सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भैरव रिसाल
समाजवादी आन्दोलनको उज्यालो बत्ती निभ्न नदिन ४५ वर्षअघि स्थापित नेपाल मजदुर किसान पार्टी टडकारो प्रमाणको रूपमा उभिएको छ । पछि त्यतिबेला नेमकिपा बुद्धिमत्तापूर्वक स्थापना नगरिएको भए आज नेपालमा रातो झन्डा खसाल्न रातो झन्डा उचाल्नेहरूकै एकछत्र हुने अवस्था आउनसक्थ्यो । वर्गसङ्घर्षको ‘व’ पनि उच्चारण नगर्नेहरू आज निर्लज्जतासाथ नेपाल कम्युनिस्ट पार्टी नामको पार्टी बनाइ राजपाठ गरिरहेका छन् । अमेरिकी सरकारको एसिया प्यासिफिक रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट पाँच वर्ष भित्रमा पाइने भनिएको ५० करोड अमेरिकी डलरको सहयोग लिएर समृद्ध नेपाल र सुखी नेपाली बनाउने सपना बाँड्दै छन् । सहयोग राशी ५० करोड डलर, समय पाँच वर्ष, गोल समृद्ध नेपाल, प्रतिफल सुखी नेपाली ¤ लौन हो कताबाट पलाउँछ यस्तो विलक्षण ९रु० बुद्धि रु ४५ वर्ष अघि नेमकिपा स्थापना भएछ र समाजवाद र साम्यवादको बीउ जोगियो नेपालमा । कुखुराका सबै फुल एउटै डालोमा हालेको भए एउटा कुहिँदा सबै कुहिन्थ्यो एउटा फुल पनि सद्दे रहँदैनथ्यो । धन्न बीउ जोगियो । बुुद्ध दर्शनको विरोध प्रभावकारी रूपमा गर्न बुद्ध पोशाक लगाएझैँ भएको छ ।
दूधको दूध पानीको पानी
नेमकिपाको स्थापनाबारे ४५ वर्षअघि कसले के भने, कसले के भने त्यो खोजी पत्रकारिता गर्ने जाँगर देखाए सजिलै पत्ता लाग्छ । आज नेपालमा नेपाल कम्युनिस्ट पार्टीको औपचारिक नेतृत्वको सरकार छ । तर, अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत ५० करोड सहयोग लिएर देश समृद्ध पार्ने बुद्धि भएकाहरूको हातमा केन्द्रित छ कम्युनिस्ट नामको सरकार । संसारमा यदाकदा यस्ता हुण्डरी आउँछन्–जान्छन् । यो गएको हिउँदमा बारा–पर्सामा आएको झञ्झावातजस्तै हो । के जादु छ यो एमसीसीमा ¤ वर्तमान सत्तासीन नेकपा लठ्ठ छ । अहिलेमात्र हो र विसं २०६८ माघ ५ गते डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलैदेखि यो विषाक्त घाँसतिर नेपाल सरकार लोभिएको रहेछ । त्यो सरकार अझ नेकपा माओवादीको थियो । त्यसपछि गठन भएको कुनै पनि सरकार यो एमसीसीको अमेरिकी जालपासबाट उम्कन सकेका छैनन् । नेपथ्यमा मात्र हो र रु खुलामञ्चमै यही एमसीसीका कारण प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस र नेकपा एक भए । जनयुद्धका बेला मारिएका र बेपत्ता पारिएका १६–१८ हजार बीचकाहरूका मुद्दा टुङ्गो लगाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएकाहरूको छानबिन गर्ने दुई आयोगमा सहमति भएको छ । गत शनिबारमात्र प्रधानमन्त्री र प्रमुख प्रतिपक्षका नेता, नेकपाका अध्यक्ष प्रचण्डसमेत भई अब राष्ट्रका मूल मुद्दामा मिलेर जाने सहमति गरे रे । यी सबै खेलको एउटै करामत एमसीसीको छ । अर्थात् अमेरिकाको । अब दूधको दूध, पानीको पानी भएन र ?
आम मान्छेको आकर्षण बढ्ने
नेमकिपाको ४६ औँ स्थापना दिवस गएको शुक्रबार पार्टीका सङ्गठन एवं गतिविधि भएका ठाउँहरूमा बडो उत्साह, उमङ्ग, जोस एवं होसमिश्चितरूपमा भव्यताका साथ मनाइयो । उक्त पार्टी स्थापना दिवस विविध कार्यक्रम र गतिविधि गरी मनाइयो । ती कार्यक्रमहरूमा नेता, कार्यकर्ता, समर्थक, आम श्रमजीवी जनताको व्यापक सहभागिता रह्यो । ती जमघटहरूमा पार्टीका नेता तथा कार्यकर्ताहरूले नेपालको वास्तविक कम्युनिस्ट आन्दोलनमा नेमकिपाले गरेको अद्वितीय योगदान र कामको चर्चा गरियो । ठाउँ हेरी कहीँ जुलुस प्रदर्शन गरियो भने कहीँ अन्तरक्रिया, कहीँ प्रशिक्षण, कहीँ विचार गोष्ठी, कही सभा नै गरियो । प्रायः सबै अनुष्ठानहरूमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को केस्रा केस्रा केलाई सशक्त विरोध गरियो । जसले तत्कालको आफ्नो बीडो जोगाउन जे जे भने पनि मूलतः एमसीसी हिन्द–प्रशान्त रणनीतिको अभिन्न हिस्सा हो भन्नेबारेमा छ्याङ्ङ हुने गरी प्रस्तुत गरियो । थप चेतावनी पनि दिइयो । यदि यो एमसीसी नेपालको संसद्बाट पारित गरियो भने नेपालको पावन भूमिमा अमेरिकी साम्राज्यवादको चलखेल अरू बढ्ने निश्चित छ भन्न पनि बाँकी राखिएन । भक्तपुरमा भने गएको शुक्रबार दत्तात्रय डबलीमा बृहद् र खुला जनसभा नै राखियो । त्यो सभामा किसान–मजदुर, युवा, महिला, गृहिणी, विद्यार्थी, गृहस्थ, ज्येष्ठ नागरिक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, पत्रकारहरूको सहभागिता थियो । यस्ता भेलाले पार्टीप्रति आम मान्छेको आकर्षण बढ्छ ।
नत्र संशोधनवाद हावी हुन्थ्यो
उक्त जनसभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० ले दृढतापूर्वक भन्नुभयो, ँनेमकिपा स्थापना नभएको भए नेपालको कम्युनिस्ट आन्दोलनमा खतरनाक संशोधनवाद हावी हुन्थ्यो ।” उहाँले अरू थप्नुभयो, ँनेमकिपा नहुँदो हो त नेपालका आफूलाई कम्युनिस्ट भन्ने सबै दल पुँजीवादी सरकारमा फलाल्ने थिए परिणाम किसान र मजदुर वर्गको पक्षमा लड्ने कुनै दल पनि बाँकी रहने थिएनन् ।” त्यतिमात्र हो र रु नेमकिपाको स्थापना नभएको भए कम्युनिस्ट आन्दोलनमा अराजकतावादविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्न पनि कुनै दल हुने थिएनन् भन्ने तथ्य आजको अवस्थाले छर्लङ्ग पारेको छ भन्न पनि बाँकी राख्नुभएन अध्यक्ष बिजुक्छेँले । उहाँले पुँजीपति वर्गले श्रमिक वर्गलाई अन्तिम दमसम्म सत्ता नछोड्ने पक्का भएको तथ्य स्पष्टसाथ उल्लेख गनुभयो र भन्नुभयो, ँकिसान तथा मजदुरले पनि अन्तिम दमसम्म समाजवादी व्यवस्था स्थापनाको निम्ति लड्न छोड््दैन । वास्तवमा वर्गसङ्घर्ष भनेकै यही हो ।” समाजवादी आन्दोलन एकै पुस्तामा पूरा हुन्छ भन्नेहरू पनि छन् भन्ने वास्तविकताको प्रसङ्ग उठाउँदै उहाँले समाजवादीलाई पुस्तौँ–पुस्तासम्म पनि निरन्तरता दिनुपर्ने पनि हुनसक्छ भन्ने तथ्य प्रस्तुत गर्नुभयो । अर्को कुरा पार्टी कार्यकर्ताहरूमात्र सचेत भएर पर्याप्त नहुने स्पष्ट पार्दै कार्यकर्ताको सिङ्गो घर–परिवार नै सचेत बनाउनुपर्ने खाँचो छ भन्ने पनि उल्लेख गर्नुभयो । परिवारै सचेत नभएको अवस्थामा कैयौँ कार्यकर्ता निस्क्रिय भएका, अन्य पार्टीतर्फ भागेका घट्ना छन् ।
जनतालाई नछोडेसम्म जनताले छोड्दैन
वास्तवमा जहाँ जहाँ नेमकिपाले जोताहा किसानको पक्षमा सङ्घर्ष ग¥यो, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलन सञ्चालन र नेतृत्व ग¥यो त्यहाँ त्यहाँका किसानले मात्र मोहियानी हक पाएका र देशका धेरै जिल्लामा त्यस्ता आन्दोलन हुनसकेनन् । त्यस्ता जिल्लाका मोही किसानले मोहियानी हकसम्म पनि नपाई किसानहरूको उठिबास भएको तथ्य नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले स्पष्ट पार्नुभयो । नेमकिपा बलियो राजनीतिक शक्तिको रूपमा विकास होला भन्ने चिन्ताले अरू राजनीतिक शक्तिहरू चिन्तित छन् । २०४६ सालको भक्तपुर काण्ड रचेर तत्कालीन सरकारले नेमकिपालाई समाप्त पार्ने मूर्खता पनि नगरेको कहाँ हो र रु जनतामा जग नगाडिएको भए सत्ता र सामन्तवाद तथा साम्राज्यवादी शक्तिले नेमकिपालाई उहिल्यै ठिँगु¥याइसक्थ्यो । आलो काँचो राजनीति गर्नेहरू र सामन्त तथा आफन्ती पुँजीवादी शक्तिका आँखामा नेमकिपा कसिङ्गर सावित भएको छ । भक्तपुर नगरपालिकाको निर्वाचनका बेला नेमकिपालाई पराजित गर्न अन्य शक्ति जो आफूलाई क्रान्तिकारीको दाबी पनि गर्छन् समेत चरम प्रतिक्रियावादी, पुनरूत्थानवादी र पुनःस्थापनावादी व्यक्तिसमेत एक भई कृत्रिम परिस्थिति निर्माण गर्न खोज्छन् । त र ती सधैँ नराम्ररी पराजित भएको विगतका धेरै चरण छन् । तर, भक्तपुर नगरपालिका क्षेत्रका प्रतिगामी वा नेमकिपा विपक्षी शक्तिहरूको आजसम्म केही लागेको छैन । तथापि नेमकिपाले जनता छोड्ने गल्ती कदापी गर्नुहुँदैन । मलाई लाग्छ जनतालाई पार्टीले नछोडेसम्म जनताले पनि नेमकिपालाई छोड्दैन । यो तथ्य नेमकिपाले जरूरै आत्मसात गरेको छ ।
मूल्याङ्कन परिपाटी नै फरक
पश्चिमा प्रजातन्त्र वा संसदीय प्रजातन्त्रमा निर्वाचन, मत, मतका आधारमा सत्तारोहण र सत्ता निष्काशन अनिवार्य हुने परिपाटी हो । त्यही परिपाटी हाम्रो नेपालमा पनि अहिले विद्यमान छ । यो दृष्टिबाट पार्टीहरूको मूल्याङ्कन गर्दा नेमकिपा नयाँ मान्छेहरूका निम्ति जाँगर लाग्दो र आकर्षण देखापदैन । तर तात्विकरूपमा हेर्ने हो र जनताको सहयागीका आँखाले हेर्ने हो भने नेमकिपा जति जनतामाझ पुगेको अरू कुनै पनि पार्टी छैनन् निर्धक्क भन्न सकिन्छ । वास्तवमा निर्वाचन एउटा परीक्षा केन्द्र हो । राजनीतिक पार्टीहरूको मूल्याङ्कन गर्दा निर्वाचनमा पाएका मत, अझ विजय प्राप्त गरेका स्थानको सङ्ख्यालाई मात्र लिने गरिन्छ । पैसामा राजनीति चल्ने, चुनावमा पैसाले मत तान्ने राजनीतिक व्यवहार भएको अवस्थामा आस्था, निष्ठा र सिद्धान्त, नीतिको राजनीति गर्ने पार्टी र दल त कता पर्छन् कता । निर्वाचनको समयमा धेरै पैसावाला पार्टीहरू प्रचारप्रसार आतङ्क नै मच्चाउँछन् । त्यस्ताले मत पनि आफ्नो पक्षमा पार्छन् । तर त्यो नाटकका अन्त्य चुनावको परिणाम प्रकाशन हुनु पहिले नै हुन्छ । नेमकिपा निर्वाचनमा कति मत ल्यायो भन्ने एउटामात्र आधारमा पार्टी ठूलो र सानो भन्ने विभाजनमा विश्वास गर्दैन । राजनीतिक पार्टीले देश र जनताको हितमा वर्षभरि कति प्रदर्शन ग¥यो, कति वटा जनसभा ग¥यो, अन्तरक्रिया के–केमा कति वटा ग¥यो, गोष्ठी कति वटा के–के विषयमा ग¥यो । कति मानिस सक्रिय सहभागी भए, कति जना कुरा सुन्नमात्र आए, कतिले जिज्ञासा राखे भन्नेजस्ता कुराले बढी मूल्यवान हुन्छन् । धेरै मत ल्याउने वा जित्नेले कति पैसा खर्च ग¥यो, आचारसंहिता र निर्वाचन नियमावलीविपरीत काम ग¥यो भन्नेजस्ता मूल्याङ्कनका आधारमा हुनुपर्छ । दीर्घकालीन राजनीति गर्ने दृष्टि भएन भने हार्रहुर्र राजनीति हुन्छ जो वास्तविक हुँदैन । हामी यसरी हेर्छौँ ।
पैसामा राजनीति
आज राजनीतिलाई पैसा कमाउने सरल माध्यमको रूपमा प्रयोग गरिँदै छ । संवैधानिक रूपमा नै नीतिगत तहको भ्रष्टाचार गर्न र कमाउन एक प्रकारले आँखा चिम्लिएको अवस्था छ । निर्वाचन अत्यन्तै खर्चिलो बनाइयो । जसका कारण धेरै पैसा पानी सरह नबगाउने उम्मेदवारले कुनै तहको पनि चुनाव जित्ने सम्भावना क्षीण हुँदै गएको छ । यसरी पैसाको खोलो नबगाई निर्वाचनमा विजयी हुनेमा नेमकिपा एउटामात्र पार्टी छ । नेपालको राजनीतिमा यो एउटा अपवाद हो । नेमकिपा बरू पराजय स्वीकार्छ तर निर्वाचनलाई पैसासँग साट्दैन । यसैकारण पनि हामी नगण्य स्थानमात्र विजयी हुन्छौँ । तर, आम प्रचलन चाहिँ के भयो भने जसले चुनावमा धेरै ठाउँ ठाउँमा जित्छ उही ठूलो राजनीतिक पार्टी हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नीतिगत तहको निर्णयमा प्रवेश गर्न नपाउने कुरा संविधानमै उल्लेख गरियो । लोभी–पापीहरू सचिवले निर्णय गरे हुने, मन्त्रीले निर्णय गरे हुने प्रस्ताव पनि मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरी निर्णय गराउँन् ताकि अख्तियारको कार्य क्षेत्रमा नपरोस् वा अख्तियारले प्रवेश गर्न नपाओस् । खुलारूपमा शुभलाभ गर्न पाइयोस् । यसरी सरकारको शक्ति र अधिकारको अधिकतम दुरूपयोग ग¥यो, यथेष्ट पैसा कमायो, फेरि निर्वाचन जित्यो, फेरि कमायो, फेरि जित्यो । यस्ता चरम भ्रष्ट प्रक्रिया अपनाएर प्रायः पार्टी टिकेका छन् । यस्तो माहोलमा पैसाको राजनीति नगर्ने, आस्था र निष्ठाको राजनीति गर्ने नेमकिपालाई टिक्न कति कठिन होला अनुमान गर्न सकिन्छ ।
विकास र विस्तारमा लागिरहौँ
नेपाल मजदुर किसान पार्टी सङ्ख्यामा, गणितको अङ्कमा राजनीतिलाई केन्द्रिकृत गर्दैन । हो, यही वास्तविक धरातलमा बसेपछि अङ्कलाई पूर्णत निषेध गर्न पनि मिल्दैन हुन पनि गणित खराब पनि त होइन । त्यसको प्रयोग कसले केमा गरेको छ भन्नेमा फरक पर्छ । देशव्यापीरूपमा नेमकिपाले ४६ औँ आफ्नो स्थापना दिवस मनाउन सकेन किनकि हामी ७७ वटै जिल्लामा पुग्न सकेका छैनौँ । जहाँ जहाँ छौँ त्यहाँमात्र पनि राजनीतिलाई खोटो होइन चोखो बनाउन सकेमात्र पनि राजनीति ठगी खाने भाँडो होइन भन्ने सन्देश प्रवाह हुन्थ्यो जसले समाजवादी आन्दोलनलाई निरन्तरता दिनमात्र होइन अघि बढाउन सहयोग पुग्थ्यो । समाजवादको नाममा ठगी गर्नेहरूको पर्दा च्यातिन्थ्यो र सक्कली अनुहार छर्लङ्गै हुन्थ्यो । नेमकिपाका साथीहरूलाई थाहा छ, यो पार्टीमा लाग्दा भोग्नुपरेका, खेप्नुपरेका भुक्तमान । तैपनि विभिन्न औपचारिक, अनौपचारिक प्रलोभन, अर्को चरणमा धम्कीका विरूद्ध अडान लिएर नेमकिपाले मसाल बाली किसान, मजदुर र आम काम गरी खानेहरूको पक्षमा आफूलाई नै खन्याएर, रिट्याएर निरन्तर, अखण्ड, अविश्रान्त सङ्घर्ष गरिरहने आम कार्यकर्ता, समर्थक तथा मतदाताहरूमा क्रान्तिकारी सलाम ¤ जिन्दगी सधैँ रहने होइन । किन राम्रो काम नगर्ने ? किन कामदार जनताको पक्षमा दृढतापूर्वक नउभिने ? नेमकिपाको विकास र विस्तारमा लागिरहौँ ।
Leave a Reply