ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, ११ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज र शारदा क्याम्पस माविको वार्षिक उत्सव कार्यक्रमको अवसरमा आयोजित ख्वप बास्केटबल प्रतियोगिता शनिबार विद्यालय प्राङ्गणमा सुरू भयो ।
शनिबार भएको कलेजस्तरीय छात्र प्रतियोगितामा ख्वप ‘ए’ लाई अक्सब्रिजले, ख्वप लाई लुम्बिनी कलेजले, बेलर कलेजलाई चाणक्य कलेजले र भक्तपुर क्याम्पसलाई एसएस कलेजले पराजित गरेको छ ।
त्यस्तै कलेजस्तरीय भएको छात्रा प्रतियोगितामा भक्तपुर क्याम्पसलाई एसएस कलेजले पराजित ग¥यो ।
त्यस्तै प्लस टु छात्रअन्तर्गत भएको प्रतियोगितामा सी बर्डलाई सैनिक महाविद्यालयले पराजित गरेको छ । त्यस्तै प्लस टु छात्रा प्रतियोगितातर्फ सीबर्डलाई सैनिक विद्यालयले पराजित ग¥यो ।
कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा जेन्यूइनलाई न्यातापोलले पराजित ग¥यो ।
यस वर्ष ख्वप मावि तथा कलेजले ५ विधातर्फ बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ । लिग चरणमा भइरहेको उक्त प्रतियोगिता आइतबार पनि चालू रहने आयोजक विद्यालयले जनाएको छ ।
Leave a Reply