सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइजिङ, १४ माघ (सिन्ह्वा) । चीनमा नोबल कोरोना भाइरसका कारण सोमबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।
चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५१५ जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ९७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ ।
सोमबारमात्र एक हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु दुई हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ ।
सोमबारमात्र करिब ६० जना कोरोना भाइरसबाट निको भएर अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । यसअघि पनि यस रोगबाट निको भएका एक हजारभन्दा बढी घर फर्र्किएका थिए । यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।
ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।
मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।
चीनका विभिन्न क्षेत्रबाट लगभग ६ हजार चिकित्सक हु पै प्रान्तमा
जनवरी २८ तारिख रातिसम्म चीनका २९ प्रान्त, सहर तथा प्रदेशबाट लगभग छ हजार जना चिकित्सकहरूले हु पै प्रान्तलाई सहयोग गर्ने बताइएको छ । यी चिकित्सकहरू उहानलगायत ७ शहरस्थित प्रख्यात अस्पतालहरूमा काम गर्दछन् ।
सोही दिन आयोजित चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको पत्रकार सम्मेलनमा सम्बन्धित जिम्मेवारले उक्त जानकारी दिएका हुन् । ती अधिकारीका अनुसार, चिकित्सकसँग प्रशस्त अनुभव छ । तीमध्ये धेरै जनाले सार्स र अफ्रिकामा इबोला महामारीको नियन्त्रण कार्यमा भाग लिएका थिए ।
चिकित्सकको गतिविधिले चिनियाँ सर्वसाधारणलाई गहिरो छाप पारेको छ । सर्वसाधारणले विविध तरिकाद्वारा चिकित्सकलाई सम्मान व्यक्त गरेका छन् ।
नयाँ कोरोना भाइरसबाट सङ्क्रमितको संयुक्त रोकथाम तथा नियन्त्रण गर्न चीनका विभिन्न क्षेत्रका चिकित्सा टोलीहरूले हु पै प्रान्तमा सहयोग गरिरहेका छन् । जनवरी २८ तारिख बिहान एघार बजेसम्म तीसवटा चिकित्सा टोलीका ४१३० चिकित्सकहरू हु पैमा पुगिसकेका छन् । सोही दिन थप १३ चिकित्सा टोली हु पै प्रान्तमा पुग्ने जनाइनेछ । त्यसै गरी २८ तारिख रातिसम्म चीनका विभिन्न क्षेत्रबाट लगभग छ हजार जना चिकित्सकहरूले हु पै प्रान्तमा सहयोग गर्न पुग्ने जानकारी प्राप्त भएको छ ।
सोही दिन आयोजित चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको पत्रकार सम्मेलनमा आयोगअन्तर्गत चिकित्सा प्रशासन व्यूरोका उपप्रमुख च्याउ याह्वीले उक्त जानकारी दिनुभएको हो ।
Leave a Reply