भर्खरै :

कामदार वर्गको प्रिय पार्टीलाई शुभकामना ¤

 प्रतिष्ठा
किसान आन्दोलनलाई अघि बढाएर
जग्गा जोत्नेलाई मोहियानी हक दिलाउने
भ्रष्टाचारविरोधी आन्दोलनमार्फत
सुशासनको लागि सङ्घर्ष गर्ने
देशको सार्वभौमिकता रक्षा गर्न
सुस्तादेखि लिम्पियाधुरासम्म
भारतीय हस्तक्षेपको डटेर विरोध गर्ने
नेपाल मजदुर किसान पार्टी
स्थापनाको ४६ वर्ष पुगेकोमा
नेता, कार्यकर्ता र शुभेच्छुकलाई
धेरै–धेरै शुभकामना र बधाई छ
कामदार वर्गको प्रिय पार्टीलाई
सानो स्वार्थको लागि देशको हित छोड्ने
माक्र्सवादलाई बङ्ग्याउने र बिगार्ने
नाम कम्युनिस्ट राखेर
चुनावमा नोटको वित्ता खर्चने
धेरै स्थान कुम्ल्याएर
पुँजीवादी सरकारको सञ्चालक बन्ने
संशोधनवादी र अवसरवादीहरूसँग
सम्झौताहीन सङ्घर्ष गर्ने
नेमकिपालाई शुभकामना ।
पुँजीवादी चुनावमा भाग लिने
देश र जनताको लागि सङ्घर्ष गर्ने
पुँजीवादी सरकारमा संलग्ननहुने
लेनिनवादी नीतिलाई अवलम्बन गर्ने
माक्र्सवादी—लेनिनवादी र माओ त्सेतुङ
विचारधाराधारा सधैँ सधैँ बोक्ने
वैज्ञानिक समाजवादको प्रचार अभियान चालू राख्ने
कामदार वर्गको ढुकढुकीको रूपमा रहेको
नेपाल मजदुर किसान पार्टीलाई
शुभकामना छ, बधाई छ ।
मिति २०७६ माघ १० गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *