ १० गतेको दिन हाम्रा अत्यन्त आदरणीय अग्रजहरूले नेपाली कामदार जनताको एउटा रातो झन्डा फहराउनुभयो । शोषित–पीडित नेपाली जनताकोे क्रान्तिकारी सङ्गठन निर्माण गर्नुभयो । वर्गसङ्घर्षको निरन्तरताको शङ्खघोष गर्नुभयो । सामन्त तथा जमिनदारहरूको बोलवालाको अन्त्यको उद्घोष गर्नुभयो । तिनीहरूको पिछलग्गू बन्न अस्वीकार गर्नुभयो । सामन्तवादसामु आत्मसमर्पण होइन बदला लिन आह्वान गर्नुभयो । संशोधनवादी सोभियत महाशक्तिको सैद्धान्तिक विरोध गर्नुभयो । सामाजिक साम्राज्यवादीको अनिवार्य पतनबारे सटिक विश्लेषण गर्नुभयो । भारतीय विस्तारवादको विभाजनकारी तथा हस्तक्षेपकारी नीतिको परिणाम स्वयम्को निम्ति पनि घातक हुने यथार्थ बेलैमा राख्नुभयो । भारतीय विस्तारवाद दक्षिण एसियाको साँढे बन्न सक्ने सम्भावनाबारे जनतालाई सजग बनाउँदै देशभक्तिपूर्ण आन्दोलनको आह्वान गर्नुभयो ।
नेपाली वामपन्थी आन्दोलनले एउटा प्रकाशस्तम्भ पाएको दिन ¤ नेपाली कम्युनिस्ट आन्दोलनले कुशल, दूरदर्शी तथा सिद्धान्तनिष्ठ नयाँ नेतृत्व पाएको दिन ¤ नेपाली कम्युनिस्ट आन्दोलनले सम्भावित भयानक दुर्घटनाबाट जोगिइँदै नवजीवन पाएको दिन ¤ देशले माटोप्रति बफादार सिपाहीँ, देशद्रोहीविरूद्ध हरदम लड्न–भिड्न तयार सच्चा देशभक्त पार्टी जन्माएको दिन ¤ दुर्गम तथा पिछडिएका र हिमाल–पहाड–तराईका कामदार जनताले एक कर्मठयोद्धा, असल सेवक तथा भरपर्दो मित्र भेटाएको दिन ¤ तसर्थ विसं २०३१ देखि न्यायप्रेमी नेपाली जनता, कामदार वर्ग हरेक वर्ष माघ १० लाई गौरवशाली दिनको रूपमा मनाउँछन् । किसान सङ्घर्ष उपलब्धितर्पm उन्मुख भएको र जनताको सङ्घर्षशील भावनाले मूर्त आकार पाएको दिनको रूपमा सम्झन्छन्
भारतीय एकाधिकार पुँजी नेपाली समाजको शत्रु भएको ठहर गर्नुभयो । देशभित्रका साना–ठूला विभीषणविरूद्ध सङ्घर्ष निरन्तर चालू राख्नुभयो । कुनै विदेशी शक्तिको भरमा होइन नेपाली जनताकै तागतको भरमा क्रान्तिको तयारी सम्भव छ भन्ने सन्देश आजभन्दा ४५ वर्ष अगाडि प्रवाह गर्नुभयो । क्रान्तिको निम्ति आत्मनिर्भरतामात्र होइन आत्मगौरवको भावनासमेत आवश्यक हुनेबारे छलफल आरम्भ गर्नुभयो । क्रान्तिको निम्ति क्रान्तिकारी नेतृत्व र सिद्धान्त चाहिन्छ र व्यापक जनता तयार हुनुपर्छ भन्ने विचार स्थापित गर्नुभयो ।
यसकारण माघ १० नेपाली राजनीतिक आन्दोलनको एउटा ऐतिहासिक तथा राजनीतिक महत्वको दिन हो । कामदार जनताको उत्सवको दिन हो । गौरवको दिन हो । आमूल परिवर्तनका पक्षधरहरूको निम्ति अपार खुसीको दिन हो । नेपाली कम्युनिस्ट आन्दोलनमा अविस्मरणीय दिन हो – माघ १० ।
नेपाली वामपन्थी आन्दोलनले एउटा प्रकाशस्तम्भ पाएको दिन ¤ नेपाली कम्युनिस्ट आन्दोलनले कुशल, दूरदर्शी तथा सिद्धान्तनिष्ठ नयाँ नेतृत्व पाएको दिन ¤ नेपाली कम्युनिस्ट आन्दोलनले सम्भावित भयानक दुर्घटनाबाट जोगिइँदै नवजीवन पाएको दिन ¤ देशले माटोप्रति बफादार सिपाहीँ, देशद्रोहीविरूद्ध हरदम लड्न–भिड्न तयार सच्चा देशभक्त पार्टी जन्माएको दिन ¤ दुर्गम तथा पिछडिएका र हिमाल–पहाड–तराईका कामदार जनताले एक कर्मठयोद्धा, असल सेवक तथा भरपर्दो मित्र भेटाएको दिन ¤ तसर्थ विसं २०३१ देखि न्यायप्रेमी नेपाली जनता, कामदार वर्ग हरेक वर्ष माघ १० लाई गौरवशाली दिनको रूपमा मनाउँछन् । किसान सङ्घर्ष उपलब्धितर्पm उन्मुख भएको र जनताको सङ्घर्षशील भावनाले मूर्त आकार पाएको दिनको रूपमा सम्झन्छन् ।
यस अर्थमा हाम्रा क्रान्तिकारी अग्रजहरूप्रति हामी अनुगृहीत छौँ । नयाँ पुस्ता गर्व गर्दछौँ । आत्मसमर्पण होइन आत्मबलिदानको निम्ति तयार हाम्रा अग्रजहरूलाई आजको दिनमा लाख–लाख सलाम छ । आमूल परिवर्तनका पथप्रदर्शकहरूप्रति हाम्रो अभिनन्दन ¤ तल्लो वर्गको मुक्तिको निम्ति समर्पित, आस्था एवं निष्ठाका धरोहर हाम्रा अग्रजहरूप्रति उच्च सम्मान ¤ विचार, सिद्धान्त र नैतिकतासहितको राजनीतिका अग्रदूत हाम्रा अभिभावकमा कामदार वर्गको नयाँ पिँढीको तर्पmबाट भित्री मनदेखि हार्दिक नमन, बधाई ¤ आजको यो ऐतिहासिक दिनमा हामी सगौरव भन्छौँ, हाम्रा अग्रजहरूले खन्नुभएको नेपाली समाजवादी आन्दोलनको गोरेटो फराकिलो बनाउन कैयौँ नवजवानहरू लामबद्ध छन् । हामी पूर्ण विश्वासका साथ भन्छौँ, नेपाली समाजवादी आन्दोलनको भविष्य उज्ज्वल छ । यस धर्तीमा पनि समाजवादको अन्तिम विजय अवश्यम्भावी छ ।
हामी स्पष्ट छौँ, नेपाली शासक वर्गले हामीमाथि चर्को दमन जारी राख्नेछ । विगतमा पञ्चायती व्यवस्थाले नेमकिपा सिध्याउन अनेक षड्यन्त्र गरेकै थियो । तर पुराना शोषक, जमिनदारविरूद्ध सङ्घर्ष गर्न नेमकिपाले छोडेन । जमिनदार र किसानबीचको सङ्घर्ष चालू रह्यो । परिवर्तित समयसँगसँगै पुराना शोषक, जमिनदारहरूले राप्रपा, नेकां, एमाले आदि–आदि रूप धारण गरे । ती नव–सम्भ्रान्तविरूद्ध पनि हाम्रो सङ्घर्ष जारी छ । वर्गसङ्घर्ष अभैm टुङ्गिएको छैन । हामी यसप्रति सचेत छौँ ।
हाम्रो सङ्गठन, हाम्रो नेतृत्वमाथि प्रतिक्रियावादीहरूको हमला जारी छ । त्यो अभैm तीव्र बन्दै छ । हाम्रो नेतृत्वमाथि विषवमन चालू छ । हाम्रो पार्टीविरूद्ध मन्त्रयुद्ध झन् बढ्दो छ । किनभने, हाम्रो नेतृत्वको स्वच्छ छवि, राजनीतिक अडान, राजनैतिक नैतिकता, इमानदारी तिनीहरूको निम्ति ठूलो हाँक हो । विचार र व्यवहारबीचको हाम्रो तादात्म्यता तिनीहरूको निम्ति छटपटाहटको विषय बन्दै छ । हाम्रो सैद्धान्तिक स्पष्टता, सेवाको राजनीति, निःस्वार्थी भावना, सङ्घर्षशील परम्परा, उद्देश्यतिरको अविचलित यात्रा ती अवसरवादीको निम्ति मृत्यु–घण्टा सरह हो । इतिहास साक्षी छ, हाम्रो आमूल परिवर्तनप्रतिको दृढ विश्वास डग्मगाएन, जस्तै आँधीबेहरीमा समेत । शासकहरू जम्मै एकसाथ हामीमाथि कायरतापूर्वक जाइलाग्दासमेत धैर्य गुमाएनौँ । अनि कोही जनविरोधी शासकले सहेर बसून् तब कसरी ? हो, शासकहरू निर्लज्जतापूर्वक नेमकिपाविरूद्ध षडयन्त्र, छलकपट गर्दै छन् । ती जातीय दमन, सांस्कृतिक सफायाको उपायसमेत अपनाउँदै छन् । चाणक्य अभैm जिउँदै भएको आभास दिलाउँदै छन् । तर इतिहास भन्छ, आगोसँग खेल्ने आगोमै मर्छ, पानीसँग खेल्ने पानीमै मर्छ ¤ नेमकिपाविरूद्ध राज्यस्तरको षड्यन्त्र गर्ने पञ्चायत आपैm समाप्त भयो । आज पनि कोही विवेक बन्धकमा राखेर पञ्चायती डोब पछ्याउँछन् भने कसैले काँध थाप्नेछैन ¤
हामीलाई गर्व लाग्छ, नेमकिपाको स्थापना भयो र त देशमा क्रान्तिकारी संसद्वादको झन्डा उँचो पार्ने सङ्गठन जीवन्त छ । पुँजीपति वर्गको अखडामा पुगेर कामदार जनताको हक र हितको निम्ति साहसपूर्वक सङ्घर्ष गर्ने र मजदुर वर्गीय आवाज संसद्मा पु¥याउने जनताका केही केही भए पनि प्रतिनिधि छन् । पुँजीवादी सत्तालिप्सामा फसेर जनताको क्रान्तिकारी भावनामाथि घात गर्ने र जनतामा भ्रम पैmलाउने काम नगरी क्रान्तिको सेवामा प्रतिबद्ध जनप्रतिनिधि तथा कार्यकर्ताहरू जनताबीच क्रियाशील छन् ।
नेमकिपाको जन्म भयो र त भारतीय विस्तारवादविरोधी आन्दोलनले सशक्त नेतृत्व पायो । संरा अमेरिकी साम्राज्यवादविरूद्ध निरन्तर सङ्घर्ष सम्भव भयो । सुस्तामाथिको हस्तक्षेपदेखि लिम्पियाधुरा, कालापानीसम्मको विषयमा सडक र सदनमा सङ्घर्ष गर्ने पार्टी नेपाली जनताले पाए । नेमकिपाको जन्म भयो र त कोशी, गण्डकीदेखि महाकाली, कर्णालीसम्मका राष्ट्रघातको विरूद्ध सशक्त सङ्घर्ष जारी रह्यो । भारतीय एकाधिकार पुँजी, राजनीतिक हस्तक्षेपविरूद्ध निर्भिकतापूर्वक अभियान चालू रह्यो । नेमकिपा छ र त देशलाई युद्धमैदान बनाउन चाहने अमेरिकी साम्राज्यवाद बारबार हच्किनुप¥यो । नेपाललाई सिक्किम र अफगानिस्तान बनाउन चाहनेहरूलाई उदाङ्ग्याउन सम्भव भयो । नेमकिपाको अनुपस्थितिमा मोदी फासीवादविरूद्ध नेपाली जनतालाई सचेत बनाउने शक्तिको अभाव हुने निश्चितप्रायः थियो । भियतनाम, अफगानिस्तान, इराक, सिरिया, लिवियालगायतका देशमा भएका साम्राज्यवादी युद्धको विरोध र ती देशका युद्धविरोधी जनताप्रति ऐक्यबद्धता जनाई नेपाली जनत जगजाहेर छ ।
हामी गौरवका साथ भन्छौँ, नेपालमा कुनै एउटा अन्तर्राष्ट्रवादी धर्म निर्वाह गरिरहेको पार्टी छ भने त्यो नेमकिपा नै हो । जनता बुभ्m कम्युनिस्टहरूविरूद्ध सङ्घर्ष जारी राखौँ ¤ माक्र्सवाद, लेनिनवाद तथा माओ त्सेतुङ विचारधाराको रातो झन्डा एकदिन सर्वोच्च शिखरमा फहराउने अठोट गरौँ ¤ एक्काइसौँ शताब्दी समाजवादको शताब्दी बनाउने वाचा गरौँ ¤ समाजवाद स्थापनाको त्यो दिन नै हामी सबैको निम्ति सबैभन्दा सुखद् तथा गौरवको दिन हुनेछ । त्यो दिनमात्र हामी स्वतन्त्रता, स्वाधीनता र मुक्तिको वास्तविक सास फेर्न पाउने छौँ । त्यो दिन हामी सबैको अभूतपूर्व विजयको दिन हुनेछ ।
आजको यो दिनमा सबैले एक स्वरमा फेरि भनौँ, नेपाल मजदुर किसान पार्टी जिन्दावाद ¤ धन्यवाद ¤
Leave a Reply