कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल एकाइ समितिको आयोजनामा शुक्रबार ठूली ब्रह्मायणी मन्दिर परिसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले वर्तमान सरकार कम्युनिस्ट नभएको सर्वसाधारण जनताले बुझ्दैछन् भन्नुभयो ।
उहाँले भन्नुभयो, Fएमसीसी सहयोगको नाममा नेपाली भूमिलाई संरा अमेरिकी साम्राज्यवादी सेनाको परेडस्थल बनाउन तयार हुने, भारतीय विस्तारवादी शासकसामु लम्पसार परेर अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्न नसक्ने र भ्रष्टाचार एवं आपराधिक गतिविधिमा संलग्न सरकार कसरी कम्युनिस्ट हुनसक्छ ?”
देशको सार्वभौमिकता रक्षार्थ नेमकिपाले खेलेको भूमिकाबारे चर्चा गर्दै सचिव सुवालले भारतीय विस्तारवादले नेपालमाथि नाकाबन्दी गर्दा संसद् र सडकमा आवाज उठाउने र भारतद्वारा सीमा अतिक्रमण गरिएको विरोधमा मोदी सरकारलाई विरोधपत्र दिने नेमकिपामात्र भएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेमकिपाको तर्फबाट जितेका जनप्रतिनिधिहरूले देश र जनताको सेवामा कार्य गरिरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै काम गरी खाने जनताको पक्षमा सङ्घर्षशील रहेको जानकारी गराउनुभयो ।
आयोजक समितिका अध्यक्ष केशव तिमिल्सेनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका स्थानीय अग्रजहरू नारायण दुलाल र गणेशप्रसाद तिमिल्सेनाले पनि बोल्नुभएको थियो ।
स्थानीय महिला, ज्येष्ठ नागरिक, युवा–विद्यार्थीहरूको व्यापक उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा निर्वाचनको क्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन पनि गरियो ।
Leave a Reply