भर्खरै :

सक्वको म राजदास– १६

लन्डनको मेरो अवाञ्छनीय यात्रा
ई. राजदास श्रेष्ठ
लन्डनको मेरो यात्रा केही रोमाञ्चक र केही दुःखपूर्ण भए पनि त्यो एक अवाञ्छनीय यात्रा थियो । लन्डनमा म रहरले गएको थिइनँ । त्यो व्यापारिक यात्रा मेरो बाध्यता थियो । व्यापार पनि एक निषेधित र एक हिसाबले अनैतिक । सोभियत सङ्घमा त्यस्तो व्यापार व्यवसाय गर्न प्रतिबन्धित थियो तर भित्र भित्र निकै फस्टाएको थियो । मलाई सोभियत सङ्घभित्र यस प्रकारको कालोबजारी चल्दै थियो भन्ने थाहा थियो । तर, थाहा हुँदा हुँदै पनि म संलग्न हुन पुगेँ । यस भ्रमणबाट किनिल्याएको लत्ताकपडा बेचेर पैसा नबनाएको भए आफ्नो परिवारसहित नेपाल फर्कन सक्ने थिएन । त्यो भ्रमणको लागि आवश्यक पैसाको जोहो गर्न सोभियत काजाक्स्तानको मरुभूमि स्टेप (घाँसे मैदान) वा निर्माण ब्रिगेडमा काम गर्न जानु पनि मेरो लागि बाध्यता थियो । त्यहाँ काम गर्न नगएको भए नेपाली राजदूतावासमा गएर डलर साट््न सक्ने क्षमता थिएन मेरो । तर, जे भयो राम्रै भयो र जे गरेँ सही गरेँ जस्तो लाग्छ मलाई । झन्डै इन्जिनियर भइसकेको मान्छेले लन्डन गएर फूटपाथमा बेच्न राखेको कपडा र सेल्समा राखिएको नबिकेका जुत्ताहरू किनेर ल्याउने काम मेरो लागि सुहाउँदो थिएन ।
तर बाध्यतावस गर्नु परेको थियो । पैसा कमाउने हेतुले नगरेको हुनाले त्यसमा मलाई आत्मग्लानी भएन । बरु २५० डलरमा पोल्यान्ड, जर्मनी, हल्यान्ड हुँदै लन्डनसम्म गएर आउनु र आफूले बोक्न सक्ने जति लुगाफाटा किनेर सकुशल फर्किन सकेकोमा मैले आफूलाई भाग्यमानी सम्झेँ । यदि भाग्यले साथ नदिएको हुँदो हो त लन्डन पसेको पहिलो दिनमा नै म पक्रिन सक्थेँ र पुलिसको फन्दामा प¥थेँ हुँला ।

फास्ट फुड रेष्टुराँको एक छेउमा मैले पैसा सटही गर्ने एउटा सानो क्याबिन देखेँ । मैले धैर्यपूर्वक मनी एक्सचेन्ज काउन्टरमा गएर आफ्नो पासपोर्टको साथमा सय डलरको चेक राखिदिए र काउन्टरमा बसिरहेकी एक २०–२२ वर्षकी गोरी केटीसामु एक कलम मागी चेकमा सही गरेँ । तर, अर्काको ट्राभलर्स चेकमा मैले सही गर्न मिल्दैन । यदि ती केटीले मेरो पासपोर्ट खोलेर हेरेकी भए र चेक होल्डरको नाम भिराएर हेरेकी भए अर्काको ट्राभसर्ल चेक प्रयोग गरेकोमा म तुरुन्त समातिन सकिन्थेँ । हँसिलो मुहार भएकी गोरी मेरो पासपोर्ट हेर्दै नहेरिकन मतिर फर्काइ दिइन् र आफ्नो कमिसन कटाएर कति दिनुपर्ने हो बेलायती पाउन्ड र सिलिङ्ग मलाई दिइन् ।

इङ्गिश क्यानल(नहर) पार गरेर लन्डन सहर पस्नेबित्तिकै म फास्ट फुड रेष्टुराँमा पसेँ । मस्कोबाट गएदेखि लन्डनसम्म पुग्दा एक छाक पनि राम्रो खाना खाएको थिएन । होल्यान्डमा मीना आचार्य दिदीले एउटा चाइनिज रेष्टुराँमा लगेर चाउमिन ख्वाउनुभएको बाहेक अरु केही खास खाना खाएको थिएन । पेट भरिने खानामा पैसा खर्च गर्नुभन्दा लन्डन मार्केटमा सामान किन्ने ध्याउन्ना पहिलो थियो ।
लन्डनको फास्ट फुड रेष्टुराँमा पस्नेबित्तिकै त्यहाँ पकाइराखेको फ्रेन्च फ्राई (आलु फिङ्गर चिप्स) र ससेजहरूमा मेरो आँखा पुग्यो । लन्डनमा पाउन्ड चल्थ्यो तर मसँग रमेशमान साथी सिंहले सापटी दिनुभएको एक सय पचासको डलर र एक सयको ट्राभलर्स चेक थियो ।
फास्ट फुड रेष्टुराँको एक छेउमा मैले पैसा सटही गर्ने एउटा सानो क्याबिन देखेँ । मैले धैर्यपूर्वक मनी एक्सचेन्ज काउन्टरमा गएर आफ्नो पासपोर्टको साथमा सय डलरको चेक राखिदिए र काउन्टरमा बसिरहेकी एक २०–२२ वर्षकी गोरी केटीसामु एक कलम मागी चेकमा सही गरेँ । तर, अर्काको ट्राभलर्स चेकमा मैले सही गर्न मिल्दैन । यदि ती केटीले मेरो पासपोर्ट खोलेर हेरेकी भए र चेक होल्डरको नाम भिराएर हेरेकी भए अर्काको ट्राभसर्ल चेक प्रयोग गरेकोमा म तुरुन्त समातिन सकिन्थेँ । हँसिलो मुहार भएकी गोरी मेरो पासपोर्ट हेर्दै नहेरिकन मतिर फर्काइ दिइन् र आफ्नो कमिसन कटाएर कति दिनुपर्ने हो बेलायती पाउन्ड र सिलिङ्ग मलाई दिइन् ।
म थर थर कापिरहेको मुटु सम्हाल्दै मनमनै दङ्ग भएर फास्ट फुड काउन्टरमा गएर दुई टुक्रा पाउरोटी, दुइटा ठूलो साइजको ससेज र एउटा कोक लिएर ब्रेक फास्ट खान बसेँ । मेरो त्यो दिनको खाना ब्रेकफास्ट थियो  ।
हुन त दिउँसो एक छाक रेष्टुराँमा खान जाने कि भन्ने मनमा विचार आएको थियो । तर, सामान किन्न पसल पसल डुल्दै गर्दा खाना खान जान मन लागेन र गइन पनि । मलाई लन्डनमा काठमाडौँका आएर एकजना मानन्धर भन्ने साहुले एउटा रेष्टुराँ चलाइराखेको कुरा थाहा थियो । त्यो रेष्टुराँमा खान जाने प्रत्येक नेपालीलाई मानन्धर साहुले एक छाक फ्रीमा खान दिन्थ्यो, पैसा दिए पनि लिँदैनथ्यो । मस्कोमा लन्डन गएर फर्केका प्रायः सबै नेपालीले मानन्धरको कुरा गर्थे र फ्रीमा खाना खाएर आएको कुरा सुनाउँथे । म पनि सोधेर जानसक्थेँ मानन्धरको रेष्टुराँमा । तर, मलाई नेपाली दाल–भात चिकेन करी फ्रीमा खान मन लागेको थिएन । मलाई त्यो दिन सबै सामान किनिसक्नुपर्ने थियो किनभने अर्को दिन बसेर रात काट्न मलाई पैसा पुग्दैनथ्यो । त्यसकारण दिनभरि सबै सामान किनेर साँझपख हाम्रो न्युरोडजस्तो ठाउँमा लन्डनको साँझको बजार घुम्दै गरेँ । साना–साना झिलिमिली पसलहरूमा प्रायः इन्डियन र पाकिस्तानीहरू थुपै्र उपभोग्य सामानहरू बेचिरहेको देखिन्थे । दायाँ बायाँ सबैतिर पसलहरूमात्र थिए । म्युजिकल सरसामानका साथै रङ्गीन पत्रपत्रिका र विभिन्न सौन्दर्य सामानहरू बिक्री गर्न राखिएको थियो । सडक थर्किनेगरी पसल–पसलमा विटल्स, रोलिङ्ग स्टोन, इल्टन जोनजस्ता प्रख्यात रक ब्यान्डका रेकर्डहरू स्टेडियो स्वरमा बजाइराखेको थियो । लन्डनको त्यो रमाइलो साँझ हेर्न र डुल्न धेरै रमाइलो लाग्यो । डुल्दा डुल्दै एउटा पसलमा एकजना सोझो खालको १८–२० वर्षको इन्डियन केटोसँग भेट भयो । मैले आफू नेपाली भएको र पहिलोचोटि लन्डन आएको सुनाएँ र एक रातको लागि एउटा सस्तो लज खोजिदिन अनुरोध गरेँ ।
मलाई लिएर मुख्य बजारबाट अलि पर आवासीय क्षेत्रमा गएर उनले घर–घरमा सोध्न थाले । ३–४ वटा घरहरू हेरेपछि पाँच पाउन्डमा एक रातको एउटा कोठा मिल्यो ।
हामी दुवै जना कोठाभित्र गयौँ । एक घण्टा जति कुराकानी ग¥यौँ । मैले उनलाई नेपाल र रुसको बारेमा धेरै कुरा सुनाएँ । तिमी ड्रीड्ढस गर्छौँ ? भनी सोधेँ । मैले आफ्नो झोलाबाट एक बोटल रसियन भोड्का निकालेर उनलाई देखाएँ । त्यो बोटल भोड्का मैले मस्कोबाट किनेर लगेको थिएँ । केटो ड्रीड्ढस गर्ने खालको थिएन । तर, मेरो कुरालाई नाइँ भन्न नसकेर मसँगै उनले एक गिलास रसियन भोड्का खाए । बजार डुल्दै गर्दा मैले बेलुकीको खानाको लागि एक बट्टा टीनको माछा र एउटा पाउरोटी किनेको थिएँ । भोड्कासँगै हामीले पाउरोटी र माछा खायौँ । खाँदा खाँदै केटो निदाउन खोज्यो । मलाई लाग्यो, पक्का उनलाई भोड्काले छोयो । मैले उनलाई त्यहीँ कोठामा छोडेर तल लजको काउन्टरमा गएर त्यो केटोलाई पनि आज रात मकहाँ बस्न मिल्छ कि भनेर सोधेँ । उनले अर्को कोठा लिनुपर्छ अथवा एउटै कोठामा अर्को खात राखेर सुते पनि अर्को ५ पाउन्ड तिर्नुपर्छ भने । थप पाँच पाउन्ड तिर्न मसँग पैसा थिएन । त्यसकारण रक्सीले ढलमल भएको मेरो नयाँ साथीलाई समातेर मैले अघिकै बजार परिसरमा छोडिदिएँ । ऊ अब आफैँ घर जानसक्छु भनेर एक्लै गयो । म लजतिर फर्कदैँ सोच्न थालेँ, बेकारमा मैले उनलाई भोड्का अफर गरेँ ।
बाँकी रहेको भोड्का र माछासँग पाउरोटी खाएर म राति १० बजेतिर सुतेँ । भोलि बिहान उठेर लजको काउन्टरमा ब्रेकफास्ट केही मिल्छ कि भनेर सोध्न गएँ । काउन्टर सफा गर्दै बसेकी एक २०–२२ वर्षकी गोरी केटीले चिया पनि आफैँ बनाउनु भन्ने कुरा गरिन् । उनको रुखो व्यवहारदेखि मलाई रिस उठ्यो र मन परी नपरी एक टुक्रा पाउरोटी र एक कप चिया खाई ५ पाउन्ड पैसा बुझाएँ । त्यहाँबाट निस्केर फेरि नजिकैको बजारतिर लागेँ ।
लन्डन जान आउन मैले टिकट मस्कोमै किनेको थिएँ । त्यसकारण कुनै पनि बेला म फर्किन सक्थेँ । बिहान एक दुई घण्टा लन्डनको चिसो चिसो हावामा यताउता डुल्दै गएँ । मसँग खासै पैसा बाँकी थिएन । खल्ती छाम्दा एक पाउन्डमात्र बाँकी रह्यो । मनमा अलि चिन्ता लाग्यो, कसरी पुग्ने होला लन्डनदेखि मस्कोसम्म पूरा युरोप पार गरेर । तर, आफ्नो दुबै हातमा ठूल ठूला दुइटा प्लास्टिकको झोलामा बेलायती सामानहरू थिए । फर्कन टिकट छँदै छ, देखा जायेगा भन्दै विस्तार विस्तार म इङ्गलिस च्यानलको बाटोतिर लागेँ ।
पैसा मसँग एक पाउन्ड बाँकी थियो । मेरो बायाँ हातमा एउटा सुनको औँठी थियो । त्यो औँठी मेरो विवाहको मगनी औँठी थियो । रसियन सुनको औँठी थियो । रसियन सुन भन्दाखेरि हामीकहाँ गिन्ती भन्ने १४ क्यारेटको सुन थियो, सक्कली २२ क्यारेटको होइन । रुस र युरोप अनि अमेरिकामा पनि हामीकहाँ जम्मा २२–२४ क्यारेटको सुनको गहना लाउने चलन थिएन र छैन पनि । लाए पनि त्यही १४ क्यारेटसम्मको हो अथवा चाँदीको सिक्री (मसिनु) लाउने चलन छ । बिहे गर्दा भने औँठी साट्दा एक अर्कालाई सुनको औँठी लगाउने चलन छ । प्रायः जसो सुन १४ क्यारेटकै हुने गर्छ । विवाहको लागि गहना पसलमा सुनका औँठीहरू रेडीमेड किन्न पाइन्छ । सबैले औँठी बजारमै किन्छन् ।
आफ्नो हातको औँठी हेर्दै मैले सो औँठी पाए भने बेच्छु भन्ने मनमा लाग्यो । एक ठाउँमा बाटो क्रस गर्न बसेको ४०–४५ वर्षको जति देखिने एक जना जेन्टलमेनलाई विस्तारै नजिक गएर भने, “सर आई वान्ट टु सेल सम गोल्ड ।” उनले मतिर अलि हेय भावले हेर्दै भने, “हाउ गोल्ड यु वान्ट टु सेल ?”
मैले आफ्नो देब्रे हातको औँठी देखाउँदै भने, “दिस गोल्ड ।” मतिर नहेरिकन उनले आफ्नो खल्तीबाट एक पाउन्डको नोट निकाल्दै केही नबोली मलाई दिन खोजे ।
मैले भनेँ, “नो … नो, आई एम नट बेगिङ्ग, आई हाय्भ मनी” भन्दै मैले आफ्नो पर्समा भएको एक पाउन्ड देखाएँ । मलाई केही नभनी उनी सुरु सुरु आफ्नो बाटो लागे ।
म पनि आफ्नो बाटोमा आएँ पानीजहाजतिर जान । हिँड्दा हिँड्दै बाटोमा एउटा बैङ्क देखेँ । बैङ्कतिर भ¥याङ्ग चढ्दै म गएँ । बैङ्कको ढोका पुग्नुअगाडि एक जना युनिफर्म लगाएको गार्डले मलाई भने, “क्यान आई हेल्प यु सर ¤” मैले भनेँ, “आइ वान्ट टु सेल सम गोल्ड ।” मेरो भनाइ नसिधिँदै उनले भने, “द बैङ्क डजन्ट् बाइ गोल्ड सर ।” उनको कुरा सुनेर म त्यहाँबाट फर्केर इङ्गलिस च्यानल पुगेँ । जहाज खडा थियो पानीमा । आफ्ना सामानहरू साथमा बोकी म जहाजभित्र पसँे । केही समय नबित्दै जहाज चल्न थाल्यो ।
मैले आफ्नो खल्तीको एक पाउन्ड सम्झँे । मनमनै सोचेँ, अब कसरी पुग्ने ? भएको यो एक पाउन्ड बोकेर । तर, केही चिन्ता नमानी मैले त्यो पाउन्ड खल्तिबाट निकालेर जहाजको एक कुनामा रहेको अटोमेटिक मेसिनतिर गएँ । एक पाउन्ड मेसिनभित्र छिराएर एउटा ठूलो साइजको स्वीस बार चकलेट (क्याडबुरी) र एक बट्टा डनहील फिल्टर चुरोट बट्टा निकालेँ । पैसा हजम खेल खतम ¤
अब मसँग एक पैसा पनि रहेन । खल्तीमा दुई पोका लुगाफाटोको सामान र हातमा एउटा स्वीस बार चकलेट र एक बट्टा डनहील चुरोटबाहेक । त्यहीँ चकलेट खाँदै चुरोट तान्दै लन्डनबाट मस्कोको लागि प्रस्थान गरँे म आफ्नो यात्रालाई निरन्तरता दिँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *