भर्खरै :

नेमकिपा, ‘श्रमिक’, ‘मजदुर’ र ‘अनलाइन’ को गर्व

नेपाल मजदुर किसान पार्टी ४६ औँ स्थापना वर्षमा दृढताका साथ आफ्नो गन्तव्यमा लम्किरहेको छ । नेमकिपाको अल्पकालीन गन्तव्य ‘जनताको प्रजातन्त्र’ हो भने समाजवाद हुँदै एक आदर्श समाज साम्यवाद स्थापना गर्नु दीर्घकालीन लक्ष्य हो । साम्यवादी समाज एक आदर्श समाज भएकोले त्यो समाज नेपालको निम्तिमात्र होइन समस्त मानव जातिको गन्तव्य हो ।
आफूले लिएको उद्देश्य पूरा गर्न नेमकिपाले स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनका भित्रि शत्रु संशोधनवाद, अवसरवाद र अराजकतावादको विरोधमा सङ्घर्ष गर्दै आएको छ भने बाहिरी शत्रु देशी र विदेशी शोषक, सामन्त एवम् पुँजीवादको विरोधमा सङ्घर्ष गर्दै छ । नेपाली जनताको बाहिरी शत्रु संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधमा नेमकिपाले सङ्घर्षको आह्वान गर्दै छ । संरा अमेरिका जुन–जुन देशमा पुग्यो ती देशका जनता अमेरिकी साम्राज्यवादको थिचोमिचो, दमन र शोषणमा पर्दै आएको इतिहासले प्रस्ट छ । अल्पदृष्टि भएका केही इराकी जनताले संरा अमेरिकासँग मित्रता गरे, त्यसको परिणामस्वरूप इराक धुजाधुजा भयो, अमेरिकाले खसालेको बम र विभिन्न विषालु ग्यासको कारण लाखौँ जनता मारिए, घाइते भए, धनको क्षतिको कुनै हिसाब छैन । त्यसको असर अब जन्मने पुस्तामा पनि देखिनेछ ।
इराकी गृहयुद्धमा राष्ट्रपति सद्दाम हुसेनलगायत धेरै देशभक्त नेता तथा जनता मारिए । संरा अमेरिकी साम्राज्यवादले लिबियाका नेता कर्नेल गद्दाफी र अन्य धेरै देशभक्तहरूको हत्या ग¥यो र लिबियामा ठूलो जन–धनको क्षति ग¥यो । इराक र लिबियाका जनता अहिले बुझ्दै छन् । आज इराकको सरकार र इराकका लाखौँ जनताले अमेरिकी साम्राज्यवादको विरोध गर्दै छन् । आफ्नो देशबाट अमेरिकी सेना फिर्ता पठाउन प्रदर्शन गरिरहेका छन् ।
जहाँ–जहाँ अमेरिकी सेनाको अखडा छ, अमेरिकी सिपाहीहरूले स्थानीय जनतामाथि थिचोमिचो गर्छन्, बलात्कार गर्छन् र डर–धम्की दिन्छन् । जापान, दक्षिण कोरिया र दक्षिण–पूर्वी एसियाका अन्य देशहरूमा पनि अमेरिकी सेनाले हैकम चलाउँदै छन् ।
संसारको यस्तै घटनाबाट पाठ सिकेर नेमकिपाले अमेरिकाको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र ‘हिन्द–प्रशान्त रणनीतिक सैन्य सङ्गठन’ मा फस्न नहुनेबारे जनतालाई आह्वान गर्दै छ । तर, नेपालका शासक दल र केही तथाकथित बुद्धिजीवीहरू अमेरिकी प्रस्तावको समर्थन गर्दै छन् । नेका, नेकपा, राप्रपा आदिले अमेरिकी प्रस्ताव समर्थन गर्नुको अर्थ तिनीहरू सत्ताको निम्ति जानाजान अमेरिकी दासताको जालमा फस्दै छन् भने त्यस प्रस्तावलाई समर्थन गर्ने बुद्धिजीवीहरू आ–आफ्नो व्यक्तिगत स्वार्थको निम्ति देशलाई ठूलो भड्खालोमा धकेल्दै छन्, होइन भने तिनीहरू पूरै मूर्ख हुन् । एक धार्नी चाकु खाएर पनि चाकुको स्वाद थाहा नपाउनु भनेको मानसिक रोगी हुनु हो वा शरीरमा केही विकार हुनु हो ।
पञ्चायतकालमा प्रगतिशील विचारमा आस्था राख्ने पत्रपत्रिकाले प्रकाशनको स्वीकृति पाउने सम्भावना सा¥है कम थियो । अन्य वामपन्थी र प्रजातन्त्रवादीहरू आ–आफ्ना साप्ताहिकहरूमार्फत काम गर्दै थिए भने नेमकिपासँग सम्बन्धित पत्रिका भन्ने थाहा पाएपछि एक जना राजाका निजी सचिवले जवाफ दिएका थिए –“दिल्लीभन्दा पेकिङ धेरै टाढा छ ।” नेमकिपामा झुकाव राख्ने साथीहरूले ‘आधार’ र बनेपा (काभ्रे) को एक साप्ताहिक ‘साकार’ मार्फत पश्चिमाञ्चलका जनताका पीर–मर्कालाई देश र जनताका अगाडि राख्ने काम गरे । परिणामस्वरूप ती पत्रिकाहरूले एक वर्षमै आफ्नो प्रकाशन बन्द गर्ने निर्णय सुनाए तथा प्रेसहरूले अबदेखि भेरी र कर्णालीको समाचार छाप्ने भए हाम्रो प्रेशमा नआउनू भनी जवाफ दिए ।
प्रजातन्त्र र गणतन्त्र आए पनि ‘समाजवादी’ र ‘कम्युनिस्ट’ भनिने सरकारहरूले समेत आन्दोलनकारी एक घटकलाई आजसम्म एफएमको स्वीकृति दिएनन्, टीभीको कुरा धेरै परको विषय भयो । १२ माघ २०५० अर्थात् २५ जनवरी १९९४ मा साप्ताहिक ‘श्रमिक’ प्रकाशित भयो । ‘श्रमिक’ को प्रकाशन २७ वर्ष पुग्दै छ भने ‘मजदुर’ दैनिक १० माघ २०५५ अर्थात् २४ जनवरी १९९९ मा प्रकाशित भयो । नेमकिपाका नेता–कायकर्ताहरूले २७ वर्ष अगाडि ‘श्रमिक’ र २२ वर्ष अगाडि ‘मजदुर’ र चार वर्ष अगाडि ‘अलनाइन मजदुर’ सञ्चालन गरे । गर्वको विषय हो – तीनै प्रचार माध्यमका सक्रिय हातहरू सबै मजदुर, किसान र गरिब परिवारका युवाहरूका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *