भर्खरै :

विद्यार्थी आन्दोलनको पुरानो रोग

सोमबार नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घका नेता–कार्यकर्ताबीच काङ्ग्रेस कार्यालयमा कुटाकुट भएको घटनाले नेपालको विद्यार्थी आन्दोलनको दयनीय अवस्था उजागर गरेको छ । नेविसङ्घको झगडा कुनै नयाँ समाचार होइन । क्याम्पसदेखि केन्द्रसम्म नेविसङ्घभित्र यस्ता कुटाकुट नियमितजस्तै हुने गरेको छ । वास्तवमा नेविसङ्घको झगडा नेकाभित्रको मारामारको अभिव्यक्तिमात्र हो ।
जे रोप्छ, त्यही फल्नु प्राकृतिक नियम हो । नेकाका नेताहरूले हिजो आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीलाई जे सिकाएका थिए, आज उनीहरू आफ्नो स्वार्थ पूरा गर्न त्यही उपाय अवलम्बन गरिरहेका छन् । आफ्नो विरोध गर्ने वा विपक्षी विचार राख्नेलाई गुन्डा लगाएर दबाउने नेकाका नेताहरूको शैली आज आफ्नै सङ्गठनभित्र पनि नेविसङ्घका कार्यकर्ताले लागू गरेका छन् । विद्यार्थी राजनीतिलाई बौद्धिक र रचनात्मक राजनीतिक गतिविधिको थलो बनाउनुपर्ने हो । विद्यार्थी राजनीतिमा विद्यार्थी नेताले जे सिक्ने हो, भोलि देशको राजनीतिक गतिविधिमा त्यसैका आधारमा काम हुने गर्छ । आज सिस्नु रोपेर भोलि तुलसी उम्रँदैन । आज विद्यार्थी नेताहरूले कुटाकुट गर्नु, भाँचकँुच गर्नु, मुक्कामुक्की गर्नु र गालीगलौज गर्नुलाई नै राजनीति ठान्छन् भने भोलि मन्त्री र सांसद हुन वा भएपछि गर्ने पनि त्यही हुन्छ । जरामा कीरा लाग्दा फल लागिहाले पनि स्वस्थकर हुने गर्दैन ।
विद्यार्थी सङ्गठनभित्रको यस्तो रोग नेविसङ्घमा मात्र सीमित भने छैन । समस्या शासक दलका सबै विद्यार्थी सङ्गठनमा छ । फरक के हो भने हिजो नेका सत्तामा हुँदा नेविसङ्घका यस्ता समस्या सत्तासुखले थिचेर दबाइएको हुन्थ्यो । आज नेकपाको विद्यार्थी सङ्गठन अखिलभित्रको समस्या पनि सत्तासुखमै दबाइएको मात्र हो । यस्ता गुन्डागर्दी र अराजकता अखिल र नेविसङ्घभित्र कुनै अन्तर छैन ।
विद्यार्थी राजनीतिलाई भविष्यमा चुनाव जित्ने भ¥याङ ठान्ने चिन्तन नै मूल समस्या हो । विद्यार्थी राजनीति बौद्धिक बहस, चिन्तन र रचनात्मक न्यायपूर्ण आन्दोलनको दबु हुन नसक्दा हिंसात्मक, अराजक र अशिष्ट बन्दै गएको छ ।

जे रोप्छ, त्यही फल्नु प्राकृतिक नियम हो । नेकाका नेताहरूले हिजो आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीलाई जे सिकाएका थिए, आज उनीहरू आफ्नो स्वार्थ पूरा गर्न त्यही उपाय अवलम्बन गरिरहेका छन् । आफ्नो विरोध गर्ने वा विपक्षी विचार राख्नेलाई गुन्डा लगाएर दबाउने नेकाका नेताहरूको शैली आज आफ्नै सङ्गठनभित्र पनि नेविसङ्घका कार्यकर्ताले लागू गरेका छन् । विद्यार्थी राजनीतिलाई बौद्धिक र रचनात्मक राजनीतिक गतिविधिको थलो बनाउनुपर्ने हो । विद्यार्थी राजनीतिमा विद्यार्थी नेताले जे सिक्ने हो, भोलि देशको राजनीतिक गतिविधिमा त्यसैका आधारमा काम हुने गर्छ । आज सिस्नु रोपेर भोलि तुलसी उम्रँदैन । आज विद्यार्थी नेताहरूले कुटाकुट गर्नु, भाँचकँुच गर्नु, मुक्कामुक्की गर्नु र गालीगलौज गर्नुलाई नै राजनीति ठान्छन् भने भोलि मन्त्री र सांसद हुन वा भएपछि गर्ने पनि त्यही हुन्छ । जरामा कीरा लाग्दा फल लागिहाले पनि स्वस्थकर हुने गर्दैन ।

विद्यार्थीले राजनीतिक र वैचारिक मुद्दामा बहस गरेको कमैमात्र सुनिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा विद्यार्थी सङ्गठनबीच छलफल भएको र न्यायपूर्ण आन्दोलनमा सभ्य आन्दोलन भएको समाचार सुन्न मुस्किल छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घजस्तो एकाध विद्यार्थी सङ्गठनहरूले वैचारिक बहस र छलफल एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने गरेका छन् ।
विशेषतः आकारमा ठूला विद्यार्थी सङ्गठनहरू वैचारिकरूपमा पत्रु बनेको देख्दै छौँ । उनीहरूको विद्यार्थी राजनीतिको अर्थ कमिसन खाएर कार्यक्रम गर्ने, पद र पैसाको लागि आपसमा लड्ने, फरक विचार राख्नेलाई गुन्डागर्दीको भरमा दबाउने हुने गरेको छ ।
त्रिभुवन विश्वविद्यालय यतिबेला स्ववियु निर्वाचनको तयारीमा लागेको छ । फागुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिविको तयारी छ । स्ववियु चुनावअघि नेविसङ्घभित्र भएको लडाइँ चुनाव नगराउने दाउपेच हो कि भन्ने आशङ्कालाई विद्यार्थी सङ्गठनहरूले हिजो गर्ने गरेका तिकडमको आधारमा होइन भन्न सकिन्न । हिजो पनि विद्यार्थी सङ्गठनहरूले ‘माछा आए भित्र हात, सर्प आए बाहिर हात’ गरेका थिए ।
विद्यार्थी राजनीतिलाई ‘नेतागिरी’ गर्ने विकृत थलो नबनाऔँ । संविधानले दिएको प्रजातान्त्रिक अधिकार प्रयोग गर्ने र नयाँ पुस्ताले प्रजातान्त्रिक प्रणाली अभ्यास गर्ने थलोको रूपमा विद्यार्थी आन्दोलनमा सुधार गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *