भर्खरै :

उठेनन् मेरा सन्ततिहरू

लक्ष्मीनारायण दुवाल
यताउता लडिबुडी खेल्दा
ठोकी लडी चोटपटक लाग्दा
मालिस मल्हम केही नगरी
बेवास्ता गरी मात्तिएर बसे
मेरा भनाउँदा सन्ततिहरू ।
उप्केका छाला, उठेका ठेउला
साधारण घाउ खटिरामा
कोट्याई–कोट्याई टोक्दै गरे
ती काला, अति काला गिद्धहरूले
मेरो शरीरका अङ्ग–अङ्गमा ।
दया माया प्रेमभाव
छैन रतिभर तिनीहरूमा
मार्नै चाहन्छन् तिनीहरू मलाई
सदा–सदाको लागि
भोजभत्तेर गर्नको लागि ।
आफ्नो राज्यको अस्तित्वमाथि
अतिक्रमण, आक्रमण हुँदा पनि
चुपचाप–चुपचाप सधैँ चुपचाप
मेरा भनाउँदा सन्ततिहरू
निर्लज्ज जिउँदा लासहरू ।
वर्षौदेखि ममाथि भएको
अन्याय अत्याचार हेर्न नसकी
कराए, चिच्याए उठ्न थाले
मेरा आसपासका चराहरू
सङ्घर्ष गर्न, विद्रोह गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *