भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ सिद्धान्त र विचार बोकेको आस्थाको पत्रिका

विष्णुगोपाल कुसी
देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक मजदुर, किसान, बुद्धिजीवी, न्यायप्रेमी र देशभक्तहरूको सेवा गर्न, बहुमत जनताको सेवा हुने हरेक काम र गतिविधिहरूलाई स्थान दिन, हरेक स्वतन्त्र र प्रगतिशील पक्षहरूको कमी कमजोरी औँल्याएर सहयोग पु¥याउने उद्देश्यले १२ माघ २०५० (२५ जनवरी १९९४) मा प्रकाशित भएको हो । यो २७ औँ वर्षमा टेकेको छ । मजदुर वर्गको हक हितलाई प्राथमिकता दिंदै शोषितपीडित जनताको समस्या र सूचनालाई समयमै जनसमक्ष पु¥याउने उद्देश्यले ‘मजदुर’ दैनिक १० माघ २०५५ (२४ जनवरी १९९९) मा प्रकाशित भएको हो । यो २२ औँ वर्षमा टेकेको छ ।
‘श्रमिक’ र ‘मजदुर’ मा छापिएका लेख, समाचार तथा अन्य समसामयिक विषयहरु अझ देश विदेशका व्यक्ति व्यक्तिसमक्ष पु¥याउने ध्येयले सञ्चालित ‘अनलाइन मजदुर’ चौथो वर्षमा पुगेको छ ।
समाजवादी चिन्तन, समाजवादी बन्दोबस्त र समाजवादी विचारले मात्रै श्रमजीवी वर्गको हित गर्छ भन्ने मूल्य र मान्यताका साथ जनतालाई राजनीतिक र सांस्कृतिक रूपले सचेत र सङ्गठित पारेर एक शोषणरहित (आदर्शोन्मुख) समाज स्थापना गर्ने लक्ष्य लिएर श्रमिक र मजदुर प्रकाशित भइरहेको हो ।
यी पत्रिका कम्युनिस्टको सिद्धान्त र विचार तथा देशभक्तिको भावनालाई जनताको घर आँगनमा पु¥याउने, सांस्कृतिक स्तर उठाउने र आमूल परिवर्तनको बाटोमा अग्रसर गराउने कामतर्फ उन्मुख छन् । हरेक राजनीतिक दलले सङ्गठन विस्तार र सुढृढीकरण गर्न, कार्यकर्ताहरूमाझ सिद्धान्त र विचार पु¥याउन प्रकाशनलाई जोड दिएको हुन्छ ।

माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे व्यापक जनतालाई सुसूचित र सङ्गठित पारी समाजवाद स्थापना गर्ने बाटो लिनु हरेक कम्युनिस्ट पार्टीको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न जसरी कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू जनताको घर आँगनमा पुग्छन्, जुट्छन् त्यसरी नै कम्युनिस्ट विचार बोकेको आस्थाको पत्रिकाले पनि श्रमजीवी वर्गको पक्षमा कलम चलाएर सुसूचित पार्ने काम गरिरहेको हुन्छ । देश र जनतामा समर्पित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले राष्ट्रिय अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषित पीडित तथा उत्पीडित जनताको पक्षमा सर्वहारा वर्गका विभिन्न नेताहरूको जीवनी, अनुभव, न्यायप्रेमी आन्दोलन र सङ्घर्षका लेख, समाचार छापिरहेको यथार्थ हो ।

दलको कुनै पत्रिका या प्रकाशन नहुँदा दलको दृष्टिकोण या विचार पु¥याउन कठिन हुन्छ या समयमा पु¥याउन सकिंदैन । यसै उद्देश्यअनुरूप नेमकिपाका अग्रज (राजनीतिज्ञ र लेखक) हरूले स्वदेश र विदेशमा गुप्त र खुला ढङ्गले हस्तलिखित र मुद्रित पत्रिका प्रकाशन गरेको पाइन्छ । जनअधिकार प्राप्तिका लागि जनतालाई आन्दोलित बनाउने, जनविरोधी कामको विरोधमा खबरदारी गर्ने, देश र जनताको पक्षमा अभिमत राख्ने, देशभक्त नागरिक तयार गरी देश जोगाउने अभियानमा उत्प्रेरणा दिने काम पत्रिकाले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई धोका दिने, बदनाम गर्ने, सार्वभौम र स्वतन्त्र देशहरूमा साम्राज्य र प्रभुत्व फैलाएर पनि मौन रहने र त्यसलाई सघाउनेहरूविरुद्ध पत्रिकाले उदाङ्ग्याउनै पर्र्छ, त्यसविरुद्ध लेखिएका लेख, समाचार विश्लेषण तथा समाचारलाई स्थान दिनैपर्छ । पत्रिकाले एक असल र देशभक्त नागरिकले झैं काम गर्नुपर्छ । देश र जनताको चिन्ता नगर्ने र जनताको विचार नबोक्ने पत्रिकाले दिशा निर्देश गर्दैन, आमूल परिवर्तन खोज्दैन र देश समृद्ध बन्दैन । कुनै पनि देशको स्वतन्त्रता, स्वाधीनता र मुक्ति आन्दोलनमा समर्थन र ऐक्यबद्धता जनाउँदै यस पत्रिकाले त्यस्ता आन्दोलनको प्रचारमा टेवा पु¥याइरहेको छ ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे व्यापक जनतालाई सुसूचित र सङ्गठित पारी समाजवाद स्थापना गर्ने बाटो लिनु हरेक कम्युनिस्ट पार्टीको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न जसरी कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू जनताको घर आँगनमा पुग्छन्, जुट्छन् त्यसरी नै कम्युनिस्ट विचार बोकेको आस्थाको पत्रिकाले पनि श्रमजीवी वर्गको पक्षमा कलम चलाएर सुसूचित पार्ने काम गरिरहेको हुन्छ । देश र जनतामा समर्पित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले राष्ट्रिय अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषित पीडित तथा उत्पीडित जनताको पक्षमा सर्वहारा वर्गका विभिन्न नेताहरूको जीवनी, अनुभव, न्यायप्रेमी आन्दोलन र सङ्घर्षका लेख, समाचार छापिरहेको यथार्थ हो । जनताको न्यायपूर्ण सङ्घर्षमा टेवा पु¥याउन, प्रचारप्रसार गर्न, अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप, शोषण र दमनको विरोधमा लड्ने जनताको समर्थनका समाचार र लेखहरू ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले स्थान दिइरहेको कुरा पाठक वर्गमा आलै छ । कम्युनिस्टको सिद्धान्त, विचार, साङ्गठनिक गतिविधिलाई जनताको घर आँगनमा पु¥याएर सुसूचित पार्ने काम नै आस्था पत्रिकाको हो, त्यो जिम्मेवारी मजदुर र श्रमिकले निर्वाह गरिरहेका छन् ।
समाजमा अन्धविश्वास, कुरीति, कुसंस्कृति र कुप्रथा रहेसम्म आदर्शाेन्मुख समाज स्थापना हुँदैन । बहुमत जनताको राजनीतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिक स्तर नउठसेसम्म आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तन नभएसम्म बहुमत जनताको हित हुने छैन । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको प्रचारमात्र होइन, कम्युनिस्ट आन्दोलनमा देखिएको खोटो विचार, कम्युनिस्ट पार्टी र आन्दोलनमा पु¥याइरहेको भ्रम र झूटको खेतीबारे उदाङ्ग्याउने काम पनि गरिरहेका छन् । वैदेशिक हस्तक्षेपको विरोध गरेर देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउने पक्षमा आवाज उठाएर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । नेपालमा भइरहेको वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, विदेशी शक्ति राष्ट्रको दबाब, आर्थिक सहयोग र विकासको प्रलोभन देखाएर नेपाल सरकारलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चङ्गुलमा फसाउने षड्यन्त्र र चलखेलमा सरकार, राजनीतिक दल र नेपाली जनता नफस्न र सतर्क रहन पत्रिकाले खबरदारी गर्ने काम गरिरहेका छन् ।
देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन देशभक्त नागरिक तयार गर्ने काममा सहयोग पु¥याउनु पनि पत्रिकाको अर्काे उद्देश्य हो । श्रमिक र मजदुर भ्रष्टाचार, कालाबजारी, घूसखोरी र अनियमितताको विरोध गर्ने पत्रिका हुन् । अन्धविश्वास, कुरीति र कुसंस्कृतिविरुद्ध जनचेतना जगाउनेतर्फ यी पत्रिका केन्द्रित छन् । ‘श्रमिक’ र ‘मजदुर’ ले नेमकिपाको इतिहास, नेमकिपाले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट सिद्धान्त र विचारमा पु¥याएको योगदान र गतिविधि पनि जनताको घर आँगनमा पु¥याउने काममा सघाइरहेका छन् । सरकार, कुनै पनि दल या समूहको कमी कमजोरी औँल्याउने, झूटको खेती र भ्रमबारे चिर्ने, राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्ने सरकारको चिरफार गर्ने र जातीय राजनीतिको विरोध गर्न पनि यो पत्रिका पछि परेको छैन ।
‘श्रमिक’ र ‘मजदुर’ पत्रिका आस्थाको पत्रिका हो, कम्युनिस्टको सिद्धान्त र विचार बोकेको अन्तर्राष्ट्रवादी पत्रिका हो । श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान र उत्पीडित वर्गको पक्षमा आवाज उठाउने र ऐक्यबद्धता जनाउने पत्रिका हो । वैदेशिक हस्तक्षेप, जातीय राजनीति र देश विभाजन गर्ने राजनीतिको विरोध गर्ने पत्रिका हो । नागरिक भावना जगाउने, सांस्कृतिक र वैचारिक स्तर उठाउने, अन्धविश्वास, विकृति र विसङ्गतिको विरोध गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, पक्षपात र अनियमितताको विरोध गर्ने पत्रिका हो ।
यहीँ उद्देश्यले स्वदेश र प्रवासबाट पनि विभिन्न पत्र–पत्रिका प्रकाशन भए । ‘लालझन्डा’, ‘आह्वान’, ‘धु्रवतारा’, ‘मजदुर–किसान’, ‘नेपाल तराई’, ‘समाचार संसद्’, ‘साकार’, ‘आधार’, ‘श्रमिक’, ‘प्रतिध्वनि’ ‘मजदुर’ आदि यसका दृष्टान्त हुन् ।
पत्रिकामार्फत सङ्कीर्णवाद र अवसरवादको विरोध भइरहेको छ । देश र जनताको हित छोडेर भागबन्डाको राजनीतिमा लाग्ने दलका नेताहरूलाई यसले खबरदारी गरिरहेको छ । जनताको आवाजलाई चिट्ठी र खुलापत्रमार्फत प्रस्तुत गरेर सचेत बनाउने काम भइरहेको छ । यो पत्रिका स्वस्थ आलोचनालाई नकारात्मक होइन बरु प्रजातन्त्रलाई सुदृढ पार्ने र सहयोग गरेको ठान्छ । यसले देश र जनताको हितमा कलम चलाइरहेको छ, जनताको अधिकारको रक्षाको निम्ति आवाज उठाइरहेको छ ।
अन्त्यमा, पत्रिका निरन्तर प्रकाशनमा दिलैदेखि साथ दिने र सहयोग गर्ने किसान, मजदुर, शिक्षक, युवा, विद्यार्थी, लेखक, बुद्धिजीवी, राजनीतिज्ञ, पार्टी नेता, कार्यकर्ता, समालोचक, सञ्चारकर्मी, साहित्यकार, स्वयम्सेवक, समाजसेवी, पाठक, ग्राहक, विज्ञापनदाता, वितरक, व्यवसायी तथा अन्य शुभेच्छुक र शुभचिन्तकहरूको सहयोग र साथ आगामी दिनमा पनि निरन्तर पाइरहने विश्वासका साथ स्वागत गर्दै बिदा हुन्छु ।
(श्रमिक साप्ताहिक, मजदुर दैनिक र अनलाइन मजदुरको वार्षिकोत्सको अवसरमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीद्वारा व्यक्त मन्तव्य –सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *