कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
छिमेकी देश चीनमा ‘कोरोना भाइरस’ को कारण कम्तीमा ६ जना मानिसको ज्यान गएको छ । चीनले रोग थप सङ्क्रमण हुन नदिन सघन तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोना भाइरस’ अरू देशमा फैलिन सक्नेप्रति संसारभर सजगताको लागि आह्वान गरिसकेको छ । चीनमा संसारभरका मानिसको आवतजावत बढेसँगै त्यहाँ फैलिएको रोग अन्यत्र पनि सङ्क्रमित हुने सम्भावना बढी छ ।
छिमेकीलाई सताएको यो भाइरसले कुनै पनि बेला नेपालको दैलो पार गरेर नेपाली जनतालाई दुःख दिन सक्छ । प्राणघातक र सङ्क्रामक यो रोग कदाचित फैलिए त्यसको नियन्त्रण नेपालको लागि चीनलाई जस्तो सहज नहोला । त्यसकारण यो रोगलाई नेपाली भूमिमा पस्नै नदिने विषयमा सरकारले विशेष ध्यान दिन जरूरी छ । शुक्रबार चीनको उहानबाट आएका एक जना व्यक्तिमा ‘कोरोना भाइरस’को सम्भावित सङ्क्रमणले नेपालीको मनमा पनि चिसो पसेको छ ।
यो रोगको सङ्क्रमित व्यक्तिलाई १०४ डिग्री फरेनहाइडभन्दा बढी ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या, रूघा र खोकीजस्ता लक्ष्य देखिने गर्छ । साथै नेपाल सरकारले जारी गरेको सूचनामा ‘कोरोना भाइरस’ प्रभावित देशबाट आउने मानिसमा दुई साताभित्र रूघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी र टाउको दुखेमा, श्वासप्रश्वासमा अत्यधिक समस्या भएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । ‘कोरोना भाइरस’को सङ्क्रमणबाट जोगिन नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, फ्लुको लक्षण देखिए चिकित्सकसँग परामर्श गर्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, जङ्गली तथा घरेलु पशुपन्छीसँग टाढा रहने र पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने स्थास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।
छिमेकीलाई सताएको यो भाइरसले कुनै पनि बेला नेपालको दैलो पार गरेर नेपाली जनतालाई दुःख दिन सक्छ । प्राणघातक र सङ्क्रामक यो रोग कदाचित फैलिए त्यसको नियन्त्रण नेपालको लागि चीनलाई जस्तो सहज नहोला । त्यसकारण यो रोगलाई नेपाली भूमिमा पस्नै नदिने विषयमा सरकारले विशेष ध्यान दिन जरूरी छ । शुक्रबार चीनको उहानबाट आएका एक जना व्यक्तिमा ‘कोरोना भाइरस’को सम्भावित सङ्क्रमणले नेपालीको मनमा पनि चिसो पसेको छ ।
अस्वस्थ जीवनपद्धति, बढ्दो प्रदूषण, जनसङ्ख्या केन्द्रीकरण, घना र अव्यवस्थित सहरीकरणले काठमाडौँ उपत्यकामा ‘कोरोना भाइरस’को महामारी कुनै पनि बेला सुख्खा जङ्गलमा डढेलोजस्तै फैलिने सम्भावना हुन्छ । त्यसमाथि नेपालमा स्वास्थ्य पूर्वाधारको अभावले पनि समस्यालाई अझ विकराल बनाउन सक्छ । तसर्थ, राज्यका सम्बन्धित निकायले रोग भित्रिएपछि निवारणको लागि काम गर्नुभन्दा रोग नै नेपाली माटोमा भित्रिन नदिने सम्भावित सबै उपाय अवलम्बन गर्नुपर्छ । नेपाल र चीनबीचको बढ्दो आवतजावतसँगै ‘कोरोना भाइरस’ कुनै पनि बेला नेपालमा भित्रिने खतरा उत्तिकै छ ।
सरकारले भाइरल सङ्क्रमणको विषयमा जनस्तरमा सचेतना फैलाउन ढिला गर्नुहुन्न । तर, सर्वसाधारण जनता आतङ्कित र भयभित हुने खालको प्रचारबाजी गरिनुहुन्न । सही सत्य जानकारी जनतालाई समयमै दिनुपर्छ । सर्वसाधारण सावधान रहनुपर्ने विषयमा सञ्चारमाध्यममार्फत प्रभावकारी प्रचार गर्न जरूरी छ । रोग रोकथामको लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राखिनुपर्छ । सरकारका सम्बन्धित निकाय र स्थानीय सरकारलाई त्यसबारे समयमै जानकारी र सजग बनाउन जरूरी छ ।
विशेषतः विमानस्थल र अन्य नाकामा प्रभावकारी परीक्षण गर्नुपर्छ । सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको मिहिन परीक्षण गरी सङ्क्रमण प्रमाणित भए रोगको उपचार गराउनुपर्छ । त्यसो गर्दा नेपाली जनता सम्भावित महामारीको शिकार हुनबाट जोगिनेछन् ।
Leave a Reply